धुम मच्चाउने सामसुङ ग्यालेक्सी एस-७को विशेषता एस्तो हुनेछ ...
सामसुङको आउन लागेको नयाँ स्मार्टफोन एस-७ का विशेषताहरु लिक भएका छन्।



सबैभन्दा बढि बिक्री भएको स्मार्टफोनको सूचीको पहिलो स्थानमा रहेको स्मार्टफोनको विश्वप्रख्यात कम्पनी ‘सामसुङ’ को ग्यालेक्सी एस-५  निकै चर्चित भएपनि फेलापरेका विभिन्न त्रुटी पश्चात ग्यालेक्सी एस-६ रिलिज गरिएको थियो। एस-६ ले एस-५ मा भएका सबै त्रुटिहरूलाई सच्याउने होडमा सबैभन्दा महत्वपूर्ण विशेषता ‘टिकाउपन’मा ध्यान पुर्याउन सकेन।

तर, अहिले सामसुङले आफ्नो फुस्केको होसलाई फेरि कस्ने अभिप्राय गरेको छ। यसैक्रममा, ग्यालेक्सी एस-७ को बारेमा अझसम्मकै सबैभन्दा ठूलो लिक भएको छ, जसले ग्यालेक्सी एस-७मा भएका उत्कृष्ट तथा नयाँ फिचरहरूको बारेमा खुलासा गरेको छ। साथै, यसले विश्व चर्चित एप्पल कम्पनीको ‘आइफोन ६-एस’लाई पनि टक्कर दिने सबैको अनुमान रहेको छ।

त्यसो भए, कुन-कुन क्षेत्रमा एस-७ ले आइफोन ६-एसलाई टक्कर दिनेछ त?

टिकाउपन, स्टोरेज, ब्याट्री क्षमताका साथै भविष्यमा यसले नयाँ फिचर थप्नेबारे अन्तराष्ट्रिय मिडिया लेख्छन्। यस सूचनाका अनुसार, सामसुङ ग्यालेक्सी एस-७ को सबैभन्दा अनौठो फिचर भनेको यसमा पुरानो प्रविधीको ३.५ मिलिमिटरको हेडफोनको ज्याक (सानो पिन वाला ज्याक) राखिने भएको छ।



यसमा ३००० र ३६०० एमएएचका ब्याट्री लगाइने बताइएको छ। साथै माइक्रोएसडी स्लट फेरी राखिने बताइएको छ। २०० जीबी सम्मको मेमोरी एक्पान्ड गर्न सकिने र पहिले भन्दा द्रुत गतिको क्यामेरा यो नयाँ स्मार्टफोनमा हुनेछ। साथै यो स्मार्टफोन वाटर पुर्फ हुने बताइन्छ।

कहिले हुन्छ त ग्यालेक्सी एस-७ को रिलिज?

सामसुङको यो ह्याण्डसेट २१ फेब्रुअरी देखि ३ मार्च सम्ममा रिलिज हुनेछ र ४ मार्च देखि १७ मार्चसम्ममा अन्य देशहरूमा निर्यात हुने कुराको खुलासा भएको बताइन्छ।
, , , , , , , , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.