तस्विरहरू: जिवन थापा मगरकाे फेशबुकबाट
श्रीमती र दुई छोरा लिन फिलिपिन्स पुगेका जिवन थापा मगर र जोयाले यस वर्षको दशैं उतै मनाएका छन्
काठमाडौं २३ भदौ | ‘दिदी’नै प्रेमिका ? सिने नगरीमा यस्तो चुत्थो कर्म पनि चल्दो रहेछ । जस्लाई सार्वजानिक रुपमा भाईको नाता लगाइएको थियो उनैलाई प्रेमीका रुपमा सार्वजानिक गर्ने नायिका हुन चपली गर्लका उपाधी पाएकी विनिता वराल । उनै बरालले आफू प्रेममा परेको भन्दै सार्वजनिक गरिन अमेरिकामा बस्दै आएका तिलक पौडेलसँगको तस्विर ।
टुईटर मार्फत जोडिएको भनिएको यी दुईको सम्बन्ध एक महिना पहिले मात्रै दिदी भाईको सम्बन्धमा थियो । सामाजिक सञ्जाल टुईटरमा ‘ज्वाईंसा’प’ हेण्डल चलाईरहेका तिलकले गत महिना ‘जुईनो’ सार्वजनिकको लागी बिनिता नेपाल आएको समयमा गरेको टुईटमा उत्तर फर्काउँदै दिदी सम्बोधन गरेका छन । टुइटरमा विनिताले लेखेकी छिन अबको दुई दिन चितवनमा रहिन्छ । ज्वाइसाप हेन्टलमा ट्विटर चलाएका तिलकले जवाफ फर्काएका छन हाम्रोमा कहिले आउनुहुन्छ दिदी ? पुनः बिनिताले जवाफ दिएकी छिन निम्तो पठाउ न भाइ ।
चलचित्र ‘चपलि हाइट’मा चर्चा र विवादमा तानिएका वराल कृषि व्यवासायमा लागेर अर्काे चर्चा बटुलिएको थिईन । त्यसपछाडि एक जना चलचित्र समिक्षकलाई भाडामा पुस्तक लेख्न लगाइन र कभरमा आफ्नो नाम छापेर उनी नामी उपन्यासकार बन्ने चक्करमा लागिन । फाइन प्रिन्ट प्रकाशनले छापेको उक्त ‘जुइनो’ पनि विवाद रहित रहन सकेन । गत असार ३० गते सार्वजनिक गरिएको बिनिताको उपन्यास जुइनोको आवरण चित्र अन्यत्रबाट चोरिएको भन्दै चर्काे आलोचना भएको थियो ।
जुइनोको आवरण चित्र र पोर्चुगलका लेखक इसाडोरा रिकार्डोको लघु उपन्यास ‘एनिथिङ क्यान ह्यापनः इन एडोलोसेन्स’ को आवरणसँग मिल्दो जुल्दो भेटिएसँगै उनको पुस्तक आलोचनामा परेको छ । रिकार्डोको पुस्तकको आवरण चित्र चोरेर ‘जुइनो’ मा प्रयोग गरिएको भन्दै उक्त पुस्तक प्रकाशक फाइनप्रिन्ट समेत विवादमा तानिएको छ । यद्यपि प्रकाशक निरज भारीले ‘फोटो एजेन्सी सटरस्टकसँग उक्त फोटो किनेर प्रयोग गरेको’ दावी गरेका छन ।
साभार एस काठमाडौं बाट
९ भदौ, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण कार्य सुरु गर्न थालेको छ ।
Pokhara Airportगत वैशाख १ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गरेलगत्तै वर्षायाम सुरु भएकाले निर्माणको काम अघि बढ्न सकेको थिएन ।
कम्पनीले यही सेप्टेम्बर १ (भदौ १६) गतेदेखि २०३२ सालमा अधिग्रहण गरिएको तीन हजार १०६ रोपनी र पछि थप गरिएको ६२९ रोपनीको पूरै जग्गामा तारबार लगाउन सुरु गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका सिनियर इन्जिनियर चन्द्रमणि सापकोटाले जानकारी दिए ।
कम्पनीले प्राविधिक कर्मचारी, कामदार र सामान राख्ने अस्थायी भवन बनाउन सुरु गर्न लागेको छ । आयोजनाको मूल गेटबाट विमानस्थलसम्म पुग्ने कच्ची बाटोलाई पक्की बनाउने काम सकिएको छ ।
