यसका लागि कल गर्न चाहेको व्यक्तिको नम्वर थिचेर भाइबर आउट कललाई छनौट गर्नुपर्नेछ। अथवा भाइबरको किप्याडमा चाहेको नम्वर डायल गरेर यो सेवा लिन सकिने छ। यसका लागि देशको कोड भने सही थिच्नुपर्दछ।
अस्ट्रेलिया, बहाराइन, बाङ्गलादेश, बेल्जियम, भुटान, ब्रुनेइ डारुसुलाम, कम्बोडिया, क्यानडा, चीन, साइप्रस, डेन्मार्क, फीनल्याण्ड, फ्रान्स, जर्मनी, हङ्कङ्, भारत, इन्डोनेसिया, आयरल्याण्ड, इज्रायल, इटाली, जापान, कुवेत, लावोस, लेबनन्, मकाउ, मलेशिया, नेपाल, नेदरल्याण्ड, न्यू जियल्याण्ड, नर्वे, पाकिस्तान, फिलीपिन्स, पोल्याण्ड, पोर्चुगल कतार, रुस, साउदी अरेयिबा, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्विडेन, स्विजरल्याण्ड, टाइवान, टाजिकिस्थान, थाइल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, बेलायत, अमेरिका, भिएतनाम देशमा निशुल्क कल गर्न सकिने भाइबरले जनाएको छ।
यसका लागि कल गर्न चाहेको व्यक्तिको नम्वर थिचेर भाइबर आउट कललाई छनौट गर्नुपर्नेछ। अथवा भाइबरको किप्याडमा चाहेको नम्वर डायल गरेर यो सेवा लिन सकिने छ। यसका लागि देशको कोड भने सही थिच्नुपर्दछ।
अस्ट्रेलिया, बहाराइन, बाङ्गलादेश, बेल्जियम, भुटान, ब्रुनेइ डारुसुलाम, कम्बोडिया, क्यानडा, चीन, साइप्रस, डेन्मार्क, फीनल्याण्ड, फ्रान्स, जर्मनी, हङ्कङ्, भारत, इन्डोनेसिया, आयरल्याण्ड, इज्रायल, इटाली, जापान, कुवेत, लावोस, लेबनन्, मकाउ, मलेशिया, नेपाल, नेदरल्याण्ड, न्यू जियल्याण्ड, नर्वे, पाकिस्तान, फिलीपिन्स, पोल्याण्ड, पोर्चुगल कतार, रुस, साउदी अरेयिबा, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्विडेन, स्विजरल्याण्ड, टाइवान, टाजिकिस्थान, थाइल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, बेलायत, अमेरिका, भिएतनाम देशमा निशुल्क कल गर्न सकिने भाइबरले जनाएको छ।
आजको खबर २०७३ फाल्गुण १६ सोमबार १४:०३:००
त्यसकालागि मन्त्रालयले सरकारी अस्पतालसँग सम्झौता गर्ने तयारी गरेको पनि मन्त्री खड्काले जानकारी दिए । नेपाली महिलाहरुमा लाग्ने पाठेघर क्यान्सरको उपचार सरकारले निःशुल्क उपचार गर्ने भएपछि धेरै महिलाले राहत पाउने मन्त्री खड्काको दाबी छ । ‘हामी लोकप्रिय हुने भन्दा पनि महिलाले राहत पाउनुपर्छ भन्ने उद्देश्यले पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था गर्न लागिएको हो,’ पत्रकार सम्मेलनमा मन्त्री खड्काले भने, ‘यसबाट क्यान्सर लागेका महिलाले राहत महसुस गर्ने हामीले अपेक्षा लिएका छौं।’
मन्त्री खड्काले देशका कुनै पनि ठाउँमा ठाउँमा महिलामाथि भएका घरेलु हिंसालगायत सबै प्रकारका हिंसाका घटनामा राज्यले पीडितको उद्दार गर्ने, कानुनी सहायता दिने, उपचार तथा पूर्नस्थापना गर्न तत्काल जिम्मेवार समूहको निर्माण गर्ने जानकारी दिए । कार्यक्रममा मन्त्री खड्काले आर्थिक रुपमा महिलाहरुलाई सशक्त बनाउने उद्देश्यले महिलालाई आयमुलक सिप प्रदान गर्ने, बजार र रोजगारसँग जोड्न राष्ट्रिपति महिला उत्थान कार्यक्रमको सुरुवात गर्ने जनाए । राष्ट्रपति महिला उत्थान कार्यक्रम फागुन २३ गते कपिलबस्तुबाट सुरु गर्ने मन्त्री खड्काले जानकारी दिए ।
