प्रधानमन्त्री केपी शर्मा ओलीले एक-दुई दिनमै नाकाबन्दी हट्ने दाबी गरेका छन् । अवस्था सामान्य नभए भारत भ्रमणमा नजाने उनले बताए ।
मंगलबार बालुवाटारमा सम्पादकहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नाकाबन्दी अघोषित रुपमै हट्ने बताए । घोषित रुपमा नाकाबन्दी नभएको भन्दै उनले भने-आफैं भएको हो, आफैं खुल्छ ।’
कहिले खुल्छ भन्ने प्रश्नमा उनले १-२ दिनमा नै खुल्ने बताए । यसअघि पनि प्रधानमन्त्री ओलीले पटक-पटक नाकाबन्दी खुल्छ भनेका थिए ।
नाका खुल्ने आधारहरु के के हुन् भन्ने प्रश्नमा उनले भने- नाकाबन्दी नखुल्नु पर्ने कुनै कारण छैन । आन्दोलनकारी भनेका दलहरुका अगाडि पनि अब कारण छैन ।’ मुद्धाहरु लैजान्छन् भनेर मात्र आन्दोलनकारी नेताहरुले समर्थन गर्न नसकेको उनको दाबी थियो ।
भारततर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने-‘मित्रहरुको मित्रतामा विश्वास लाग्छ । दलहरुको जिम्मेवारपनमा विश्वास लाग्छ ।’ यद्यपि कहिले काँहि आफ्नो विश्वासमा ठेस लाग्ने गरेको उनले बताए ।
प्रधानमन्त्री ओलीले नाका नखुले भारत भ्रमणमा नजाने संकेत गरे । उनले भने-अवस्था समान्य नभए भ्रमणमा जानु बान्छनीय हुँदैन ।’
प्रधानमन्त्री ओली फेब्रुअरी दोस्रो साता भारत भ्रमणमा जाने तयारीमा छन् । तर, मिति टुङ्गो लागेको छैन ।
सामसुङको आउन लागेको नयाँ स्मार्टफोन एस-७ का विशेषताहरु लिक भएका छन्।
सबैभन्दा बढि बिक्री भएको स्मार्टफोनको सूचीको पहिलो स्थानमा रहेको स्मार्टफोनको विश्वप्रख्यात कम्पनी ‘सामसुङ’ को ग्यालेक्सी एस-५ निकै चर्चित भएपनि फेलापरेका विभिन्न त्रुटी पश्चात ग्यालेक्सी एस-६ रिलिज गरिएको थियो। एस-६ ले एस-५ मा भएका सबै त्रुटिहरूलाई सच्याउने होडमा सबैभन्दा महत्वपूर्ण विशेषता ‘टिकाउपन’मा ध्यान पुर्याउन सकेन।
तर, अहिले सामसुङले आफ्नो फुस्केको होसलाई फेरि कस्ने अभिप्राय गरेको छ। यसैक्रममा, ग्यालेक्सी एस-७ को बारेमा अझसम्मकै सबैभन्दा ठूलो लिक भएको छ, जसले ग्यालेक्सी एस-७मा भएका उत्कृष्ट तथा नयाँ फिचरहरूको बारेमा खुलासा गरेको छ। साथै, यसले विश्व चर्चित एप्पल कम्पनीको ‘आइफोन ६-एस’लाई पनि टक्कर दिने सबैको अनुमान रहेको छ।
त्यसो भए, कुन-कुन क्षेत्रमा एस-७ ले आइफोन ६-एसलाई टक्कर दिनेछ त?
टिकाउपन, स्टोरेज, ब्याट्री क्षमताका साथै भविष्यमा यसले नयाँ फिचर थप्नेबारे अन्तराष्ट्रिय मिडिया लेख्छन्। यस सूचनाका अनुसार, सामसुङ ग्यालेक्सी एस-७ को सबैभन्दा अनौठो फिचर भनेको यसमा पुरानो प्रविधीको ३.५ मिलिमिटरको हेडफोनको ज्याक (सानो पिन वाला ज्याक) राखिने भएको छ।
यसमा ३००० र ३६०० एमएएचका ब्याट्री लगाइने बताइएको छ। साथै माइक्रोएसडी स्लट फेरी राखिने बताइएको छ। २०० जीबी सम्मको मेमोरी एक्पान्ड गर्न सकिने र पहिले भन्दा द्रुत गतिको क्यामेरा यो नयाँ स्मार्टफोनमा हुनेछ। साथै यो स्मार्टफोन वाटर पुर्फ हुने बताइन्छ।
कहिले हुन्छ त ग्यालेक्सी एस-७ को रिलिज?
