पाँच महिने छोरोसँगै श्रीमानको शव कुर्दै

 
अन्नपूर्ण बुधवार, आषाढ ८, २०७३ 0 47752 पटक पढिएको

छोरासँगै पतिको शव कुर्दै गौरी । तस्बिर: दिनेश विक्रम शाह
विमानस्थलका हृदयविदारक दृश्य
काठमाडौँः सोमबार बिहान अफगानिस्तानमा भएको आतंकवादी हमलामा १२ नेपालीको निधनले देश शोकमा छ । त्यो भन्दा बढी १२ जना नेपालीका आफन्तलाई चोट पुगेको छ ।
सरकारले विमान चार्टर गरेर शव नेपाल ल्याउने भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आफन्तको भिड लागेको छ । शोकका त्यही भीडमा पाँच महिनाका जेनिस थापा समेत आमाको काखमा छन् ।
जेनिसका बुबा जितेन्द्रसिंह थापाको शवको प्रतिक्षामा रहेकी आमासँगै देखिएका जेनिसको तस्बिरले सबैको ध्यान खिचेको छ 
अफगानिस्तानको काबुलमा भएको आतंकवादी हमलाले देश रोइरहेका बेला पीडितको पीडा बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली समेत विमानस्थल पुग्दै छन् ।

परराष्ट्र मन्त्रालयले चार्टर विमानमा १२ नेपालीको शव सँगै २४ नेपाली कामदार समेत घर फर्किएको जानकारी दिएको छ । काबुलमा आत्माघाती हमला भएपछि सरकारले देश फर्कन चाहने नेपालीलाई सम्पर्क गर्न आग्रह गरेको छ ।
काबुल आक्रमणका घाइते पाँच नेपालीलाई बुधबार भारतको राजधानी नयाँदिल्ली लगिएको परराष्ट्रले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.