मुलुककै गौरवशाली आयोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाई सम्ममा सक्ने लक्ष राखिएको छ । चीनको एक्जिम बैंकको करिब रु २१ अर्बको ऋण सहयोगमा विमानस्थल निर्माण हुन लागेको बताइएको छ ।
जाजरकोट, २५ साउन - जाजरकोट लहँ-४, पिपलचौरमा रहेको जनता प्राथमिक विद्यालय विद्यार्थी खुला आकाशमुनि पढाई गर्न बाध्य छन्।
गएको असार दोस्रो हप्ता आएको बाढी पहिरोले विद्यालय भवन बगाउँदा विद्यार्थी खुला आकाशमा पढाई गर्न बाध्य भएका हुन्। बाढीले विद्यालयका दुई वटा भवन, चर्पी खानेपानी टंकी बगाएको प्रधानाध्यापक बलबहादुर रावलले बताए। बाढीले विद्यालय क्षेत्र बगरमा परिणत भएको छ। यही बगरमा विद्यार्थीलाई राखेर पढाउन वाध्य छौं, प्रधानाध्यापक रावलले भने, पानी परे पठनपाठन बन्द गर्नुको विकल्प छैन। चर्को घाम लागे पनि पढाई बन्द गर्नुपर्ने बध्यता छ। फेरि बाढी पहिरो आउलाकी भन्ने डर छ। पठनपाठन संचालन गर्नका लागि अन्यत्र ठाउँ पनि छैन।
विद्यालयमा न चर्पी छ, न त खानेपानीको व्यवस्था छ, उनले भने, विद्यालयमा बस्ने ठाउ नहुँदा विद्यार्थी विद्यालय आउन छाडेका छन्। पहिरोको जोखिम भएकोेले बालबालिकालाई विद्यालय पठाउन छाडेको अभिमावक तिलबहादुर रावलले बताए। विद्यालय भवन नहुँदा पिपलचौरका विद्यार्थी पठनपाठनबाट बञ्चित भएका छन्। ५ कक्षासम्मको पढाई संचालन हुने विद्यालयका बालबालिका बगरको चिसो बालुवा र माटोमा बसेर पढाई गर्दा बिरामी पर्ने गरेको प्रधानाध्यापक रावलले बताए।
प्रकाशित मिति: शुक्रबार, आषाढ १७, २०७३ समय: १९:५९:०६
चिहानमा गाड्न लागेको बच्चा एक्कासी रुन चिच्याउन थालेको देखेमा तपाइँलाइ कस्तो अनुभव होला । झट्ट सुन्दा त यो समाचार नै झुटो जस्तो लाग्छ तर वास्तवमा यो भारतमा घटेको सत्य घटना हो । अस्पतालहरुमा हुने गरेका बिभिन्न लापरवाहिका घटनाहरु त हामीले बेलाबेलामा सुन्ने गरेकै छौं । त्यस्तै चरम लापरवाहिको नमुना हो यो घटना । भारतको मध्य प्रदेशको दमोह जिल्ला अस्पताल, जहाँ एक सुत्केरी आमाले जन्म दिएको बच्चा मृत छ भनेर घोषणा गरेकोमा बच्चा जिवीतै पाइएको छ ।
जब बच्चाको अन्तिम संस्कारका लागि बच्चालाई गाड्न लागियो बच्चा रोएको र चिच्याएको आवाज आयो । तत पश्चात बच्चालाई निकालेर अस्पताल भर्ति गरिएको छ । अस्पतालका डा. जेनका अनुसार ५५० ग्राम तौलको बच्चा जिवीत कमै हुन्छन । यो बच्चालाई पनि नर्सहरुले निकैबेर केयर गरेका थिए तर बच्चाले कुनै प्रतिक्रिया नै नदेखाएपछि मृतक घोषणा गरिएको हो ।
ड्युटीमा रहेकी नर्स आम्रपालीले बच्चा मृत भएको भन्दै एसएनसियु पठाएकी थिइन । जहाँ जया बर्माले उक्त बालकलाई मृत घोषित गरेकी थिइन् । अचम्मको कुरा त के छ भने मृत घोषणा गर्नुपूर्व उनीहरुले डाक्टरलाई देखाउन समेत आवश्यक ठानेनन् । यसरी यो घटनाले जिल्ला अस्पतालमा लापरवाही भएको ठहर्दै घटनाको अनुसन्धान हुने भएको छ । नेपालपाटीबाट
भर्खरै चीनबाट फर्केका उपराष्ट्रपति नन्दकिशोर पुनका छोराले लेखे आफ्नै बाबु बिरुद्द कडा स्टाटस , भन्छन ‘मलाई त यस्तो रीस उठ्यो अरुलाई के होला ?’
