आजको खबर २०७३ मङ्सिर ११ शनिबार १८:५९:००
काठमाडौँ, ११ मङ्सिर, ने.क.पा. (माओवादी केन्द्र) को केन्द्रीय पोलिट्ब्यूरो बैठक एजेण्डामा प्रवेश गरेसँगै सोमबारसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा बसेको पोलिट्ब्यूरो बैठकमा संगठनात्मक एजेण्डा प्रस्तुत गरिएको थियो ।
बैठकमा पार्टीको आन्तरिक संगठनलाई व्यस्थित गर्न तीन महिने कार्यक्रम प्रस्तुत गरिएको छ । शनिबारको बैठकले क्यूवाका पूर्वराष्ट्रपति तथा क्रान्तिकारी नेता फिडेल क्यास्ट्रो, माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधन र माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य पूष्पा घर्तीको आमाको निधनप्रति शोक व्यक्त गर्दै समवेदना प्रकट गरेको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले सामसामयिक राजनीतिक परिस्थितिबारे जानकारी गराउँदै पार्टीलाई निर्वाचन केन्द्रित भएर अगाडि बढाउन प्रस्ताव गरेको बैठकपछि पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । पोलिट्ब्यूरोको अर्को बैठक मंसीर १३ गते सोमबार बस्नेभएको छ ।
उनले भने, 'प्रधानमन्त्रीजीले निरन्तर छलफल तथा सम्वाद जारी राख्नुभएको छ, ठूला तीन दलहरुबीच सहमतिका साथ अघि बढ्ने वातावरण बनेको छ, त्यसैले यही मङ्सिर ६ वा ७ गतेभित्रै संशोधन प्रस्ताव संसदमा दर्ता हुन्छ, यसमा कसैले शंका नगरे हुन्छ ।'
नेता पुनले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनको लागि असन्तुष्टहरुको मागलाई सम्बोधन गर्नको लागि संविधान संशोधनमा सबै दलहरुवीच सहमति जुटाउने उद्देश्यले निरन्तर सम्वाद जारी राखेकोले यसमा सहमति हुनेमा आफू पूर्ण विश्वस्त रहेको स्पष्ट पारे ।
उनले अघि थपे, 'संविधान कार्यान्वयन राष्ट्रिय एजेण्डा हो, संविधान कार्यान्वयनको लागि तीन वटै निकायको चुनाव समयमै सम्पन्न गर्नुपर्नेछ, त्यसैले असन्तुष्टहरुको मागलाई सम्बोधन गर्नुपनि आँफैमा राष्ट्रिय एजेण्डा हो, त्यसको लागि संविधान संशोधन गर्नुपर्छ, अहिले सरकारले त्यही प्रयास गरिरहेको छ ।' उनले संविधान संशोधन लागि प्रधानमन्त्रीको नेतृत्वमा वर्तमान सरकारले अन्य सरोकारवाला पक्षहरुसँग पनि सम्वाद जारी राखेको जनाए ।
नेता पुनले प्रदेशको सिमाङ्कन, भाषा, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व लगायतका विषयमा संविधान संशोधनको तयारी भइरहेको उल्लेख गर्दै संशोधनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि समर्थन गर्ने संकेत दिईसकेको पनि उल्लेख गरे । उनले संविधान संशोधन र कार्यान्वयन सँगसँगै लैजान सकिने समेत स्पष्ट पारे । यद्धपि उनले मधेशी मोर्चाले भनेजस्तो सबै कुराहरु अहिले नै संशोधनमार्फत हल नहुने समेत दाबी गरे ।
उनले अहिले नै सिमांकनको विवाद पूर्ण रुपमा मोर्चाले भनेजस्तो हल नहुने बताउँदै भने, 'अहिले झापा, मोरङ्, सुनसरी, कैलाली र कञ्चनपुरको विवाद छ, यी पाँच वटा जिल्लाहरुलाई संघीय आयोगमार्फत टुङ्ग्याएर जानुपर्छ भन्ने प्रधानमन्त्रीको सोच छ, पाँच जिल्लाहरुको विवाद अहिले नै टुङ्ग्याउन सकिँदैन, आयोगले यी जिल्लाहरुको विवाद टुङ्गो लगाउने विषयमा मधेशी मोर्चा सहमत हुनुपर्छ ।'
उनले सिमाङ्कनको विवाद समाधानको लागि अहिले तीन वटा विकल्पहरुका बारेमा छलफल भइरहेको जानकारी दिए । उनका अनुसार ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरु पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान, र ६ नम्बर प्रदेशका रुकुम, दैलेख, सल्यान लगायतका क्लष्टर मिल्ने जिल्लाहरुलाई समेटेर ८ औं प्रदेश बनाउने विकल्पका बारेमा पनि अहिले छलफल जारी छ ।
त्यस्तै अर्को पाँच नम्बरका पहाडी जिल्लाहरुलाई ४ नम्बर प्रदेशमा राख्ने विकल्पका बारेमा पनि छलफल भइरहेको उनको भनाई थियो । उनले भने, 'जुनमा निकटता आउँछ, त्यही विकल्पमा समझदारी बनाईन्छ ।'
