१६ असार, काठमाडौं । जापानमा बस्ने एक नेपालीले आफूलाई दुर्व्यवहार गरेको भन्दै अभिनेत्री गौरी मल्लले टोकियोस्थित नेपाली राजदूतावासमा उजुरी दिएकी छिन् । मल्लले जेठ १८ गते उजुरी दर्ता गराएकी हुन् ।
‘जापानमा बोलाएर दुर्व्यवहार गरियो’
गौरीले दूतावासमा दर्ता गराएको उजुरीमा ललितपुरको भैंसेपाटी घर भई जापानको साइतामा केनमा बस्ने शाक्य थरका एक नेपालीले उनीमाथि दुर्व्यवहार गरेको बताइएको छ ।उजुरीमा मल्लले पीडकको नाम र ठेगाना सविस्तार उल्लेख गरेकी छिन् । तर, अनलाइनखबरसँगको कुराकानीमा मल्लले उसका जहान परिवारलाई अप्ठ्यारो पर्ने भएकाले मिडियामा नाम सार्वजनिक नगरिदिन आग्रह गरिन् ।अभिनेतृ गौरीलाई ती व्यक्तिले ताकेता गरेर जापान बोलाएको उजुरीमा उल्लेख छ । जापानका स्थापित फिल्मकर्मीहरुसम्म आफ्नो पहुँच रहेको भन्दै ती व्यक्तिले गौरीलाई जापानको कला क्षेत्रमा काम दिलाउने प्रलोभन देखाएर जापान बोलाएका थिए ।
मल्लले अभिनय गरेको सिंहदरवार चलचित्र हेरेपछि आफू प्रभावित भएको भन्दै ती व्यक्तिले इमेल र टेलिफोन गरेर उनलाई जापान बोलाएका थिए ।‘तपाईंजस्तो कलाकार नेपालमा बसेर केही हुँदैन, म तपाईंलाई जापानको कला क्षेत्रमा काम गर्ने अवसर मिलाइदिन्छु र खाने-बस्ने राम्रो प्रवन्ध पनि गरिदिन्छु,’ आफूलाई दिएको प्रलोभन उद्वृत गर्दै गौरीले उजुरीमा लेखेकी छिन्, ‘हाललाई इको स्प्रे फर एयर फिल्टरको विज्ञापनको प्रस्ताव आएको छ, मलाई आफ्नै भाइ सम्झेर यो प्रस्ताव स्वीकार गर्नुहोस् ।’ती व्यक्तिले जापान आउनका लागि आफूलाई तीन लाख रुपैयाँ समेत पठाइदिएको गौरीले उल्लेख गरेकी छिन् ।उनैको प्रस्तावमा विश्वास गरेर गौरी गत मार्चमा जापान गएकी थिइन् । त्यहाँ पुगेपश्चात आफू ती व्यक्तिबाट शारीरिक तथा मानसिक दुर्व्यवहार एवं यौन हिंसाको शिकार हुनु परेको गौरीको भनाइ छ । उनले त्यसबेला जापानमा करिब एक महिना बिताएकी थिइन् । हाल उनी नेपाल फर्किइसकेकी छिन् ।निजले म उपर गरेको दुर्व्यवहार, गाली बेइज्जती, शारीरिक तथा मानसिक यातना, महिलाजन्य यौन हिंसा, समयको बर्बादी तथा आर्थिक क्षतिसमेतलाई विचार गरी विपक्षीबाट यथोचित क्षतिपूर्ति दिलाई भराई न्याय पाउँ,’ दूतावासमा दर्ता गरिएको निवेदनमा उल्लेख छ ।यस विषयमा अनलाइनखबरले गौरीसँग सम्पर्क गर्दा उनले निवेदन दिएको स्वीकार गरे पनि विस्तृत विवरण दिन चाहिनन् ।त्यो मान्छे त राक्षस नै हो, तर उसका जहान परिवारलाई बिचार गरी मैले यो विषयलाई अहिलेसम्म गुपचुप राखेकी हुँ,’ उनले भनिन् ।
गौरीले आफूमाथि भएको दुर्व्यवहारको प्रमाण सुरक्षित राखेको बताएकी छिन् । ‘मैले त्यस व्यक्तिबाट एउटा लिखित माफीनामा चाहेकी छु,’ गौरीले भनिन्, ‘दूतावासले यसमा पहल गरिरहेको होला ।’तर, नायिका मल्लले उजुरी दिएको महिना दिन बितिसक्दा पनि दूतावासले कारवाहीको कुनै पहल गरेको छैन । मल्लले दूतावासका साथै एनआरएन जापानसमक्ष पनि न्याय माग्दै निवेदन दिएकी छिन् । अनलाइनखबरमा समाचार छ |
अन्नपूर्ण बुधवार, आषाढ ८, २०७३ 0 47752 पटक पढिएको
छोरासँगै पतिको शव कुर्दै गौरी । तस्बिर: दिनेश विक्रम शाह
विमानस्थलका हृदयविदारक दृश्य
काठमाडौँः सोमबार बिहान अफगानिस्तानमा भएको आतंकवादी हमलामा १२ नेपालीको निधनले देश शोकमा छ । त्यो भन्दा बढी १२ जना नेपालीका आफन्तलाई चोट पुगेको छ ।
सरकारले विमान चार्टर गरेर शव नेपाल ल्याउने भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आफन्तको भिड लागेको छ । शोकका त्यही भीडमा पाँच महिनाका जेनिस थापा समेत आमाको काखमा छन् ।
जेनिसका बुबा जितेन्द्रसिंह थापाको शवको प्रतिक्षामा रहेकी आमासँगै देखिएका जेनिसको तस्बिरले सबैको ध्यान खिचेको छ
अफगानिस्तानको काबुलमा भएको आतंकवादी हमलाले देश रोइरहेका बेला पीडितको पीडा बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली समेत विमानस्थल पुग्दै छन् ।
परराष्ट्र मन्त्रालयले चार्टर विमानमा १२ नेपालीको शव सँगै २४ नेपाली कामदार समेत घर फर्किएको जानकारी दिएको छ । काबुलमा आत्माघाती हमला भएपछि सरकारले देश फर्कन चाहने नेपालीलाई सम्पर्क गर्न आग्रह गरेको छ ।
काबुल आक्रमणका घाइते पाँच नेपालीलाई बुधबार भारतको राजधानी नयाँदिल्ली लगिएको परराष्ट्रले जनाएको छ ।
मङ्गलबार, ०७ असार २०७३, १९ : ०८
अफगानिस्तानबाट फर्कन चाहनेलाई नेवानिको विमानमा लिफ्ट
सम्बन्धित समाचार
१२ नेपालीको शव लिन नेपाल वायु सेवा निगमको जहाज पठाउने तयारी
एयर लिफ्ट गरी दुई घाइते दिल्ली लगियो, उद्धार टोली तयारी अवस्थामा
