हेर्न नसकिने अवस्था भएको कारणले एक कपडाले छोपिएको छ
धादिंग को मलेखु नजिकै भर्खरै मात्र दुईवटा बस एक आपसमा ठोक्किदा बस चालकको नराम्रोसंग मृत्यु.लास हेर्न नसकिने अवस्था भएको कारणले एक कपडाले छोपिएको छ.खुनको कुलो बगेजस्तै विभत्स नजारा जसले सबको होस उडाएको छ,धादिंगबाट LIVE (भिडियो)
धादिंग को मलेखु नजिकै भर्खरै मात्र दुईवटा बस एक आपसमा ठोक्किदा बस चालकको नराम्रोसंग मृत्यु.लास हेर्न नसकिने अवस्था भएको कारणले एक कपडाले छोपिएको छ.खुनको कुलो बगेजस्तै विभत्स नजारा जसले सबको होस उडाएको छ,धादिंगबाट LIVE (भिडियो)
मंसीर ५ | एजेन्सी
नयाँदिल्ली – भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा आइतबार भएको रेल दुर्घटनामा कम्तीमा १०० व्यक्तिको मृत्यु भएको छ ।यस दुर्घटनामा अन्य १५० भन्दा बढी घाइते भएका छन् । प्रारम्भिक समाचारमा यस घटनामा ६३ जनाको मृत्यु भएको जानकारी दिइएको थियो । तर गम्भीर घाइते व्यक्तिको मृत्यु भएपछि दुभाग्यबस मृतकको सङ्ख्या १०० पुगेको वरिष्ठ प्रहरी अधिकारी दलजित सिंह चौथरीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन्। उत्तर प्रदेशको कानपुर सरहसँग पुख्रायान क्षेत्रनजिकै स्थानीय समयानुसार आइतबार बिहान ३ः३० इन्डोर पटना एक्सप्रेस नामक सा रेल दुर्घटना भएको थियो ।
सो रेलका करिब १४ वटा डिब्बा पटरीबाट छुट्टिएर दुर्घटना भएको छ । रेल दुर्घटना भएको सो अवस्थामा अधिकांश यात्रुहरु निदाईरहेका थिए । दुर्घटनामा परी घाइते भएकाहरुको स्थानीय अस्पतालहरुमा उपचार भईरहेको र धेरैको अवस्था गम्भिर रहेको हुनाले मृतकको सङख्या बढ्नेसमेत प्रहरीको अनुमान रहेको छ ।
घटनास्थलमा उद्धारकर्मीहरुले दुर्घटनाग्रस्त रेलमा अड्कीएकाहरुको शव निकाल्ने र रेललाई पनि हटाउने प्रयास गरिरहेका छन् । उद्धारकार्य जारी नै रहेको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै रेल मन्त्री सुरेश प्रभुलाई घटनाका बारेमा नजिकबाट नियाल्न आग्रह गर्नु भएको छ ।
भारतीय रेलवे अधिकारी विजय कुमारले रेल दुर्घटनाको कारण अहिलेसम्म प्रष्ट नभएको दिल्लीमा सञ्चारकर्मीहरुलाई बताए । उनले घटनाका बारेमा अनुसन्धान गर्ने तयारी भईरहेको पनि जानकारी दिए । सन् २०१४ मा उत्तर प्रदेशमा भएको २६ व्यक्तिको मृत्यु भएको छ । गत बर्ष पनि मध्य प्रदेशमा दुई वटा रेल एक आपसमो ठोक्किँदा भएको दुर्घटनामा कम्ती २७ व्यक्तिको मृत्यु भएको थियो ।
छत्तीसगढ– भारतको छत्तीसगढको एक गाँउ मनोहरपुरमा मंगलवार विहान एक व्यक्तिको हाईटेंशन लाइन तारमा परेका छन् । तार तोडिएर झुन्डिएको थियो, जहाँ ती व्यक्तिले छोएका थिए । ११ केभी विद्युत आपुर्ति भएको तारले जव उनलाई झट्का थियो, उनको घटनास्थलमै मृत्यु भएको थियो । हाईभोल्टेज करेन्ट रहेका कारण ती व्यक्तिका शरीरको आधा जसो भाग जलेको थियो ।गाँउ पंचायतको परेवामा रहने ६५ बर्षका देवनाथ विहान करिव चार बजे खेततिर गएका थिए । खेतको नजिकैबाट ११ केभीए लाइनको पोल गाडिएको थियो ।