उनले अघि थपे, 'पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई ४ नम्बर प्रदेशमा राख्नेबारे पनि छलफल भइरहेको छ, केही अहिले हल गरेर र केहीपछि टुङ्ग्याउनुपर्छ ।' नवलपरासीदेखि बर्दियासम्मको प्रदेश बनाउन जारी रहेको छलफल सहमतिको निकट पुगेको उनले जनाए ।
उनले मधेशी मोर्चाले पनि संविधान संशोधन प्रस्ताव संसदमा पेश भएर आफ्ना मुद्दा सम्बोधन भए चुनावमा सहभागी हुने सकारात्मक प्रतिबद्धता जनाएकोले समयमै निर्वाचन हुने र संविधान कार्यान्वयन हुनेमा आफूहरु विश्वस्त रहेको बताए ।
उनले भने, 'सिमाङ्कनका बारेमा अहिले विभिन्न विकल्पहरु छन्, पहिलेकै राज्यपूर्नसंरचना आयोगले अघि सारेझैं १० प्रदेशको प्रस्ताव लैजाने पनि कुरा भएको छ, त्यसमा समझदारी बनाउनुपर्छ, समझदारी भए ठिकै छ, नभएर चुनावमामार्फत यो विषय हल गर्नुपर्छ ।'
उनले नागरिकताको विषयमा अंगीकृतलाई राज्यको माथिल्लो निकायको प्रमुख बनाउने कुरा अघि सारिएको भनेर उत्तेजना फैलाउने उद्देश्यले नियोजित रुपमा प्रचार गरिएको उल्लेख गर्दै भने, 'यो गलत र भ्रममा नलाग्न म सबैलाई आग्रह गर्दछौं, यो कुरा स्वयम् मधेशी मोर्चाका साथीहरुले पनि भन्नुभएको छैन् ।'
त्यस्तै उनले राष्ट्रिय सभाको प्रतिनिधित्वको बारेमा पनि जनसंख्याको आधारमा टुङ्गो लगाउने गरि वार्ता तथा छलफल भैरहेको जनाए । त्यस्तै भाषा सम्बन्धित विवाद समाधानको लागि आयोग गठन भइसकेकोले यो विवाद पनि टुङ्गिने उनको विश्वास थियो ।
उनले संविधान संशोधनमा एमालेले सहयोग नगरे संविधान संशोधन प्रस्ताव के हुन्छ भन्ने प्रश्नमा उनले थपे, 'एमाले सकारात्मक छ, हामीले समझदारीबाटै अघि बढ्ने भनेर नै छलफल गरेको हो नि ।' उनले सरकार स्वयम आफै एकतर्फी ढङ्गले बढ्ने पक्षमा नरहेको समेत स्पष्ट पारे ।
नेता पुनले संविधान संशोधन र महाअभियोग प्रस्ताव अलग अलग विषय भएपनि दुवै राष्ट्रिय एजेण्डा भएको उल्लेख गर्दै भने, 'महाअभियोगबारे कांग्रेसले पनि छिट्टै आफ्नो पोजिसन सार्वजनिक गर्छ, सबै दल महाअभियोगको पक्षमा छन् ।' उनले संविधान संशोधनलाई कसैले पनि बार्गेनिङ्को एजेण्डा बनाउन नहुने जिकिर गरे ।
आजको खबर २०७३ कार्तिक २० शनिबार २३:१५:००
काठमाडौँ, २० कार्तिक, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मूखर्जीको नेपाल भ्रमण सद्भाव भ्रमण भएको बताएका छन् । नेपाल टेलिभिजनबाट हरेक शनिबार प्रशारण हुने कार्यक्रम 'सिधा कुरा प्रधानमन्त्री'सँग कार्यक्रममा शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले अन्तर्वार्ताको क्रममा उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री दाहालले छठ पर्वको अवसरमा मधेशी समुदाय र देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरे । उनले भने, 'यस पर्वले राष्ट्रिय सहमतिको वातावरणका लागि सकारात्मक भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु ।'
मुखर्जीको नेपाल भ्रमण
उनले प्रश्नको जवाफ दिँदै भने, 'वर्षपछिको भारतीय राष्ट्रपति महामहिम प्रणव मूखर्जीको नेपाल भ्रमण आफैमा महत्वपूर्ण परिघटना हो । भ्रमण सफल बनाउने दायित्व हामी सबैको थियो, जुन हामीले पुरा गरेका छौँ । उहाँ निकै प्रशन्न भएर फर्कनुभएको छ । भ्रमण सफल र फलदायी भएको छ । २ देशका सरकार र जनताको सम्बन्ध हार्दिक बनाउन भ्रमण महत्वपूर्ण रह्यो ।'
अहिलेको भ्रमण सद्भाव भ्रमण मात्रै भएको भन्दै प्रधानमन्त्री दाहालले नाफा घाटा भन्दा पनि दुई देशको सम्बन्ध सुदृढीकरणका दृष्टिले भारतीय राष्ट्रपतिको नेपाल भ्रमण महत्वपूर्ण भएको दाबी गरे । यसले विश्वभरि राम्रो सन्देश दिएको भन्दै नेपालले उच्चस्तरीय भ्रमणको आयोजना गर्न सक्षम छ भन्ने सन्देश गएको बताए । उनले भने, 'नेपाल सरकारको क्षमताको पुष्टि भएको छ । भ्रमण व्यवस्थित, अनुशासित र सक्षमतापूर्वक पुरा भएको छ । यो भ्रमणले चीनियाँ राष्ट्रपतिको भ्रमणलाई सकारात्मक सन्देश पनि गएको छ ।'