काठमाडौं—अफगानिस्तानको राजधानी काबुलमा आत्माघाती बम विस्फोटमा परी १२ जना नेपालीको ज्यान गएपछि नेपाल सरकारले त्यहाँ रहेका नेपालीलाई स्वदेश आउन चाहेमा 'एयर लिफ्ट' दिने बताएको छ। सरकारले अफगानिस्तानको काबुलमा बम विस्फोटन भएपछि असुरक्षित रहेका नेपालीलाई स्वदेश ल्याउने व्यवस्था गरेको हो।
काबुलमा आत्मघाती बम विस्फोटमा मृत भएका नेपालीको शव र घाइते लिने जाने जहाजसँगै नेपाल फर्कन इच्छुकलाई पनि ल्याउने व्यवस्था गरिएको श्रम तथा रोगजार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलले जानकारी दिए।
उनका अनुसार सरकारले काबुल घटनाका मृतकको शव ल्याउनका लागि नेपाल वायु सेवा नियमको जहाज आज राति १० बजे पठाउन लागेको छ। 'शव र घाइते लिन जाने जहाजमै राखेर हामीले फर्कन चाहने इच्छुक नेपालीलाई स्वेदश फर्काउन प्रबन्ध पनि मिलाएका छौं', उनले भने, 'यहीँ आउन चाहने इच्छुकलाई जहाजमै राखेर ल्याउँछौं।'
काबुलमा भएको आत्माघाती बम आक्रमणमा घाइते भएकामध्ये दुई जनालाई मंगलबार एयर लिफ्ट गरी थप उपचारका लागि नयाँ दिल्ली पुर्याइएको छ। बमले लागेर घाइते भएका चितवनका मानबहादुर थापा र चितवनकै कृष्णकुमार देउजालाई दिल्ली लगिएको हो। घाइते उनीहरुलाई दिल्लीस्थित एपोलो अस्पताल भर्ना गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अन्य तीन जनालाई भोलि उद्धार गरी नयाँ दिल्ली पुर्याउने तय भएको बताइएको छ।
'घाइतेमध्ये नुवाकोटका च्याङ्बा तामाङको अवस्था गम्भीर छ। डाक्टरले जहाजमा लैजान अनुमति दिएमा उनलाई पनि थप उपचारका लागि उद्धार गर्नेछौं', परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले भने।
जहाज पठाउन कुटनीतिक अनुमतिको पर्खाइ
अफगानिस्तानमा मारिएका १२ नेपालीको शव नेपाल ल्याउन शाही नेपाल वायु सेवा निगमको जहाज पठाउने तयारी भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। जहाज पठाउनका लागि अफगानिस्तानसँग ल्यान्डिङ अनुमति तथा भारत र पाकिस्तानसँग आकासको अनुमति लिन अनुरोध पठाइसकिएको जानकारी पत्रकार सम्मेलनमा दिइयो।
परराष्ट्र मन्त्रालयले शव र घाइते तथा इच्छुक स्वदेश फर्कन चाहनेलाई फर्काउन बन्दोबस्त गर्न पाकिस्तानस्थित नेपाली कार्यवाहक राजदूत तीर्थ सिग्देललाई खटाएको छ। कार्यवाहक राजदूत सिग्देल मङ्गलबार बिहानै अफगानिस्तान पुगेका छन्। नेपाल फर्किन चाहने नेपालीका लागि उनले समन्वय गरिरहेको प्रवक्ता भुर्तेलले जानकारी दिए।
सोमबार काबुलमा भएको आत्मघाती बम विस्फोटनमा १२ नेपालीसहित १४ जनाको ज्यान गएको थियो। घटनामा ७ नेपाली घाइते भएका छन्।
अफगानिस्तान असुरक्षित मुलुक भनिए पनि आकर्षक कमाइका कारण नेपालीहरु अन्य मुलुक हुँदै त्यहाँ पुग्ने गरेका छन्। ‘ग्रिन जोन’ क्षेत्रमा संयुक्त राष्ट्र सङ्घ र विदेशी कूटनीतिक नियोगमा सुरक्षाकर्मीका लागि पाकिस्तानस्थित नेपाली राजदूतले माग गरे सरकारले श्रम स्वीकृति दिने गरेको छ। सरकारी आँकडा अनुसार संस्थागत र व्यक्तिगत गरी पाँच हजार २९१ जना श्रमस्वीकृत लिएर अफगानिस्तानमा सुरक्षाकर्मीका रुपमा काम गरिरहेका छन्।
काठमाडौँ ,५ असार
प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यामिक शिक्षा परिषद्द्धारा संयुक्त रुपमा गरिएको छानविन पश्चात व्यूरोबाट नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक भएकाहरु तथा अन्य चिकित्सकको NMC दर्ता नम्वर प्रयोग गरी चिकित्सकिय सेवा प्रदान गर्ने विरुद्ध गरिएको अप्रेशन क्वाक अन्तर्गत शुक्रबार विभिन्न स्थानहरुबाट ३६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौँबाट पुरुष ८, महिला ५, ललितपुरबाट पुरुष २, झापाबाट पुरुष १, सुनसरीबाट पुरुष १, मोरङबाट पुरुष ३, धनुषाबाट पुरुष २, पर्साबाट पुरुष ९, चितवनबाट पुरुष २, महिला १, कास्कीबाट पुरुष १ र दाङबाट पुरुष १ लाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुलाई जिल्ला अदालत काठमाडौमा ठगी मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको छ
धनकुटामा १५ दिने सुत्केरी श्रीमतिको बिभत्स तरिकाले हत्या गरेर फरार भएका एक ब्याक्तीलाई प्रहरीले पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ । सुत्केरी श्रीमति ३२ बर्षिया शान्ती राईलाई कुटपीट गरी बिभत्स तरिकाले हत्या गरेर फरार भएका धनकुटा नगरपालिका ८ चाम्जिवुङ्गका ३६ बर्षिय रस्त बहादुर राईलाई प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको हो ।उनले गत बिहिबार राति सुत्केरी श्रीमति शान्तिलाई कुटपीट गरी आँखा निकालेर तथा योनीमा नारी सम्म हात छिराएर यातना दिई बिभत्स तरिकाले हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिभूतिराज पाण्डेले बताए । श्रीमतिको हत्या गरी घरमा साना तिन छोरीमात्र छोडेर उनि फरार भएका थिए । फरार रहेका राईलाई सोमवार बिहान तांखुवा १ याक्चानाघाट नजिक जेठान जंग बहादुर चेम्जोङ्गको घरबाट प्रहरीले पक्राउ गरेको हो ।