सामसुङको यो ह्याण्डसेट २१ फेब्रुअरी देखि ३ मार्च सम्ममा रिलिज हुनेछ र ४ मार्च देखि १७ मार्चसम्ममा अन्य देशहरूमा निर्यात हुने कुराको खुलासा भएको बताइन्छ।

लिङ्ग’को बारेमा कुरा गर्दा धेरैजना अप्ठ्यारो मान्ने गर्छन्, अझ कतिले यस्ता व्यक्तिहरूलाई समाज र संस्कृतिको कलङ्कको रूपमा हेर्दछन्। तर एकचोटि गहिरिएर सोच्नुहोस् त, पुरुषको लिङ्ग र महिलाको योनी बिना के मानवजातीको अस्तित्व सम्भव छ?
यध्यपी, सबैलाई थाहा भएकै कुरा हो कि, भित्रभित्रै हामी आफ्नो अनौठो अनि रोचक गुप्ताङ्गको बारेमा जिज्ञासा पोख्ने गर्छौँ। त्यसैले, कुनै ढिला नगरी पुरुषको लिङ्गको बारेमा रोचक तथ्यहरू पढ्नुहोस्।
१. पुरुषको लिङ्गलाई अङ्ग्रेजीमा ‘पेनिस’ भनिन्छ, जुन ल्याटिन भाषाबाट साभार गरिएको हो र यसलाई अर्थ्याउँदा ‘पुच्छर’ हुन जान्छ।
२. पृथ्वीमा भएका जतिपनि भाले प्राणीहरू छन्, तिनीहरूको दाँजोमा ‘भाले मानिस’को लिङ्ग सबैभन्दा ठूलो हुन्छ। किनभने, लिङ्गको आकारलाई तुलनात्मक हिसाबले नापिन्छ। जस्तै, भाले हात्तीको लिङ्ग हाम्रो तुलनामा धेरै ठूलो हुन्छ, तर उनीहरूको शरीरसँग तुलना गर्ने हो भने, उनीहरूको लिङ्ग हाम्रो भन्दा सानो हुन जान्छ। त्यसको मतलब, मानिसको शरीर सानो भएपनि, तुलनात्मक रूपमा लिङ्ग चाहिँ अरू प्राणीको भन्दा ठूलो मानिन्छ।
३. मानिसको लिङ्गमा कत्ति पनि हाड हुँदैन। तैपनि, कसै-कसैको ‘लिङ्ग भाँच्चिएको’ खबर सुनिन्छ। वास्तवमा, उत्तेजना भएको बेलामा रगतको तीब्र गतिले गर्दा लिङ्गमा भएका फाइबर तन्तूहरू तन्किन जान्छ, जसले गर्दा लिङ्ग ठाडो र साह्रो हुन जान्छ। त्यसैले ‘लिङ्ग भाँच्चिनु’ भनेको यही तन्तूहरूको क्षय हुनुलाई जनाउँदछ। यस्तो हुनेबित्तीकै लिङ्ग शिथिल हुन्छ र अकल्पनीय पीडा हुने हुन्छ।
४. उत्तेजित लिङ्गलाई २ प्रकारले विभाजन गर्न सकिन्छः लामो र मोटो! विश्वमा २१ प्रतिशत पुरुषहरूको लिङ्ग उत्तेजित हुँदा मोटो हुन्छ भने बाँकी ७९ प्रतिशत पुरुषहरूको लिङ्ग लामो हुने पाइएको छ। साधारणतया, मङ्गोलियन जातीका पुरुषहरूको लिङ्ग छोटो र मोटो हुने र आर्यन जातीका पुरुषहरूको लिङ्ग लामो हुने पाइएको छ।
५. लिङ्ग उत्तेजित भएको अवस्थाको सरदर लम्बाई ४.५ इन्च देखि ६ इन्चसम्म हुन्छ। यो आँकडा विश्वभरीकै मानिसहरूको सरदर आँकडा हो। तैपनि, कतिपय पुरुषहरू आफ्नो लिङ्गको आकार देखि असन्तुष्ट हुने हुन्छन्। तर महिलाहरू आफ्नो साथीको लिङ्गको आकारमा कुनै चासो राख्दैनन्।
६. धुम्रपान गर्नाले लिङ्गको आकार घट्ने अनुसन्धानबाट पाइएको छ। धुम्रपानले हाम्रो रक्तनलीको भित्तामा क्याल्सियमले ढाक्ने गर्दछ, जसको कारण लिङ्ग उत्तेजित हुँदा रक्तसञ्चारमा बाधा पुग्दछ र लिङ्गको पूर्ण क्षमतामा कमी हुँदै जान्छ।
७. ‘अप्सराको कामेच्छा’ (Angel’s Lust) भनेको मरिसकेको मानिसको पनि लिङ्ग उत्तेजित हुनुलाई बुझाउँदछ।
८. सरदरमा, एक पुरुषको लिङ्ग २४ घण्टामा ११ चोटी उत्तेजित हुन्छ, जसमध्ये ९ चोटि रातीको बेला हुन्छ।
९. स्खलन हुनको लागि मस्तिष्कले नभई मेरदण्डले सिग्नल पठाउने गर्दछ। अचम्म छ हैन त? हामीले अझसम्म दिमागले सिग्नल पठाउँछ भन्ने ठानेथ्यौँ!