अध्यारो भएका कारण ती व्यक्तिले तार टुटेको देखेका थिएनन् । उनी तारसँग ठोक्किए ।गाँउलेले भनेका छन कि, शनिवार नै तार टुटेको थियो, सम्बनिधत निकायमा खवर पनि गरिएको थियो । तर, अधिकारीले यसमा चासो दिएका थिएनन् । त्यहीकारण गाउँका एक व्यक्तिले ज्नाय गुमाएको भारतीय समाचार एजेन्सीले जनाएका छन् ।
भीमदत्तनगर – घरमा बसेर मासु खाँदा घाँटीमा अड्किएपछि कञ्चनपुरको कृष्णपुर– २ वाणीका ५६ वर्षीय बहादुर रावलको मृत्यु भएको छ ।
गुलरियास्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले मासु खाने क्रममा घाँटीमा अड्िकएर रावलको मङ्गलबार राति मृत्यु भएको बताए ।उनलाई उपचारका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पु¥याउँदा बाटोमै मृत्यु भएको थियो ।त्यसैगरी मोटरसाइकलले ठक्कर दिंदा भीमदत्तनगरपालिका– २ उल्टाखामाका साइकलमा सबार कालुराम चौधरीको उपचारका क्रममा मृत्यु भएको छ से २ प ९०६१ नं को मोटरसाइकलले पूर्व–पश्चिम राजमार्गको बेदकोट नगरपालिका– १३ दैजी क्षेत्रमा ठक्कर दिंदा घाइते भएका साइकलयात्री चौधरीको मङ्गलबार उपचारका क्रममा कोहलपुरस्थित मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सलालह, ओमान
करिब दुई महिना अघि घरको तेस्रो तल्ला माथीबाट हाम फालेर घाइते भै उपचाररत झापा सुरुङ्गाकी मनिता टुदुलाई ओमान नेपाली एकता समाज सलालह क्षेत्रीय समितीले आर्थिक सहयोग गरेको छ ।
आफू रहेको तल्ला मुनिको एउटा कोठाबाट आगो लागेपछि उनी आगोको राप र धुवाँले बाहिर निस्कन नसकी निस्सासिने अवस्थामा पुगेपछि ज्यान जोगाउन उनले झ्यालबाट हाम फालेकी थिईन् । बायाँ हात भाँच्चिएको र पछाडी मेरुदण्डमा गम्भीर चोट लागेको कारण हाल उनी आफैं हिड्डुल गर्न सक्दिनन् । करिब १९ दिन अस्पतालमा उपचार गरेर हालमा घरमै रहेकी टुदुलाई थप उपचारमा समस्या देखेपछि एकता समाज सलालह क्षेत्रीय समितिको सदस्यहरुको बिशेष पहलमा आर्थिक सहयोग गरेका हुन ।
गएको शनिबार अक्टोबर एक तारीखका दिन सललाह चोकस्थित नेपाली होटेलको प्राङ्गणमा एकता समाज सललाह क्षेत्रीय समितिका अध्यक्ष सुरेश परियारले घाइते मनिता टुदुलाई नगद रु. २७,८७६/- अर्थात ओमानी रियाल १०१.१००/- सहयोग हस्तान्तरण गरेका थिए । सो अवसरमा नेपाली होटेलका संचालकद्वय चन्द्र कुमार सुनुवार, कला भण्डारी, समाजसेवी टी आर लामा, केदार ढकाल लगायत एकता समाज सललाह क्षेत्रीय समितिका उपाध्यक्ष टेकराज सापकोटा, सचिब मीन बहादुर लामिछाने, सहसचिब दिपक क्षेत्री, कोषाध्यक्ष कुश झेडी र सदस्यहरु पबिन्द्र बुढाथोकी र सुभाष खड्काको पनि उपस्थिति रहेका थिए । भरत भट्टराई, युवराज काफ्ले, योगेश गुरुङ, एकराज कार्की, पुस्पा श्रेष्ठ, जित बहादुर कुमालले पनि आर्थिक सहयोग गरेका थिए ।
बिरामीको अवस्थामा केही सुधार आए पनि उनी पूर्णरुपमा निको हुन अझै समय लाग्ने भएको हुनाले थप उपचारको निम्ति केही मद्दत पुग्ने आशाका साथ सो सहयोग गरिएको सदस्य शिव कार्कीले बताएका छ्न ।
निज बिरामीको जिवन बिमा नगरिको कारण उनले पाउनु पर्ने बिमा रकम प्राप्त गर्न नसकिएकोले उपचारमा समस्या झेल्नु परेको र आगामी दिनमा सबैले सो कुरामा बिशेष ध्यान दिनु पर्ने कुरामा पनि जोड दिएका थिए ।
