विराटनगर-१३ को गल्ली फन्को मार्दै एउटा भ्यानले चक्कर लगाएको गाइँगुइँ मंगलबार बिहानैदेखि चलेको थियो। तर, के भएको हो भन्ने भेउ कसैले पाएनन्, प्रहरी नपुगुञ्जेल।घरभित्र मान्छेको विभत्स तरिकाले हत्या गरिएको आवाज कानमा ठोक्किएपछि विराटनगर-१३ का सुवास अमात्य झस्किएका थिए। बिहानै बजार निस्केका उनी घर पुग्न लागेका मात्र थिए। यकिन गर्न नसकिएको समय त्यस्तै ८ बजे। छिमेककै एउटा घरमा बिहानै बढेको भीडको बीचबाट निस्केको आवाजले अमात्यलाई झसङ्गै पारेको थियो। गाडीबाट उत्रिए। पहेँलो रङको दुई तले घर। त्यसभित्र प्रहरी थिए। प्रहरीको घेरामा एक बालक रोइरहेका थिए। उनी केही बोल्न सकिरहेका थिएनन्। आसपासबाट मान्छेको भीड झनझन् बाक्लिँदै गएको थियो। भीड थाम्न प्रहरीले घरको गेट बन्द गरिदिएको थियो। लम्कीलम्की मान्छेहरू भित्र चियाइरहेका थिए। प्रहरीले रोक्न खोजिरहेको थियो। त्यो भीडबाट हल्लाहरू आइरहेको थियो - कस्तो क्रुर तरिकाले मान्छे मारेको है! यो घरका धनी ओमकार श्रेष्ठ हुन्। कामविशेषले केही दिनयता धनकुटा गएका रहेछन्। केहीबेरको प्रतिक्षापछि बाहिर हल्ला चलेअनुसारै भुइँतलामा लाश टुक्राटुक्रा पारिएको छ भन्ने थाहा लाथ्यो। ‘लाशलाई तीन वटा टुक्रा पारेर चटचट गिँडिएको रहेछ,’ अमात्यले सेतोपाटीसँग भने। अमात्यका अनुसार त्यो शवको टाउको एकातिर, खुट्टा र शरीर अर्कोतिर थिए। सुनसरी औरावनी-५ का २२ वर्षीय विनोद यादव त्यसैघरको छेऊमा होस्टलका वार्डेन थिए। उनी रहेकाे अक्सफोर्ड होस्टेलमा प्लस टु पढ्ने विद्यार्थी बस्थे। श्रेष्ठको घरमा डेरा गरी बस्न आएका पाँच युवा थिए, सिरहाका तीन र सप्तरीका दुई। ती युवा पाँच दिनअघि मात्र त्यो घरमा डेरा सरेका थिए। उनीहरू प्लस टु पढ्ने विद्यार्थी भएको आशंका गरिएको छ। त्यहीघरको भुइँतलामा १३ वर्षका एक बालक पनि बस्थे। स्थानीयका अनुसार होस्टेल पछाडि डेरामा बस्दै आएका यादवलाई ती युवाले कतिबेला कोठामा ल्याए र हत्या गरे कसैले केही भन्न सकेको छैन। प्रहरीले घटनाको विषयमा खुलेर जानकारी पनि दिएको छैन। घटनास्थल पुगेका जुनियर प्रहरीहरूका अनुसार टाउको र खुट्टा गिँडेर एउटा तन्नामा पोको पारिएको अवस्थामा भेटिएको थियो। शरीरको बीचको भाग डसनामा बेरेर राखिएको थियो। कोठाभित्र बियरका बोतलहरू यत्रतत्र थिए। सुन्दै आङ सिरिङ्ग हुने किसिमको घटना छ,’ स्थानीय हरिमोहन श्रेष्ठले भने। अमात्यका अनुसार बिहान एउटा भ्यान त्यस घरअगाडि आइपुगेर रोकिएको थियो। युवा आफैंले ल्याएको त्यो भ्यानभित्र यादवको शवका टुक्रा राखेर कतै लगेर फाल्ने योजना अनुमान गर्न सकिन्छ। ‘तर, चालकले प्रहरीलाई फोन गरेपछि ती युवा शव छोडेर भागेको बुझिएको छ,’ अमात्यले भने, ‘हामीले थाहा पाएको यत्ति हो।’ यो हत्या मोरङमा लगातार भएको तेस्रो क्रुर थियो। यसअघि साउन २९ गते पथरी शनिश्चरे चोकमा समीक्षा कार्कीको हत्या भएको थियो।