टोकियो – दशैंमा घर फर्कने तयारीमा रहेका एक नेपाली युवाको जापानमा निधन भएको छ । दक्ष कामदारको रुपमा कुक भिषामा जापान आएका स्याङ्ग्जा अर्जुनचौपार–९ केवरे लिडि घरभएका दिपक केसीको आज निधन भएको हो जापान आएको १० महिना मात्र भएका दिपकको आज अचानक सुतेकै स्थानमा निधन भएको हो । टोकियोको सेतागाया कु गोतोजिमा बस्दै आएका दिपक शुक्रबार राती सामान्य अवस्थामा रहेपनि शनिबार विहान ४ बजे पिसाब फेर्न उठेको सँगै बस्दै आएका साथिहरुले बताएका छन् ।शौचालय गएर आएर सुतेका दिपक बिहान काममा जाने बेलामा पनि नउठेपछि एम्बुलेन्स बोलाएर अस्पताल लगिएपनि उनलाई अस्पतालले मृत घोषणा गरेको बताइएको छ ।उनी काम गर्दै आएको रेष्टुरेण्टका मालिक सुकबहादुर केसीले दिपकको निधनबारे बताएका हुन् । अचानक रक्तसञ्चार रोकिएर मृत्यु भएका भनिएका दिपकलाई विहान १२ बजेर ५८ मिनेटमा अस्पतालले मृत घोषणा गरेको थियो ।१० लाख बढी खर्च गरेर जापान आएपनि मुस्किलले दुई तिन लाख नेपाल पठाएको बताइएका दिपक यही दशैंमा घर गएर बिहे गर्ने तयारीमा रहेका थिए ।उनको परिवारको आर्थिक अवस्था कमजोर रहेको र जापान आएको ऋण समेत तिर्न बाँकी रहेको उनका नजिककाहरुले बताएका छन् ।मृतक दिपकको दाहसंस्कार तथा उनको परिवारलाई आर्थिक सहयोग गर्न स्याङ्जा समाज जापानले आर्थिक संकलनको अभियान थालेको छ ।जसको लागि समाजको जेपी बैंकको खाता १०११०-६२२८६८९१ セン ザ サマーズ ジャパン मा जम्मा गरि सहयोग गर्न वा ९०८०-३३६७-२५४७० मोबाइल नम्वरमा सम्पर्क गरेर सक्दो आर्थिक सहयो गर्न स्यागंजा समाजले जापानवासी नेपालीहरुसँग अनुरोध गरेको छ । महिना दिनदेखी दुई नेपालीको शव अलपत्र जापानमा महिनादिन अघि झुण्डिएर आत्महत्या गरेकी नेपाली विद्यार्थी टिना गुरुगं र अध्ययनै लागि आएका शिव रोका मगरको शव आर्थिक अभावमा जापानमा अलपत्र अवस्थामा रहेको छ ।गैर अवासिय नेपाली संघ जापान सहित दर्जन बढी संघसंस्था र विद्यार्थी आवद्ध संस्थाहरुले रकम सहयोगको अनुरोध र संकलन थालेपनि यसले अझैसम्म पूर्णता पाउन सकेको छैन ।मृतकहरुको परिवारले शव कुरेर बसेपनि जापानमा शव अलपत्रजस्तै अवस्थामा परेको छ भने यसअघि यस्तै मृत्यु र घाइतेलाई उठाएका रकम बढी भएकाहरुले सहयोग गर्ने तत्परता देखाएका छैनन् ।आज मृत्यु भएका दिपक केसीको शव शदगत वा नेपाल पठाउने भन्ने टुंगो लागिसकेको छैन भने उनको दाहसंस्कारको लागि रकम कहिलेसम्ममा जुट्ला र कहिले दाहसंस्कार होला भन्ने अन्योलता बढेको छ ।जापानमा सामान्य स्वास्थ्य हेरचाहको ज्ञान तथा तनाव, अस्वस्थता आदिका कारण नेपालीहरुको मृत्युको घटना दिन प्रतिदिन बढिरहेको छ ।तर जापानमा रहेका ६० हजार बढी नेपालीहरुको संरक्षक मानिएको नेपाली राजदूतावास जापान, गैर आवसिय नेपाली संघ जापान लगायतमा केही ठूला संघसंस्था र आर्थिक रुपमा सम्पन्न नेपालीहरुबाट अपेक्षा गरेअनुसारको तदारुकता, सक्रियता र सहयोग नपाउँदा जापानमा रहँदा त सहयोग नपाएका नेपालीहरु मृत्युपछि पनि लासको बेहाल अवस्थामा पुगेको भन्दै जापानमा रहेका नेपालीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।
