काठमाडौँ, १५ भदौ, नक्कली तस्बिर पेस गरी सगरमाथा आरोहण गरेको दाबी प्रमाणित भएपछि नेपाल सरकारले भारतीय जोडी दिनेश राथोड र ताराकेश्वरी राथोडलाई १० वर्षे प्रतिबन्ध लगाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सोमबार दिनेश र ताराकेश्वरीलाई नेपालभित्र पर्वतारोहणसंग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । प्रतिवन्धसँगै उनीहरुले यसअघि नेपाल सरकार, पर्यटन विभागबाट पाएको आरोहणको प्रमाणपत्रसमेत रद्द भएको छ ।
छानबिन समितिले गर्यो प्रमाणित
महाराष्ट्र प्रहरीमा अधिकृतका रुपमा कार्यरत यो जोडीले सगरमाथा आरोहण गर्ने पहिलो भारतीय दम्पत्ति भएको दाबी गरेको थियो । मकालु एडभेन्चर प्रालिबाट आरोहणका लागि २ जना शेर्पा सहयोगीका साथ गएको टोलीले २३ मे अर्थात् १० जेठमा सगरमाथा शिखरको सफल आरोहणको दाबी प्रस्तुत गरेको थियो । राथोड जोडीको दाबी संचारमाध्यममा आएपछि भारतकै अन्य आरोहीले उनीहरुको आरोहणका सम्बन्धमा प्रश्न उठाउँदै नक्कली तस्वीर पेश भएको जिकिर गरेका थिए । त्यसपछि मन्त्रालयले राथोड जोडीको तथ्य पत्ता लगाउन उपसचिव टिकाराम पाण्डेको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । समितिमा पर्यटन विभागका निर्देशक लक्ष्मण शर्मा र फोटो पत्रकार रामकृष्ण महर्जन सदस्य थिए । समितिले राथोड दम्पत्तिबाट नक्कली तस्वीर पेश भएको प्रमाणित गरेपछि उनीहरुमाथि प्रतिवन्ध लागेको प्रवक्ता उपाध्यायले जानकारी दिए ।
विभागले कसरी दियो प्रमाणपत्र ?
पर्यटन विभागले राथोड दम्पत्तिलाई सगरमाथामा सफल आरोहण गरेको प्रमाणपत्र दिएको थियो । यस समूहमा राथोड दम्पत्ति र दुई जना शेर्पा सहयोगी मात्र थिए । मन्त्रालयले यस समूहका लागि एकजना सम्पर्क अधिकृत समेत खटाएको थियो । पर्यटन विभागअन्तर्गत पर्वतारोहण शाखाका कर्मचारी ज्ञानेन्द्र श्रेष्ठका अनुसार यस प्रकारको मिलेमतोमा शेर्पा सहयोगीको ठूलो हात रहने गर्छ । ‘सम्पर्क अधिकृत आधार शिविरमा बसेको हुन्छ,’ उनले भने, ‘आरोहीलाई लैजाने जिम्मा पाएको शेर्पा सहयोगीको विश्वास र तस्वीरको प्रमाणका आधारमा पर्वतारोहीलाई विभागले प्रमाणपत्र प्रदान गर्छ ।’
उजुरी नआउँदा नक्कली आरोहीको खोजी हुँदैन
आरोहीहरुका अनुसार शेर्पा सहयोगी र सम्पर्क अधिकृतलाई रकम खुवाएर मिलेमतोमा आरोहणको प्रमाणपत्र लिने आरोही धेरै हुन्छन् । तर, नेपालमा नक्कली तस्वीर प्रमाणित गर्ने उच्च प्रविधिको अभाव र उजुरी नआएपछि यस प्रकारका गतिविधिको छानविन हुँदैन । नक्कली आरोहण निरुत्साही गर्न शेर्पा सहयोगीको भूमिका महत्वपूर्ण हुने श्रेष्ठले बताए ।
यसअघि एक मात्र उदाहरण
विभागका अनुसार सन् २००१/०२ मा पनि एक जना बेलायती नागरिकलाई नक्कली तस्वीर प्रयोग गरी आरोहणको दाबी गरेको अभियोगमा तीन वर्षको प्रतिवन्ध लगाइएको थियो । तर, प्रमाणपत्र खारेज भएको इतिहास भने पहिलो हो । भारतीय जोडीमाथिको प्रतिवन्धले नेपालमा गैरकानूनी गतिविधि गर्नेमाथि कारवाही हुन्छ भन्ने सन्देश प्रवाह भएको प्रवक्ता उपाध्यायको भनाइ छ ।
दुई शेर्पा फरार, कर्मचारीलाई चेतावनी
भारतीय जोडीमाथि छानविन शुरु भएपछि उनीहरुको सहयोगीका रुपमा खटिएका शेर्पा फुर्तेम्बा शेर्पा र फुर्वा शेर्पा फरार भएको मन्त्रालयको भनाई छ । ‘उनीहरुको खोजी र अनुसन्धान जारी छ’, मन्त्रालयका सहसचिव उपाध्यायले भने, ‘सम्पर्क अधिकृतका रुपमा खटिएका कर्मचारी र प्रमाणपत्र दिने अधिकारीलाई चेतावनी दिइएको छ ।’ (यो समाचार आजको नयाँ पत्रिकाबाट साभार गरिएको हो)
घाँटीमा अड्केको हड्डीजस्तै बन्यो जनमुक्ति पार्टी
बलदीप प्रभाश्वर चामलिङ
घाँटीमा अडि्कएको माछाको हड्डीझै राज्यलाई बिझाइरहने एउटा राजनैतिक दलको नाम हो- राष्ट्रिय जनमुक्ति पार्टी । यो पार्टी भौतिक रूपमा शक्तिशाली हुन नसके पनि विचार र मुद्दाका आधारमा सबैको अभिभावक बन्न पुगेको छ । र, यसैको प्रमाण हो- समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता, संघीयता र आरक्षणको मुद्दालाई सबैभन्दा पहिले राजनैतिक घोषणपत्रमा लिखत गर्ने यही जनमुक्ति पार्टी नै थियो ।
goraebahadur khapanngiगोरबहादुर खपाङ्गी
गोरबहादुर खपाङ्गी महासचिव रहेको जनमुक्ति पार्टीले ०४८ सालको आमनिर्वाचनमा कल्याणकारी राज्यको अवधारणा अन्तरगत बेरोजगारलाई भत्ता दिनुपर्छ भन्ने घोषणापत्र तयार गर्दा सबैले उडाएका थिए । पछि एमालेले यही अवधारणा पछ्याएर वृद्धभत्ता प्रदान गरेको हो ।
तत्कालीन मनमोहन अधिकारीको नेतृत्वका नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादीको पोलिटब्युरो सदस्य भएर काम गरेका मालवर सिंह थापा (एम एस थापा) ले ४६ सालको जनआन्दोलन पश्चात नेपालमा वर्गीयमात्र होइन, जातीय समस्या पनि छ भनेर आफ्नै नेतृत्वमा जनमुक्ति पार्टी स्थापना गरे । यो अभियानमा नेकपा मालेमा आवद्ध गोरेबहादुर खपाङ्गीले नवगठिन जनमुक्ति पार्टीको महासचिव भएर थापालाई सघाए ।
खपाङ्गी र थापा यिनै दुई पात्रको जोडबलमा पार्टीलाई जबरजस्त अगाडि ठेल्ने काम भयो । झण्डै दुई दशकपछि अहिले नेतृत्व दोस्रो पुस्तामा आएको छ । अहिले यसको नेतृत्व खड्गप्रसाद (केपी) पालुङ्वाले गरेका छन् ।
पार्टीको मूल सिद्धान्त
जनता भनेको जातिहरूको समष्टि हो भने जाति भनेको जनताको एकाइ हो । लोकतन्त्र भनेको जनता (जातिहरू) को शासन भएको हुँदा सबै जातिहरूको शासनसत्तामा राजनैतिक प्रतिनिधित्व हुनुपर्छ भन्ने पार्टीको सो पार्टीको निष्कर्ष हो । तसर्थ पहिले जातीय मुक्तिको समस्या हल भएपछि मात्र वर्गीय मुक्ति हुन्छ भन्ने जनमुक्ति पार्टीको ठहर हो ।
जातीय मुक्तिपछि सबै समुदायले आफ्नो अधिकारको महसुस गर्छन् । जनताले आफ्नो राजनीतिक भूमिको महसुस गर्नु भनेको जनताको अन्तस्करण प्रशन्न हुनु हो ।
जनताको अन्तस्करण प्रशन्न हुनु भनेको मुलुकमा स्थायीशान्ति कायम हुनु हो । स्थायीशान्ति कायम हुनु भनेको पुँजी र प्रविधिको परिचालित हुने वातावरण बन्नु हो । पुँजी र प्रविधिको परिचालन हुनु भनेको अर्थिक विकास हुनु हो र त्यही आर्थिक विकास नै वर्गीय मुक्ति हो ।
लिम्बुवानमा बेलाबेला उत्पात मच्चाइदिने धमास पिट्दै हिँड्ने कुमार लिङ्देन, सञ्जुहाङ पालुङवा र कमल छाराहाङ पनि हिजोका जनमुक्ति पार्टीकै हुन्
यसरी वर्गीय मुक्तिसम्म पुग्ने प्रस्थानविन्दु जातीयमुक्ति भएको हुँदा पहिले जनताको राजनीतिक मुद्दा हल हुनुपर्छ भन्ने पार्टीको सैद्धान्तिक व्याख्या हो । सबै वर्ग तथा समुदायका जनताहरूलाई राज्यको नीतिनिर्माणको तहमा पुर्याउनु नै जातीय मुक्ति हो ।
विकास निर्माणको प्रकृयामा क्षेत्रीय तथा स्थानीय तहका जानताको सहभागिताको अग्रसरतालाई प्रोत्साहन दिन संघीयताको कुरा यो पार्टीले उठाएको हो ।
प्रान्तहरूको नामकरणचाहिँ ऐतिहासिक समुदायहरूको पहिचानको आधारमा हुनुपर्ने भन्ने हो । तर, त्यो प्रान्तमा लोकतान्त्रिक अभ्यासबाट जुनसुकै जाति पनि प्रान्तको सरकार प्रमुख बन्न सक्दछन् र कुनै पनि एक जातिको मात्र अग्राधिकार हुनुहुन्न भन्ने नीति पार्टीको हो । समग्रमा जनताको लोकतान्त्रिक अधिकार र आर्थिक समृद्धिको खाका कोर्ने निर्देशक सिद्धान्त ‘बहुजातीय लोकतान्त्रिक समाजवाद’ हो, यो पार्टीको ।
जनमुक्ति पार्टीको विकासमा अवरोधका कारण