उनि श्रीमतिको हत्या गरेर श्रीमतिकै माईला दाजु जंगबहादुरको घरमा सरण लिएर बसीरहेको अवस्थामा पक्राउ परेका हुन । ससुरालीपक्षबाट जानकारी आएपछि प्रहरी नायव निरिक्षक दिनेश अधिकारीको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई सुतिरहेको अवस्थामा बिहान करिव ४ बजे पक्राउ गरेको हो । पक्राउ गर्न खटिएको टोलीका प्रहरी सहायक निरिक्षक शिव शर्माका अनुसार बाहिनिको हत्या गरेर दाजुको घरमा पुगेका उनि ससुरालीघरमा ससम्मानका साथ राडीमा सुतिरहेका थिए । यता पक्राउ परेका राईले आफुलाई ‘धामी’ आएर अचेत जस्तो भएकाले श्रीमतिलाई बिभत्स तरिकाले हत्या गरेको स्वईकार गरेका छन । उनले झगडाको अन्य कारण नभएको दावी गरेका छन ।घटनाको अनुसन्धानमा खटिएका प्रहरी निरिक्षक डम्बर बहादुर खड्काका अनुसार हत्या अघि श्रीमतिले लिम्बुजातिले मान्ने सत्यहाङ्ग धर्म लिएकी थिईन । श्रीमान भने आठपहरीयाका पुजारी थिए । श्रीमतिको आग्रहमा रस्तबहादुरले पुजारीको काम छाडेर सत्यहाङ्ग धर्मनै लिएका थिए । त्यसपस्चात उनलाई धामि जस्तो काम्ने लगायतका लक्षणहरु देखिने गरेको बुझिएको प्रहरी निरिक्षक खड्काले बताए । उनि बिरुद्ध जिल्ला अदालतमा कर्तब्य ज्यान मुद्धा दायर गरेर घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बिमल बस्नेतले जानकारी दिए । आमाको हत्यापछि वावुपनि प्रहरी हिरासतमा भएकाले स–साना तिन छोरीको बिचल्ली भएको छ । अहिले १५ दिन, १ बर्ष र १० बषिया छोरी मामलीको सरणमा बस्दैआएका छन ।
नेपालमा केही ठूला टिकेटिङ एजेन्सीको मिलेमतोमा सिट होल्ड गर्ने र भाडा बढाउने गरेको आरोप समेत लाग्ने गरेको छ । कतारको दोहाका लागि २३ हजारबाट बढेर एकतर्फी टिकट ३४ हजार रुपैयाँ पुगेको छ । त्यस्तै युनाइटेड अरब इमिरेट्स (दुबई) का लागि पनि भाडामा भारी वृद्धि भएको छ । सो सेक्टरको भाडा २२ हजारबाट बढेर ३५ हजार पुगेको छ ।साउदी अरबको भाडाा पनि २४ हजारबाट ३२ हजार पुगेको टुर एण्ड ट्राभल्स एजेन्सीले जनाएको छ । तर, ‘फ्रि भिसा, फ्रि टिकट’ प्रावधान लागू भएकाले मलेसियामा भने भाडा दर घटेको छ । योसेक्टरमा केही एयरलाइन्सले उडान कटौती गरेका छन् ।मलेसियाका लागि भाडा वृद्धि भएर ३४ हजारसम्म पुग्ने गरेकामा अहिले १७ हजार रुपैयाँमा झरेको छ । त्यस्तै कुनै समय ४० हजारसम्म पुगेको दिल्ली गन्तव्य पनि १६ हजारमा स्थिर छ । नेपाल एयरलाइन्सको सस्तो टिकट उक्त सेक्टरमा ८ हजार ५ सय रुपेयाँ छ ।
नेपालबाट अध्ययन गर्न जाने मुलुकका लागि पनि अब बढी हवाई भाडा तिर्नुपर्ने भएको छ । अष्टे«लियाका लागि पहिले ५० हजार रुपैयाँ रहेकामा अहिले बढाएर ८० हजार रुपैयाँ पुगेको छ ।अमेरिकाका लागि करिक २५ हजार रुपैयाँ भाडा वृद्धि भएको छ भने जापानका लागि १५ हजार बढेको छ । यो नेपाली विद्यार्थी जापान जाने मुख्य सिजन हो । दक्षिण कोरिया र चीनको भाडादर स्थिर छ । दक्षिण कोरियाका लागि ५५ हजार र चीनको ग्वान्झाओ सेक्टरको भाडा ४० हजार रुपैयाँ छ ।राष्ट्रिय ध्वजाबाहक नेपाल बायु सेवा निगमले उडान भरेका गन्तव्यमा हवाई भाडा स्थिर छ । निगमले हङकङ, दिल्ली, बैंकक र मलेसियामा उडान भर्छ । हाल बैंकको १९ हजार ५ सय, हङकङको ३३ हजार, दिल्लीको १६ हजार र मलेसियाको भाडा १७ हजार छ ।अाजकाे काराेबार दैनिकमा खबर छ ।
अछाम, ३ असार । अछाम जिल्लामा बदेलको आक्रमण बाट तिनजना गम्भिर घाईते भएका छन । घाईते हुनेमा मंगलसेन नगरपालिका वार्ड नम्बर १० का ६० बर्षिया मान बहादुर बाग्पाल, सोहि वडाका २६ बर्षिया बम बहादुर रावल र कन्चनपुर गुलरियाका ४८ बर्षिया पल्टुराम चौधरी रहेका छन ।घाईते चौधरी मिस्त्रिकामको लागि अछाम आयका हुन । गम्भिर घाईते मान बहादुर बाग्पाल र पल्टुराम चौधर दुई जनालाई लाई जिल्ला अस्पलाल मंगलसेन बाट बयालपाटा अस्पताल रिफर गरियको जिल्ला अस्पताल अछामले जनाएको छ ।गाँउमा बदेल आयर मंगलसेन १० का प्रमे रावल को गोठ छानोमा बाधेको रागोलाई घाईते बनायपछि बदेललाई लखेटने क्रममा बदेलले आक्रमण गरेर मानिसलाई घाईते बनाएको स्थानिय बासि नेत्र रावलले बताए । गाउलेको आक्रमणबाट घाईते बदेल समेत मरेको छ । सोहि ठाउमा जिल्ला बन कार्यालय अछामको टोलि गई सकेको अछामका प्रहरी प्रमुख निरंञ्जन दत्त भट्ट ले बताए
भर्खरै चीनबाट फर्केका उपराष्ट्रपति नन्दकिशोर पुनका छोराले लेखे आफ्नै बाबु बिरुद्द कडा स्टाटस , भन्छन ‘मलाई त यस्तो रीस उठ्यो अरुलाई के होला ?’