पथरीशनिश्चरे–११ का मानबहादुर घतानीले धारिलो हतियार प्रहार गरी समीक्षाको हत्या गरेका थिए। त्यसको दुई दिनपछि विनोद परियारले श्रीमती कल्पनालाई कैंचीले टाउकोमा प्रहार गरेर हत्या गरेका थिए। यी दुबै घटनामा असन्तुष्टि पोख्दै गृहमन्त्री विमलेन्द्र निधिको पार्टी नेपाली कांग्रेस मोरङ प्रहरी प्रमुख सन्दीप भण्डारी भेट्न दुई दिनअघि जिल्ला प्रहरी कार्यालय पुगेको थियो। नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, सचिव नागेश कोइरालालगायतको टोली गएर भण्डारीसँग हत्या हिंसा नियन्त्रण गर्न नसकेको असन्तुष्टि पोखेर फर्किएका थिए। शृंखलाबद्ध रुपमा हत्या हुन थालेपछि मोरङमा शान्ति सुरक्षा बिग्रिएको महसुस भएर हामी एसपी साहेबलाई भेट्न गएका थियौं,’ सभापति लिम्बूले भने, ‘दुई दिनपछि फेरि अर्को हत्या भयो।’बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव छोडेर भागेका ती पाँच युवाको सुइँको प्रहरीले पाउन सकेको छैन। घनास्थललाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ। मोरङ प्रहरीका प्रमुख भण्डारीले घटनाबारे अनुसन्धान भइरहेकाले धेरै विस्तृतमा भन्न नसकिने बताए। उनका अनुसार ती बालकसँग प्रहरीले सोधपुछ गरिरहेको छ। भण्डारीका अनुसार ती बालक युवाहरूसँगै बसेका हुन्। लाशलाई पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।
बुटबल, भदौ ५-सर्पको डसाइबाट मृत्यु भएका भनिएका यहाँका एक व्यक्तिको दाहसंस्कार गर्न लाग्दा जिवित मानिसले जस्तै शरीरका अङ्ग चलाउन थालेपछि सबैलाई चकित पारेका छन्। रुपन्देहीको सैनामैना नगरपालिका-९ देउपारका जोखु चौधरीलाई शुक्रबार बेलुका घरमै सर्पले डसेको थियो। सर्पको डसाइपछि उनलाई तत्कालै उपचारार्थ लुम्विनी अञ्चल अस्पताल बुटवलमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।अस्पतालमा मृत्यु भएका जोखुलाई परिवारले रातिनै घर लगेर आफ्नो संस्कारअनुसार शनिबार बिहान कपिलवस्तुको लक्ष्मणघाटमा दाहसंस्कार गर्न लाग्दा उक्त व्यक्तिले पुनः जिवित मानिसले जस्तै हातखुट्टा चलाउने र शरिरबाट पसिना निकालेपछि सबैलाई चकित पारेका थिए मृत्यु भएका भनिएका व्यक्तिको शरीरमा त्यस्तो अवस्था देखापरेपछि परिवार तथा दाहसंस्कारमा पुगेका मलामीले उनलाई पुनः भैरहवास्थित मेडिकल कलेज पुर्याइ भेन्टिलेटरमा राखेको करिब एक घण्टापछि त्यहाँ पनि चिकित्सकले मृत्यु भएको घोषणा गरेका उनको दाहसंस्कारमा पुगेका एमाले जिल्ला सदस्य नरबहादुर थापाले जानकारी दिए ।चिकित्सकले मृत्यु घोषणा गरेका केही व्यक्तिमा अपवादको रुपमा यस्तो प्रतिक्रिया देखिने सम्भावना रहेको र यस्तो अवस्थालाई ’रिगोर मोर्टिस’ भएको मानिने लुम्विनी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा।विकास देवकोटाले बताए । उनले अञ्चल अस्पतालमा उपचारार्थ ल्याइएका र चिकित्सकले मृत्यु घोषणा गरेका व्यक्तिमा देखिएको यस्तो अवस्थाका बारेमा आफूले यथार्थ बुझ्ने समेत बताए । रासस