गोरेबहादुर लगायतले जग बसाएको जनमुक्ति पार्टी अघि बढ्न नसक्नुका केही कारणहरु छन्, जसलाई यसरी व्याख्या गर्न सकिन्छः
सुरुमा जनमुक्ति पार्टीमा लाग्ने अधिकांश अगुवाहरू अन्धजातिवादीको रूपमा प्रस्तुत भए । उनीहरूमा सही राजनीतिक स्कुलिङ थिएन । सबै भावनात्मक हिसावमा पार्टीमा आएका थिए ।
खहरेझैं बढ्ने र सुक्ने अवस्थामा जनसमर्थन भइरह्यो । वास्तवमा जातीय समस्या के हो र यसको समाधान कसरी हुनसक्छ भन्ने कुरालाई सिलसिलेवार सैद्धान्तिक व्याख्याको अभाव भयो ।
जातीय मुक्तिको नाममा बढी बाहुनविरोधी वचनहरू वाहिर आएको आभाष भो । हुन त जातीय मुक्तिको कुरा गर्दा बाहुन, जनजाति, दलित र मधेसीको प्रसङ्ग स्वभाविक रूपमा आउने नै भयो जसरी वर्गीयमुक्तिको कुरा गर्दा धनी र गरिबको सन्दर्भ आउँछ । तर राजनीतिक तहमा यसलाई सैद्धान्तिक व्याख्या गरिएन ।
जनमुक्ति पार्टीको स्थापनाकालतिर खगेन्द्रजंग गुरूङ, गोपाल गुरूङ, काजीमान कन्दङ्वाहरू आफ्नै पाराले जातीय डम्फू बजाइरहेका थिए । उनीहरू एमएस थापाको नेतृत्वको जनमुक्तिमा आउन सकेनन् । किनकि उनीहरूको बुझाइ अलि खरो थियो ।
यता थापा र खपाङ्गीहरू विश्व राजनीतिक परिवेशबाट दीक्षित भएको हुँदा एकले अर्कोलाई निषेध गरेर होइन, प्रजातान्त्रिक अभ्यासबाटै जनताको मन जितेर अगाडि बढनुपर्छ भन्ने स्कुलिङका थिए ।
यसो भएका हुँदा भावनात्मक रूपले नै खरा र अक्कडा पात्रहरूलाई थापा र खपाङ्गीले पार्टीमा भित्र्याउन चाहेनन् । पार्टीमा भएका त्यस्ताहरूलाई पनि वास्ता गरिदिएनन् । संस्थापन पक्षको यस्तो व्यवहारदेखि रूष्ट भएर गोपाल किराँतीले जनमुक्ति छाडेर क्षेत्रीय जातीय पार्टी खोलेर बसे ।
किराँती उबेला नै यस्तो उग्र थिए कि घन र झम्पल बोकेर धरानको भानुचोकमा रहेको भानुभक्तको मूर्ति फोड्ने प्रयास गरेका थिए । किराँती युवाहरूलाई बटुलेर बन्दुक बोक्न हिँडेका उनी अहिले प्रचण्ड माओवादीमा छन् । बेलाबेला माओवादीमा जातीय नेताको आरोप खपेर बसेका छन्, माओवादीमा ।
यसैगरी लिम्बुवानमा बेलाबेला उत्पात मच्चाइदिने धमास पिट्दै हिँड्ने कुमार लिङ्देन, सञ्जुहाङ पालुङवा र कमल छाराहाङ पनि हिजोका जनमुक्ति पार्टीकै हुन् । पार्टीले सशस्त्र लाइन नलिएको र लिम्बुहरूको जातीय राज्यको सुनिश्चितताका लागि पार्टीले कुनै नीति नलिएको भनेर उनीहरुले जनमुक्ति छाडेका थिए । उनीहरू अहिले पुरै जातीयक्षेत्रीय पार्टीमा आवद्ध छन् ।
Baldip chamlingबलदीप प्रभाश्वर चामलिङ
कथित वाहुन विरोधी आरोप
मार्क्स र मार्क्सवाद फरक कुरा हो । मार्क्स व्यक्ति हो भने मार्क्सवाद विचार-प्रवृत्ति हो ।
कम्युनिष्टहरू पुँजीवादको विरोध गर्छन् तर पुँजीपतिसँग मित्रवत सम्बन्ध राख्छन् । पुँजीवादको विरोध गरेता पनि उनीहरू पुँजीपतिसंग संगै बसेर खान्छन् । किनभने पुँजीपति मान्छे हुन् तर पुँजीवाद एक प्रवृत्ति हो ।
यसैगरी बाहुन र बाहुनवाद पनि फरक-फरक हुन् । बाहुन मान्छे हो भने बाहुनवाद एक प्रवृत्ति हो । विरोध प्रवृत्तिको हुन्छ किनकि यही प्रवृत्तिले मानिसको आचरण र व्यवहारलाई निर्देशित गर्दछ ।
यदि कसैले बाहुनको विरोध गर्छ भने त्यो मानवीयताको आधारमा नभएर राजनीतिक आधार हो । विरोध प्रवृतिको हो, मान्छेको होइन । बाहुनको विरोध राजनीतिक हो, मानवीय होइन भन्ने खपाङ्गीहरूको नीति थियो । जनजातिले बाहुनको विरोध गर्दा र बाहुनले जनजातिको विरोध गर्दा राजनीतिक कारणले हुनुपर्दछ भन्ने खपाङ्गीहरूको मान्यता थियो ।
देश सबैको भएपछि त्यो देशलाई नियमन गर्ने राज्यसत्ता पनि सबैको हुनुपर्छ र त्यहाँ बाहुनको मात्र एकाधिकार हुनुहुन्न भन्दा बाहुनविरोधी आभाष आए त्यो मानवीयताको आधारमा बाहुनको विरोध नभएर राजनीतिक आधारमा भएको ठान्नुपर्ने थापा-खपाङ्गीहरूको मत थियो । हुन पनि मेलापात, भोजभतेर, मलामीजन्ती, युद्ध इत्यादि जाँदा जनजातिलाई अगाडि लगाइन्छ तर सिंहदरवार र बालुवाटार जाँदा उनीहरूलाई पछि लगाइन्छ । सकभर उनीहरूको लागि ती ठाउँहरूमा ताल्चा लगाइन्छ । चुरी कुरा यहिँ छ ।
बुझ्नुपर्ने मान्छेले नबुझिदिँदा र बुझेकाले बठ्याँइ गरिदिँदा जनमुक्ति पाटीलाई जातीय पार्टीको आरोप लाग्यो
खपाङ्गीको टीका प्रकरणको अपव्याख्या
जनमुक्ति पार्टीले पिछडा र उत्पीडित समाजलाई लक्षित गरेर सुरुमा गतिविधिमा लागे । हुन पनि यो समाजलाई नै राजनीतिक रूपले माथि नउठाइ मुलुक निर्माणले पूर्णता पाउँदैन ।
यद्यपि खपाङ्गी मन्त्री भएपछि उनले गरेको एउटा राम्रो काम प्रचारमा आएन । त्यो भनेको अनिवार्य संस्कृतलाई ऐच्छिक बनाउने
तर लामो समय राज्यले विभेदमा पारेको समाज स्वभावैले चेतनाशून्य हुन्छ । यो त्यस्तो समाज हो जहाँ कसैलाई “तिमी ‘सिंगापुर’ जाने कि ‘सिंहदरवार’ जाने ?” भनेर सोध्यो भने उस्ले सिंगापुर जाने उत्कट चाहना देखाउँछ । उसलाई सिंहदरवारको अर्थ थाहा छैन र सिंहदरवारको लोकेसन पनि थाहा हुँदैन । यस्तो मनोविज्ञान भएको समाजमा गोरेबहादुर खपाङ्गीले दशैंमा टीका लगायो भन्ने कुरालाई मजाले भजाँइयो ।
वास्तवमा त्यो बेला सार्वजनिक परम्परागत समारोहमा खपाङ्गीले टीका लगाउनु भनेको हिन्दुधर्मको अवलम्वन नभएर हिन्दुधर्मको कदर थियो ।
हो, जनजातिले दशैंमा टीका लगाउनु उसको परम्परागत संस्कार होइन । तर, कुनै जनजाति मन्त्री हुन्छ भने उ जनजातिको मात्र मन्त्री होइन, उ त बाहुनको पनि मन्त्री हो । मन्त्री भनेको सार्वजनिक पद हो ।
जनमुक्ति पार्टी कुनै धर्म र जाति विरोधी नभएको हुँदा त्यही पार्टीको नेता मन्त्री भइसकेपछि जुनसुकै धर्म र संस्कारको सम्मान र कदर गर्नुपर्ने नै हुन्छ । दशैंमा टीका लगाउने प्रचलन जनजातिको होइन भनेर खपाङ्गीले भन्नु सही हो । तर हिन्दुहरूको चाड दशैंको निषेध हुनुपर्छ त भनिएको थिएन ।
उता बाबुराम मनकामना दर्शनमा गए । प्रचण्डले भैंसी पूजा गरे । जबकि कम्युनिष्टले धर्मलाई अफिम ठान्छन् । यसलाई जनताले स्वभाविक लिए । तर खपाङ्गीको टीका प्रकरणलाई लिएर जनसमर्थन भड्काउने काम भयो
यद्यपि खपाङ्गी मन्त्री भएपछि उनले गरेको एउटा राम्रो काम प्रचारमा आएन । त्यो भनेको अनिवार्य संस्कृतलाई ऐच्छिक बनाउने । उनी मन्त्री भएपछि संस्कृत भाषाको अनिवार्य पाठ्यक्रमलाई ऐच्छिक बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पारित गराएका थिए ।
अन्तमा,
जातीय अन्धउग्रतालाई यस पार्टीले रोकेर राख्ने भूमिका चाहिँ जनमुक्ति पार्टीको सही बाटो हो । जातीयमुक्ति भनेको एक जातिले अर्को जातिको निषेध गर्न होइन, राजनैतिक सहकारिता नै जातीयमुक्तिको सार हो ।
जातीयमुक्ति भनेको लोकतन्त्रको आधार हो भने लोकतन्त्र भनेको जातीय मुक्तिको अधिरचना (infrastructure ) हो । सबै समुदाय र वर्गको राजनैतिक समानुपातिक सहभागिताको आधारजगमा मात्रै लोकतन्त्र दरिलो हुन्छ ।
हो, यिनै मान्यतालाई मन्दविषको रूपमा पाश्र्वप्रभाव दिने भूमिकामा चाहिँ जनमुक्ति पार्टी सफल भएको छ । यो पार्टी दौडन सकेको छैन, हिँडिमात्र रहेको छ किनकि दौडेरमात्र होइन, हिँडेर पनि लक्ष्यमा पुग्न सकिन्छ ।
(लेखक जनमुक्ति पार्ठीमा आवद्ध छन् )
२०७३ भदौ १२ गते १०:३९ मा प्रकाशित
प्रकाशित मिति: आइतबार, भाद्र १२, २०७३ समय: १८:२०:०३