३ असार, काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनका कान्छा छोरा दिपेश विहीबार दिउँसो लैनचौरबाट बौद्धतर्फ जाँदै थिए । गौशाला पुगेपछि उनी चढेको माइक्रो रोकियो ।एकैछिनमा सवारी साधनको लामो जाम भइसकेको थियो । ‘केको जाम हो ?’ भन्दै यात्रुहरु भुट्भुटिन थाले । हतारमा रहेका दीपेश पनि जाममा फसेपछि दिक्क भए
यत्तिकैमा एक यात्रुले भनेको सुने, ‘उपराष्ट्रपतिको सवारी रहेछ ।’ त्यसपछि यात्रुहरुले नेताहरुलाई गाली गर्न थालिहाले । छोरा दीपेश सुनेर बसिरहे ।चीन भ्रमणबाट फर्किएको उपराष्ट्रपति पुनको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निवासमा फर्किने क्रममा सो रुटमा सवारी जाम गराइएको थियो । जाम करिब एक घण्टापछि खुल्यो, तर खुलेन दीपेशको मन ।प्रायः आफ्ना असन्तुष्टिका कुराहरु खुलेर फेसबुकमा पोखिहाल्ने दीपेश यसमा पनि चुकेनन् । चाहे आफ्नै बाबु जोडिएको विषय किन नहोस् उनले स्टाटस ठोके । उनको ‘बोल्ड’ स्टाटसलाई धेरैले मन पराएका छन् र सेयर गरेका छन् ।फेसबुकमा दीपेशले लेखेका छन्, ‘आज उपराष्ट्रपतिको सवारीका कारण म माइक्रोमा घन्टौं जाममा परेँ । म नाताले उपराष्ट्रपततिको छोरो भएर त यति धेरै रीस उठ्यो कि भनिसाध्य छैन भने अरु सर्वसाधारण जनतालाई झन् कति रीस उठ्छ होला ?’उनले सुरक्षा वा अन्य जे कारणले भए पनि सरकारले भीआइपी सवारी हुँदा सकभर सडकमा अरु निजी तथा सार्वजनिक सवारी सञ्चालनमा रोक नलगाउन सुझाव दिएका छन् । उनको स्टाटसलाई २५ सयभन्दा बढीले लाइक गरेका छन् भने करिब ३ सयले कमेन्ट गरेका छन् ।अनलाइनखबरसितको कुराकानीमा दीपेशले आफ्नो टिप्पणी वर्तमान उपराष्ट्रपतिमाथि मात्रै लक्षित नरहेर समग्र प्रवृत्तिप्रति लक्षित रहेको बताए । उनले भने, ‘उपराष्ट्रपति मात्र होइन, सबै भीभीआइपीको सवारीमा यस्तै हुन्छ । यस्ता विषयहरुले जनतालाई नेताहरुप्रति नैराश्यता जगाउँछन् । यसको समाधान तुरुन्तै निकाल्नुपर्छ ।’महत्वपूर्ण व्यक्तिहरुको सुरक्षा जरुरी भए पनि त्यसबाट सर्वसाधारण कमभन्दा कम प्रभावित होउन् भन्नेमा चनाखो हुनुपर्ने उनले बताए । ‘सबै मान्छेहरु आफ्नो गन्तव्यमा पुग्न हतारिएका हुन्छन्, कतिको इमरजेन्सी परेको हुन्छ । छोटो बाटो प्रयोग गरेर हुन्छ कि पहिल्यै सुचना दिएर हुन्छ कि सवारी जामको सिलसिला सिलसिला रोक्नैपर्छ ।’
श्रोत अनलाइन खबर बाट
Kathmandu. Our body produces uric acid to be Disrupted substance. Metabolijama through our body protein called erucic acid out of the elements. Which is usually out of the urine. How is the body that amount of uric acid ragato should check to find out. Uric acid in the blood exert 2-7 gm / dl and women 2-6 gm / dl are considered normal. Uric acid in the blood more than usual if this condition is called hyperuricemia. Long high blood pressure, tuberculosis, drug consumption, body cells become more malignant cancer in the patients, men grow old, alcohol, eating more protein-rich food is likely to increase blood uric acid
Symptoms usually not a problem most people up in the morning at the foot thumb pain, swelling should be solid, walk, sit, stand, if the erucic acid content indicate a problem. Blood uric acid increased in volume after the other parts of the foot, and also to gather around the finger of a sudden pain, swelling, red. To this end, the uric acid bath or called Gouty arthritis. To lower uric acid bath if not all. As the joints deteriorate chippimdai disease, uric acid dallaharu place where clots, kidney failure, may be the rock of and mirgaulasameta. Erucic acid and erucic acid problem catering after many patients have found extreme dietary restrictions. Garlic, onion, smooth, sour, very rich heritage, including yogurt phalaphuladekhi match. Most of the food is not so necessary to block. Well, our bodies need nutrients deficiency restrictions may cause more problems. Especially meat and fish, red meat, liver, intestines mutton, lentils, wine and alcoholic substances not eat completely. Meat is pyurina gather materials. Which causes uric acid increases. Telama fried food also increases uric acid. Kokakola, phyantalagayataka also reduce the intake of soft peyapadarthaharuko. Kyalsiyamayukta should increase food intake. Bananas, potatoes, milk and yogurt, strawberry and lemon, etc intake is beneficial. Yurika acid through the kidneys filter out eroded plenty of water and fluid. By doing so, more and more uric acid excretion out. This will reduce the amount of blood uric acid causes. Physical exercise and weight control niyamita. Uric acid in the blood uric acid testing on a regular basis the problem of the patient involved. If uric acid increased its deposit Crystals jornibhitra damages cartilage and eventually the joints gradually breaks down completely. The little cells in the kidney uric acid accumulates in cells, gradually damage the kidneys gradually fall. In early stages mirgaulama nephritis is a serious issue and it is not the end of the two both work mirgaulale. So uric acid through the kidneys, the rock Crystals can also be gathered. Treatment of blood uric acid level can easily be detected by checking. If more than the above-mentioned measures to control uric acid in order. It also took control of medicine without consulting the physician can eat. Erucic acid is ubiquitous in the market enough to control drug use, even if you do not dispose medical sallahabina.
एजेन्सी । भोजनलाई स्वादिलो बनाउनुका अलावा जिरालाई आर्युवेदिक औषधीका रुपमा पनि प्रयोग गरिन्छ । अझ शरीरको मोटोपना घटाउनमा त जिरा रामबाण नै हो ।
यस्ता छन् जिरा सेवनका फाइदाहरु
क्याल्सियम, फस्फोरस, लगायतका तत्वका लागी जीरालाई हीराकै रुपमा हेरिन्छ । विभिन्न अध्ययनहरुका अनुसार नियमित जीराको शेवनबाट शरीरको बोसो र मोटोपन निरन्तर घट्दै जाने देखिएको छ ।
राती सुत्नु भन्दा पहिले एक चम्चा जिरा र एक गिलास पानीलाई भिजाएर राख्नुहोस । बिहान उठ्ने बित्तिकै यसलाई पिउनुहोस् र बँचेका जिराका गेडा पनि टोक्नुहोस् यसले धेरै फाइदा मिल्छ ।
नियमित यसको सेवनले शरीरको अनावश्यक तत्व बाहिर निस्किन्छ । याद राख्नुहोस् जिरा सेवन गरेको करिब आधा घण्टासम्म केही पनि नरानुहोस् ।
हींग, कालो नुन , र जीरा समान मात्रामा मिलाएर चूर्ण बनानुहोस्। बनीसकेको चुर्णलाई आधी आधी दहीमा मिसाएर नियमित खानुहोस् । जस्ले तपाईलाई मोटोपनाबाट टाढा राख्छ । जीराको नियमित सेवनले तपार्यका रक्त धमनीलाई सफा राख्छ । र तपाई तन्दुरुस्त देखिनुहुनेछ ।
काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्म शनिबार भएकाले शनि ग्रहले आफूलाई दुःख नदिने र शनिको साँढेसातको दशाग्रहसमेत नलाग्ने दाबी गरेका छन्।
'मैले कहिल्यै शनिले दुःख दिन्छ कि दिँदैन भनी ग्रहदशा हेराउने काम गरिन र अब पनि गर्दिनँ, हामीले शनिलाई हेरेर हुँदैन, उसले हामीलाई हेरेमात्र दशा लाग्ने हो', उनले भने।
बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा खगोल र अन्तरिक्ष विज्ञानसम्बन्धी आयोजित गोष्ठी उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, 'शनिसँग मान्छे देख्ने टेलिस्कोप छैन। केको दशा लाग्नु?'