३ असार, काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनका कान्छा छोरा दिपेश विहीबार दिउँसो लैनचौरबाट बौद्धतर्फ जाँदै थिए । गौशाला पुगेपछि उनी चढेको माइक्रो रोकियो ।एकैछिनमा सवारी साधनको लामो जाम भइसकेको थियो । ‘केको जाम हो ?’ भन्दै यात्रुहरु भुट्भुटिन थाले । हतारमा रहेका दीपेश पनि जाममा फसेपछि दिक्क भए
यत्तिकैमा एक यात्रुले भनेको सुने, ‘उपराष्ट्रपतिको सवारी रहेछ ।’ त्यसपछि यात्रुहरुले नेताहरुलाई गाली गर्न थालिहाले । छोरा दीपेश सुनेर बसिरहे ।चीन भ्रमणबाट फर्किएको उपराष्ट्रपति पुनको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निवासमा फर्किने क्रममा सो रुटमा सवारी जाम गराइएको थियो । जाम करिब एक घण्टापछि खुल्यो, तर खुलेन दीपेशको मन ।प्रायः आफ्ना असन्तुष्टिका कुराहरु खुलेर फेसबुकमा पोखिहाल्ने दीपेश यसमा पनि चुकेनन् । चाहे आफ्नै बाबु जोडिएको विषय किन नहोस् उनले स्टाटस ठोके । उनको ‘बोल्ड’ स्टाटसलाई धेरैले मन पराएका छन् र सेयर गरेका छन् ।फेसबुकमा दीपेशले लेखेका छन्, ‘आज उपराष्ट्रपतिको सवारीका कारण म माइक्रोमा घन्टौं जाममा परेँ । म नाताले उपराष्ट्रपततिको छोरो भएर त यति धेरै रीस उठ्यो कि भनिसाध्य छैन भने अरु सर्वसाधारण जनतालाई झन् कति रीस उठ्छ होला ?’उनले सुरक्षा वा अन्य जे कारणले भए पनि सरकारले भीआइपी सवारी हुँदा सकभर सडकमा अरु निजी तथा सार्वजनिक सवारी सञ्चालनमा रोक नलगाउन सुझाव दिएका छन् । उनको स्टाटसलाई २५ सयभन्दा बढीले लाइक गरेका छन् भने करिब ३ सयले कमेन्ट गरेका छन् ।अनलाइनखबरसितको कुराकानीमा दीपेशले आफ्नो टिप्पणी वर्तमान उपराष्ट्रपतिमाथि मात्रै लक्षित नरहेर समग्र प्रवृत्तिप्रति लक्षित रहेको बताए । उनले भने, ‘उपराष्ट्रपति मात्र होइन, सबै भीभीआइपीको सवारीमा यस्तै हुन्छ । यस्ता विषयहरुले जनतालाई नेताहरुप्रति नैराश्यता जगाउँछन् । यसको समाधान तुरुन्तै निकाल्नुपर्छ ।’महत्वपूर्ण व्यक्तिहरुको सुरक्षा जरुरी भए पनि त्यसबाट सर्वसाधारण कमभन्दा कम प्रभावित होउन् भन्नेमा चनाखो हुनुपर्ने उनले बताए । ‘सबै मान्छेहरु आफ्नो गन्तव्यमा पुग्न हतारिएका हुन्छन्, कतिको इमरजेन्सी परेको हुन्छ । छोटो बाटो प्रयोग गरेर हुन्छ कि पहिल्यै सुचना दिएर हुन्छ कि सवारी जामको सिलसिला सिलसिला रोक्नैपर्छ ।’
श्रोत अनलाइन खबर बाट
जेष्ठ ३०, २०७३-
तस्बिरहरुः घनश्याम खड्का
गएराति ९.३० बजेदेखि १२ बजेसम्म परेको मुसलधारे वर्षापछि आएको बाढीले सदरमुकाम बेनीको क्याम्पसचोक र मंगलाघाट बजार पुरेको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा कृषि सडक विभागद्वारा संञ्चालित विकेन्द्रीत ग्रामीण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (डिआरएलपी) अन्तर्गत बेनी–अथुङ्गे–तोरीपानी सडकबाट निक्लेको ढुङ्गामाटो व्यवस्थापन नगर्दा बाढीको रुपमा सदरमुकाम पसेको थियो ।
‘विनासकारी विकासले नै यो विपत्ति निम्त्याएको हो,’ जिल्ला भू-संरक्षण अधिकृत दिवाकर पौडेलले भने, ‘हाम्रो सुझावलाई यहाँका नेता तथा विकासे अड्डाले अटेरी गर्दा बर्सेनी समस्या थपिएको हो ।’
मुसलधारे वर्षापछि माथि डाँडामा अवस्थित अथुङ्गे क्षेत्रबाट बेनी–अथुङ्गे–पाखापानी सडकबाट ढुङ्गामाटो सहित बाढी क्याम्पसचोक र मंगलाघाट बजारमा पस्दा कम्तीमा एक सय घर पुरिएका छन् । दर्जनौं घर जोखिममा परेका छन् ।