'भारत भ्रमणमा व्यापार घाटा र आयोजनाका बारेमा कुरा भएको छ' उनले भने, 'विगतका सबै समस्या समाधानको प्रयत्न भएको छ । राष्ट्रपति आउँदा कुनै सम्झौता गर्ने एजेण्डा थिएन ।' १९५० को सन्धिबारे प्रवुद्ध समूहले तयारी गरिरहेकोले यसले सबै सन्धिको पुनरावलोकन गर्ने उनले बताए । त्यसकारण यो विषयलाई अहिले भ्रमणको एजेण्डा बनाउन आवश्यक नठानिएको उनको भनाई थियो ।
प्रधानमन्त्री दाहालले भने, 'भारतीय राष्ट्रपतिको भ्रमणका क्रममा नेपालको समग्र स्थिति र नेपाल—भारत सम्बन्धबारे खुलेर कुरा भयो । सबै नेताहरुले खुलेर छलफल गर्ने अवसर मिल्यो । त्रीदेशीय साझेदारी धेरै वर्षदेखि उठाएको प्रश्न हो । गोवामा पनि त्रीदेशीय साझेदारी कुरा भएको छ । यसमा भारत पनि विपक्षमा छैन । त्रीदेशीय समझदारीमा भारत र चीन दुवैको सकारात्मक प्रतिक्रिया नै थियो । भारतले त्रीदेशीय समझदारी राम्रो हो । तर, कार्यान्वयन गर्ने समय आइपुगेको छैन भन्ने प्रतिक्रिया दिएको थियो । चीनको त समर्थन नै थियो । भारतीय राष्ट्रपतिको भ्रमणका बेला पनि त्रीदेशीय समझदारीको कुरा गरेको छु । मलाई विश्वास छ, यो प्रस्ताव अगाडि जान्छ ।'
मैले देशको इज्जत बढाउने गरी जिम्मेवारी पुरा गरेँ
प्रधानमन्त्री दाहालले भने, 'भारतीय राष्ट्रपति नेपाल आउने कार्यक्रम पहिले नै तय भएको हो । भ्रमणको निम्तो सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो । अतिथिलाई सम्मान गर्नु अराष्ट्रवाद हो भने मेरो भन्नु केही छैन । आफै अतिथि बोलाएर अपमान गर्ने सोंच राम्रो होइन । मैले जिम्मेवारीपूर्वक काम गरेँ । मैले देशको इज्जत बढाउने गरी जिम्मेवारी पुरा गरेकोमा खुसी छु । भ्रमणबारेका अरु टिकाटिप्पणीबारे म अहिले केही भन्दिनँ ।'
बाटो खाली गरेर विश्वभरको प्रचलन मानेका हौँ
उनले थपे, 'केही समय अघि म भारतको राजकीय भ्रमणमा गएँ । म त्यहाँ जाँदा पनि भारतको यातायात ठप्प पारिएको थियो । त्यहाँ पनि बाटो खाली गरिएको थियो, यात्रुहरु कुरेर बसेका थिए । यो विश्वभरिकै प्रचलन हो । हामीले विश्वभरको प्रचलन मानेका मात्र हौँ । हामीले छुद्र टिप्पणी गरेर अन्तर्राष्ट्रिय सम्बन्ध र मान्यतालाई बिर्सन खोजेका त होइनौँ ? यस्तो छुद्रतापूर्ण टिप्पणी राम्रो हुँदैन ।'
भारतीय राष्ट्रपति आउँदा सार्वजनिक विदा चाहिँ किन नि भन्ने प्रश्नमा प्रधानमन्त्री दाहालले भने, 'भारतीय राष्ट्रपति आउँदा बिदा दिने कि नदिने भन्नेबारे राष्ट्रपति समेतको उपस्थितिमा छलफल भएको हो । परराष्ट्र र सुरक्षाका अधिकारीहरुको पनि राय आएपछि सम्मान र व्यवस्थापन दुवैका दृष्टिले सही हुन्छ भन्ने मानेर बिदा गरेको हो । यसले देशलाई कुनै घाटा भएको छैन । सम्बन्धलाई सुदृढ गर्न मद्दत नै पुगेको छ । काठमाडौँमा मात्रै गर्न सकिन्थ्यो भन्ने कुरामा म सम्मान गर्छु । तीतो टिप्पणी गर्ने साथीहरुले अरु सम्मानित संस्थाहरुलाई बचाउनु भयो, त्यसैमा खुसी छु ।'
चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन्छ
प्रधानमन्त्रीले भारतीय राष्ट्रपतिले हाम्रो राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो दिएको जानकारी दिए । उनले भने, 'हामी सल्लाह गरेर राष्ट्रपतिजीको भारत भ्रमणको समय तय गर्छाैं । गोवामा भएको छलफलमा चीनियाँ राष्ट्रपतिले प्रष्ट भाषामा नेपाल आउँछु भन्नुभएको छ । म विश्वस्त छु, समय अलिकति लाग्ला । तर, चीनियाँ राष्ट्रपतिको भ्रमण हुन्छ ।'
भुटानी शरणार्थी फिर्ता लैजान्छु भनेनन्
उनले भने, 'भुटानी प्रधानमन्त्रीसँग भुटानी शरणार्थी, कनेक्टिभिटी, यातायात लगायतका विषयमा कुरा भएको छ । गोवामा भएको भेटमा भुटानी शरणार्थी समस्याबारे मैले गम्भीरतापूर्वक कुरा राखेको छु । भुटानी प्रधानमन्त्रीले नेपालले गरेको प्रस्तावलाई गम्भीर रुपमा लिन्छु भन्नुभएको छ, शरणार्थी लैजान्छु नै भनेर भन्नुभएको छैन ।'