मेलबर्न । अस्ट्रेलियाको सहर मेलवर्न सिटीमा बस्दै आइरहेका एक व्यक्तिलाई त्यहाँको एक अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । आफ्नै किशोरी छोरीलाई बलात्कार गरेर गर्भवती बनाएपछि उनलाई अदालतले यस्तो सजाय सुनाएको हो ।
डेलीमेलले दिएको रिपोर्ट अनुसार आरोपीले आफ्नै छोरीलाई चक्कुका भरमा धम्की देखाउँदै आफुले गरेको अपराध लुकाउन खोजेका थिए । आरोपीकी श्रीमतीले यस घटनाबारे थाहा पाएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित किशोरीलाई विभिन्न बाहनामा बलात्कार गर्ने र धम्की दिने काम आरोपीले गरेका थिए ।
chhoriघरमा एक्लो भएको अवस्थामा आफ्नै छोरीमाथि बलात्कार गर्ने पितालाई प्रहरी हिरासतमा राखिएको थियो । भिक्टोरियन काउन्टी कोर्टमा मुद्धा दर्ता गरिएको थियो । पीडित किशोरीका वकिलले किशोरीकै बेड रुममा बलात्कार गरेको आरोप लगाएका थिए ।अदालतमा भएको सुनवाईमा आरोपीले आमा अथवा अरु कसैलाई भनेमा चक्कुले हानेर मार्ने घम्की दिएका थिए । आफ्नो कुरा नसुन्ने भन्दै आरोपीले बारम्बार कुटपीट गर्ने गरेका थिए । आरोपीले पोर्न फिल्म हेर्न बाध्य बनाएको र पोर्न फिल्ममा जस्तै कार्य गर्न बाध्य पारेको सुनुवाईमा बताइएको थियो ।
शारिरीक यातना र बलात्कारको शिकार भएकी १४ वर्षीय किशोरीमा केही समय पश्चात गर्भवती भएका लक्षणहरु देखिन थालेका थिए । जब पीडित किशोरीकी आमाले किशोरीको पेट बढेको थाहा पाइन् र यसबारे अारोपीलाई बताइन्, आरोपीले किड्नीमा पत्थरी परेको भन्दै कुरा टाल्न खोजेका थिए । श्रीमतीलाई भ्रमित पार्न खोजेका आरोपीले पिडित किशोरी गर्भवती भएको कुरा लुकाउन हरसम्भव प्रयास गरेका थिए ।
अदातलमा न्यायधीशले आरोपीलाई सोधेका थिएँ, ‘तिमीले आफ्नी श्रीमतीलाई विश्वास कसरी दिलायौ कि त्यो किड्नीमा पत्थरी नै थियो भनेर? उल्टै छोरीलाई पानी र खाने कुरा धेरै नखाएको भन्दै दोष लगायौ ।’पीडित किशोरीकी आमालाई शंका लागेपछि उनी छोरीलाई लिएर डाक्टरकोमा जचाँउन पुगेकी थिइन् । जचाउन पुग्दा उनी आश्चर्य चकित परिन् ।
छोरी गर्भवती भएको थाहा पाएपछि उनको होसहवास नै उडेको थियो । त्यस घटना लगत्तै उनी प्रहरीमा उजुरी गर्न गएकी थिइन् ।आरोपीले प्रहरीलाई दिएको बयानमा भनेका छन्,‘ म मान्छे होइन । म जनावरभन्दा पनि तल्लो स्तरको व्यक्ति हुँ ।’न्यायधीशले मानवको नाममा कंलक भएको भन्दै १० वर्षको जेल सजाय सुनाएका हुन् । नेपालीपत्रबाट
(हेमन्त केसी)
जाजरकोट । जग्गा नामसारी गर्न नमानेको कारण सक्ला–१, लैखमका बुद्धिबहादुर खत्रीले साउन २२ गते बञ्चरोले हानेर आफ्नै आमाको हत्या गरे ।हत्या गर्नु दुई दिनअघि घर नजिकैको बारीमा खाल्डो खनेर दुई दिनपछि आमाको हत्या गरी लास गाडेको प्रहरीले जनाएको छ । सम्पत्तिको लोभमा बुद्धिबहादुरले ६५ वर्षीया आमा देउमतीको हत्या गरेको प्रहरीले भनाइ छ । बुद्धिबहादुरका बाबुको मृत्युपछि आमाको नाममा रहेको जग्गा आफ्नो नाममा गर्न नमानेको भन्दै छोराले निर्ममतापूर्वक हत्या गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।
लैखम साँघुतरा नलसिंहगाड जलविद्युत् आयोजना निर्माण गर्दा प्रभावित हुने भएकाले त्यहाँका नागरिकलाई आयोजनाले मुआब्जा दिने भएपछि आमाबाट बुद्धिबहादुरले आफ्नो नाममा जग्गा नामसारी गर्न आमालाई दबाव दिँदै आएका थिए । आमाले नमानेपछि जाजरकोट सदरमुकाम जाँदा बाटोमै भिरबाट खसालेर मार्ने योजनासमेत रहेको बुद्धिबहादुरले स्वीकार गरेका छन् ।
हत्या कसरी गरे ?
गत साउन २२ गते राति सुतिरहेको अवस्थामा बञ्चरोले प्रहार गरी देउमतीको हत्या गरेको बुद्धिले प्रहरीसमक्ष बयान दिएका छन् । हत्या गर्नु दुई दिनअघि नै श्रीमतीलाई खाल्डो खन्दा कसैले नदेखून् भनी आवतजावत गर्ने मानिसको निगरानी गर्न लगाएका थिए । खाल्डो खनी तयार भएको दुई दिनपछि अर्थात् साउन २२ गते बुद्धिबहादुरले म सेपुखोला जान्छु मेरो उतै राति बसाइ हुन्छ, छोराछोरी डराउँछन्, सासूबुहारी सँगै सुत्नुहोला भनी सल्लाह गरेर हिँडेका थिए ।
तर बुद्धिबहादुर राति फर्केर आपmू छुट्टै कोठामा सुते । सुतेका श्रीमान्लाई उनकी श्रीमतीले तीनपटक सम्म उठाउने प्रयास गरिन् तर बुद्धिबहादुर नउठेपछि अन्तिम पटक ओढेको कपडा निकालेर बुद्धिबहादुरलाई आफू र सासू सुतेको ठाउँमा ल्याएकोे बयानका क्रममा बुद्धिले बताएको निमित्त प्रहरी प्रमुख हिक्मत बोहराले बताउनुभयो ।बुद्धिले साउन २३ गते आमा हराएको भनी गाउँमा हल्ला गरेका थिए । उनले प्रहरी चौकी सेपुखोलामा गएको भदौ २ गते आमा हराएको भन्दै खोजी गरिदिन हुलिया सहितको निवेदन दिएका थिए । तर बुद्धिको व्यवहार अस्वाभाविक र शङ्कास्पद देखिएपछि प्रहरीले निगरानीमा राखेको थियो । घटनास्थल लैखम विद्युत् आयोजनाको बाँध निर्माणस्थलसँगै जोडिएको गाउँ हो । आयोजनाले यसअघि विद्युत्गृह निर्माणस्थल खगेनकोट–१, दल्लीमा सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेको छ । पछिल्लो समय आयोजनाले सक्ला–१ लैखम, सक्ला–२ सेपुखोला, सक्ला–९ काप्तीका प्रभावित नागरिकलाई मुआब्जा दिने निर्णय गरेको छ ।
केही समयमै निवेदन सङ्कलन गरी मुआब्जा दिइने आयोजना विकास समितिले जनाएको छ । आयोजनाले प्रतिरोपनी चार लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा दिने गरेको छ । बुद्धिकी आमा देउमतीको नाममा लैखममा एक रोपनी पाँच धुर जग्गा रहेको प्रहरीको भनाइ छ ।
बुहारीले दबाब दिएकी रहिछन्
आफ्नो जेठाजुको छोरालाई समेत अंश लाग्ने सासूको नाममा रहेको जग्गा आफ्नो नाममा गराउन बुद्धिकी पत्नी शर्मिलाले पटक पटक दबाब दिने गरेकी थिइन् । देउमतीका श्रीमानको केही वर्षअघि मृत्यु भएपछि जग्गा देउमतीको नाममा नामसारी गरिएको थियो । जग्गा शर्मिलाका नाममा गर्न देउमती राजी नभएपछि हत्या योजना बुनिएको खुलेको छ ।देउमतीका जेठा छोरा र बुहारीको समेत मृत्यु भइसकेको छ । जेठा छोरातर्फका नाति कामका लागि भारतमा रहेको र नातिनी कोहलपुरमा बसेर पढिरहेकी छिन् । देउमतीका नाममा रहेको जग्गा शर्मिलाका नाममा गराउन यसअघि कोसिस गरिएको थियो । तर मालपोत कार्यालयले अंशियार अरू पनि भएको अवस्थामा उनीहरुको सहमतीबिना नामसारी गर्न नमिल्ने बताएपछि बुद्धिका दम्पती रित्तै फर्किएका थिए घरमा गइसकेपछि पनि शर्मिलाले जग्गा जसरी पनि आफ्नो नाममा गराउन दबाब दिइरहेको प्रहरीले बताएको छ । “पटक पटक कि जग्गा आफ्नो नाममा गर्न कि त आमालाई नै मार्न दबाब दिएको देखिएको छ”, घटनास्थल पुगेर फर्किएका प्रहरी निरीक्षक सुवास भट्टले भन्नुभयो, “नत्र छोडेर जाने धम्कीसहित बुद्धिलाई मानसिक रुपमा टर्चर दिने गरेको देखिन्छ । अन्त्यमा श्रीमान् श्रीमतीकै योजनामा हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।”
प्रहरीले यसरी निकाल्यो लास
खाडलमा पुरिएको लासलाई प्रहरी निरीक्षक भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले गत शनिबार मात्र उत्खनन गरेको थियो । लास सडिसकेको अवस्थामा भेटिएको भट्टले बताउनुभयो । लास अन्यत्र लान सक्ने अवस्थामा नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र दल्लीका चिकित्सकलाई लैखम बोलाएर शवपरीक्षण गरिएको प्रहरी निरीक्षक भट्टले बताउनुभयो । हत्या अभियोगमा बुद्धिबहादुर र उनकी श्रीमती शर्मिलालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला अदालत जाजरकोटले उनीहरुलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न आदेश दिएको छ । दुवै लोग्नेस्वास्नीलाई आजीवन कारावासको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक बोहराले बताउनुभयो । अबको १५ दिनभित्र हत्याको सबै अनुसन्धान प्रक्रिया सकिने प्रहरी प्रमूखको भनाइ छ ।