तीनदिने सो गोष्ठीमा दश जोड दुई, प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्म विज्ञान विषय अध्ययन गर्ने करिब एक सय प्रतिभाशाली छात्रछात्राको सहभागिता रहेको छ। उनीहरुलाई पछिल्लो समयमा खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धानमा लागेका वैज्ञानिकले गरिरहेका अनुसन्धान, उपलब्धि र यस क्षेत्रमा नेपाल सरकारले गरेका कामका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ।
बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी संस्थाले चन्द्रमामा नेपालको तर्फबाट रकेट प्रक्षेपण गर्ने अति महत्वकाङ्क्षी योजनाले काम गरिरहेको जनाएको छ। यसका लागि उसले नगरकोटमा वेदशाला स्थापना गरी कामसमेत गरिराखेको छ।
हावादारी कुरा गर्यो भन्छन्
'लगाउने जुत्ता, कपडा च्यातिएको छ, लिपिस्टिक र पाउडरमात्र लगाएर के गर्नु, अहिलेको हाम्रो विकासको प्रयास यस्तै छ, सबैतिर फाटेको छ, कति ठाउँमा टाल्नु रु छिटो छिटो विकास गर्छुभन्दा हावादारी कुरा गर्योर भन्छन्', उनले भने।
उनले अन्तरिक्षमा नेपालले आफ्नै स्थान (स्पेस) लिनुपर्ने बताए। यसले दूरसञ्चारले सहयोग पुर्यानउने चर्चा गर्दै खगोल र अन्तरिक्ष विज्ञानको विकास गर्न सरकार प्रतिबद्ध रहेको उनले सुनाए। प्रधानमन्त्री ओलीले नगरकोटमा स्थापना भएको वेधशालाको निरीक्षण गर्न आतुर रहेको जानकारी दिएका थिए।
कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव अनुपराज उपाध्यायले नेपालको हावापानी सुहाउँदो विज्ञान प्रविधिको विकास गर्न मन्त्रालयले काम जारी राखेको चर्चा गरे।
'१ अर्ब दिए चन्द्रमा रकेट पठाउछौं'
बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीका सहकार्यकारी निर्देशक प्रा.सनतकुमार शर्माले सरकारले रु एक अर्ब लगानी गर्ने हो भने चन्द्रमामा रकेट पुर्यारउने क्षमता आफूहरुमा भएको जानकारी दिँदै खगोल विज्ञानको विकासले समग्र विकासलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सो संस्थाका कार्यकारी निर्देशक प्रा.डा. शोभाकान्त लामिछानेले खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन गर्न संस्थाले विभिन्न काम गरेको उल्लेख गरे।
खगोल र अन्तरीक्ष विज्ञानका प्राडा उदयराज खनालले अकाशको अध्ययन गरेर के हुन्छ रु भन्ने होइन सबैथोक यसैमा छ भन्ने भावना सरकारले लिनुपर्छ र यस क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखे।
स्याउ =मलाई त मान्छेहरुले पहिले पखाल्छ तास्छ अनि चिरा चिरा पारेर खान्छ
अम्बा =मलाई त धुएर नाताछि खाईदिन्छ
स्याउ र अम्बा =ले केरालाई सोध्यो, तिमि लाई नित?
केरा =भनौ भने लाजै लाग्छ मलाई त नांगै पारेर सिधै निलिदिन्छ
अनमोल केसी सर्वाधिक महंगो नायक बनेका छन् । एक नयाँ चलचित्रको लागि आज औपचारिक संझौता गरेपछि अनमोल नेपाली कलाकारमा सबैभन्दा महंगो पारिश्रमिक लिने नायक बनेका छन् । उनले निर्माण हुन लागेको नयाँ चलचित्र ‘कृ’का लागि २० लाख पारिश्रमिक लिएका छन् ।
द सुपर काजोल फिल्मस्को प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको निर्माणमा यो चलचित्र बन्नेछ । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । जसले यसअगाडि चलचित्र ‘आभाष’ निर्देशन गरेका थिए । चलचित्रमा श्री पराजुली सह–निर्माता र कमल गिरी कार्यकारी निर्माताको रुपमा रहनेछन् ।
सुवास इन्टरटेन्मेन्टको तर्फबाट निर्माता सुवास गिरी र नायक अनमोल केसीले संझौता पत्रमा हस्ताक्षर गरेका छन् । संझौतासँगै अनमोलले काम गर्ने पाँचौ चलचित्र पक्का भएको छ । लगातार ४ वटा चलचित्र चलेपछि अनमोलको स्टारडम अहिले आकासिएको छ ।
यो चलचित्रका लागि आफूले ६ महिनाको समय मागेको अनमोलले बताए । उनले भने–‘६ महिना पूर्ण रुपमा अन्डर ग्राउन्डेड बनेर तयारी गर्नेछु ।’ अनमोलले आफूलाई निर्माताले अफर गरेर यति पारिश्रमिक लिएको भन्दै आफू लक्की भएको बताए । उनले मिडियासँग भने–‘म आफ्नो भविष्यलाई कसरी डिमाण्डेड बनाउ“ भनेर पनि सोच्छु । साथमा निर्माता पनि सन्तुष्ट हुनुपर्छ भन्ने मान्यता राख्छु ।’
अनमोलले चलचित्रमा संझौता गरेपछि अब होम प्रोडक्शनको निर्माणमा बनेको चलचित्र ‘ड्रिम्स’ शोका लागि अमेरिका पनि नजाने बताएका छन् । उनले राम्रो कथावस्तु छ भने आफूले यो भन्दा कम रकममा पनि काम गर्ने खुलाए । आफूले पैसा भन्दा पनि कथावस्तु हेर्ने गरेको अनमोलको भनाई थियो । उनले चलचित्र ‘कृ’को क्यारेक्टरलाई पर्दामा प्रमाणित गरेर देखाउने पनि बताए ।
