धर्मको नाउमा इन्डीएनहरु साधुको भेषमा झुक्क्याएर पशुपति पस्ने नेपाली जनताको पैसा लुटेर लाने परविर्ति:- आजको खबर २०७३ फाल्गुण १५ आइतबार १९:०१:००
फागुन ११ गते बुधबार एकादशीका दिन संस्थानका तर्फबाट राडी, च्यादर, बख्खु, कमन्डलु, शङ्ख, घन्ट, पीताम्बरी, लोटा, सिदालगायत सामान साधुसन्तलाई वितरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवासमा सङ्कल्प गरे । सङ्कल्प गरिएका सामान पनि आज वितरण गरिएको छ ।
संस्थानले फागुन ११ गतेदेखि आजसम्म साधुसन्त, महात्मा, सन्यासीलाई धुनी बाल्न ३८ हजार किलो दाउरा व्यवस्था गरेको थियो । स्वदेश तथा विदेशबाट आएका साधुसन्त, महात्मालाई महाशिवरात्रिका अवसरमा संस्थानले आजसम्म निःशुल्क भोजनको व्यवस्था गरेको थियो ।
संस्थान र कोषले पशुपति परिसरमा नागा साधुलाई, आर्यघाट पारि राम मन्दिरमा वैष्णव साधुलाई, गोरखनाथ मठ मृगस्थलीमा नाथ सम्प्रदायका साधुलाई, भष्मेश्वर अखडामा उदासी सम्प्रदायका साधुलाई र राजराजेश्वरी निर्मल अखडामा पनि उदासी सम्प्रदायका साधुलाई निःशुल्क भोजनको व्यवस्था गरिएको थियो ।
कालमोचनघाटको बैरागी अखडा, उदासी अखडा, सन्यासी अखडा र गोरखनाथ अखडामा पनि साधुलाई निःशुल्क भोजनको व्यवस्था थियो । पशुपति मन्दिर परिसरभित्र नागाको बिदाइ गर्दा दक्षिणासहित २०० ग्रामको पेडा वितरण गरियो । अन्य साधुलाई दक्षिणा सङ्कल्प गरिएको सामान दिएर बिदाइ गरिएको संस्थानका उपप्रशासक दीपकबहादुर पाण्डेले जानकारी दिए ।
संस्थानले रु १३ लाख दक्षिणास्वरुप साधुसन्तलाई वितरण गरेको थियो भने कोषले त्यसको ५० प्रतिशत थपेर वितरण गर्यो ।
0 comments
Write Down Your Responses