आमाबाबु जेलपरेपछि छोराछोरीको बिचल्ली
लोग्नेस्वास्नी नै हत्या अभियोगमा पक्राउ परेपछि उनीहरुका छोराछोरीको बिचल्ली भएको छ । डेढ वर्षको छोरा शर्मिलाको साथमै छ भने ९ र ४ वर्षीया दुई छोरी र ७ वर्षीय छोरा हेरिदिने घरमा कोही नहुँदा बिचल्ली भएको हो । आमाबाबु जेल गएपछि निर्दोष बालबालिकाको शिक्षादीक्षा र पालनपोषणबारे सर्वत्र चिन्ता बढेको छ ।
बसपार्क ! तपाई हामीले बुझ्ने गरेको बसपार्क यात्राको सुरुवात र यातायातको अन्तिम गन्तब्य अथवा सामान्य रुपमा भन्दा लामो तथा छोटो दूरीका यातायातको साधनले बस रोक्न आधिकारिक अख्तियारी पाएको ठाउँ हो बसपार्क ।यात्राको लागि आवश्यक सेवा सुविधायुक्त ठाउँ भनेर बुझ्ने गरिन्छ बस पार्कलाई । सर्वसाधारणहरु टिकट काटेर बस चढ्ने ठाउँलाई बसपार्क भनेर बुझ्ने गर्दछन् ।बसपार्क सुन्दर शान्त र यात्रुहरुको लागि सुविधायुक्त हुन जरुरी हुन्छ । तर नेपालका अधिकांश जिल्ला तथा क्षेत्रका बसपार्कहरु यात्रुहरुको लागि भन्दा पनि यौन कर्मी तथा ग्राहकहरुलाई जवानी बिसाउने ठाउँ बन्ने गरेको पाइएको छ ।देशका विभिन्न सहरमा रहेका बसपार्कमा सुलेआद यौन धन्दा संचालनमा आएको कुरा हामीले पटक पटक संचार माध्यममा पढ्दै, सुन्दै र देख्दै आएका छौं । यस्तै बसपार्कहरुकोबीचमा काठमाडौंको नयाँ तथा पुरानो बसपार्क पनि चर्चामा छ ।
बसपार्क वरपर यात्रुहरुको लागि बास बस्ने उद्देश्यले निमार्ण गरिएका होटल, लज तथा गेष्ट हाउसहरु यौनकर्मीको व्यावसाय गर्ने स्थल बनेको छ भने ग्राहकहरुको जवानी बिसाउने ठाउँ ।काठमाडौंको नयाँ बसपार्कमा तपाई साँझ पख पुग्नु भएको छ ? पुग्नु भएको भए त्यहाँको बास्तबिक अवस्था तपाईले बुझिसक्नु भएको होला । काठमाडौंको नयाँ बसपार्क क्षेत्रलाई अहिले अघोषित रेडलाईट एरिया भन्न थालिएको छ ।
तपाई साँझपख त्यता पस्नु भयो भने तपाईलाई पनि त्यस्तै लाग्न सक्छ । नयाँ बसपार्क अहिले यौन कर्मीहरुको अखडा बनेको छ । साँझ पर्ने वित्तिकै ग्राहकको खोजीमा बसपार्क क्षेत्रमा दर्जनौं यौनकर्मीहरु भौतारिने गर्दछन् ।
ग्राहकको खोजीमा रहेका यौनकर्मीहरुले बाटोमा ग्राहकहरुलाई तछाड मछाड गर्दै तानेको देख्न पाईन्छ । जब साँझ पर्दछ, बसपार्कको बाटो पैदल यात्रा गर्नेहरुलाई उनीहरुले जिस्काउने, बोलाउने र पाखुरीमा झुण्डिएर लाने समेत गर्दछन् ।
कान्छाहरु पनि सक्रिय
विभिन्न होटल, गेष्टहाउस तथा रेष्टुँरेन्टमा काम गर्ने तथा हेरचाह गर्ने कर्मचारीलाई नयाँ बसपार्क क्षेत्रमा कान्छा नामले सम्बोधन गरिँदो रहेछ । कान्छाहरु साँझ परेपछि यौनकर्मीलाई ग्राहक खोज्नमै व्यस्त बन्छन् ।
उनीहरु गेष्टहाउसमा बस्न आउने ग्राहकहरुलाई खुसुक्क सोध्छन् र यौनर्मीहरुलाई रातको ९, १० बजेपछि ग्राहकको कोठामा पठाइदिन्छन् । उनीहरुले एक रातको २ देखि ५ हजारसम्ममा यौनकर्मी मिलाई दिर्ने गर्दछन् भने त्यसबापत ५ सय देखि एक हजारसम्म कमिसन पाउँछन् ।तर, कान्छाहरुले प्रहरी चेकिङ बाट जोगाइ दिने अथवा अग्रिम जानकारी गराउने गर्नु पर्दछ, नयाँ बसपार्क क्षेत्रमा होटलमा काम गर्ने एक होटल मजदुरले हामीलाई सुनाए ।गेष्टहाउस छोडेर कोठामै धन्दा गेष्ट हाउस, होटल, डान्सबार र रेष्टुरेन्टहरुमा प्रहरीको छापाले यौनकर्मीहरुमा एक किसिमको तरंग ल्याएको छ । प्रहरीको छापाले उनीहरु त्रसित नभएपनि ग्राहकहरु आउन छाडेपछि उनीहरुले धन्दा संचालन गर्ने नयाँ तरिका अपनाउने गरेका छन् ।पछिल्लो समय नयाँ बसपार्क, पुरानो बसपार्क, चाबहिल, ठमेल लगायतका ठाउँहरु यौनकर्मीको सम्पर्कस्थल बन्ने गरेका छन् । शहरका होटल, गेष्ट हाउसहरु प्रहरीको नजरमा परेपछि उनीहरुले व्यापारका नयाँ नयाँ तरिकाहरु अपनाउने गरेका छन् ।
पछिल्लो समय यौनकर्मीहरुले ग्राहकको घर तथा कोठमा जाने दखि आफ्नो कोठामा समेत लगेर धन्दा चलाउने गरेको नयाँ बसपार्कका एक ब्यावसायी बताउँछन् ।
तुलसी
तुलसीको पाउडर अथवा तेल शरीरमा दल्नाले अथवा तुलसीको पात खानाले शरीरमा यौन हार्मोनको उत्सर्जन बढ्छ ।
खरबुजा
खरबुजामा सिटुलाइन नाम गरेको एमिनो एसिड प्रशस्त मात्रामा पाइन्छ, जसले यौनांगमा रक्तसञ्चार तीव्र पार्छ । यौनांगमा रक्तसञ्चार तीव्र पार्नकै लागेर भियाग्रा लिने गरिन्छ । जुन काम खरबुजा खाएर पनि गर्न सकिन्छ ।
एभोकाडो
एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन् । भिटामिन बी–६ ले पुरुषमा सेक्स हार्मोन बढाउने गर्छ । पोटासियमले महिलाको थाइराइड ग्रन्थिलाई स्वस्थ राख्छ । थाइराइड ग्रन्थिको सम्बन्ध व्यक्तिको यौन क्षमतासँग हुन्छ । एभोकाडोमा फोलिक एसिड पनि प्रशस्त पाइन्छ, जसले मुटुलाई बलियो पार्ने र शरीरलाई ऊर्जा दिने काम गर्छ । भव्य यौन जीवनका लागि बलियो मुटु र ऊर्जा आवश्यक हुन्छ ।
लसुन
लसुनमा एलिसिन नामक तŒव पाइन्छ, जसले यौनांगमा रक्तसञ्चार तीव्र गराउँछ । राम्रो यौन जीवनको चाहना गर्नेले लसुनको प्रयोग बढाउनुपर्छ ।
कालो चकलेट
कालो चकलेटमा फेनेथाइलामाइन पाइन्छ, जसलाई ‘लभ केमिकल’ पनि भनिन्छ । यसले डोपामाइन र अनन्डामाइडजस्ता न्युरोट्रान्समिटरलाई दिमागमा रिलिज गराउने गर्छ । यिनले व्यक्तिलाई यौन र प्रेम दुवैमा समर्पित हुन प्रेरित गर्छन् ।
बदाम
बदाममा फ्याटी एसिड बढी मात्रामा पाइन्छ, जसले शरीरमा यौन हार्मोनको उत्सर्जन बढाउँछ । बदाममा पुरुषको यौनांगमा रक्तसञ्चार तीव्र गराउने तत्वसमेत पाइन्छ ।
कुरिलो
कुरिलोमा भिटामिन–ई र फोलाइट पाइन्छन्, जसले पुरुष तथा महिला दुवैलाई यौनका क्रममा चरमोत्कर्षको अवस्थामा चाँडै पुग्न सघाउ पु¥याउँछ ।
केरा
केरामा ब्रोमेलाइन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ । यसले कामोत्तेजना बढाउने गर्छ । त्यसै गरी यसमा पाइने पोटासियम र भिटामिन–बीले पुरुष तथा महिला दुवैमा सेक्स हार्मोन र ऊर्जा बढाउने गर्छन् ।
अण्डा
अण्डामा भिटामिन बी ६ र भिटामिन बी ५ प्रचुर मात्रामा पाइन्छ । यिनले सेक्स हार्मोनसहित समग्र हार्मोनलाई सन्तुलनमा राख्ने गर्छन् । त्यस्तै, यसमा पाइने भिटामिन बी १२ ले पुरुषमा टेस्टोस्टेरोन हार्मोन बढाउने गर्छ ।
रातो खुर्सानी
रातो खुर्सानी खानाले मुड बनाउने इन्डोर्फिन नामक तŒव शरीरमा बढी रिलिज हुन्छ । यसबाट रक्तसञ्चार तीव्र बन्छ । स्वस्थ यौन जीवनका लागि तीव्र रक्तसञ्चार आवश्यक छ ।
फर्सीको बियाँ
फर्सीको बियाँमा ओमेगा–३ नामक फ्याटी एसिड र जिंक पाइन्छन् । यसले यौन जीवनलाई भव्य बनाउने हार्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ ।
अदुवा
अदुवा खानाले यौनांगसहित शरीरका सबै भागमा रक्तसञ्चार तीव्र हुन्छ । सेक्सअघि अदुवा हालेको चिया खाने गरेमा शरीर तात्छ, मुटुको धड्कन र रक्तसञ्चार तीव्र हुन्छन् । शुक्रबारबाट
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला !
९ भदौ, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण कार्य सुरु गर्न थालेको छ ।
Pokhara Airportगत वैशाख १ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गरेलगत्तै वर्षायाम सुरु भएकाले निर्माणको काम अघि बढ्न सकेको थिएन ।
कम्पनीले यही सेप्टेम्बर १ (भदौ १६) गतेदेखि २०३२ सालमा अधिग्रहण गरिएको तीन हजार १०६ रोपनी र पछि थप गरिएको ६२९ रोपनीको पूरै जग्गामा तारबार लगाउन सुरु गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका सिनियर इन्जिनियर चन्द्रमणि सापकोटाले जानकारी दिए ।
कम्पनीले प्राविधिक कर्मचारी, कामदार र सामान राख्ने अस्थायी भवन बनाउन सुरु गर्न लागेको छ । आयोजनाको मूल गेटबाट विमानस्थलसम्म पुग्ने कच्ची बाटोलाई पक्की बनाउने काम सकिएको छ ।
मुलुककै गौरवशाली आयोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाई सम्ममा सक्ने लक्ष राखिएको छ । चीनको एक्जिम बैंकको करिब रु २१ अर्बको ऋण सहयोगमा विमानस्थल निर्माण हुन लागेको बताइएको छ ।
झापा, ८ भदौ ।धर्म परिवर्तन गराउन खोजेको आरोपमा एक अमेरिकी नागरिकलाई प्रहरीले मंगलबार झापाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमेरिकाको फ्लोरिडा निवासी ७० वर्षीय फोमेस डोलान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रवेषाज्ञा बिना भारतीय बाटो हुँदै नेपाल आइपुगेका उनलाई दक्षिणी झापाको बनियानीबाट प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका उनले स्थानीयवासीको उपचार गराउने नाममा धर्म परिवर्तन गराउन खोजेको आरोप छ । आफू चिकित्सक भएको बताउँदै उपचार गराउन आउनेले येशुलाई सम्झँदै सिन्दुर पखाल्नु पर्ने र पोते पनि फुकाल्नु पर्ने सर्त राखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले उनलाई बनियानी–४ स्थित होस्मा एकेडेमी क्रिस्चियन चर्चबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माका अनसार ग्रामीण भेगका नागरिकलाई म डाक्टर हुँ भन्दै अनाथ तथा टुहुरा बालबच्चाको हेरचाहको लागि आफू आएको र गाउँलेलाई धर्म परिवर्तनका लागि दबाब दिएपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका डोलानले आफू दोस्रोपटक नेपाल आएको प्रहरीलाई बयान दिएको बताइएको छ
काठमाडौं । जिबन थापा मगरलाई न्याय दिलाउने अभियान अनुरुप सत्य तथ्य बुझ्ने शिलशिलामा नेपाल मगर संघ केन्द्रीय समितिले पहिलो पाईला सार्दै फिलिपिन्स महाबाणिज्यदुतको कार्यलयलाई अनुरोध पत्र पठाएको छ । पत्रमा "नेपाली नागारिक जीवन थापा मगरसंग विबहा गरि बिगत ५ बर्ष देखि नेपाल बस्दै आएकी फिलिपिनो नागारिक जोया र उनीहरुको दाम्पत्य जिबनबाट जन्मिएको २ छोराहरुलाई आदर्श ग्रीह संस्था चितवनको पहलमा नेपालको प्रसासनले फिलिपिन्स पठाएको भन्ने विभिन्न संचार माध्यममार्फत यस संस्थालाई जानकारी हुन आएको हुदा सो घटनाको सम्बन्धमा सत्यतथ्य बुझ्न निजहरु नेपालबाट फिलिपिन्ससम्म जानका लागि तयार गरिएको सम्पूर्ण कागजातहरुको प्रतिलिपि यस संस्थालाई उपलब्ध गराई सहयोग गरि दिन हार्दिक अनुरोध गरिन्छ ।" उल्लेख गरिएको छ ।
जिबन थापामगर र उनको परिवारमा यसरी अन्यायको बज्रपात हुदा नेपाल मगर संघ कहा थियो के गरिरहेको छ भन्ने सम्बन्धमा प्रस्ट पार्दै अध्यक्ष नबिन रोकामगरले भन्नुभयो -"नेपाल मगर संघ र यसको अध्यक्ष कुनै भगवान होइन कि नेपालमा कोको मगरहरुलाई अन्याय हुदैछ भन्ने कुरा म्याजिक रुपमा थाहा पाउने ! समयमा खबर गर्नु पर्छ नि त यसो हुदैछ भनेर र पो हामिलाई काम गर्न सजिलो हुन्छ । कुनै रिपोर्ट नगर्ने, जानकारी नगराउने, अनि मगर संघले किन काम गरेन भन्ने ? त्यसैले सबै मगर दाजुभाई दिदीबहिनीहरुले घटेको घटनाबारे समयमा रिपोर्ट गर्न अनुरोध गर्नु हुदै जिबन थापा मगरमाथि परेको अन्याय साच्चै नै सत्य हो भने एक मुठी रगत रहे सम्म न्यायको लागि लड्ने बताउनु भयो ।
नेपाल स्थित फिलिपिन्सको कन्सिलर कार्यालयका प्रसासकिय अधिकृत अनु प्रधानलाई नेपाल मगर संघको पत्र बुझाई आबश्यक सहयोग सहित जोया र दुई छोरा कसरी फिलिपिन्स पुगे आबश्यक कागजातको प्रतिलिपि दिएर सहयोग गर्न अनुरोध गर्दा सबै सहयोग गर्न सकिने तर कागजात दिने अधिकार आफुमा नरहेको बताउनु भयो । जोयाको अबास्था बारे प्रश्न गर्दा जोयालाई फर्काउने काम नेपालबाट नभई सिधै फिलिपिन्सको पररास्ट्र मन्त्रालयले भारत स्थित एम्बेस्सी र एम्बेस्सी निर्देशनमा नेपालको कन्सुलर कार्यालयले एक महिनामै फर्काउने काम पुरा गरेको बताउनु भयो । उड्ने क्रममा उनिहरुसंग नेपालको आधिकारिक कागजातहरु केके थिए भन्ने प्रश्नमा प्रधानले भन्नु भयो "जोया र बच्चाहरुको कुनै पनि कागजातहरु थिएन, हाम्रो कन्सुलर अफिसले बनाएको काठमाडौं-आबुधाबी-मनिलाको ट्राभल डकुमेन्ट र फ्लाईट टिकेट बाहेक केहि अन्य कागजात थिएन । एउटा पासपोर्ट थियो तर झुत्रो भईसकेको थियो । यानेकि ति दुइ छोराहरु जोयाकै छोराहरु हुन भन्ने सामान्य प्रमाण समेत थिएन । यसले कुनै पनि ठाउमा अप्ठ्यारो पर्ने सम्भावना रहेको बताउदै मनिला सकुशल पुगे पछी आफुलाई मेल गर्न भिजिटिंग कार्ड समेत दिएको तर आजसम्म मलाई मेल र जानकारी नआएको बताउनु भयो ।
१५ मा फ्लाईट थियो यसकारण उनलाई मैले १४ मा बोलाए र उनलाई लिएर संस्थाको मान्छे आएको बताउदै अलि अघाडी बोलाईएको भए उनका सबै कुराहरु सुन्न पाईने थियो तर पनि फुर्सदको समय निकालेर कुराकानी गर्दा जिबन, जीवनका आमा र जिबनको बहिनि मंजुको बारेमा धेरै गफ गरेको र उनीहरुको गुनासो भन्दा पनि धेरै मिस गरेको, टेक केयर भनेको र आशु खसाई रुएको आफुलाई पनि आशु आएको प्रधानले बताउनु भयो यसैमा थप्दै राम्रो पैशा कमाएर पुन ५बर्ष पछाडी नेपाल फर्कने कुरा पनि उनले बताए ।
जोयालाई कहाबाट संस्थामा लागेको हो भन्ने प्रश्नमा वहाले भन्नु भयो- सडकबाट बेहाल अबस्थामा उठाएको संस्थाले जानकारी गरेको भनेपछी त्यसको जावाफमा जोयालाई कुनै सडकबाट नभई कोठाबाटै लागेको प्रमाण सुनाएपछी, ए यस्तो पो हो र भन्दै किन मलाई संस्थाले यसरी ढांटे भन्दै छक्क पर्नु भएको थियो । यत्रो आधिकारिक संस्थाले नेपालका बुहारी जोया र दुई छोरालाई अबैधानिक रुपमा देश निकाला गर्दै गर्दा तिनीहरुलाई जन्म दर्ता, विबहा दर्ता, नाता प्रमाणित कागजात दिलाउने किन पहल भएन ? प्रसासन, त्यो संस्था र तपाईहरु कहा हुनुन्थ्यो ? भन्ने प्रश्नमा मैले जिल्ला प्रसासन र संस्थामा कुरा त गरे तर जिबनसंग ति कागजात बनाउनको निम्ति कुनै कागजात र प्रमाण थिएन भन्ने जानकारी भयो तर मैले यस बारे त्यस्तो धेरै सोचिन ।
आदर्श गृह संस्था र प्रसासनले ठुलो र उदारहणीय उद्दार गरेको भनेर घमण्डले फुली रहदा जोया र जिबन थापा मगरसंगै घटेको यो गम्भीर घटनाले निम्त्याईएको परिस्थिति प्रतिकुल बन्दै गएको अबस्था छ । देश निकाला गरिएको नेपाली भूमीका ति अबोध नेपाली बच्चा बेबारिसे बच्चा बनाएर देश निकाला गरिएको छ । के त्यो संस्था र प्रसासनलाई थाहा थिएन र ति नेपाली बच्चा हुन् भन्ने ? बिशेसता रोजगारीको शिलशिलामा रहेको नेपालहरुमाथि गालि गौलाज, अपमान गरेको पाईएको छ । फिलिपिन्समा नेपालि बिद्यार्थी माथि नै भौतिक प्रहार भएको अबस्था छ । फेरी पनि यस्ता घटना नाघत्ला भन्न सकिन्न । विदेशबाट म सम्पादक हुनुको नाताले मलाइ सयौं कल आएका छन् उनीहरुको चाहाना जोया र जिबनको पुनर्मिलन कुनै हालतमा गराउन जस्तो सुकै कसर बाँकी नराख्ने उद्घोष गर्नु भएको छ । कुनै ठाउँमा त जिबन थापा मगर न्याय अभियान भन्दै आर्थिक संकलन शुरु गर्न पनि लागिरहेको छ ।
यसको साथै बिदेशी भुमिमा काम गरिरहेको ४० औं लाख नेपालि युवाहरुको कर्तब्य, नैतिकता, अनुसासन जिम्मेवारीमा समेत लागेको शंका र कालो धब्बालाई सधैको लागि हटाउन जोया र जिबनको पुनर्मिलन आबश्यक रहेको बताइएका छन् । एक बिदेशी पर्यटकले यस्तो पनि भनेका छन् कि नेपालमा आई विबहा गर्ने अबैधानिक रुपमा बर्षौं बस्ने र आपत परेको भनेर निबेदन गर्ने अनि पैशा तिरेर ति बच्चा लिएर जाने ! कति सजिलो ? के यो मानब तस्कर भएन र ? यो गम्भीर बिषय होइन र ? रास्ट्रियताको ठुला-ठुला भाषण छाड्ने ति नेताहरु देशको यो गम्भीर बिषयमा पनि किन मौन छ ? बिदेशी भूमिबाट ति लाखौँ नेपाली युवाहरुको प्रश्न सोधिरहेका छन् कि हामिमाथि लागेको अपमानको यो कालो धब्बा कसरी र कहिले सम्म हटाउछौं ? यो उत्तरको प्रतिक्षामा हामि बसिरहेका छौं/पर्खिरहेका छौं -
-✍शरिन ख्युङ्वा तामाङ
जोया र तिनका कोखिलाका घाउलाई जिबनको कारण दुख पाएको निहुँमा सरकार द्वारा ७ लाख लिएर फिलिपिन फर्काइएको बिषयलाई लिएर दोशी जिबन र तिनका परिवारहरुलाई कारबाहीको माग राख्दै बुहारी पाल्न नसकेको नै हो त नेपाल सरकारले ?? भनेर लेखेको लेख हजारौंको संख्यामा शेयर हुदासम्म जीवन थापा उनको परिवार र जोयाको पारिवारिक तस्वीरहरु देख्न पाएको थिइन ।
भनाइहरु सुन्न, बुझ्न ,महसुस गर्न नपाइ त्यो लेख लेखे तर अहिले आज संजाल भरी उनीहरुको तस्वीरहरु छरिएको देखेर र मेरो टिमले जिबनको आमासङ्ग सम्पर्क गरि उनको भनाइहरु सुनाउदा र बुझ्दा मेरो लेखले आज उनिहरु माथी अन्याय गरेको महसुस हुदैछ मलाइ जब यी दुई को तस्वीर धेरै पटक नियालेर हेरे तर जति सुनेको थियो संजालको भित्ताहरुमा समाचारहरुमा जस अनुसार मैले पनि दुई शव्द कोरेको थिए तर आज यिनिहरुको युगल तस्वीरहरुलाइ देख्दा कहि कतै कुनै कोण बाट जोयाले दुख पाएको जस्तो नदेख्दा कता कता यो मनले भनिरहेको थियो केही त कारक छ ? यो खेलमा ।
उद्दारको नाउँ गरेर अन्याय गरिदैछ आदर्श सङथा त्यहाँ का समाजसेवी भनाउदाहरुले र नेपाल सरकार मिलेर जिबनथापा को परिवार माथी भनेर ! नभन्दै उद्दारको नाउँमा ढोल पनि पिट्यो ,प्रहरी नायब निरीक्षक अनि समाजसेवीहरु र आदर्श दरिद्रे संस्था चितवन मिलेर जब जिबनको परिवारहरुलाई भताभुङ्ग मात्रै होइन लथालिङ्ग नै पारिदिएको कुरा आज प्रत्यक्ष फोन गरेर हाम्रो टिमका भाइहरु हिमाल थापा मगर मलेसिया साथै केवल कुमार तामाङ मलेसिया वहाँहरुले जिबन थापाको आमाले रुदै उनीहरु माथि गरेको भएको अन्याय गरेको कुरा सुनेर बुझेर जानकारी मलाइ गराउदा पाउँदा म छाङ्गा बाट खसेझै भएको छु.. मैले पनि मिडियाको कुरामा आएर उनीहरुको हावादारी समाचारलाई सहि सत्ते होला भनेर जिबन र जिबनको परिवारको लागि कडा भन्दा कडा कारबाहीको माग राखे आज म धेरै गलत रहेछु अन्याय गरेको रहेछ मेरो लेखमा लेखिएको सजायको माग गरि कोरिएका शव्दहरुले भनेर आज महसुस गरेको छु ।
तर सत्यता मैले तपाईं हामी सम्पुर्ण तीन करोड नेपाली जनताहरुमा २ करोड नेपाली जनताहरुले जीवन र जिबनको परिवारको पीडा बुझ्नुपर्ने हुन्छ । समर्थन कि हामीले सुनेको भन्दा आकाश जमिनको फरक रहेछ ।यो घटना जसले आज एकोहोरो जोयाको लागि न्याय को भिख माग्दै गुहार लगाइरहेको थियो र जिबनलाइ हदैसम्म कारबाहीको माग राख्दै सहनै नसक्ने गरि गालिगलौज भएको देखेर यो पीडा सहन नसकी भारत भागेको रहेछ । त्यो सोझो मगरको छोरा …सहोस पनि कसरी त्यो भर्खर दुइटा बच्चाको बाउ जीवन भयता पनि उमेरले धेरै काचो हामीले हावामा भरिएको बेलुन उडेको आकाशमा त देख्छौ तर बेलुन भर्दा पाउने सकसता बुझ्न नसक्नु भुल भएको छ । यहाँ र सारा आम नेपाली जनताहरु जिबनलाइ दुत्कार्दै जोयालाइ न्यायको माग राख्यौ हामीले धेरै को आँखा रसाएको थियो आसुका भेलहरुले तर हाम्रो आँसु सङ्ग खेलवाड गरेर नेपाल र नेपालीहरुको बद्नाम गराउने काम आदर्श संस्थाले गरेको रहेछ भन्ने कुरा थाहा लागेपछि त्यो सङस्थालाइ कारबाही को माग हामी राख्दछौ ।
हाम्रो टिमका भाइ केवल कुमार ज्यु ले जिबनको आमा सङ्ग यश बिशयमा फोन गरेर सत्तेतथ्य बुझ्न गरिएको फोन बार्ता जस्ताको तस्तै तल :-
केवल :- हेल्लो
जिबनको आमा :- हल्लो
केवल : तपाईं जिबनको आमा हुनुहुन्छ ?