युवा रोजगारीको विषयमा नयाँ योजना
प्रधानमन्त्रीले भने, 'सरकारले युवाहरुलाई रोजगारी दिनेबारेमा नयाँ योजना सोच्दैछ । सरकारले यसबारे नयाँ सोच बनाउँदैछ । हामी यसलाई गम्भीरपूर्वक लिएका छौँ । संसदमा मैले गरिबका लागि सरकार, युवा स्वरोजगार कार्यक्रम, जनता पेन्सन लगायतका कुराहरु मैले घोषणा गरेको छु । अब हामी कार्यान्वयनको प्रक्रियामा छौँ, छिटै नतिजा आउँछ । यसले फेरि जनतामा नयाँ उत्साह आउँछ ।'
संविधान संशोधनकोलागि सरकारमा सहभागी दलहरुको म्याण्डेड
उनले भने, 'संविधान संशोधनको तयारी सरकारको नेतृत्व लिएदेखि नै भइरहेको छ । सरकारले प्रारम्भमा वातावरण बनाउनेतिर सोच्यो । आन्तरिक एकता सुदृढ गर्ने, संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जाने मेरो हुटहुटी थियो । मेरो तिव्रतापूर्वक अगाडि जाने मनसाय थियो । आन्तरिक तयारी, सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनकारी समेतसँग छलफल गरेर टुङ्ग्याउन लाग्दा समय लाग्यो । मैले सरकारमा सहभागी दलहरुको म्याण्डेड लिएको छु । पूर्ण सहमति नभए पनि संघीय गठबन्धनको पनि संशोधन प्रस्ताव दर्ता गर्दा हुन्छ भन्ने कुरा आएको छ । म्याण्डेड पाएको छु, मिलेर पारित गरेर जान्छौँ ।'
उनले अगाडि भने, राष्ट्रिय मुद्दाहरुमा समझदारी बनाउन मेरो जोड हुने गरेको छ । हामीले सबै मुद्दाहरुको मिलेर किनारा लगाउँछौं । महाअभियोग पनि समझदारी भएर टुङ्गिन्छ । त्यसमा अब शंका गर्ने ठाउँ छैन । सबैको समझदारी जुट्छ । अख्तियारलाई सरकारले अझ प्रभावकारी र पारदर्शी बनाउँछ । महाअभियोगले अख्तियार कमजोर हुँदैन, झन् बलियो हुन्छ ।'
राष्ट्रिय उद्योगहरु प्रवद्र्धन गर्ने संकल्प
प्रधानमन्त्री दाहालले भने, 'सरकारले यसपटक ठोस काम नै गर्दैछ । हेटौडा कपडा उद्योग लगायतका उद्योगहरु सञ्चालन हुँदैछ । हामीले छिटै सञ्चालन गर्छाैं । त्यसैगरी नेपाल औषधि लिमिटेडले आधारभूत औषधि छिटै उत्पादन गर्छ । राष्ट्रिय उद्योगहरु प्रवद्र्धन गर्ने हाम्रो संकल्प छ, यसमा हामी प्रभावकारी रुपमा अघि जान्छौँ ।' (प्रधानमन्त्री दाहाललाई सोधिएका प्रश्नको जवाफमा आधारित)
काठमाडौँ, ३ कार्तिक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको छ ।
नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेका १५७ सांसदले हस्ताक्षर गरी प्रमुख आयुक्त कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयलाई महाअभियोग प्रस्ताव बुझाएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
उनले एमालेका १०७ र माओवादीका ५० सांसदले हस्ताक्षर गरेकोसमेत बताए ।
संवैधानिक प्रावधानअनुसार महाअभियोग दर्ताका लागि आवश्यक पर्ने कम्तीमा एक चौथाई सांसदको सङ्ख्या पु¥याएर प्रस्ताव अघि बढाइएको र अरु सांसदको हस्ताक्षर थपिने प्रमुख सचेतक ढकालले बताए ।
यसैबीच, कार्कीको महाभियोग संसदमा दर्ता भएकोबारे सभामुख ओनसरी घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीलाई जानकारी गराएकी छिन् ।
संविधानअनुसार संसद चलिरहेको अवस्थामा संसदमा महाअभियोग दर्ता भए एक हप्ताभित्रै छलफलका लागि विषय बनाउनु पर्नेछ ।
महाअभियोग दर्ता भएसंगै यसको फर्छयौट नभएसम्म लोकमान सिंह कार्कीले अख्तियार प्रमुखको हैसियतमा काम गर्न पाउने छैनन् ।
कार्की भने बुधबारै राति दुबईबाट काठमाडौं आइपुगेका छन् । उनी असोज ३ गते नै क्यानडा गएका थिए ।
घाँटीमा अड्केको हड्डीजस्तै बन्यो जनमुक्ति पार्टी
बलदीप प्रभाश्वर चामलिङ
