लाइट नेपाल ,काठमाडौं १ मंसिर – साउदी अरबले गत बर्ष नेपाली सहित चार लाख ८० हजार आप्रबासी कामदारलाई डिपोर्ट गरेको छ । साउदीको स्थानीय आवसीय कानुनलाई उलंघन गर्ने कामदारलाई डिपोर्ट गरेको हो ।साउदीले स्पोन्सरबाट भागेका र हुरुप लागेका आप्रबासी कामदारलाई डिपोर्ट गरी पठाएपछि पुन: साउदी कहिल्यै फर्किन नपाउने स्पष्ट पारेको छ । गैरकागजात हैसियतबाट डिपोर्ट भएकाहरु केही बर्षपछि पुन काम गर्न साउदी फर्किन पाउने हल्ला भइरहेको अबस्थामा साउदीले आफ्नो धारण स्पष्ट गरेको हो ।
‘स्पोन्सर छाडेर डिपोर्टमा परेका कामदार फेरी साउदीमा आउन प्रतिवन्ध छ,’ मक्का राहदानी तथा प्रहरीका निर्देशक प्रहरी मेजर जनरल खलिफाल्लाह अल–टुवार्कीले स्थानीय सञ्चारमाध्यमलाई भने,‘यसमा केही हेरफेर गरिएको छैन ।’उनका अनुसार साउदी स्पोन्सर (हुरुब)बाट भागेका आप्रबासीलाई एक लाख रियाल जरिवाना, डिपोर्ट र साउदी आउन प्रतिवन्ध लगाउने नियम छ । गत वर्ष चार लाख ८० हजार आप्रबासी भागेका कामदारलाई साउदीबाट डिपोर्ट गरेको उनले बताए ।
‘भागेका कामदारलाई सेल्टर दिनुको साथै ओसारप्रसार गर्ने १६ हजार ३ सय ८६ जनालाई कारबाही गरिएको छ’, उनले भने ।साउदीमा म्यानपावरसँग सम्झौता गरे अनुसार तलव, सेवा सुबिधा तथा काम दिन नसक्ने कम्पनीबाट नेपाली सहित आप्रबासी कामदार स्पोन्सर छाडेर भाग्ने गरेको छ । त्यसरी भागेका कामदार अनिवार्य जेल बसेर आउने गरेका छन् ।
दोहा, असार २२- रोल्पाको उद् गाविस—६ का ३० वर्षीय पहलमान पुन मगर अघिल्लो साँझ साइड (काम गर्ने स्थल) बाट क्याम्पसम्म ट्याक्सी चढेर आए । डिउटी सकेर दुई घण्टासम्म घाममा तड्पिएर बस्दा पनि बस लिन आइपुगेन ।पहलमानलाई बस किन लिन आएन भन्ने जानकारी पनि आएन । उनले ठाने,‘कतै केही भएर बिग्रियो होला ।’ भोलीपल्ट २१ जुनको बिहान सबेरै उनीसहित कामदारहरु काममा निस्कन सधै झैं क्याम्पको बाहिर आएर तयारी अबस्थामा बसेका मात्रै थिए, बस डाइभर आइपुगेर भने, ‘कम्पनीको जिम्मेवारी लिने कोही छैन, मुदिर (म्यानेजर), इन्जिनियर कोही सपर्म्कमा छैनन् । अफिस खाली छ । अब के काममा जान्छौ ?’हिजोसम्म ६ वटा प्रोजेक्टमा काम गरिरहेका ती कामदारहरु ड्राइभरका कुरा सुनेर चिन्तित भए । सबै कोठामै फर्किए । दिउँसो पहलमानसहित केही नेपाली कामदार कम्पनीको कार्यालयमा पुग्दा रित्तो देखे । ‘कार्यालयमा कोही छैन’ पहलमानले भने, ‘त्यस दिनदेखि हाम्रो जिम्मेवारी लिने सबै बेपत्ता छन् । हामी अलपत्र छौं ।’कार्यालय नै खाली गरेर सञ्चालक भागेपछि अल साहाबा गुप्र कम्पनीका एक सय ३० जना नेपाली कामदार अलपत्र परेका हुन् । ‘पहिला यही कम्पनीमा तीन सय भन्दा बढी थिए । एकसय २४ जना कामदारलाई यो तीन महिनामा फर्काइ सके’ उनले भने, ‘हामीलाई भने त्यतिकै अलपत्र पारेर मुदिर फरार भए ।’