खाना पकाउने ग्यासको सिलिन्डर बिस्फोट भएर दुर्घटनामा परी पीडित हुने उपभोक्ताले अबदेखि बिमामार्फत एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् ।एलपी ग्यास उद्योग संघले भदौ १ गतेदेखि लागू हुने गरी उपभोक्ताका लागि यस्तो व्यवस्था गरेको अाजको अन्नपूर्णमा समाचार छ ।ग्यास उद्योगीको बिमासम्बन्धी मापदण्डमा एकरुपता नहुँदा उद्योगका अवस्था र पीडितको पहुँचका आधारमा पीडितले यसअघिसम्म एकमुष्ट पाँच लाखदेखि २० लाखसम्म क्षतिपूर्ति पाउँदै आएका थिए ।अहिले हामीले मुलुकभरी एकरूपता ल्याउने गरी एउटा मापदण्ड तयार पारेर कार्यान्वयनमा ल्याएका छौ,’ संघका अध्यक्ष शिव घिमिरेले भने, ‘मापदण्ड भदौ १ गतेबाट लागू गरिसकेका छौं । अब देशभरका उपभोक्ताले एउटै दुर्घटनाबाट तीन प्रकारका समान रूपमा क्षतिपूर्ति प्राप्त गर्नेछन् ।’श्रोत खबर साइड
काठमाडौँ, २८ भदौ - परराष्ट्रमन्त्री प्रकाश शरण महत चढेको नेपाल एयरलाइसको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ। दिल्लीबाट काठमाडौँ आएको आर ए २६० विमान अवतरणपछि पार्किङ तर्फ लैजाने क्रममा दुर्घटना भएको हो। विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेको छ। तर, विमानमा रहेका यात्रुहरु भने सुरक्षित छन्।यात्रुहरुलाई सुरक्षित तरिकाबाट बाहिर निकालिदै छ।
सोमबार पनि नेपाल नेपाल एयरलाइन्सको विमानमा खराबी आएपछि दिल्लीमा आकस्मिक अवतरण आरिएको थियो । अवतरण पछि विमानको टायर समेत पड्किएको थियो।source:dc nepal.com
धनगढी, २८ साउन । धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको सहजपुर सडकखण्डमा गएराति करिब १ बजे ना ६ ख १६९१ नंको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा बसमा सवार अन्य नौजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले मृत्यु हुनेमा डोटी जिल्ला वासुदेवी गाविस– १ का २८ वर्षीय योगेन्द्र विक र २८ वर्षकै खगेन्द्र विक रहेका छन् ।दिपायलबाट धनगढी आउँदै गरेको उक्त बस गएराति १.०० बजे सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।घाइतेमध्ये डोटी जिल्ला लडागडा गाविसका ३५ वर्षीय महावीर कठायत र कैलाली जिल्ला अत्तरिया नगरपालिकाका २५ वर्षीय चालक शेरबहादुर कडायतको अवस्था गम्भीर रहेको छ । दुई जनालाई थप उपचारका लागि भारत सिफारिस गरिएको छ ।अन्य सातजनाको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।
Thursday 28th of July
Kathmandu, July 28: Three people died Thursday of asphyxiation while cleaning well at Paiyuntar of Budhanilkantha Municipality- 19.
The deceased have been identified as Ishwar Khadka, 24, his brother Kishor, 20, and Bishal Basnet. In the beginning, Ishwor who went inside the 45 feet deep well for cleaning and his brother and Bishal followed him later as he did not come back. Though all three were rescued alive by the police from the Metropolitan Police Sector, Kapan, they died while being taken to Tribhuvan University Teaching Hospital, Maharajgunj for treatment.