ताप्लेजुङ / । लिङ्खिम गाविसस्थित विजय निमाविमा अध्ययनरत एक छात्रा स्कुल जाने क्रममा खोलाले बगाएर बेपत्ता भएकी छन् ।
लिङ्खिम– ३ ओमबहादुर लिम्बूकी १४ वर्षीया छोरी अनिता आज बिहान स्कुल जाने क्रममा सोही गाविसमा पर्ने तावा खोला तर्दै गर्दा खोलामा डुबेर बगेको विद्यालयका प्रअ गायत्री पौडेलले बताउनुभयो ।
बिहान करिब ९.५० बजे केही साथीसँगै स्कुल जाँदै गर्दा पुल नभएको खोलाभित्रैबाट तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो ।
सोही खोलामा काठको फड्के भए पनि स्कुल जान हतार भएकाले सोही पुल भएदेखि केही माथिको भागबाट छोटो बाटो हुँदै तर्ने क्रममा उनी बगेकी हुन् । केही साथी तरेर अघि बढ्दै गर्दा पछाडिरहेकी लिम्बूलाई खोलाले बगाएको उनका साथीले बताएका छन् ।
सो खोलामा भएको एउटा फड्के पुलसमेत निकै जीर्ण भएकाले त्यहाँबाट खोला तर्न निकै समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । लगत्तै स्थानीय र शिक्षक मिलेर खोजी भइरहेको र प्रहरीलाई खबर गरिएको बताइएको छ । उनी विजय निमाविमा कक्षा ८ मा अध्ययनरत थिइन् । रासस
सुचाना सुचाना सुचाना नारायणगढमा एउटा हराएको बालक भेटिएका छन्।
शेयर गरिदिनु होला तपाईं को एक शेयरले गर्दा उनका चिनजानले देखुन हुने छ
प्रकाशित मिति: आइतबार, आषाढ २६, २०७३ समय: १८:२६:०४
चौतारा, २६ असार । भोटेकोसी नदीमा आएको बाढीको कटानले सिन्धुपाल्चोकको तातोपानी गाविस–४ लिपिङ बजारमा आज थप चारवटा पक्की घर बगाएको छ ।
शनिबार बेलुकादेखि आज अपराह्नसम्ममा लिपिङ बजारका थप चारवटा पक्की घर बगाएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो ।
तातोपानी क्षेत्रमा पानी नपरे पनि चिनियाँ भू–भागमा वर्षा भइरहेकाले नदीमा बाढी आउने क्रम नरोकिएको र नदीको बहाव बढिरहेको हुँदा तातोपानीदेखि लिपिङसम्म दुई किमी क्षेत्रमा रहेका झन्डै १५० घर अझै उच्च जोखिममा रहेको प्रहरी निरीक्षक भुसालले बताउनुभयो ।
बाढीबाट विस्थापितका लागि कुनै निकायबाट राहत प्राप्त भएमा समन्वयको काम गर्ने गरी आज तातोपानी गाविस सचिव डम्बरबहादुर श्रेष्ठको संयोजकत्वमा सीमा प्रहरी, सशस्त्र प्रहरी, राजनीतिक दल र नागरिक समाज सम्मिलित स्थानीय विपद व्यवस्थापन समितिको गठन भएको छ ।
बाढीले एनसेलको टावरसमेत बगाएको तथा त्यहाँ रहेको नेपाल टेलिकमको टावरलाई विद्युत् अभावले सीमा प्रहरी कार्यालयबाटै इन्धन व्यहोरेर दैनिक दुई÷तीन घन्टा जेनेरेटर चालु गरी सञ्चारको वैकल्पिक व्यवस्था हुँदै आएकाले सम्बन्धित निकायले चाँडै व्यवस्था नगरेमा धेरै दिन धान्न नसकिने प्रहरी निरीक्षक भुसालले बताउनुभयो ।
स्थानीयवासीले चार÷पाँच दिनसम्म मात्र धान्न सक्ने गरी खाद्यान्नको जोहो गरेको बुझिएकाले त्यसको समेत चाँडै व्यवस्था गरिनुपर्ने प्रहरीले बताएको छ ।