यता, निर्माता सुवास गिरीले अनमोलको पारिश्रमिक भन्दा पनि उसको पात्रलाई हेरेर महंगो रकम दिएको बताए । यसमा अनमोलको स्टारडमले पनि काम गरेको उनको भनाई थियो । सुवासले यो प्रोजेक्ट अरु भन्दा फरक हुने बताए । चलचित्रको प्रस्तुतीलाई विशेष बनाउन लागिपर्ने भन्दै उनले यसको बजेट पनि सामान्य चलचित्रको भन्दा धेरै हुने बताए । नायक तथा निर्माता भूवन केसीले सुवास गिरी एक चलेको र राम्रो मेकर भएकाले पनि चलचित्रमा टिमअप गरेको बताए ।
‘कृ’को अर्थ बदला लिनु हो । निर्देशक पौडेलले भने–‘कृ’ एउटा संकृत शब्द हो । संकृत भाषाको पनि जगेर्ना गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यो चलचित्रमा अनमोलले अहिलेसम्म नगरेको भूमिका हुनेछ ।’
फागूनबाट छायांकन हुने चलचित्रले नेपाली चलचित्र क्षेत्रमा एउटा उचाई बनाउने निर्माताद्धय सुवास गिरी र भूवन केसीको विश्वास छ । राम्रो चलचित्र बनाउनका लागि दुई ब्यानरविच टिमअप गरेको सुवास र भूवनले बताए ।
यसअघि ‘नोभेम्बर रेन र क्लासिक’ बनाएका सुवास र ‘ड्रिम्स’ जस्तो सफल चलचित्र बनाएको द सुपर काजोल फिल्मस्को टिमअपले चलचित्रप्रति दर्शकको उत्सुकता सुरुबाटै बढ्ने देखिएको छ ।
जेष्ठ ३०, २०७३-
तस्बिरहरुः घनश्याम खड्का
गएराति ९.३० बजेदेखि १२ बजेसम्म परेको मुसलधारे वर्षापछि आएको बाढीले सदरमुकाम बेनीको क्याम्पसचोक र मंगलाघाट बजार पुरेको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा कृषि सडक विभागद्वारा संञ्चालित विकेन्द्रीत ग्रामीण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (डिआरएलपी) अन्तर्गत बेनी–अथुङ्गे–तोरीपानी सडकबाट निक्लेको ढुङ्गामाटो व्यवस्थापन नगर्दा बाढीको रुपमा सदरमुकाम पसेको थियो ।
‘विनासकारी विकासले नै यो विपत्ति निम्त्याएको हो,’ जिल्ला भू-संरक्षण अधिकृत दिवाकर पौडेलले भने, ‘हाम्रो सुझावलाई यहाँका नेता तथा विकासे अड्डाले अटेरी गर्दा बर्सेनी समस्या थपिएको हो ।’
मुसलधारे वर्षापछि माथि डाँडामा अवस्थित अथुङ्गे क्षेत्रबाट बेनी–अथुङ्गे–पाखापानी सडकबाट ढुङ्गामाटो सहित बाढी क्याम्पसचोक र मंगलाघाट बजारमा पस्दा कम्तीमा एक सय घर पुरिएका छन् । दर्जनौं घर जोखिममा परेका छन् ।
‘मानवअधिकारको वकालत गर्ने एसियाली विकास बैंकको लगानीमा सञ्चालित आयोजनाको लापरबाहीले बेनीबासीको ज्यूज्यान जोखिममा परेको छ । मानवअधिकारको घोर उल्लंघन हो,’ क्याम्पसचोकका पीडित चन्द्रप्रकास बराईलीले भने, ‘नागरिकको जीऊ ज्यान जोखिममा पर्नेगरी विनासकारी विकास गर्न पाइन्न । जिविस र डिर्लिप आयोजनाले जिम्मेवारी लिनु पर्छ ।’
बाढीले सदरमुकामका घरपसलहरु पुर्न थालेपछि मस्त निद्रामा परेका बेनीवासीबीच रुवावासी र आतंक फैलिएको थियो । दुई घन्टाबढी समय गडगडाहटसहित मुसलधारे पानी पर्दा पुरै बेनी त्रसित बनेको थियो । सिंगो सहर रातभर जाग्राम बसेको थियो । १२ बजेपछि विस्तारै पानी पर्न रोकिएपनि १ बजेसम्मै बाढी आउनेक्रम रोकिएको थिएन
कलिलो उमेरमैककलिलो उमेरमै गर्भपतन गराउने संख्या बढे लिलो उमेरमै गर्भपतन गराउने संख्या बढे गर्भपकलिलो
उमेरमै गर्भपतन गराउने संख्या बढे तन गराउने संख्या बढे पढ्नुहस प
उमेरमै गर्भपतन गराउने संख्या बढे तन गराउने संख्या बढे पढ्नुहस प
जिल्लामा सुरक्षित गर्भपतन गराउने अनुमति पाएका स्वास्थ्य केन्द्रहरुको मात्र तथ्यांक अनुसार किशोरी तथा युवतीहरुको संख्या बढी देखिएको हो ।नेपाल परिवार नियोजन संघ रुपन्देहीकी वरिष्ठ नर्स विष्णु गुरुङले गर्भपतन गराउने अधिकांश १५ देखि २५ वर्षका किशारी तथा यसवतीहरु केन्द्रमा आउने गरेको बताइन् ।
गर्भपतनले कानुनी मान्यतापाएपछि सुरक्षित रुपमा गर्भपतन गराउनेहरुको संख्या बढेको छ । तर, त्यसमा अधिकांश किशोरी तथा युवतीहरु देखिएका छन् ।
डा ज्योती अग्रवाल- गर्भावस्थामा प्रायः कस्ता किसिमका समस्या देखिन्छन् ?
गर्भावस्थामा महिलालाई धेरै किसिमका समस्याहरू देखिन सक्छन् । त्यसैले गर्भावस्थामा नियमित रूपमा स्वास्थ्य परिक्षण जरूरी पर्छ । यसबाट सम्भावित जटिलतालाई कमगरी गर्भ खेर जानबाट बचाउँन सकिन्छ । गर्भावस्थामा पोषणको कमीले पनि धेरै समस्याहरू देखिन सक्छन् । सरसफाईको अभाव पनि गर्भावस्थाको समस्याको रूपमा देखा परेको छ । गर्भावस्थाको सुरुमा बान्ता हुनुलाई सामान्य समस्या भनिन्छ भने रक्तश्राव भएको अवस्थालाई जटिल समस्या पनि भनिन्छ । रक्तश्राब भएमा बच्चा बिग्रने सम्भावना ५० प्रतिशत हुन्छ । त्यस्तै गर्भवतीमा उच्च रक्तचाप, मधुमेह, रक्तअल्पत्ता, जण्डिस जस्ता समस्या देखिने गर्दछन् ।
गर्भावस्थाको जटिलस्थितिको व्यवस्थापन कसरी गर्न सकिन्छ ?
