काठमाडौँ, २६ असोज, नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले संविधान संशोधनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष नेताहरुसँग अनौपचारिक छलफल गरिरहेको जनाएका छन् । नेता गजुरेलले संविधान संशोधन अहिलेको लागि अनिवार्य आवश्यक रहेको उल्लेख गर्दै भने, 'संविधानलाई सबै सर्वस्विकार्य बनाउनको लागि पनि संशोधन आवश्यक छ, तर संशोधनको लागि दुई तिहाई आश्यक छ, यसको लागि एमाले र राप्रपा नेपाललाई पनि विश्वासमा लिनुपर्छ, त्यसैले हचुवाको भरमा प्रस्ताव अघि बढाउनुभन्दा पनि एउटा निश्कर्षमा पुग्नेगरि प्रस्ताव दर्ता हुन्छ ।'
उनले सरकारले संशोधनको लागि व्यापक गृहकार्य समेत गरिरहेको विश्वास दिलाउँदै भने,'छठभन्दा अघि र तिहारभन्दा पछि यही विचको सेरोफेरोमा संशोधन प्रस्ताव अघि बढाउँछौं ।'