चर्चित नायिका रेखा थापाले यही मंसिरमै नयाँ घरजम गर्ने भएकीछिन् । एक संचारमा माध्यमसँग करा गर्ने क्रममा नायिका थापाले ‘यही मंसिरमै घरजम गर्ने र त्यसको लागि आवश्यक तयारी भइरहेको बताएकी छिन् ।
हुने वाला पति को हो त भन्ने जिज्ञासामा भने नायिका थापा मौन रहिन । उनले अघि थपिन्,‘नाम अहिले नभनौं, तर उहाँ चलचित्र क्षेत्र बाहिरको मान्छे हो, अरु त विहे पछि थाहा भैहाल्छ नि ।’हुन त नायिका थापाले यसअघि पनि आफू विगतलाई सम्मान गर्दै अर्को बिहे गर्ने तयारीमा रहेको बताएकीथिईन । चर्चित हाँस्यकलाकार हरिवंश आचार्यले दोस्रो घरजम गरेलगत्तै उनले यस्तो प्रतिक्रिया दिएकीथिईन,‘मेरो पनि चाहना छ, एउटा माया गर्ने श्रीमान् होस्, काखामा वच्चा होस्, रमाईलो परिवार होस्, मिति नै तोक्न त सक्दिन तर अर्को बिहे चाहिं गर्छु ।’
त्यतिमात्रै होईन, उनले छविराज ओझासँग आफ्नो विहे नभएको समेत दाबी गरेकी थिईन । ओझाले नवनायिका शिल्पा पोखरेलसँग यही दशैंको टिकाको साईतमा विहे गर्ने खबर बाहिर आईरहेको वेलामा नायिका थापाले पनि आफूपनि विहेको अन्तिम तयारीमा जुटेको खुलासा गरेकी हुन् । उनका अनुसार विहे भने मंसिरको पहिलो हप्तामै हुनेछ ।
अनलाइनखबर निर्माता छविराज ओझाको ब्यानरमा जुन दिनदेखि नायिका शिल्पा पोख्रेलको प्रवेश भयो, सोही दिनदेखि यी दुइको निकटताको चर्चा भैरहेको छ । ‘लज्जा’ चलचित्रमा शिल्पा पोख्रेलले डेब्यू गरेपछि छविसँग उनको प्रेमका कुरा पनि नआएका होइन । तर, तेश्रो चलचित्र ‘किस्मत २’ सम्म आइपुग्दा छवि र शिल्पाले बिहे गर्न लागेको चर्चा छ ।के छवि र शिल्पाले बिहे गर्न लागेको कुरा सत्य हो ? छवि र शिल्पासँग गरिएको भिडियो कुराकानी हामी ‘मनोरञ्जन भिडियो समाचार’मा प्रस्तुत गर्नेछौ । तर, शिल्पा र छवि अहिले एक अर्काको केयर गर्ने भैसकेका छन् । शिल्पा र छवि एक अर्कालाई माया पनि गर्छन् ।अनलाइनखबरको क्यामेराका तस्बिर खिच्ने क्रममा छविले शिल्पालाई अंकमाल गरे । तर, शिल्पा सुरुमा लजाइन् र छविलाई अंगालो नमार्न भनिन् । तर, छविको जिद्दीको अगाडि शिल्पाको केही लागेन । छविको कर्के हेराइमा शिल्पा मुस्काइन् र तस्बिरका लागि पोज दिइन् । के तपाई र शिल्पाको कोट म्यारिज भैसकेको हो भन्ने प्रश्नलाई छविले सिधै इन्कार गरे । बरु भने-‘कागजी प्रमाण ल्याउनुहोस्, ठूलो पुरस्कार दिन्छु ।’ तस्बिरः कमल प्रसाई