घाँटीमा अडि्कएको माछाको हड्डीझै राज्यलाई बिझाइरहने एउटा राजनैतिक दलको नाम हो- राष्ट्रिय जनमुक्ति पार्टी । यो पार्टी भौतिक रूपमा शक्तिशाली हुन नसके पनि विचार र मुद्दाका आधारमा सबैको अभिभावक बन्न पुगेको छ । र, यसैको प्रमाण हो- समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता, संघीयता र आरक्षणको मुद्दालाई सबैभन्दा पहिले राजनैतिक घोषणपत्रमा लिखत गर्ने यही जनमुक्ति पार्टी नै थियो ।
goraebahadur khapanngiगोरबहादुर खपाङ्गी
गोरबहादुर खपाङ्गी महासचिव रहेको जनमुक्ति पार्टीले ०४८ सालको आमनिर्वाचनमा कल्याणकारी राज्यको अवधारणा अन्तरगत बेरोजगारलाई भत्ता दिनुपर्छ भन्ने घोषणापत्र तयार गर्दा सबैले उडाएका थिए । पछि एमालेले यही अवधारणा पछ्याएर वृद्धभत्ता प्रदान गरेको हो ।
तत्कालीन मनमोहन अधिकारीको नेतृत्वका नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादीको पोलिटब्युरो सदस्य भएर काम गरेका मालवर सिंह थापा (एम एस थापा) ले ४६ सालको जनआन्दोलन पश्चात नेपालमा वर्गीयमात्र होइन, जातीय समस्या पनि छ भनेर आफ्नै नेतृत्वमा जनमुक्ति पार्टी स्थापना गरे । यो अभियानमा नेकपा मालेमा आवद्ध गोरेबहादुर खपाङ्गीले नवगठिन जनमुक्ति पार्टीको महासचिव भएर थापालाई सघाए ।
खपाङ्गी र थापा यिनै दुई पात्रको जोडबलमा पार्टीलाई जबरजस्त अगाडि ठेल्ने काम भयो । झण्डै दुई दशकपछि अहिले नेतृत्व दोस्रो पुस्तामा आएको छ । अहिले यसको नेतृत्व खड्गप्रसाद (केपी) पालुङ्वाले गरेका छन् ।
पार्टीको मूल सिद्धान्त
जनता भनेको जातिहरूको समष्टि हो भने जाति भनेको जनताको एकाइ हो । लोकतन्त्र भनेको जनता (जातिहरू) को शासन भएको हुँदा सबै जातिहरूको शासनसत्तामा राजनैतिक प्रतिनिधित्व हुनुपर्छ भन्ने पार्टीको सो पार्टीको निष्कर्ष हो । तसर्थ पहिले जातीय मुक्तिको समस्या हल भएपछि मात्र वर्गीय मुक्ति हुन्छ भन्ने जनमुक्ति पार्टीको ठहर हो ।
जातीय मुक्तिपछि सबै समुदायले आफ्नो अधिकारको महसुस गर्छन् । जनताले आफ्नो राजनीतिक भूमिको महसुस गर्नु भनेको जनताको अन्तस्करण प्रशन्न हुनु हो ।
जनताको अन्तस्करण प्रशन्न हुनु भनेको मुलुकमा स्थायीशान्ति कायम हुनु हो । स्थायीशान्ति कायम हुनु भनेको पुँजी र प्रविधिको परिचालित हुने वातावरण बन्नु हो । पुँजी र प्रविधिको परिचालन हुनु भनेको अर्थिक विकास हुनु हो र त्यही आर्थिक विकास नै वर्गीय मुक्ति हो ।
लिम्बुवानमा बेलाबेला उत्पात मच्चाइदिने धमास पिट्दै हिँड्ने कुमार लिङ्देन, सञ्जुहाङ पालुङवा र कमल छाराहाङ पनि हिजोका जनमुक्ति पार्टीकै हुन्
यसरी वर्गीय मुक्तिसम्म पुग्ने प्रस्थानविन्दु जातीयमुक्ति भएको हुँदा पहिले जनताको राजनीतिक मुद्दा हल हुनुपर्छ भन्ने पार्टीको सैद्धान्तिक व्याख्या हो । सबै वर्ग तथा समुदायका जनताहरूलाई राज्यको नीतिनिर्माणको तहमा पुर्याउनु नै जातीय मुक्ति हो ।
विकास निर्माणको प्रकृयामा क्षेत्रीय तथा स्थानीय तहका जानताको सहभागिताको अग्रसरतालाई प्रोत्साहन दिन संघीयताको कुरा यो पार्टीले उठाएको हो ।
प्रान्तहरूको नामकरणचाहिँ ऐतिहासिक समुदायहरूको पहिचानको आधारमा हुनुपर्ने भन्ने हो । तर, त्यो प्रान्तमा लोकतान्त्रिक अभ्यासबाट जुनसुकै जाति पनि प्रान्तको सरकार प्रमुख बन्न सक्दछन् र कुनै पनि एक जातिको मात्र अग्राधिकार हुनुहुन्न भन्ने नीति पार्टीको हो । समग्रमा जनताको लोकतान्त्रिक अधिकार र आर्थिक समृद्धिको खाका कोर्ने निर्देशक सिद्धान्त ‘बहुजातीय लोकतान्त्रिक समाजवाद’ हो, यो पार्टीको ।
जनमुक्ति पार्टीको विकासमा अवरोधका कारण
गोरेबहादुर लगायतले जग बसाएको जनमुक्ति पार्टी अघि बढ्न नसक्नुका केही कारणहरु छन्, जसलाई यसरी व्याख्या गर्न सकिन्छः
सुरुमा जनमुक्ति पार्टीमा लाग्ने अधिकांश अगुवाहरू अन्धजातिवादीको रूपमा प्रस्तुत भए । उनीहरूमा सही राजनीतिक स्कुलिङ थिएन । सबै भावनात्मक हिसावमा पार्टीमा आएका थिए ।
खहरेझैं बढ्ने र सुक्ने अवस्थामा जनसमर्थन भइरह्यो । वास्तवमा जातीय समस्या के हो र यसको समाधान कसरी हुनसक्छ भन्ने कुरालाई सिलसिलेवार सैद्धान्तिक व्याख्याको अभाव भयो ।