१०. वास्तवमा, हाम्रो लिङ्गको आकार हामीले देख्ने भन्दा दोब्बर हुन्छ। लिङ्गको आधा भाग त भित्री हाडसँग टाँस्सिएर बसेको हुन्छ। लिङ्गलाई हाडसँग टाँस्सिएको जरा देखि टुप्पासम्म हेर्ने हो भने ‘हँसिया’को जस्तो आकार देखिन्छ।
११. इतिहासमा रेकर्ड गरेअनुसार अझसम्मकै सबैभन्दा सानो लिङ्ग भनेको १ इन्चको ५/८ भाग मात्र रहेको पाइन्छ। तथापी, सबैभन्दा ठूलो लिङ्गको लम्बाई १३ इन्छ रहेको पाइएको छ।
१२. परिपक्व पुरुषहरूको मात्र लिङ्ग उत्तेजित हुन्छ भन्ने भ्रममा नपर्नुहोस्। आमाको गर्भमै भएको बच्चाको पनि लिङ्ग उत्तेजित हुने गर्दछ।
१३. कुनै-कुनै व्यक्तिको २ वटा लिङ्ग भएको पाइन्छ, त्यस्तो अवस्थालाई ‘डिफालिया’ (Diphallia) भनिन्छ।
१४. लिङ्ग पूर्णरूपले कडा हुनको लागि १३० मिलिलिटर रगतको सञ्चार हुनुपर्दछ, र त्यति रगत २ माइल प्रतिसेकेण्डको गतिमा दौडिनुपर्दछ। यो गति प्राप्त गर्नको लागि, शिथिल लिङ्गमा फिँजिएर बसेका साना-साना नसाहरूले (जसको व्यास ०.५ मिलिमिटर हुन्छ) आफ्नो आकार दोब्बर/तेब्बर बनाउँदछ र रगतलाई उक्त गतिमा बहाउँदछ।

समुन्द्र शास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवन सम्बन्धि विभिन्न कुरा भविष्यवाणि गर्न सकिन्छ । शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा यस्ता गुण बताएका छन् जुन गुण हुने ब्यक्ति सौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् ।
उक्त पुराणमा भाग्यमानी हुने कन्याको उल्लेख गरिएको छ । यी १२ गुण हुने युवतीसँग विवाह गर्ने पुरुष राजा समान बन्न सक्ने समेत उक्त पुराणमा उल्लेख छ ।
१ समुन्द्र शास्त्र अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् ।
२ कालो कपाल भएका र आगाडीपट्टी झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुन्द्र शास्त्रको भनाइ छ । चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ ।
३ गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।
४ जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ ।
५ सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यवती मानिन्छन् ।
६ आँखी भौ जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ ।
७ आँखाको कुनामा लालिमा हुनु र नानी गहिरो कालो हुने तथा अन्य भाग सेतो आँखा भएका कन्या लक्षणले भरीपूर्ण मानिन्छन् ।
८ हातमा हाड जोडिएको स्थान नदेखिने युवती भाग्यमानी हुने मानिन्छन् ।
९ लामो र कोमज तथा रौं रहित हात भएका कन्यालाई उच्च श्रेणीमा राखिएको छ । छोटों हात भएका कन्या दुर्वल मानिन्छन् ।
१० चिल्ला, गोला र उठेका नङ हुने कन्या लक्षण भएका मानिन्छन् ।
११ समुन्द्र शास्त्र अनुसार खुट्टाका पैताला राता हुने कोमल र चिल्ला हुने कन्यालाई शुभ लक्षणयुक्त मानिन्छ ।
१२ समुन्द्र शास्त्र भन्छ सामान्य भन्दा बढी लामा औंला हुने युवतीलाई विश्वास गर्दा विचार पुर्याउनु पर्छ । गृहस्ती जीवन बसाउँदा यस्ता युवतीसँग बसाउनु राम्रो मानिँदैन ।