‘मानवअधिकारको वकालत गर्ने एसियाली विकास बैंकको लगानीमा सञ्चालित आयोजनाको लापरबाहीले बेनीबासीको ज्यूज्यान जोखिममा परेको छ । मानवअधिकारको घोर उल्लंघन हो,’ क्याम्पसचोकका पीडित चन्द्रप्रकास बराईलीले भने, ‘नागरिकको जीऊ ज्यान जोखिममा पर्नेगरी विनासकारी विकास गर्न पाइन्न । जिविस र डिर्लिप आयोजनाले जिम्मेवारी लिनु पर्छ ।’
बाढीले सदरमुकामका घरपसलहरु पुर्न थालेपछि मस्त निद्रामा परेका बेनीवासीबीच रुवावासी र आतंक फैलिएको थियो । दुई घन्टाबढी समय गडगडाहटसहित मुसलधारे पानी पर्दा पुरै बेनी त्रसित बनेको थियो । सिंगो सहर रातभर जाग्राम बसेको थियो । १२ बजेपछि विस्तारै पानी पर्न रोकिएपनि १ बजेसम्मै बाढी आउनेक्रम रोकिएको थिएन
Within a year, the project can now daily 17 million liters of water in the Kathmandu Valley News Updated By- Samiksha Pandey | Posted From- Nepal |
PROMOTED CONTENT
Kathmandu, May 12. Obstruction in the Ministry of Drinking Water and Sanitation project could be brought to the daily 17 million liters of water, according to the Capital.
The project began to come to the water here in the Kathmandu Valley to meet growing water demands may be. Now the daily demand of about 26 million liters of water has to be supplied only eight million liters. The common people in the Kathmandu Valley and nearby rivers, rivulets, kholalagayata imports from tankers and underground sources of water management have shortcomings.
Ministry spokesman Prasad Subedi continue for a long time about a decade of planning and construction is now being completed within a year, he added.
He Obstruction tight tunnel to tunnel construction in various parts of the region skilled and experienced technical manpower, said the fast and efficient work. RSS
PROMOTED CONTENT
Kathmandu, May 12. Obstruction in the Ministry of Drinking Water and Sanitation project could be brought to the daily 17 million liters of water, according to the Capital.
The project began to come to the water here in the Kathmandu Valley to meet growing water demands may be. Now the daily demand of about 26 million liters of water has to be supplied only eight million liters. The common people in the Kathmandu Valley and nearby rivers, rivulets, kholalagayata imports from tankers and underground sources of water management have shortcomings.
Ministry spokesman Prasad Subedi continue for a long time about a decade of planning and construction is now being completed within a year, he added.
He Obstruction tight tunnel to tunnel construction in various parts of the region skilled and experienced technical manpower, said the fast and efficient work. RSS
Sri-lanka-weather-rain-flood
aajakokhabar
Wednesday 18th of May
Sri Lankan commuters drive through floodwaters along an expressway in the suburb of Athurugeriya in capital Colombo on May 18, 2016. Rescue workers in Sri Lanka searched for 16 people missing May 18 after landslides buried several homes following three days of heavy rain, police said. / AFP PHOTO / LAKRUWAN WANNIARACHCHI