गर्भावस्थामा रगत बगिरहेको छ भने त्यसलाई जटिल अवस्थाको रूपमा लिइन्छ । यदि जुम्ल्याहा बच्चा छ भने पनि जटिल अवस्था सृजना हुनसक्छ । गर्भवती महिलामा प्रेसर, सुगर र जण्डिस देखिएमा जटिलता निम्तिन सक्छ । त्यसैले गर्भवतीको स्वास्थ्यमा धेरै ख्याल राख्नुपर्छ । गर्भावस्थाको अर्को जटिलता भनेको गर्भमा बच्चा उल्टो बस्ने, बच्चाले दिशा खाने, घाँटिमा साल बेरिनेलगायतका हुन् । यस्ता समस्याको पहिचानका लागि भिडियो एक्सरे गर्नुपर्छ । कहिलेकाँही गर्भ पाठेघरमा नबसी ट्युब वा अण्डाशयमा पनि बस्न सक्छ । यसलाई एक्टोपिक प्रेग्नेन्सि भनिन्छ । सामान्य अवस्थाको गर्भमा पाठेघरको मुख गर्भावस्थाभर बन्द रहन्छ । तर गर्भावस्थाको तेस्रो महिनापछि पाठेघरको मुख खुली गर्भपतन हुनसक्छ । यसबाट पनि सचेत रहनुपर्छ । गर्भावस्थामा डिप्रेसनको समस्या पनि देखिने हुनाले यसप्रति परिवारका सदस्यहरु सजग रहनुपर्छ ।
गर्भ खेरजाने (गर्भपतन हुने) कारणहरु के के हुन् ?
गर्भमा रहेको बच्चा जन्मने अवधि नपुग्दै खेर जानुलाई गर्भपतन भनिन्छ । तीन जना गर्भवतीमा एकजनाको गर्भपतन हुने गर्दछ । कतिपय अवस्थामा थाहा नपाई पनि गर्भपतन हुने गर्दछ । अझैपनि गर्भपतन भएका पाँच जना मध्ये दुई जनाको कारण पत्ता लाग्न सकेको छैन । उमेर बढी भएका महिलामा गर्भपतन हुने सम्भावना बढी हुन्छ । त्यस्तै मधुमेह, कलेजो रोग, हार्मोनको असन्तुलन, रोगको संक्रमण, धुम्रपान, मद्यपान, असुरक्षित यात्रा आदिले पनि गर्भपतन गराउन सक्छ । २५ प्रतिशत गर्भपतन क्रोमोजोनल डिफेक्टले पनि हुन्छ । क्रोमाजोनल डिफेक्ट अण्डासय वा शुक्रकिटको खराबीले हुन सक्छ । कहिलेकाहिँ कामको लोडले पनि गर्भपतन हुनसक्छ ।
गर्भपतन भएको कती समयपछि पुनः गर्भधारण गर्न सकिन्छ ?
गर्भपतन भएको तीन महिनापछि गर्भधारण गर्न सकिन्छ । तर कतिपय अवस्थामा लामो समयसम्म गर्भधारण गर्न नहुने अवस्था पनि हुनसक्छ । यसका लागि गर्भधारण पूर्व प्रसुतिरोग विशेषज्ञको सल्लाह लिनुपर्छ । समयमै ध्यान पु¥याउन सके पुनः गर्भपतन हुने सम्भावना कम हुन्छ ।
गर्भावस्थामा यौन सम्पर्क राख्न हुन्छ कि हुदैन ?
पटकपटक गर्भपतन भएकाहरूले गर्भ रहेको सुरूको तीन महिना र अन्तिमको एक महिना यौन सम्पर्क राख्नै हुँदैन । अन्य समयमा सावधानी पूर्वक यौनसम्पर्क राख्न सकिन्छ । अन्य सामान्य अवस्था भएका महिलाको पनि तर यौन सम्पर्क राख्दा पेट थिच्नु हुँदैन । तर कुनै गर्भवतीको सालनाल तल छ, कुनै किसिमको इन्फेक्सन छ अथवा पहिला बच्च खेर गएको छ भने गर्भावस्थाभर यौन सम्पर्क नराख्नु नै उचित हुन्छ ।
गर्भावस्थामा खानामा अपनाउनुपर्ने सावधानीहरु के के हुन् ?
गर्भवती अवस्थामा लामो समयसम्म पेट खाली राख्नु हुदैन । खाना एकैपटक धेरै नखाई पटक÷पटक थोरै पोषिलो खाना खानुपर्छ । गर्भावस्थामा अमिलो पिरो खान मन लागेपनि खानु हुँदैन । अमिलो पिरो खानाले ग्याष्टिक हुने र वान्ता हुने गर्दछ । प्रोटिनजन्य खाद्य पदार्थ बढी मात्रामा खानुपर्छ । जसमा गेडागुडी, दुध, दही, माछा मासु, अण्डा, हरीया सागपात, ताजा फलफूल प्रसस्त खानुपर्छ । कब्जियत हुन नदिनका लागि झोल कुराहरु बढी मात्रामा खानुपर्छ । गर्भावस्थामा आइरनको मात्रा बढी चाहिने हुनाले सागसब्जी बढी खानुपर्छ । गर्भावस्थामा धुम्रपान, मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्नुहुदैन । यसले आमालाई मात्र होईन बच्चालाई पनि असर गर्दछ ।– डा ज्योती अग्रवाल, स्त्री तथा प्रसुतिरोग विशेषज्ञ
प्रकाश ढुंगाना काठमाडौं, जेठ २२ गत वैशाख १० गते राति पौने ११ बजे काठमाडौंको दरबारमार्गमा एउटा ट्याक्सी यात्रु लिएर छिनछिनमा घुमेको घुम्यै गर्यो।एक छिनपछि अर्को ट्याक्सी पनि त्यसैगरी घुमिरह्यो। दरबारमार्गबाट घरी ट्याक्सी कमलादी जान्थ्यो। पुतलीसडक हुँदै घुमेर दरबारमार्गमा नै आइपुग्थ्यो।
ट्याक्सीको गतिविधि शंस्कापद लागेर प्रहरीले नियालिरहेको थियो। वैशाख ११ गते पनि सोही क्रम दोहरियो। त्यसपछि प्रहरीले दुबै ट्याक्सीलाई नियन्त्रणमा लियो।प्रहरीले ट्याक्सी चालक भक्तपुर सिवाडोल गाविस–५ घर भई बौद्धमा डेरा गरी बस्ने आइते लामा र काभ्रे माच्छे–७ घर भई गौरीघाट बस्ने २५ वर्षको गणेश मगरसहित छ जना युवतीलाई पक्राउ गर्यो।प्रहरीको दाबीअनुसार ट्याक्सीमा युवती बसेर ग्राहक खोज्दै हिँडेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। ट्याक्सी चालककै मिलेमतोमा काठमाडौंमा पछिल्लो समय ‘मोबाइल सेक्स सर्भिस’का नाममा यौनधन्दा भइरहेको प्रहरीले बताएको छ।सडकमा नै ग्राहक खोज्ने र बार्गेनिङ गर्ने अनि कुरा मिलेपछि सुविधा सम्पन्न होटलमा गएर यौन सम्पर्क गर्ने भेटिएको दरबारमार्ग प्रहरी बृत्तका डिएसपी कृष्णबहादुर पल्लीमगरले सेतोपाटीलाई बताए। युवतीहरूले ग्राहक हेरेर दररेट निर्धारण गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए। दरबारमार्गबाट पक्राउ परेका युवतीहरूको रेट १० हजारभन्दा माथि नै रहेको डिएसपी मगरले बताए।पक्राउ पर्नेमा विवाहित महिला पनि छन्। कतिपयका श्रीमानसँग सम्बन्धविच्छेद भएको छ। कतिपयका श्रीमान विदेशमा भएको प्रहरीले बताएको छ।याक्सीमा नै बसेर ग्राहक खोज्दै हिँडे पनि उनीहरूले दलाल पनि खटाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।ग्राहकबाट आएको रकममध्ये ट्याक्सी चालक र दलाललाई पच्चीस÷पच्चीस प्रतिशत रकम दिइने गरेको उनले बताए।गत फागुन १३ गते पनि दरबारमार्ग प्रहरीले दुई जना ट्याक्सी चालक र सात जना युवती यस्तै क्रियाकलाप संलग्न भएको भन्दै पक्राउ गरेको थियो। त्यतिबेला प्रहरी ग्राहक बनेर उनीहरूलाई समात्न सफल भएको थियो।१० बजेदेखि नै युवती बोकेको ट्याक्सी, काठमाडौंका डान्सबार, डिस्को र रेष्टुराँको गेटमा गएर रोकिने र ग्राहकहरू खोज्ने क्रम बढेको डिएसपी मगरले बताए।
