१४ पटक विहे गर्ने यी युवती ! तर, हरेक सुहागरातमा भयो नसोचेको कुरा…पुरा पढ्नुहोस्

एजेन्सी । राजस्थानको कोटा भन्ने ठाउँमा बस्दै आएकी एक युवतीले १–२ होइन् पुरै १४ पटक विहे गरेको अनौठो खबर प्राप्त भएको छ ।घटना भारतको राजस्थान राज्य अन्तर्गत पर्ने कोटा भन्ने ठाउँको हो । जहाँ बन्दना नाम गरेकी एक युवतीले रेकर्ड तोड्दै १४ वटा विहे गरेकी हुन् । उनलाई १४ वटै श्रीमानले आफ्नो घरमा पनि भित्र्याए । तर, सुहागरातमा भने बेहुलाले नसोचेको भइदियो । १४ वटा श्रीमानमध्ये एउटाले पनि बन्दनासँग सुहागरात मनाउन पाएनन् । उल्टै लाखौंको धनमाल गुमाए ।खासमा सुहागरातमा बहाना बनाएर बन्दना १४ वटै श्रीमानका घरका सम्पूर्ण गरगहना र नगद पैसा लुटेर फरार हुन्थिन् । विहेको नाटक गरेर धनसम्पत्ति लुट्ने बन्दनाको यो धन्दामा नै रहेछ जसमा अन्य युवती र महिलाहरुले उनलाई साथ दिएका थिए ।अन्य महिलाहरुले सेटिङ मिलाउने र बन्दनाले विहे गरेर सुहागरातमा बहाना बनाएर लुट्ने लज्जास्पद कर्तुतको पर्दाफास प्रहरीले धेरैपछि गरेको छ । यसको पर्दाफास बन्दनाका लागि शेटिङ मिलाउने महिला पक्राउ परेपछि भयो ।समाचार अनुसार प्रहरीले विभिन्न सहरका पाँच महिलालाई पक्रेको छ । यो अपराधमा मुख्य भुमिका निर्वाह गर्दै आएकी बन्दना भने फरार छिन् ।१४ जनामध्येका एक कैलाशलाई यसरी लुटियो प्रहरीका अनुसार यो गिरोहको सिकार बनेका पीडित कैलाशले भनेका छन् की टाढाका नातेदार हजारीलालले उनलाई सम्पर्क गरेर सुन्दर र सुशील युवतीसँग विहे गरिदिने वाचा गरे । (त्यो बेला कैलाश विहे गर्न केटी खोजिरहेका थिए ।) त्यसपछि उनलाई हजारीले एक गेष्ट हाउसमा बोलाए जहाँ ८ युवतीहरु र एक महिला थिइन् ।न्दना नाम भएकी युवतीसँग उनको विहे करिब डेढ लाख रुपैयाँमा तय भयो । सबै कुरा तय भएपछि उक्त गिरोहले माला र सिन्दुर मगाएर त्यही विहेको प्रक्रिया पुरा गरिदिए । त्यसपछि सुहागरातको मौका पारेर बन्दनाले बहाना बनाएर कैलाशलाई त्यो रात आफूबाट टाढा राखिन् । विहान जब कैलाश निन्द्राबाट ब्युझिए तब बन्दना गायब थिइन् र पछि थाहा भयो कि बन्दना उनले दिएको सुनचाँदीका गरगहना र पैसा लिएर फरार भएकी रहिछन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.