काठमाडौँ, ९ साउन । गत आव २०७२÷०७३ मा काठमाडौँ उपत्यकामा दुर्घटनामा परी १६६ जनाले ज्यान गुमाएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा अनुसार प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा हुने दुर्घटनामा औसत १५० जनाले अकालमै
ज्यान गुमाउने गरेका छन् । दुर्घटनामा ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्रु हुने गरेको महाशाखाले जनाएको छ ।
महाशाखाका सहप्रवक्ता राजेन्द्र भट्टले सवारी नियम विपरीत सवारी चलाउने प्रवृत्तिका कारण अधिकांश दुर्घटना हुने
गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पर्याप्त सडक संरचनाको अभावले सडकमा हिँड्ने अनुकूल वातावरण
नहुनु र भएकासंरचना पनि उचित प्रयोग नहुँदा दुर्घटना हुने गरेको छ ।’उहाँ पैदलयात्रुले सडक तथा सडक पेटीमा
पैदल हिँड्दा रसडकपार गर्दा सावधानी नअपनाउने र सवारी चालकले पनि पैदलयात्रुलाई सडकमा प्राथमिकता नदिने
गरेका कारण सवारीदुर्घटना बढी भएको बताउनुहुन्छ ।महाशाखाले सवारी दुर्घटनालाई कम गर्नाका साथै पैदलयात्रु सुरक्षा
कार्यक्रमका लागिआजदेखि पैदलयात्रु सुरक्षा अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।यस्तै सार्वजनिक सवारी
साधनमा यात्रा गर्दातोकिएको भन्दा बढी भाडा लिने, नियमानुसार पाउने छुट नदिने, अनावश्यक हैरानी एवम् दुव्र्यवहार
गर्ने, ट्याक्सी भाडामा जान नमान्ने गरेमा महाशाखामा उजुरी पठाउन सकिने व्यवस्था गरिएको छ । महाशाखाको मोबाइल
नं ९८५१२९५१०० मा एसएमएस पठाएमा कारबाही गरिने जनाएको छ ।साभारःलाईट नेपाल.कम
अछाम, ३ असार । अछाम जिल्लामा बदेलको आक्रमण बाट तिनजना गम्भिर घाईते भएका छन । घाईते हुनेमा मंगलसेन नगरपालिका वार्ड नम्बर १० का ६० बर्षिया मान बहादुर बाग्पाल, सोहि वडाका २६ बर्षिया बम बहादुर रावल र कन्चनपुर गुलरियाका ४८ बर्षिया पल्टुराम चौधरी रहेका छन ।घाईते चौधरी मिस्त्रिकामको लागि अछाम आयका हुन । गम्भिर घाईते मान बहादुर बाग्पाल र पल्टुराम चौधर दुई जनालाई लाई जिल्ला अस्पलाल मंगलसेन बाट बयालपाटा अस्पताल रिफर गरियको जिल्ला अस्पताल अछामले जनाएको छ ।गाँउमा बदेल आयर मंगलसेन १० का प्रमे रावल को गोठ छानोमा बाधेको रागोलाई घाईते बनायपछि बदेललाई लखेटने क्रममा बदेलले आक्रमण गरेर मानिसलाई घाईते बनाएको स्थानिय बासि नेत्र रावलले बताए । गाउलेको आक्रमणबाट घाईते बदेल समेत मरेको छ । सोहि ठाउमा जिल्ला बन कार्यालय अछामको टोलि गई सकेको अछामका प्रहरी प्रमुख निरंञ्जन दत्त भट्ट ले बताए
14 people killed in a road accident of India's northern Himalayan region
Sunday 8th of May
8 May 2016 - Indian bystanders gather around the wreckage of a bus in a ravine in Mandi District on the outskirts of Dharamsala on May 8, 2016, after a crash in the northern state of Himachal Pradesh. An overcrowded minibus has fallen into a deep gorge in India's northern Himalayan region after a portion of the road caved in, killing 14 people, an official said. Another 41 people were injured when the bus heading towards the popular tourist destination of Kinnaur rolled into the steep valley in Mandi district of Himachal Pradesh state late May 7. Read for more detail …
Sunday 8th of May
8 May 2016 - Indian bystanders gather around the wreckage of a bus in a ravine in Mandi District on the outskirts of Dharamsala on May 8, 2016, after a crash in the northern state of Himachal Pradesh. An overcrowded minibus has fallen into a deep gorge in India's northern Himalayan region after a portion of the road caved in, killing 14 people, an official said. Another 41 people were injured when the bus heading towards the popular tourist destination of Kinnaur rolled into the steep valley in Mandi district of Himachal Pradesh state late May 7. Read for more detail …