जातीय मुक्तिको नाममा बढी बाहुनविरोधी वचनहरू वाहिर आएको आभाष भो । हुन त जातीय मुक्तिको कुरा गर्दा बाहुन, जनजाति, दलित र मधेसीको प्रसङ्ग स्वभाविक रूपमा आउने नै भयो जसरी वर्गीयमुक्तिको कुरा गर्दा धनी र गरिबको सन्दर्भ आउँछ । तर राजनीतिक तहमा यसलाई सैद्धान्तिक व्याख्या गरिएन ।
जनमुक्ति पार्टीको स्थापनाकालतिर खगेन्द्रजंग गुरूङ, गोपाल गुरूङ, काजीमान कन्दङ्वाहरू आफ्नै पाराले जातीय डम्फू बजाइरहेका थिए । उनीहरू एमएस थापाको नेतृत्वको जनमुक्तिमा आउन सकेनन् । किनकि उनीहरूको बुझाइ अलि खरो थियो ।
यता थापा र खपाङ्गीहरू विश्व राजनीतिक परिवेशबाट दीक्षित भएको हुँदा एकले अर्कोलाई निषेध गरेर होइन, प्रजातान्त्रिक अभ्यासबाटै जनताको मन जितेर अगाडि बढनुपर्छ भन्ने स्कुलिङका थिए ।
यसो भएका हुँदा भावनात्मक रूपले नै खरा र अक्कडा पात्रहरूलाई थापा र खपाङ्गीले पार्टीमा भित्र्याउन चाहेनन् । पार्टीमा भएका त्यस्ताहरूलाई पनि वास्ता गरिदिएनन् । संस्थापन पक्षको यस्तो व्यवहारदेखि रूष्ट भएर गोपाल किराँतीले जनमुक्ति छाडेर क्षेत्रीय जातीय पार्टी खोलेर बसे ।
किराँती उबेला नै यस्तो उग्र थिए कि घन र झम्पल बोकेर धरानको भानुचोकमा रहेको भानुभक्तको मूर्ति फोड्ने प्रयास गरेका थिए । किराँती युवाहरूलाई बटुलेर बन्दुक बोक्न हिँडेका उनी अहिले प्रचण्ड माओवादीमा छन् । बेलाबेला माओवादीमा जातीय नेताको आरोप खपेर बसेका छन्, माओवादीमा ।
यसैगरी लिम्बुवानमा बेलाबेला उत्पात मच्चाइदिने धमास पिट्दै हिँड्ने कुमार लिङ्देन, सञ्जुहाङ पालुङवा र कमल छाराहाङ पनि हिजोका जनमुक्ति पार्टीकै हुन् । पार्टीले सशस्त्र लाइन नलिएको र लिम्बुहरूको जातीय राज्यको सुनिश्चितताका लागि पार्टीले कुनै नीति नलिएको भनेर उनीहरुले जनमुक्ति छाडेका थिए । उनीहरू अहिले पुरै जातीयक्षेत्रीय पार्टीमा आवद्ध छन् ।
Baldip chamlingबलदीप प्रभाश्वर चामलिङ
कथित वाहुन विरोधी आरोप
मार्क्स र मार्क्सवाद फरक कुरा हो । मार्क्स व्यक्ति हो भने मार्क्सवाद विचार-प्रवृत्ति हो ।
कम्युनिष्टहरू पुँजीवादको विरोध गर्छन् तर पुँजीपतिसँग मित्रवत सम्बन्ध राख्छन् । पुँजीवादको विरोध गरेता पनि उनीहरू पुँजीपतिसंग संगै बसेर खान्छन् । किनभने पुँजीपति मान्छे हुन् तर पुँजीवाद एक प्रवृत्ति हो ।
यसैगरी बाहुन र बाहुनवाद पनि फरक-फरक हुन् । बाहुन मान्छे हो भने बाहुनवाद एक प्रवृत्ति हो । विरोध प्रवृत्तिको हुन्छ किनकि यही प्रवृत्तिले मानिसको आचरण र व्यवहारलाई निर्देशित गर्दछ ।
यदि कसैले बाहुनको विरोध गर्छ भने त्यो मानवीयताको आधारमा नभएर राजनीतिक आधार हो । विरोध प्रवृतिको हो, मान्छेको होइन । बाहुनको विरोध राजनीतिक हो, मानवीय होइन भन्ने खपाङ्गीहरूको नीति थियो । जनजातिले बाहुनको विरोध गर्दा र बाहुनले जनजातिको विरोध गर्दा राजनीतिक कारणले हुनुपर्दछ भन्ने खपाङ्गीहरूको मान्यता थियो ।
देश सबैको भएपछि त्यो देशलाई नियमन गर्ने राज्यसत्ता पनि सबैको हुनुपर्छ र त्यहाँ बाहुनको मात्र एकाधिकार हुनुहुन्न भन्दा बाहुनविरोधी आभाष आए त्यो मानवीयताको आधारमा बाहुनको विरोध नभएर राजनीतिक आधारमा भएको ठान्नुपर्ने थापा-खपाङ्गीहरूको मत थियो । हुन पनि मेलापात, भोजभतेर, मलामीजन्ती, युद्ध इत्यादि जाँदा जनजातिलाई अगाडि लगाइन्छ तर सिंहदरवार र बालुवाटार जाँदा उनीहरूलाई पछि लगाइन्छ । सकभर उनीहरूको लागि ती ठाउँहरूमा ताल्चा लगाइन्छ । चुरी कुरा यहिँ छ ।
बुझ्नुपर्ने मान्छेले नबुझिदिँदा र बुझेकाले बठ्याँइ गरिदिँदा जनमुक्ति पाटीलाई जातीय पार्टीको आरोप लाग्यो
खपाङ्गीको टीका प्रकरणको अपव्याख्या
जनमुक्ति पार्टीले पिछडा र उत्पीडित समाजलाई लक्षित गरेर सुरुमा गतिविधिमा लागे । हुन पनि यो समाजलाई नै राजनीतिक रूपले माथि नउठाइ मुलुक निर्माणले पूर्णता पाउँदैन ।