आमा :- हजुर, म हो त
केवल :-सन्चै हुनुहुन्छ ?
आमा :- सन्चै छु कहाँ बाट को बोलेको ?
केवल :- हजुर म मलेसिया बाट केवल बोल्दैछु जीवन र जोयाको बारेमा बुझ्नुको लागि , के भएको हो ? सत्य कुरो बताइ दिनुस् न ? मिडिया मा त यस्तो तेस्तो कुरो छ के साच्चिकै हो ? तपाईंहरुले जोया माथी तेस्तो व्यबहार गर्नु भएकै हो त ?
आमा:-हैन यो सबै झुठो हो । मैले बुहारिलाई नराम्रो बोलेको पनि छुइन र कपडा सबै म आफै धुन्थे बुहारी पनि खुसी थियो म सङ्गै ३ साल बसिउ ।
केवल:- अनि बुहारीको बिबाह दर्ता नातिहरुको जन्मा दर्ता किना नगर्नु भएको त ?
आमा : त्यो मेरो गल्ती हो तर मलाई थाहा भएन । जान्नेले पनि सिकाएन जिबनलाई पनि २८ दिन जेल राख्यो ,मलाई पनि शोध्पुछ गर्यो बुहारी माइत पठाई दिने भनेर देश निकाला गरेछ हामिलाई थाहा भएना ।
केवल:-अनि बुहारीलाई किना रोक्नु भएन त ?
आमा:- हामिलाई कारबाही हुन्छ पैसा नतिरे अनि बिबाह दर्ता छैन,जन्म दर्ता छैन । तेहि बहानामा देश निकाला गरेछ हामिलाइ त माइत पठाईदिने भन्थियो आदर्श को …….ले ।
केवल :- अनि जिबनले मेरो श्रीमती हैन मेरो छोराहरु हैन भन्योरे नि त ?
आमा :- हैन त्यो भनेकै हैन सबै झुठो हो हामिलाई पैसा मागेको थियो ३.५०लाख जति जरिबाना लाग्छ भनेर त्यो पैसाको लागि मैले दुनियाको खुट्टा ढोगे केही पार लागेन
केवल :- अनि तेस्तो आपत परेको थियो भने तपाईहरुले fbबाट किना सहयोग माग्नु भएन त ?
आमा:- मैले जानेकै छैना मलाई थाहा नै छैना
केवल :- अब के आदर्श सस्था र प्रसासनलाई कारबाही होस भन्नू चाहानु हुन्छ ? के बुहारी झिकाउनु चहानु हुन्छ त ?
आमा:- मेरो बुहारी जसरी पनि १/२ महिना भित्रमा आउँछ र म पनि मेरो परिवार पहिला जस्तो थियो तेस्तै हेर्न चाहन्छु र आदर्श र प्रसासनले ढाटेर पठायो । हामी अन्तिम दिन एअरपोर्ट पुराउनु जादा सम्म थाहा भएन ।पत्रकार सम्मेलन गरेर हुन्छकी ठूलो मान्छेलाई भनेर हुन्छकी मेरो बुहारी झिकाउछु ।
केवल:-अनि धेर पैसा लाग्छ होला सक्नु हुन्छ त ?
आमा :- समस्य त तेहि त छ त तेहि पैसा नहुनाले यहाँ सम्म भयो ।
केवल:-अनि अहिले जीवन कहाँ छ त ?
आमा :- अहिले ईन्डिया छ आज ८/९ दिन भयो आज फोन गरेको थियो भोलि तिर आउछु भनेर
केवल:- के यो तपाईले बोल्नु भएको सत्य कुरो होत ?
आमा:- सत्य कुरो हो मैले ढाटेको छैना जस्लाई पनि म यहि भन्छु बिहान देखि धेरै कलहरु आई रहेको छ ।
आमा :- अनि भाइ मगर हो ?
केवल:- मगर हैन म तमाङ हो । सत्य केहो बुझ्न खोजेको मात्रै हु हस्त बिदा चहान्छु ।
आमा :- हुन्छ ।
(फोन बन्द गरे)
फोन वार्ताको क्रममा जिबनको आमाले जोयालाइ लुगा धुनु सम्म नलगाइएको अहिले अनेकौं आरोप हरु लगाउदा धेरै गार्हो र सहनै नसक्ने अवस्था भन्दा पनि त्यो मसिनो नातिहरुसङ्ग अलग्गिनु पर्दाको पिडाले जिबनको आमालाइ सताइरहेको हुदा पत्रकार सम्मेलन गरेर हुन्छ कि कसरी हुन्छ जे गरि हुन्छ बुहारी जोयालाई नेपाल झिकाउने उनको दृढ सङ्कल्पका साथ जिबनको आमाको पीडादायी अवस्था सुन्दा यहाँ प्रश्न खडा भएकोछ । आखिर किन यो सब प्रपन्च गर्यो रच्यो आदर्श ले ? किन केका लागि त्यो गरिब जिबनको परिवार सङ्ग त्यति धेरै रकमको माग राखे ?उद्दारको नाउँमा नेपाल मै बस्ने बाताबरण सिर्जना नगराइ जोयालाइ फिलिपिन फर्काउन आतुर किन भए आदर्श सङ्स्थाका समाजसेवीहरु र त्यहाँका प्रहरी प्रशासनले किन बुने यतिका ठूलो देशलाइ नै बद्नाम गराउने प्रपन्च भन्ने कुरा चाडै अब बाहिर आउदैछ ।
एउटा बुहारीलाई अधिकार दिलाउनु दिनुको साटो घरबाट निकालेर परिवार बिहिन पारी माइत पठाउने बहानामा उल्टै अलिकति पनि इमानदारीता नराखी फिलिपिन्स सरकार सङ्ग जरिवाना स्वरुप ७ लाख लिनुको साटो जोयालाइ नेपाल मै बस्ने बाताबरण सिर्जना किन गर्न गराउन सकेन आखिर त्यो बालकहरु त हाम्रै होनि नेपालिको खुन हो नि र पनि केही मुट्ठी भर समाजसेवी भनाउदा र दरिद्रे सङ्स्थाको कुरामा लागेर नेपाल सरकारले ती मसिना बालकहरुलाइ परिवार बिहिन पारि फिलिपिन पठायो ।
पछि सुन्नमा आएको छ फिलिपिन्स सरकारले एक महिना अगाडि आफ्नो जनता फर्काउनको लागि नेपाल सरकारलाई पत्र पठाएको समाचार पनि आको रहेछ पछि देखे मैले .. त्यो एक महिनाको दौरानमा नेपालका संचार माध्यमहरु कता कुन दुलो भित्र लुकेर के हेरि बसेका थिए?? अचानक तीन दिनमा जोया काण्ड किन कसरी भाइरल भयो उद्दारको नाउँमा ? साथै अहिलेसम्म सन्चार माध्यमहरुले कुलतमा फसेको भनेर प्रचारप्रसार गरिएको जीवन थापाको नराम्रो फिजाइएको हल्लामा जोयाको अपराधी बनाइएको जिबनको परिवारलाई गोप्य किन राखिदै छ राखिएको छ किन सर्बजनिक गरिएन गर्न चाहेन ?? अन्तरबार्ता सम्म अहिलेसम्म नलिनुमा षडयन्त्रको गन्ध मज्जाले आइरहेको छ आदर्शको ।
यदि यो बस्तबमै तानाबुना राजनीतिक षडयन्त्र नै हो भने नेपाल सरकार र आदर्श संस्था अनि समाजसेवी भनाउदाहरुले नेपाल र नेपालीहरुलाई बद्नाम गराउने कार्य नियत बस सुनियोजित हुन रहेछ भन्दा फरक पर्दैन होइन भने दरिद्रताले भरिएको आदर्श संस्था भन्नेलाई तुरुन्तै खारेज गरि सोझो मगर जीवनको परिवार माथी लगाइएको झुठो आरोप फिर्ता गर ।
अन्यायमा परेको जीवन थापाको परिवारलाई लाई न्याय देलाएर जोयालाइ नेपाल तुरुन्त झिकाइ । उनलाइ बुहारी हुने बनाउने बन्ने बनाउने अवसरको बाताबरण सिर्जना गराइ आफुहरुले गरेको भुललाई स्विकार्दै सच्च्याइ बिश्वभर शिर ठाडो पारी नेपाली हौ हामी भन्न हामिले पाउनुपर्छ दिनुपर्ने हुन्छ जोयालाइ न्याय दिलायर नेपाल सरकारले यदि आफुहरुले गरेको भुल स्विकार्दैन भने नेपाल सरकारले ठूलो छेती ब्यहोर्नुपर्ने हुन्छ अबका हामी नेपाली जनताहरु घोर निन्द्रामा निदाइ रहेको अवस्था छैन जागिसकेका छौ ।नेपाली जनताहरु चेतनशिल भैसकेको अवस्थामा यी यस्ता घटना घटाउछ जानिजानी षडयन्त्र गर्छ ।जनतामाथी नै भने अब जनता चुप भएर बसिदैन हात बाधेर आफ्नो र आफ्नोहरुको लागि आफै लड्छौ जोयालाइ नेपाल हामी झिकाएर छोड्छौ ।यसको लागि आम सारा नेपालीहरु एक भएर यो अन्यायको बिरुद्धमा आवज बुलन्द पारी आफ्नो ती मसिना नाबालक सहित एक पीडित महिला र जिबनको परिवारलाई न्याय दिलाउन हाम्रो एकता अहिलेको आवस्यकता रहेको छ ।
बुटबल, भदौ ५-सर्पको डसाइबाट मृत्यु भएका भनिएका यहाँका एक व्यक्तिको दाहसंस्कार गर्न लाग्दा जिवित मानिसले जस्तै शरीरका अङ्ग चलाउन थालेपछि सबैलाई चकित पारेका छन्। रुपन्देहीको सैनामैना नगरपालिका-९ देउपारका जोखु चौधरीलाई शुक्रबार बेलुका घरमै सर्पले डसेको थियो। सर्पको डसाइपछि उनलाई तत्कालै उपचारार्थ लुम्विनी अञ्चल अस्पताल बुटवलमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।अस्पतालमा मृत्यु भएका जोखुलाई परिवारले रातिनै घर लगेर आफ्नो संस्कारअनुसार शनिबार बिहान कपिलवस्तुको लक्ष्मणघाटमा दाहसंस्कार गर्न लाग्दा उक्त व्यक्तिले पुनः जिवित मानिसले जस्तै हातखुट्टा चलाउने र शरिरबाट पसिना निकालेपछि सबैलाई चकित पारेका थिए मृत्यु भएका भनिएका व्यक्तिको शरीरमा त्यस्तो अवस्था देखापरेपछि परिवार तथा दाहसंस्कारमा पुगेका मलामीले उनलाई पुनः भैरहवास्थित मेडिकल कलेज पुर्याइ भेन्टिलेटरमा राखेको करिब एक घण्टापछि त्यहाँ पनि चिकित्सकले मृत्यु भएको घोषणा गरेका उनको दाहसंस्कारमा पुगेका एमाले जिल्ला सदस्य नरबहादुर थापाले जानकारी दिए ।चिकित्सकले मृत्यु घोषणा गरेका केही व्यक्तिमा अपवादको रुपमा यस्तो प्रतिक्रिया देखिने सम्भावना रहेको र यस्तो अवस्थालाई ’रिगोर मोर्टिस’ भएको मानिने लुम्विनी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा।विकास देवकोटाले बताए । उनले अञ्चल अस्पतालमा उपचारार्थ ल्याइएका र चिकित्सकले मृत्यु घोषणा गरेका व्यक्तिमा देखिएको यस्तो अवस्थाका बारेमा आफूले यथार्थ बुझ्ने समेत बताए । रासस