चार महिनाको अवधिमा ‘मोबाइल सेक्स सर्भिस’का नाममा यौनधन्दा चलाउँदै हिँडेका चार जना ट्याक्सी चालक र १३ जना युवतीलाई पक्राउ गरिएको डिएसपी मगरले बताए। उनीहरूलाई प्रहरीले सार्वजनिक मुद्दा चलाएको थियो।
रसियन र भारतीय पनि
काठमाडौंमा अहिले यौनधन्दामा रसियन र भारतीय समूह सक्रिय रहेको प्रहरीले बताएको छ। उनीहरूले काठमाडौंको नयाँ बजार र बौद्धमा घर नै भाडामा लिएर यौनधन्दा चलाउने गरेका छन्। रसियन युवतीहरुले एक वर्ष अघिदेखि नै यौनधन्दा सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ। २० वर्षभन्दा माथिका सात जना रसियन युवतीहरू यस्ता क्रियाकलापमा लागेको प्रहरीले बताएको छ। ठूला र महँगो रेष्टेरन्टमा गएर उनीहरू आफैँ ग्राहक खोज्छन्।उनीहरूको दररेट ३० देखि ५० हजार रुपैयाँको बीचमा हुने गरेको छ। केही नेपाली दलालले उनीहरूलाई साथ दिइरहेका छन्।त्यस्तै भारतीय नागरिकले भने अधिकांश युवती भारतबाट नै ल्याउने गरेका छन्। उनीहरूले कम मात्रामा नेपाली युवती पनि प्रयोग गर्ने गरेका छन्। विभिन्न कार्यक्रमको बहानामा भारतबाट ल्याएका मोडललाई पनि उनीहरूले यस्तो काममा समावेश गराएका छन्।उनीहरूको दररेट १५ देखि २० हजार रुपैयाँको बीचमा छ। रसियन र भारतीय समूहको ग्राहक हा‘इ प्रोफाइल’ भएका मानिसहरू हुन्।साभार सेतोपाटी
वीरगन्जः डेरामा बस्दै आएको घरकी १२ वर्षीय बालिकालाई एक युवकले घरको छतमा लगेर बलात्कार गरेको खुलासा भएको छ । गत बुधबार वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ९ रामटोल घर भएकी बालिकालाई उनकै घरमा डेरा बस्ने युवाले छतमा लगेर बलात्कारगरेको खुलेको हो ।बालिकाको घरमा डेरा गरी बस्ने १९ बर्षीय राजा शेखले घरबेटीकी १२ बर्षीया छोरीलाई दिउँसै बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शेखले बुधबार दिउँसो साढे दुई बजेतिर बालिकालाई जबरजस्ती घरको छतमा लगेर बलात्कारगरेका थिए ।
धोएको कपडा छतमा सुकाएर फर्कदै गरेकी बालिकालाई शेखले मुख थुनेर दुव्र्यवहार गरेको देखेर बालिकाका भाइले होहल्ला गरेका थिए । बालिकाको भाइले होहल्ला गर्नसाथ शेख भागेका थिए । पीडित बालिकाका अभिभावकले बिहीबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । फरार शेखलाई प्रहरीले बिहीबार नै पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।प्रहरीले पीडित बालिका र आरोपित शेखको नारायणी उपक्षेत्रीय अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण गराएको छ । पक्राउ परेका शेखलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । अस्पतालबाट स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि आवश्यक कारबाही प्रकृया अगाडि बढाइने प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।यस्तै, गत जेठ १२ गते पर्साको चोर्नी गाविसमा पनि दुई युवकले एक बालिकालाई बलात्कारगरेका थिए ।चोर्नी गाविस वडा नम्बर ४ का १८ बर्षीय अनिल महत्तो र उपेन्द्र पासवानले स्थानीय १० बर्षीया बालिकालाई पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ।आरोपित दुवै युवकलाई प्रहरीले पक्राउ गरेको छ ।जेठ १२ गते राति ९ बजे तिर घर नजिकै पानी लिन गएकी बालिकालाई महत्तो र पासवानले हातखुटुटा समातेर चापकल भएको स्थान भन्दा पाँच सय मिटरको दुरीमा रहेको चौरमा लगेका थिए ।चौरमा लगेपछि दुवै जनाले पालैपालो जबरजस्ती बलात्कारगरेको पीडित बालिकालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घटना १२ गते भएको भए पनि पीडित बालिकाका बुबाले जेठ १६ गते मात्र प्रहरीमा उजुरी दिएका थिए ।उजुरीको आधारमा आरोपितद्वय महत्तो र पासवानलाइ जेठ १६ गते नै पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक श्रेष्ठले बताए । पीडित बालिका र आरोपित दुवै युवकको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको र स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि आवश्यक कार्वाही प्रकृया अगाडि बढाइने प्रहरीले बताएको छ ।पर्सामा चालु आर्थिक वर्षमा बलात्कारसम्बन्धि १९ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत साउन देखि जेठ १९ गतेसम्म बलात्कारसम्बन्धि १९ मुद्दा दर्ता भएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए । दर्ता मुद्दामध्ये जबरजस्ती करणीका १३ र जबरजस्ती करणी उद्योगका सात वटा मुद्दा दर्ता भएको श्रेष्ठले जानकारी दिए ।बलात्कारमा संलग्न १९ पक्राउ परिसकेको र आठ फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७१/०७२ मा भने पर्सामा जबरजस्ती करणी सम्बन्धि २१ वटा मुद्दा दर्ता भएका थिए । अन्नपूर्ण पोस्ट्बाट
प्रकृतिको नियम नै यस्तो छ कि मानिसले जन्म लिन्छ जवान हुन्छ बुढो हुन्छ अनि प्राण छोड्छ । अब बैज्ञानिकहरुले बुढो नदेखिने औषधी बनाएका छन् । बैज्ञानिकहरुले मान्छेलाई सँधै जवान राख्ने औषधी पत्ता