रोजगारी र अध्ययनका लागि विदेश जाने नेपालीका लागि दुःखद् खबर !!!


नेपालमा केही ठूला टिकेटिङ एजेन्सीको मिलेमतोमा सिट होल्ड गर्ने र भाडा बढाउने गरेको आरोप समेत लाग्ने गरेको छ । कतारको दोहाका लागि २३ हजारबाट बढेर एकतर्फी टिकट ३४ हजार रुपैयाँ पुगेको छ । त्यस्तै युनाइटेड अरब इमिरेट्स (दुबई) का लागि पनि भाडामा भारी वृद्धि भएको छ । सो सेक्टरको भाडा २२ हजारबाट बढेर ३५ हजार पुगेको छ ।साउदी अरबको भाडाा पनि २४ हजारबाट ३२ हजार पुगेको टुर एण्ड ट्राभल्स एजेन्सीले जनाएको छ । तर, ‘फ्रि भिसा, फ्रि टिकट’ प्रावधान लागू भएकाले मलेसियामा भने भाडा दर घटेको छ । योसेक्टरमा केही एयरलाइन्सले उडान कटौती गरेका छन् ।मलेसियाका लागि भाडा वृद्धि भएर ३४ हजारसम्म पुग्ने गरेकामा अहिले १७ हजार रुपैयाँमा झरेको छ । त्यस्तै कुनै समय ४० हजारसम्म पुगेको दिल्ली गन्तव्य पनि १६ हजारमा स्थिर छ । नेपाल एयरलाइन्सको सस्तो टिकट उक्त सेक्टरमा ८ हजार ५ सय रुपेयाँ छ ।
नेपालबाट अध्ययन गर्न जाने मुलुकका लागि पनि अब बढी हवाई भाडा तिर्नुपर्ने भएको छ । अष्टे«लियाका लागि पहिले ५० हजार रुपैयाँ रहेकामा अहिले बढाएर ८० हजार रुपैयाँ पुगेको छ ।अमेरिकाका लागि करिक २५ हजार रुपैयाँ भाडा वृद्धि भएको छ भने जापानका लागि १५ हजार बढेको छ । यो नेपाली विद्यार्थी जापान जाने मुख्य सिजन हो । दक्षिण कोरिया र चीनको भाडादर स्थिर छ । दक्षिण कोरियाका लागि ५५ हजार र चीनको ग्वान्झाओ सेक्टरको भाडा ४० हजार रुपैयाँ छ ।राष्ट्रिय ध्वजाबाहक नेपाल बायु सेवा निगमले उडान भरेका गन्तव्यमा हवाई भाडा स्थिर छ । निगमले हङकङ, दिल्ली, बैंकक र मलेसियामा उडान भर्छ । हाल बैंकको १९ हजार ५ सय, हङकङको ३३ हजार, दिल्लीको १६ हजार र मलेसियाको भाडा १७ हजार छ ।अाजकाे काराेबार दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.