काठमाडौं, ५ भदौ - भारतका विभिन्न राजनीतिक दलका प्रभावशाली नेताहरुले नेपालमा संविधान कार्यान्वय भएर आर्थिक समृद्धि भएको हेर्न आफुहरु ईच्छुक रहेको बताएका छन् ।
नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा उनीहरुले विभिन्न आन्दोलनबाट प्राप्त भएका संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता एजेण्डाहरुलाई संस्थागत गर्नपनि संविधान कार्यान्वयन अनिवार्य भएकोले नेपालका सबै राजनीतिक दलहरुले यसतर्फ सोच्नुपर्ने धारणा राखेका हुन् ।
भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार भगतसिंह कोशियारीले संविधान संशोधनमार्फत असन्तुष्ट पक्षहरुको मुद्दा सम्बोधन गरेर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनेगरि प्रचण्ड नेतृत्वको सरकारले काम गर्नुपर्ने सुझाव दिए । उनले अघि भने,‘पहिलाको प्रचण्डजी र अहिलेको प्रचण्डमा फरक छ, उहाँ सुझबुझका साथ प्रधानमन्त्री बन्नुभएको छ, मलाई लाग्छ उहाँले मुलुकलाई निकास दिनेबारेमा गम्भिर भएर विशेष पहलकदमी लिनुहुनेछ ।’
कोशीयारीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि द्धिपक्षीय सम्बन्ध अझै समुधुर र प्रगाढ बन्ने विश्वास समेत व्यक्त गरे । उनले अघि थपे,‘अब हुने भनिएको द्धिपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउँछ, त्यसमा कुनै शंका नै छैन् ।’
भारत नेपालमा जहिलेपनि शान्ति, सुव्यवस्था, स्थिरता र आर्थिक समृद्धि चाहाने उल्लेख गर्दै उनले भने,‘नेपाल अब आर्थिक समृद्धिको बाटोमा अघि बढोस्, भारताके यसमा पूर्ण साथ र सहयोग रहनेछ ।’
कोशीयारीले प्रचण्डको भारत भ्रमणको बेलामा दुई देशवीच भएका विभिन्न सन्धि–सम्झौताहरु आपसी समझदारी र छलफलको माध्यमबाट पूनरावलोकन गरिने समेत जनाए । उनले अघि थपे,‘नेपाल–भारत सम्बन्धमा देखिएका सबैखाले असमझदारी हटाउने कुरामा हामी पूर्ण तयार छौं, आपसी वार्ता तथा छलफलको माध्यमबाट हामी यसलाई टुँगोमा पुर्याउँछौं ।’
त्यस्तै कँग्रेस आईका बरिष्ठ नेता डा. करण सिंहले संविधान संशोधन गर्ने कुरामा आफूले चूनौति देखेको स्पष्ट पारेका छन् । डा. सिंहले भने,‘संविधान संशोधन कसरी गर्ने भन्ने विषयमा मैले चूनौति देखेको छु, एमालेलाई सहमतिमा लिएर संविधान संशोधन गर्ने वा सरकारले दुई तिहाई पुर्याउने ?’
उनले संविधान कार्यान्वयनको लागि पनि समयमै निर्वाचन सम्पन्न हुनुपर्ने धारणा राखेका छन् । उनले आफ्नो पार्टीले नयाँ सरकारलाई पूर्ण सहयोग गर्ने समेत प्रतिबद्धता जनाए ।
सिंहले नेपालमा देखिएको संघीयतासम्बन्धी सिमांकनको विवाद समाधान भएर मोर्चा सरकारमा सहभागी भए संविधान कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताए ।
जनता दल युनाईटेडका अध्यक्ष शरद यादवले नेपाल–भारत सम्बन्ध नयाँ शिरामा पुगेको विश्वास व्यक्त गरेका छन् । यादवले भने,‘द्धिपक्षीय सम्बन्ध सुधार भएको छ, अब यसलाई नयाँ गति दिनुपर्छ ।’ उनले अब द्धिपक्षीय सम्बन्ध सानातिना कुरामा अल्झिन नहुने समेत तर्क गरेका छन् ।
अध्यक्ष यादवले काँग्रेस–माओवादी केन्द्रको गठबन्धनमा बनेको नयाँ सरकारले मधेशवादी दल र एमालेलाई पनि साथमै लिएर अघि बढ्नुपर्ने सुझाव दिए ।
उनले भने,‘जतिसक्दो चाँडो सिंमाकनको विवाद समाधान भएर नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढोस भन्ने हाम्रो चाहना छ ।’ उनले प्रधानमन्त्री प्रचण्डलाई दुरदर्शी नेताको रुपमा समेत चित्रण गरेका छन् । यादवले अघि थपे,‘प्रचण्डजी अहिले परिवर्तन हुनुभएको छ, पहिलाकोजस्तो प्रचण्ड अब हुनुहुन्न, उहाँले मुलुकलाई निकास दिने कुरामा म विश्वस्त छु ।’
भारतीय राष्ट्रवादी काँग्रेसका महासचिव डिपी त्रिपाठीले नेपाल–भारत सम्बन्ध सुमधुर बनेको भन्दै नेपालका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई सफल बनाउन आफुहरु लागिपर्ने बताए । उनले अघि भने,‘भारत प्रचण्डजीको भारत भ्रमणको स्वागत गर्न आतुर छ ।’ आफूले प्रचण्डलाई नेपालको सफल प्रधानमन्त्रीको रुपमा देख्न चाहेको समेत उनको भनाई थियो ।
त्रिपाठीले प्रचण्डलाई दिर्घकालिन हित हुनेगरि काम गर्न समेत सुझाव दिएका छन् । उनले असन्तुष्ट मधेशी मोर्चालाई साथमै लिएर अघि बढ्न समेत प्रचण्डलाई आग्रह गरेका छन् । उनले अघि भने,‘मोर्चाको माग पुरा गर्न संविधान संशोधन गर्नुपर्छ, त्यसको लागि सरकारले पहलकदमी लिओस भन्ने हाम्रो शुभकामना छ ।’ संविधान संशोधन भएपछि मधेशी मोर्चा पनि सरकारमा सहभागी हुनुपर्ने उनको धारणा छ ।
त्यस्तै भारतीय कम्युष्टि पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरीले प्रधानमन्त्री प्रचण्डले सबै दललाई मिलाएर लैजान सक्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन् । उनले संविधान संशोधन गरेर अहिलेसम्म प्राप्त भएका सबै खाले उपलब्धिहरुलाई संस्थागत गर्न पनि चुनाव गर्नुपर्ने अनिवार्य आवश्यकत्ता रहेको बताए
झापा / उत्तरी झापाबाट विर्तामोड उपचार गर्न गएकी एक बुहारीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेपछि परिवार बुहारी खोज्दै प्रहरी कहाँ पुगेको छ । तर, बुहारी अस्पतालबाट पक्राउ नगरि होटलबाट केटासंग रंगेहात पक्राउ परेको खबरले परिवार स्तब्ध बनेको छ । घटना शुक्रबारको हो । साँझ जिल्ला प्रहरी कार्यालयले आकस्मिक (छड्के) अनुगमन गरि विर्तामोड क्षेत्रका होटल तथा लजमा छापा मारी २१ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये एक जना श्रीमान बैदेशिक रोजगारको क्रममा मलेसिया गएकाकी श्रीमती परेपछि परिवार बास्तविकता बुझ्न जिल्ला प्रहरी कार्यालय झापा पुग्दा यो रहस्य सार्वजनिक भएको हो
९ जना महिलासहित २१ जनालाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको र उनीहरुमाथि सार्वजनिक मुद्दा चलाइने प्रहरीले बताएको छ । २१ जना मध्ये एक जनालाई विभागीय कारवाहीको लागि अन्यत्र पठाएको, १ जोडिलाई विवाह गर्ने परिवारको शर्त र रोहवरमा जिम्मा लगाएको, एक महिला निर्दाेष पाइएकाले छाडेको र बाँकी १७ जनामाथि कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ । विर्तामोड बसपार्कभित्रका होटल अर्किड, दोभान, मनिला, विर्तामोड पश्चिम बस स्टेण्डका सिक्कीम र नेवारी खाजा घरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) शैलेस थापाले जानकारी दिए ।
प्रहरीले गरेको कामको होटल व्यावसायी संघ झापाले स्वागत गरेको छ । आफूहरु समेत यौन व्यावसायको विरोधमा उत्रिएको र प्रहरीले यस्ता गतिविधी रोक्न गरेको प्रयास स्वागत योग्य रहेको संघका अध्यक्ष भोला उप्रेतीले बताए ।