कुनै पनि महिलामा पुरुषले सुन्दरता बाहेक धेरै कुरा खोज्छन् । त्यस मध्ये पहिलो कुरा हो आत्मविश्वास । पुरुषलाई महिलामा कति आत्मविश्वास छ र कति सम्हाल्न सक्ने क्षमता छ भन्ने कुरा खुव विचार गर्छन् ।
त्यसैगरी महिलाको अर्को महत्वपूरर्ण कुरा जुन पुरुषलाई आकर्षित गर्छ त्यो हो मुस्कान । स्त्री मुस्कानमा पुरुष घाइते हुन्छन् ।
पुरुषले महिलामा खोज्ने अर्को महत्वपूर्ण कुरा इन्मान्दारिता हो । इमान्दारितालाई पुरुषले सुन्दरतालाई भन्दा बढी महत्व दिन्छन् ।
कुनै पनि पुरुषले आफू निकट रहेको महिला कम खर्चिलो होस् भन्ने चाहन्छन् । महिलामा खर्चिलो बानी भए पुरुषहरु तर्किने गर्छन् ।
हाँसी मजाक गर्ने क्षमता भएकी महिला पनि पुरुषको नजरमा पर्छन् । कुनै पनि समस्या पर्दैमा नआत्तिने र हाँसि मजाक गर्न सक्ने स्त्री पुरुषलाई मन पर्छ ।
कुनै पनि पुरुषलाई नचाहिने र अशभ्य ब्यवहार गर्ने महिला मन पर्दैन । बुद्धीमान महिला जसले अवस्था अनुसारको ब्यवहार गर्न सक्छन् त्यस्ता सँग भने पुरुष आकर्षित हुन्छन् ।
कामुकता पनि स्त्रीमा पुरुषले खोज्ने अर्को गुण हो । पुरुषले महिलाको शरीरमा मात्र होइन ब्यक्तित्वमा नै कामुकता खोजिरहेको हुन्छ ।
सावाँको भन्दा ब्याजको माया भन्नेे उखानै छ । अर्थात् छोराछोरीको भन्दा नातिनातिनाको माया धेरै हुन्छ भन्छन् बुढापाकाहरु । र, हो पनि । हजुरबा हजुरआमाको माया पाउने भाग्यमानी बच्चाबच्चीहरुले यो अनुभव गरेकै हुनुपर्छ की बुढा भएर कुप्रिएका हजुरबा हजुरआमाले नाति नातिनीका खुसीको लागि आफ्नो गाँस काटेरै भएपनि खानेकुरा तथा लुगाफाटो समेत किनिदिएका हुन्छन् । नाति नातिनीको खुसीको लागि हजुरबा हजुरआमाहरु के सम्म गर्दारहेछन् भन्ने कुरा अमेरिकाका एक मायालु हजुरबाले प्रमाणित गरिदिएका छन् ।
म्यासाच्युसेट्सका बासिन्दा ५९ वर्षीय जे हेविटले आफ्नो ६ वर्षे नाति र ४ वर्षे नातिनीको मनको इच्छा पूरा गरिदिनका लागि सामान्य मानिसले कल्पना पनि गर्न नसक्ने काम गरेर देखाइदिए ।

मायालु हजुरबा हेविटले आफ्ना नातिनातिनीको लागि ४० फिट लामो रुखमा तिनतले घर निर्माण गरिदिए । निकै सुन्दर त्यो घर बनाउने क्रममा उनले आफ्नो छोराको आइडिया पनि लिए र पूरै दुइवर्ष लगाएर घर तयार गरे ।
यो अनौठो तथा सुन्दर काठको घरमा निकै भव्य सिँढीहरु, झ्यालढोका, बार्दली, भेन्टिलेसन सिस्टम, विजुलीबत्तिको व्यवस्था, ठूलो वैठक कोठा तथा केटाकेटी खेल्ने ठाउँ समेत छ ।
न्यु ह्याम्पसायरस्थित एउटा पानीको पोखरी नजिकैको रुखमा यो घर बनाइएको छ । आफुहरुको सपनाको घर देखेर बच्चाबच्चीहरु कम्ता खुसी छैनन् । सायद उनीहरु दुनियाका सबैभन्दा भाग्यमानी बच्चाहरु होलान् ।
दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ ।
१ श्रृंगार गरेकी स्त्री
विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ ।
२ धर्मग्रन्थ
विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।
३ गाई
विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।
४ आगो
विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।
५ कुकुर
शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।