ती कामदार अल साहाबा बिल्डिङ कन्ट्रक्सन, असस इन्जिनियरीङ, इन्साइट एड्भान्सड कन्ट्रक्सन, प्याराडाइज ट्रेडिङ एण्ड सप्लाईसमा कार्यरत थिए । यो कम्पनी एउटै ब्यवस्थापन समुहद्धारा सञ्चालित हो । कम्पनी सञ्चालक मिश्रका व्यक्ति हुन् । मुदिर भागेर उसको देश गएको उनीहरुलाई जानकारी प्राप्त भएको छ ।उनीहरुले दुई महिनाको तबल, उपदान र बिदाको रकम पाउन बाँकी छ । पीडितले २३ जुनमा नेपाली दुताबासमा पुगेर आफुहरुलाई सहयोग गर्न निबेदन दिए । ‘दुताबासबाट केही सहयोग मिल्छ कि भनेर समस्या गएर सुनाएका थियौं’, डाँगीबारी—६, झापाका ४६ बर्षिय कृष्णबहादुर तामाङले भने,‘ दुताबासले कतारको श्रम कार्यालयमा जान एउटा पत्र बनाइदिएको थियो । त्यो पत्र लिएर श्रममा पुग्दा भएन । हामीलाई नयाँ निबेदन बनाउन लगायो । बाहिर टाइपिङ सेन्टरमा गएर श्रमको लागि निबेदन बनायौं । त्यो निबेदन बनाउन हाम्रो ५ सय ५० रियाल (झन्डै १६ हजार रुपैयाँ) खर्च भयो । सबै मिलेर त्यो पैसा जुटायौं ।’त्यसपछि उनीहरु दुताबास गएका छैनन् । उनीहरुले खानाको लागि चिनजानका साथीहरुसँग सापटी लिन थालेका छन् । ‘हामी सबैले बंगालीको पसलबाट उधारोमा सामान लिन्थ्यौं । महिना मरेपछि उसलाई पैसा दिन्थ्यौं । अहिले कम्पनी बन्द भएपछि उसले सामान उधारोमा दिंदैन’, दिक्तेल, खोटाङका ४६ बर्षिय बिचारी राईले भने, ‘पैसा दिनै बाँकी छ । बंगाली आएर भएको एउटा थोत्रो मोबाइल पनि खोसेर लैजान्छ की भन्ने पनि डर छ ।’पीडित नेपाली कामदार जतिसक्दो छिटो स्वदेश फिर्न चाहन्छन् । ‘यहाँ बसेर फाइदा छैन् । जति दिन लम्बियो । त्यति दिन कठिनाइ बढ्छ । हामीसँग टिकट काट्ने पनि पैसा साथमा छैन । घर फिर्न एक्जिट पत्र चाहिन्छ । अब त्यो कसरी मिल्छ भन्नेमा हामीलाई मानसिक तनाव भइरहेको छ’, उर्लाबारी—१, मोरङका ४२ बर्षिय गोपीलाल कार्कीले भने,‘यहाँबाट पैसा पठाए पछि नेपालमा परिवारको चुलो बल्ने हो । मुद्दा मामिलामा बसेर हुन्न ।’नेपाली दुताबासले पीडितहरु पछिल्लो समयमा सपर्म्कमा नआएकोले जनाएको छ । ‘हामीले श्रममा जान भनेका थिए । त्यसपछि हामीलाई भन्न आएको छैन’, दुताबासका एक अधिकारीले भने,‘कामदारलाई उद्धार गरेर पठाउन हामी आबश्यक कारबाही अगाडि बढाउँछौं ।’कान्तिपुरबाट
मङ्गलबार, ०७ असार २०७३, १९ : ०८
अफगानिस्तानबाट फर्कन चाहनेलाई नेवानिको विमानमा लिफ्ट
सम्बन्धित समाचार
१२ नेपालीको शव लिन नेपाल वायु सेवा निगमको जहाज पठाउने तयारी
एयर लिफ्ट गरी दुई घाइते दिल्ली लगियो, उद्धार टोली तयारी अवस्थामा
काठमाडौं—अफगानिस्तानको राजधानी काबुलमा आत्माघाती बम विस्फोटमा परी १२ जना नेपालीको ज्यान गएपछि नेपाल सरकारले त्यहाँ रहेका नेपालीलाई स्वदेश आउन चाहेमा 'एयर लिफ्ट' दिने बताएको छ। सरकारले अफगानिस्तानको काबुलमा बम विस्फोटन भएपछि असुरक्षित रहेका नेपालीलाई स्वदेश ल्याउने व्यवस्था गरेको हो।