यसैगरी आगामी दिनमा कारागारमा रहँदा र कारागार मुक्त भएपछि जीवन यापन र आर्थिक गतिविधि गर्न सक्ने गरी आयमूलक अवसर प्रदान गर्न यही आर्थिक वर्षमा काठमाडौँका कारागारमा रहेका महिलाकालागि कारागारमै आयमुलक सिप प्रशिक्षण कार्यक्रम संचालन गर्ने तयारी भइरहेको जानकारी दिइयो ।
मन्त्रालयले प्रत्येक जिल्लामा बालिबालिकाका लागि खेलकुल, मनोञ्जन र शारीरिक अभ्यासको व्यवस्थासहित बाल उद्यान स्थापना गर्ने तयारी गरेको छ । ‘आगामी आर्थिक वर्षमा २१ वटा र यही आर्थिक वर्षमा १० वटा बाल उद्यान निर्माण गर्ने लक्ष्य लिएका छौं,’ मन्त्री खड्काले भने, ‘प्रत्येक जिल्लामा जेष्ठ नागरिककालागि वृद्धाश्रमको निर्माण गर्ने लक्ष्य अनुसार आउँदो आर्थिक वर्षमा प्रत्येक प्रदेशमा १ वटाको दरले नमुना सःशुल्क वृद्धाश्रम निर्माण गरिनेछ ।’
मुलुकका सबै स्थानीय तहमा कम्तिमा एउटा वृद्धाश्रम रहनेगरी आगामी आर्थिक वर्षमा मुलुकभर ४९० वृद्धाश्रम खोलिने मन्त्री खड्काले जानकारी दिए।
कमाइको दश प्रतिशत आमा बुवालाई अनिवार्य
मन्त्री खड्काले सार्वजनिक गरेको योजनामा प्रत्येक सन्तानले आफ्नो कमाइको दश प्रतिशत रकम आफ्ना बाबुआमाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने बताए । आफ्ना सन्तानलाई बाबु आमाप्रतिको कर्तव्य बोध गराउन आफ्नो कमाइको दश प्रतिशत आमा बुवाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गर्न लागिएको मन्त्री खड्काले जानकारी दिए। ‘त्यसो हुन सक्यो भने वृद्धावस्थामा आमाबुवा तिरस्कार हुनुपर्ने अवस्था आउने छैन,’ उनले भने ।
यसैगरी जेष्ठ नागरिकले आफू जीवितै रहेको अवस्थामा आफ्नो सम्पूर्ण सम्पत्ति सन्तानलाई दिन नपाउने व्यवस्था गर्न लागिएको छ । आमाबुवाले आफ्नो सम्पत्ति ७५ प्रतिशत मात्र आफ्ना सन्तानलाई दिन पाउने व्यवस्था गर्न लागिएको मन्त्री खड्काले जानकारी दिए । बाँकी २५ प्रतिशत भने आफ्नो सेखपछि मात्र सन्तानलाई दिन पाउने कानुनी व्यवस्था गर्न लागिएको हो ।
फागुन ११ गते बुधबार एकादशीका दिन संस्थानका तर्फबाट राडी, च्यादर, बख्खु, कमन्डलु, शङ्ख, घन्ट, पीताम्बरी, लोटा, सिदालगायत सामान साधुसन्तलाई वितरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवासमा सङ्कल्प गरे । सङ्कल्प गरिएका सामान पनि आज वितरण गरिएको छ ।
संस्थानले फागुन ११ गतेदेखि आजसम्म साधुसन्त, महात्मा, सन्यासीलाई धुनी बाल्न ३८ हजार किलो दाउरा व्यवस्था गरेको थियो । स्वदेश तथा विदेशबाट आएका साधुसन्त, महात्मालाई महाशिवरात्रिका अवसरमा संस्थानले आजसम्म निःशुल्क भोजनको व्यवस्था गरेको थियो ।
संस्थान र कोषले पशुपति परिसरमा नागा साधुलाई, आर्यघाट पारि राम मन्दिरमा वैष्णव साधुलाई, गोरखनाथ मठ मृगस्थलीमा नाथ सम्प्रदायका साधुलाई, भष्मेश्वर अखडामा उदासी सम्प्रदायका साधुलाई र राजराजेश्वरी निर्मल अखडामा पनि उदासी सम्प्रदायका साधुलाई निःशुल्क भोजनको व्यवस्था गरिएको थियो ।
कालमोचनघाटको बैरागी अखडा, उदासी अखडा, सन्यासी अखडा र गोरखनाथ अखडामा पनि साधुलाई निःशुल्क भोजनको व्यवस्था थियो । पशुपति मन्दिर परिसरभित्र नागाको बिदाइ गर्दा दक्षिणासहित २०० ग्रामको पेडा वितरण गरियो । अन्य साधुलाई दक्षिणा सङ्कल्प गरिएको सामान दिएर बिदाइ गरिएको संस्थानका उपप्रशासक दीपकबहादुर पाण्डेले जानकारी दिए ।
संस्थानले रु १३ लाख दक्षिणास्वरुप साधुसन्तलाई वितरण गरेको थियो भने कोषले त्यसको ५० प्रतिशत थपेर वितरण गर्यो ।