पखला निको पार्छ : ताजा अनारले पखला लागेका र रगतमासी भएका बिरामीलाई तुरुन्तै राहत दिन्छ । किड्नी जोगाउँछ : अनारले किड्नीको फिल्टरलाई रक्षा गर्छ । फिल्टरले शरिरबाट हानिकार विकार फाल्ने काम गर्छ । गर्भवती महिलालाई फाइदा : अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने खतराबाट बचाउने तथा बच्चाको तौल बढाउन मद्धत गर्छ । अनारमा हुने पोटासियमले गर्भवती महिलालाई मर्निङ सिकनेसबाट बचाउँछ । कोलेस्टोल घटाउँछ : अनार एन्टिअक्सिडियन्टयुक्त फल हो ।
यसले शरिरको खराब कोलेस्टेरोल घटाउन सहयोग गर्छ । क्यान्सर बिरोधी : अनारमा हुने तत्व क्यान्सर प्रतिरोधी मानिन्छ । उच्च रक्तचाप नियन्त्रण गर्छ : अनारले रक्त नलीमा हुने सम्भावित हानीबाट जोगाउँछ । रगतलाई पातलो बनाई शरिरभर रगतको प्रवाह छरितो बनाउँछ । रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ : यसमा हुने एन्टिव्याक्टेरियल र एन्टि माइक्रोबायल गुणले भाइरसबिरुद्ध लड्न सक्ने र रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । यसमा हुने भिटामिन सीले भाइरसका कारण शरिरमा हुने संक्रमणबिरुद्ध जुध्न सहयोग गर्छ ।
रक्त अल्पताबाट जोगाउँछ : अनारको जुसमा प्रशस्त मात्रामा आइरन हुन्छ । मासिकधर्म वा गर्भवती अवस्थामा रक्तअल्पमा यसको जुस निकै लाभदायक मानिन्छ । शरिरलाई शान्त बनाउँछ : अनारमा शारिरिक उत्तेजनलाई शान्त पार्ने तत्व हुन्छ । यसको यही गुणका कारण अनारले दम, पायल्स, पखला र अन्य रोगबाट बचाउँछ । कलेजोको उपचार : अनारको जुसले कलेजको रक्षा मात्रा गर्दैन बरु मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ । कलेजोलाई प्रभावकारी ढंगले कार्य गर्न सहयोग गर्छ । पेटलाई शान्त पार्छ : अनारको जुसले भोक बढाउँछ, तिर्खा नियन्त्रण गर्छ, पाचन प्रणालीलाई सुधार गर्छ र कब्जियतको समस्या हटाउँछ । छालालाई पनि फाईदा : च्याउरी, आँखा मुनि आउने कालो धब्बा, पिम्पल लगायतका समस्या बाट बचाँउछ । कपालको रक्षा : नियमित रुपमा अनार खाँदा कपाललाई बलियो बनाउँछ र झर्नबाट बचाउँछ । यौन स्वास्थ्य मजबुत पार्छ : अनारको जुसले यौन स्वास्थ्यलाई सक्रिय बनाउन मद्धत गर्छ । नोट: स्वस्थ रहन अनार खानुको साथै शारीरिक व्यायाम नियमित गर्नुपर्छ
आफू सुन्दर हुने हरेको मानिसको सहज स्वभाव हो । केही मानिसका छालामा मुसा वा कोठी आएर सुन्दरतामा प्रभाव परेको छ भने अझ विशेष गरी अनुहारमा मुसा वा कोठी आएमा नराम्रो देखिन्छ । मानिसको शरीरमा मुसा किन र के कारणले आउँछ ? मुसालाई अंग्रेजीमा वर्त् भनिन्छ । एजपीभी भन्ने एक किसिमको भाइरसको कारण यो छालामा मुसा पैदा हुने गर्दछ । मुसा विभिन्न प्रकारका हुन्छन् । औषधि खाने र औषधि दल्ने गरेमा मुसा सानो हुंदै गएर अन्तमा हट्नेछ । यस उपचार पद्धति बाहेक , चिस्याउने , इलेक्ट्रिक उपचार गर्ने , लेजर वा अपरेशन गर्ने तरिकाव्दारा पनि मुसा हटाउन सकिन्छ ।भर्खरै शरीरमा मुसा आएको देख्दा भिटामीन एलाई सोझै मुसा आएको छालामा दल्न सकिन्छ । यसो गरेमा मुसा हट्ने सम्भावना हुन्छ । अर्को उपाय होः भिटामिन सीलाई धुलो पारी पानीसंग मिलाएर लेदो जस्तो बनाई मुसा आएको छालामा दल्ने गरेमा मुसा हट्ने सम्भावना छ । तर जुनसुकै उपायव्दारा मुसा हटाउंदा चिकित्सकको सल्लाह अनुसार काम गर्न राम्रोहुन्छ ।
मुसा कोठी हटाउनका लागि घरेलु उपायहरु
स्याउका भिनेगरप्रयोग गर्ने
स्याउको भिनेगर सबैभन्दा उपयोगि प्राकृतिक उपाय हो । मुसाहटाउन यसको अचम्म खलको उपयोगिता छ । स्याउको भिनेगरलाई मुसा,कोठी आएको ठाउँमा लगाएमा चाँडै नै हराएर जान्छ । तर यो बिधि आँखा वरपर भने प्रयोग गर्नु हुँदैन ।स्याउको भिनेगरसँग मुसा, कोठि हटाउनको लागि अन्य विधि पनि प्रयोग गर्न सकिन्छ।
पानी र थोरै साबुनले मुसा आएको वरपर सफा गर्नुहोस् ।१५ मिनेटपछि मुसामा टुतपेस्ट दलेर रगड्नुहोस् र १५ मिनेट त्यत्तिकै राख्नुहोस् । स्याउको भिनेगर कपासमा लिएर पुसेर संक्रमित ठाउँमा प्लास्टर या मज्जाले दब्बिने गरेर छोप्नुहोस् । १५ मिनेट पछि खोलेर पानीले सफा गर्नुहोस् । यो विधि दिनमा ३ पटक लगातार ७ दिन सम्म प्रयोग गर्नुहोस् हजुरको कोठि,मुसा सजिलै हराएर जानेछ ।नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"