यद्यपि खपाङ्गी मन्त्री भएपछि उनले गरेको एउटा राम्रो काम प्रचारमा आएन । त्यो भनेको अनिवार्य संस्कृतलाई ऐच्छिक बनाउने
तर लामो समय राज्यले विभेदमा पारेको समाज स्वभावैले चेतनाशून्य हुन्छ । यो त्यस्तो समाज हो जहाँ कसैलाई “तिमी ‘सिंगापुर’ जाने कि ‘सिंहदरवार’ जाने ?” भनेर सोध्यो भने उस्ले सिंगापुर जाने उत्कट चाहना देखाउँछ । उसलाई सिंहदरवारको अर्थ थाहा छैन र सिंहदरवारको लोकेसन पनि थाहा हुँदैन । यस्तो मनोविज्ञान भएको समाजमा गोरेबहादुर खपाङ्गीले दशैंमा टीका लगायो भन्ने कुरालाई मजाले भजाँइयो ।
वास्तवमा त्यो बेला सार्वजनिक परम्परागत समारोहमा खपाङ्गीले टीका लगाउनु भनेको हिन्दुधर्मको अवलम्वन नभएर हिन्दुधर्मको कदर थियो ।
हो, जनजातिले दशैंमा टीका लगाउनु उसको परम्परागत संस्कार होइन । तर, कुनै जनजाति मन्त्री हुन्छ भने उ जनजातिको मात्र मन्त्री होइन, उ त बाहुनको पनि मन्त्री हो । मन्त्री भनेको सार्वजनिक पद हो ।
जनमुक्ति पार्टी कुनै धर्म र जाति विरोधी नभएको हुँदा त्यही पार्टीको नेता मन्त्री भइसकेपछि जुनसुकै धर्म र संस्कारको सम्मान र कदर गर्नुपर्ने नै हुन्छ । दशैंमा टीका लगाउने प्रचलन जनजातिको होइन भनेर खपाङ्गीले भन्नु सही हो । तर हिन्दुहरूको चाड दशैंको निषेध हुनुपर्छ त भनिएको थिएन ।
उता बाबुराम मनकामना दर्शनमा गए । प्रचण्डले भैंसी पूजा गरे । जबकि कम्युनिष्टले धर्मलाई अफिम ठान्छन् । यसलाई जनताले स्वभाविक लिए । तर खपाङ्गीको टीका प्रकरणलाई लिएर जनसमर्थन भड्काउने काम भयो
यद्यपि खपाङ्गी मन्त्री भएपछि उनले गरेको एउटा राम्रो काम प्रचारमा आएन । त्यो भनेको अनिवार्य संस्कृतलाई ऐच्छिक बनाउने । उनी मन्त्री भएपछि संस्कृत भाषाको अनिवार्य पाठ्यक्रमलाई ऐच्छिक बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पारित गराएका थिए ।
अन्तमा,
जातीय अन्धउग्रतालाई यस पार्टीले रोकेर राख्ने भूमिका चाहिँ जनमुक्ति पार्टीको सही बाटो हो । जातीयमुक्ति भनेको एक जातिले अर्को जातिको निषेध गर्न होइन, राजनैतिक सहकारिता नै जातीयमुक्तिको सार हो ।
जातीयमुक्ति भनेको लोकतन्त्रको आधार हो भने लोकतन्त्र भनेको जातीय मुक्तिको अधिरचना (infrastructure ) हो । सबै समुदाय र वर्गको राजनैतिक समानुपातिक सहभागिताको आधारजगमा मात्रै लोकतन्त्र दरिलो हुन्छ ।
हो, यिनै मान्यतालाई मन्दविषको रूपमा पाश्र्वप्रभाव दिने भूमिकामा चाहिँ जनमुक्ति पार्टी सफल भएको छ । यो पार्टी दौडन सकेको छैन, हिँडिमात्र रहेको छ किनकि दौडेरमात्र होइन, हिँडेर पनि लक्ष्यमा पुग्न सकिन्छ ।
(लेखक जनमुक्ति पार्ठीमा आवद्ध छन् )
२०७३ भदौ १२ गते १०:३९ मा प्रकाशित
काठमाडौं, ५ भदौ - भारतका विभिन्न राजनीतिक दलका प्रभावशाली नेताहरुले नेपालमा संविधान कार्यान्वय भएर आर्थिक समृद्धि भएको हेर्न आफुहरु ईच्छुक रहेको बताएका छन् ।
नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा उनीहरुले विभिन्न आन्दोलनबाट प्राप्त भएका संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता एजेण्डाहरुलाई संस्थागत गर्नपनि संविधान कार्यान्वयन अनिवार्य भएकोले नेपालका सबै राजनीतिक दलहरुले यसतर्फ सोच्नुपर्ने धारणा राखेका हुन् ।
भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार भगतसिंह कोशियारीले संविधान संशोधनमार्फत असन्तुष्ट पक्षहरुको मुद्दा सम्बोधन गरेर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनेगरि प्रचण्ड नेतृत्वको सरकारले काम गर्नुपर्ने सुझाव दिए । उनले अघि भने,‘पहिलाको प्रचण्डजी र अहिलेको प्रचण्डमा फरक छ, उहाँ सुझबुझका साथ प्रधानमन्त्री बन्नुभएको छ, मलाई लाग्छ उहाँले मुलुकलाई निकास दिनेबारेमा गम्भिर भएर विशेष पहलकदमी लिनुहुनेछ ।’
कोशीयारीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि द्धिपक्षीय सम्बन्ध अझै समुधुर र प्रगाढ बन्ने विश्वास समेत व्यक्त गरे । उनले अघि थपे,‘अब हुने भनिएको द्धिपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउँछ, त्यसमा कुनै शंका नै छैन् ।’
भारत नेपालमा जहिलेपनि शान्ति, सुव्यवस्था, स्थिरता र आर्थिक समृद्धि चाहाने उल्लेख गर्दै उनले भने,‘नेपाल अब आर्थिक समृद्धिको बाटोमा अघि बढोस्, भारताके यसमा पूर्ण साथ र सहयोग रहनेछ ।’
कोशीयारीले प्रचण्डको भारत भ्रमणको बेलामा दुई देशवीच भएका विभिन्न सन्धि–सम्झौताहरु आपसी समझदारी र छलफलको माध्यमबाट पूनरावलोकन गरिने समेत जनाए । उनले अघि थपे,‘नेपाल–भारत सम्बन्धमा देखिएका सबैखाले असमझदारी हटाउने कुरामा हामी पूर्ण तयार छौं, आपसी वार्ता तथा छलफलको माध्यमबाट हामी यसलाई टुँगोमा पुर्याउँछौं ।’
त्यस्तै कँग्रेस आईका बरिष्ठ नेता डा. करण सिंहले संविधान संशोधन गर्ने कुरामा आफूले चूनौति देखेको स्पष्ट पारेका छन् । डा. सिंहले भने,‘संविधान संशोधन कसरी गर्ने भन्ने विषयमा मैले चूनौति देखेको छु, एमालेलाई सहमतिमा लिएर संविधान संशोधन गर्ने वा सरकारले दुई तिहाई पुर्याउने ?’
उनले संविधान कार्यान्वयनको लागि पनि समयमै निर्वाचन सम्पन्न हुनुपर्ने धारणा राखेका छन् । उनले आफ्नो पार्टीले नयाँ सरकारलाई पूर्ण सहयोग गर्ने समेत प्रतिबद्धता जनाए ।
सिंहले नेपालमा देखिएको संघीयतासम्बन्धी सिमांकनको विवाद समाधान भएर मोर्चा सरकारमा सहभागी भए संविधान कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताए ।
जनता दल युनाईटेडका अध्यक्ष शरद यादवले नेपाल–भारत सम्बन्ध नयाँ शिरामा पुगेको विश्वास व्यक्त गरेका छन् । यादवले भने,‘द्धिपक्षीय सम्बन्ध सुधार भएको छ, अब यसलाई नयाँ गति दिनुपर्छ ।’ उनले अब द्धिपक्षीय सम्बन्ध सानातिना कुरामा अल्झिन नहुने समेत तर्क गरेका छन् ।
अध्यक्ष यादवले काँग्रेस–माओवादी केन्द्रको गठबन्धनमा बनेको नयाँ सरकारले मधेशवादी दल र एमालेलाई पनि साथमै लिएर अघि बढ्नुपर्ने सुझाव दिए ।
उनले भने,‘जतिसक्दो चाँडो सिंमाकनको विवाद समाधान भएर नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढोस भन्ने हाम्रो चाहना छ ।’ उनले प्रधानमन्त्री प्रचण्डलाई दुरदर्शी नेताको रुपमा समेत चित्रण गरेका छन् । यादवले अघि थपे,‘प्रचण्डजी अहिले परिवर्तन हुनुभएको छ, पहिलाकोजस्तो प्रचण्ड अब हुनुहुन्न, उहाँले मुलुकलाई निकास दिने कुरामा म विश्वस्त छु ।’
भारतीय राष्ट्रवादी काँग्रेसका महासचिव डिपी त्रिपाठीले नेपाल–भारत सम्बन्ध सुमधुर बनेको भन्दै नेपालका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई सफल बनाउन आफुहरु लागिपर्ने बताए । उनले अघि भने,‘भारत प्रचण्डजीको भारत भ्रमणको स्वागत गर्न आतुर छ ।’ आफूले प्रचण्डलाई नेपालको सफल प्रधानमन्त्रीको रुपमा देख्न चाहेको समेत उनको भनाई थियो ।
त्रिपाठीले प्रचण्डलाई दिर्घकालिन हित हुनेगरि काम गर्न समेत सुझाव दिएका छन् । उनले असन्तुष्ट मधेशी मोर्चालाई साथमै लिएर अघि बढ्न समेत प्रचण्डलाई आग्रह गरेका छन् । उनले अघि भने,‘मोर्चाको माग पुरा गर्न संविधान संशोधन गर्नुपर्छ, त्यसको लागि सरकारले पहलकदमी लिओस भन्ने हाम्रो शुभकामना छ ।’ संविधान संशोधन भएपछि मधेशी मोर्चा पनि सरकारमा सहभागी हुनुपर्ने उनको धारणा छ ।
त्यस्तै भारतीय कम्युष्टि पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरीले प्रधानमन्त्री प्रचण्डले सबै दललाई मिलाएर लैजान सक्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन् । उनले संविधान संशोधन गरेर अहिलेसम्म प्राप्त भएका सबै खाले उपलब्धिहरुलाई संस्थागत गर्न पनि चुनाव गर्नुपर्ने अनिवार्य आवश्यकत्ता रहेको बताए