धनगढी, २८ साउन । धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको सहजपुर सडकखण्डमा गएराति करिब १ बजे ना ६ ख १६९१ नंको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा बसमा सवार अन्य नौजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले मृत्यु हुनेमा डोटी जिल्ला वासुदेवी गाविस– १ का २८ वर्षीय योगेन्द्र विक र २८ वर्षकै खगेन्द्र विक रहेका छन् ।दिपायलबाट धनगढी आउँदै गरेको उक्त बस गएराति १.०० बजे सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।घाइतेमध्ये डोटी जिल्ला लडागडा गाविसका ३५ वर्षीय महावीर कठायत र कैलाली जिल्ला अत्तरिया नगरपालिकाका २५ वर्षीय चालक शेरबहादुर कडायतको अवस्था गम्भीर रहेको छ । दुई जनालाई थप उपचारका लागि भारत सिफारिस गरिएको छ ।अन्य सातजनाको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।
रेणु पराजुली /ओखलढुगां ओखलढुंगाको कारागाभित्रै एक जोडि बैबाहिक बन्धनमा बाँधिएका छन् । ०६४ सालदेखी कारागारमा जेल जिवन विताइरहेका प्रकाश कट्वाल र गणतन्त्र दिवसका दिन जेलबाट छुटेकी धनुका कार्की आज बैवाहिक बन्धनमा बाधिएका हुन् । कर्तव्य ज्यान मुद्दामा ०६३ सालदेखी सजाय काटीरहेकी कार्की गणतन्त्र दिवसमा ४० प्रतिशत सजाय मिनाहा भएपछि छुटेर जेल जीवन विताइरहेका प्रकाश कट्वालसँग आज कारागारमै औपचारिक विवाह गरेका हुन् ।विवाहमा केटा र केटी पक्षका अभिभावक, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाह , सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल र जेलर जानुका न्यौपानेको उपस्थितिमा विवाह गरेका थिए । okhदुवै जना जेलमा रहँदै ०६६ सालदेखी प्रेम गरेको र आफ्नो प्रेम सफल भएको बेहुली धनुका कार्कीले बताउनुभयो । जेलबाट छुटेपछि सामाजिक रुपमा अपहेलित हुनु नपरोस भनेर आफुले जेलमै रहेका केटासँग प्रेम गरेर विवाह गरेको दावी गर्नुभयो । बेहुला प्रकाश कट्वालको जवरजस्ती करणीको मुद्दामा अझै दुई वर्ष सजाय भुक्तान गर्न बाँकी रहेको छ । दुवै जना कारागार आएपछि प्रेममा परेको प्रकाशले बताएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहले विश्वव्यापी रुपमा खुल्ला कारागारका. अवधारण प्रयोगमा आउन थालिसकेकाले कारागारमै विवाह गरेकाले आफु खुसी रहेको बताउनुभयो ।
सिंगापुरसँग सीमाना जोडिएको मलेसियाको जोहोरबारु शहरमा बिदेशी प्रेमिकासंग मस्ती गर्दागर्दै एक नेपालीको ज्यान गएको छ । जोहोरबारुको नुसाजयास्थित एक होटलमा आफ्नी भियतनामी प्रेमीकासित मस्ती गर्दागर्दै उनको ज्यान गएको हो । उमेरले आफुभन्दा करिब १५ बर्षले कान्छी २४ बषिर्य भियतनामी प्रेमीका लिएर त्यहाँको बजेट होटलमा पुगेका हरिबहादुर मगरको सम्भोग सकेपछि राती करिब ११ बजे मृत्यु भएको हो । घटना करिब ३ साताअघिको भएपनि नेपाली समूदायबीच यो खबर एकसाताअघि मात्रै जानकारीमा आएको थियो । स्थानीय दैनिक पत्रिका हरियान मेट्रोमा अंकमा प्रकासित समाचारअनुसार यौनउत्तेजक औषधी सेवनपछि अत्याधिक ‘सेक्स’का कारण उनको मृत्यु भएको हो । दिँउसो करिब साढे तीन बजे हरिको जोडी चरम आनन्द लिन होटल प्रवेश गरेको थियो । राती ११ बजे उनकी प्रेमिकाले होटलमा खवर गरेकी थिइन् । स्खलित भएपछि सुतेको होला भन्ने सोंचेर चुप लागेकी प्रेमिका त्यतिबेला छाँगाबाट खसेजस्तै भइन जतिबेला प्रेमीको सास उडेको थाहा पाइन् । यौन उत्तेजक औषधीका कारण लखतरन परेकी प्रेमिका सकी-नसकी होटल व्यवस्थापनकहाँ खबर गर्न पुगेको प्रहरीसँगको सोधपुछका क्रममा बताइन् । जाँचबुझका क्रममा अत्याधिक उत्तेजक औषधी सेवनपछि यौनसम्पर्कका कारण हरिकी प्रेमीका चल्नै नसक्ने अवस्थामा थिइन् । यौनक्रिडाका कारण आफ्नो शरिर दुखेकाले बेलैमा होटल व्यवस्थापनमा खबर गर्न नसकेको आफुले पिल्स चक्की पनि खाएको बताएकी थिइन् । घटनाको प्रारम्भिक अनुसन्धानअनुसार सो कोठामा प्रयोग गरिसकेका दुई बोत्तल यौन उत्तेजक औषधी र एक क्यान बियरको बोत्तल थियो । लत्ताकपडाहरु छरिएका अवस्थामा थिए ।घटनापछि मृतक हरिको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र प्रेमीकालाई भने अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ । तर यसबारे पछिल्लो जानकारी प्राप्त हुन सकेको छैन । मृतक हरिको नेपालस्थित ठेगानापनि खुल्न सकेको छैन । यहाँस्थित नेपाली दुतावासमा पनि कुनै जानकारी नआएको स्रोतले बतायो ।source:anauthosansarr.blogspot.co.il
जाजरकोट, २५ साउन - जाजरकोट लहँ-४, पिपलचौरमा रहेको जनता प्राथमिक विद्यालय विद्यार्थी खुला आकाशमुनि पढाई गर्न बाध्य छन्।
गएको असार दोस्रो हप्ता आएको बाढी पहिरोले विद्यालय भवन बगाउँदा विद्यार्थी खुला आकाशमा पढाई गर्न बाध्य भएका हुन्। बाढीले विद्यालयका दुई वटा भवन, चर्पी खानेपानी टंकी बगाएको प्रधानाध्यापक बलबहादुर रावलले बताए। बाढीले विद्यालय क्षेत्र बगरमा परिणत भएको छ। यही बगरमा विद्यार्थीलाई राखेर पढाउन वाध्य छौं, प्रधानाध्यापक रावलले भने, पानी परे पठनपाठन बन्द गर्नुको विकल्प छैन। चर्को घाम लागे पनि पढाई बन्द गर्नुपर्ने बध्यता छ। फेरि बाढी पहिरो आउलाकी भन्ने डर छ। पठनपाठन संचालन गर्नका लागि अन्यत्र ठाउँ पनि छैन।
विद्यालयमा न चर्पी छ, न त खानेपानीको व्यवस्था छ, उनले भने, विद्यालयमा बस्ने ठाउ नहुँदा विद्यार्थी विद्यालय आउन छाडेका छन्। पहिरोको जोखिम भएकोेले बालबालिकालाई विद्यालय पठाउन छाडेको अभिमावक तिलबहादुर रावलले बताए। विद्यालय भवन नहुँदा पिपलचौरका विद्यार्थी पठनपाठनबाट बञ्चित भएका छन्। ५ कक्षासम्मको पढाई संचालन हुने विद्यालयका बालबालिका बगरको चिसो बालुवा र माटोमा बसेर पढाई गर्दा बिरामी पर्ने गरेको प्रधानाध्यापक रावलले बताए।
पर्वत, साउन । पर्वत सदरमुकाम कुश्माबजारस्थित शिवालय चोक नजिकै रहेको बसपार्कमा पार्किङ गरिएका बसमा गएराति आगलागी भएको छ ।
बसपार्कमा पार्किङ गरी राखेको ग १ ख ४९३६ नम्बरको बसमा अचानक आगलागी हुँदा उक्त बस पूर्णरुपमा क्षति भएको छ । आगलागी हुँदा नजिकै पार्किङ गरी राखेको ना ४ ख ९०३७ नम्बरको र ध १ ख ५६९ नम्बरको बसमा समेत लाखौँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
उक्त आगलागी जिल्ला प्रहरी कार्यालयबाट ३० जनाको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
उक्त आगलागी बसपार्कमा डुल्ने बेवारिसे बालबालिकाले लगाएको भन्ने अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । बालबालिका फरार रहेको हुँदा खोजतलास कार्य भइरहेको जनाइएको छ ।
ताप्लेजुङ / । लिङ्खिम गाविसस्थित विजय निमाविमा अध्ययनरत एक छात्रा स्कुल जाने क्रममा खोलाले बगाएर बेपत्ता भएकी छन् ।
लिङ्खिम– ३ ओमबहादुर लिम्बूकी १४ वर्षीया छोरी अनिता आज बिहान स्कुल जाने क्रममा सोही गाविसमा पर्ने तावा खोला तर्दै गर्दा खोलामा डुबेर बगेको विद्यालयका प्रअ गायत्री पौडेलले बताउनुभयो ।
बिहान करिब ९.५० बजे केही साथीसँगै स्कुल जाँदै गर्दा पुल नभएको खोलाभित्रैबाट तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो ।
सोही खोलामा काठको फड्के भए पनि स्कुल जान हतार भएकाले सोही पुल भएदेखि केही माथिको भागबाट छोटो बाटो हुँदै तर्ने क्रममा उनी बगेकी हुन् । केही साथी तरेर अघि बढ्दै गर्दा पछाडिरहेकी लिम्बूलाई खोलाले बगाएको उनका साथीले बताएका छन् ।
सो खोलामा भएको एउटा फड्के पुलसमेत निकै जीर्ण भएकाले त्यहाँबाट खोला तर्न निकै समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । लगत्तै स्थानीय र शिक्षक मिलेर खोजी भइरहेको र प्रहरीलाई खबर गरिएको बताइएको छ । उनी विजय निमाविमा कक्षा ८ मा अध्ययनरत थिइन् । रासस