काबुलमा आत्मघाती बम विस्फोटमा मृत भएका नेपालीको शव र घाइते लिने जाने जहाजसँगै नेपाल फर्कन इच्छुकलाई पनि ल्याउने व्यवस्था गरिएको श्रम तथा रोगजार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलले जानकारी दिए।
उनका अनुसार सरकारले काबुल घटनाका मृतकको शव ल्याउनका लागि नेपाल वायु सेवा नियमको जहाज आज राति १० बजे पठाउन लागेको छ। 'शव र घाइते लिन जाने जहाजमै राखेर हामीले फर्कन चाहने इच्छुक नेपालीलाई स्वेदश फर्काउन प्रबन्ध पनि मिलाएका छौं', उनले भने, 'यहीँ आउन चाहने इच्छुकलाई जहाजमै राखेर ल्याउँछौं।'
काबुलमा भएको आत्माघाती बम आक्रमणमा घाइते भएकामध्ये दुई जनालाई मंगलबार एयर लिफ्ट गरी थप उपचारका लागि नयाँ दिल्ली पुर्याइएको छ। बमले लागेर घाइते भएका चितवनका मानबहादुर थापा र चितवनकै कृष्णकुमार देउजालाई दिल्ली लगिएको हो। घाइते उनीहरुलाई दिल्लीस्थित एपोलो अस्पताल भर्ना गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अन्य तीन जनालाई भोलि उद्धार गरी नयाँ दिल्ली पुर्याउने तय भएको बताइएको छ।
'घाइतेमध्ये नुवाकोटका च्याङ्बा तामाङको अवस्था गम्भीर छ। डाक्टरले जहाजमा लैजान अनुमति दिएमा उनलाई पनि थप उपचारका लागि उद्धार गर्नेछौं', परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले भने।
जहाज पठाउन कुटनीतिक अनुमतिको पर्खाइ
अफगानिस्तानमा मारिएका १२ नेपालीको शव नेपाल ल्याउन शाही नेपाल वायु सेवा निगमको जहाज पठाउने तयारी भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। जहाज पठाउनका लागि अफगानिस्तानसँग ल्यान्डिङ अनुमति तथा भारत र पाकिस्तानसँग आकासको अनुमति लिन अनुरोध पठाइसकिएको जानकारी पत्रकार सम्मेलनमा दिइयो।
परराष्ट्र मन्त्रालयले शव र घाइते तथा इच्छुक स्वदेश फर्कन चाहनेलाई फर्काउन बन्दोबस्त गर्न पाकिस्तानस्थित नेपाली कार्यवाहक राजदूत तीर्थ सिग्देललाई खटाएको छ। कार्यवाहक राजदूत सिग्देल मङ्गलबार बिहानै अफगानिस्तान पुगेका छन्। नेपाल फर्किन चाहने नेपालीका लागि उनले समन्वय गरिरहेको प्रवक्ता भुर्तेलले जानकारी दिए।
सोमबार काबुलमा भएको आत्मघाती बम विस्फोटनमा १२ नेपालीसहित १४ जनाको ज्यान गएको थियो। घटनामा ७ नेपाली घाइते भएका छन्।
अफगानिस्तान असुरक्षित मुलुक भनिए पनि आकर्षक कमाइका कारण नेपालीहरु अन्य मुलुक हुँदै त्यहाँ पुग्ने गरेका छन्। ‘ग्रिन जोन’ क्षेत्रमा संयुक्त राष्ट्र सङ्घ र विदेशी कूटनीतिक नियोगमा सुरक्षाकर्मीका लागि पाकिस्तानस्थित नेपाली राजदूतले माग गरे सरकारले श्रम स्वीकृति दिने गरेको छ। सरकारी आँकडा अनुसार संस्थागत र व्यक्तिगत गरी पाँच हजार २९१ जना श्रमस्वीकृत लिएर अफगानिस्तानमा सुरक्षाकर्मीका रुपमा काम गरिरहेका छन्।