काठमाडौं / साउदी अरबको जेद्दा अलखुम्ब्रास्थित क्याम्पमा बस्दै आएका ३४ वर्षीय सुवास तामाङ सकेसम्म चाँडो स्वदेश फर्कन चाहन्छन् । तर नेपाल फर्कन उनलाई समस्या छ ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
त्यसको मुख्य कारण हो, उनी साउदी अरबमा ‘मृतक’ सूचीमा छन् । जेद्दास्थित ‘किङ अब्दुल्लाह अजिज अस्पताल’ ले लक्ष्मीमार्ग–५, मोरङका सुवासको मृत्यु भएको भन्दै मृतक प्रमाणपत्रसहित परिवारलाई शव नै पठाइदिइसकेको छ ।
तर उनी त्यही अस्पतालमा उपचार गरिरहेको अवस्थामा भेटिएपछि साउदी प्रशासनले सुवासलाई जिउँदो हैसियतमा नेपाल पठाउन सकेको छैन ।
‘साउदी सरकारले यसलाई गम्भीर रुपमा लिएको छ, यस घटनामा संलग्न अधिकारीहरुलाई छानविन गरिरहेको छ,’ जेद्दास्थित नेपाली महावाणिज्य दुतावासका कर्मचारी मनहरी दंगालले भने, ‘छानविन नसकिएसम्म सुवासलाई पठाउन सकिदैंन ।’
सुवास तीन वर्षदेखि जेद्दास्थित हुन्डाई ह्याबी इन्डस्ट्रिजमा कार्यरत थिए । ‘मलाई परिवारले मरेको भनेर काजकिरिया पनि गरिसकेको रहेछ ।
म सामान्य अवस्थामा फर्किएको छु,’ उनले भने, ‘कम्पनीले गर्नुपर्ने दायित्व सबै पुरा गरेको छ । बस्न खान समस्या छैन । स्वदेश छिटै जान पाए हुन्थ्यो ।’ –कान्तिपुर दैनिकबाट
सिंगापुरसँग सीमाना जोडिएको मलेसियाको जोहोरबारु शहरमा बिदेशी प्रेमिकासंग मस्ती गर्दागर्दै एक नेपालीको ज्यान गएको छ । जोहोरबारुको नुसाजयास्थित एक होटलमा आफ्नी भियतनामी प्रेमीकासित मस्ती गर्दागर्दै उनको ज्यान गएको हो । उमेरले आफुभन्दा करिब १५ बर्षले कान्छी २४ बषिर्य भियतनामी प्रेमीका लिएर त्यहाँको बजेट होटलमा पुगेका हरिबहादुर मगरको सम्भोग सकेपछि राती करिब ११ बजे मृत्यु भएको हो । घटना करिब ३ साताअघिको भएपनि नेपाली समूदायबीच यो खबर एकसाताअघि मात्रै जानकारीमा आएको थियो । स्थानीय दैनिक पत्रिका हरियान मेट्रोमा अंकमा प्रकासित समाचारअनुसार यौनउत्तेजक औषधी सेवनपछि अत्याधिक ‘सेक्स’का कारण उनको मृत्यु भएको हो । दिँउसो करिब साढे तीन बजे हरिको जोडी चरम आनन्द लिन होटल प्रवेश गरेको थियो । राती ११ बजे उनकी प्रेमिकाले होटलमा खवर गरेकी थिइन् । स्खलित भएपछि सुतेको होला भन्ने सोंचेर चुप लागेकी प्रेमिका त्यतिबेला छाँगाबाट खसेजस्तै भइन जतिबेला प्रेमीको सास उडेको थाहा पाइन् । यौन उत्तेजक औषधीका कारण लखतरन परेकी प्रेमिका सकी-नसकी होटल व्यवस्थापनकहाँ खबर गर्न पुगेको प्रहरीसँगको सोधपुछका क्रममा बताइन् । जाँचबुझका क्रममा अत्याधिक उत्तेजक औषधी सेवनपछि यौनसम्पर्कका कारण हरिकी प्रेमीका चल्नै नसक्ने अवस्थामा थिइन् । यौनक्रिडाका कारण आफ्नो शरिर दुखेकाले बेलैमा होटल व्यवस्थापनमा खबर गर्न नसकेको आफुले पिल्स चक्की पनि खाएको बताएकी थिइन् । घटनाको प्रारम्भिक अनुसन्धानअनुसार सो कोठामा प्रयोग गरिसकेका दुई बोत्तल यौन उत्तेजक औषधी र एक क्यान बियरको बोत्तल थियो । लत्ताकपडाहरु छरिएका अवस्थामा थिए ।घटनापछि मृतक हरिको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र प्रेमीकालाई भने अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ । तर यसबारे पछिल्लो जानकारी प्राप्त हुन सकेको छैन । मृतक हरिको नेपालस्थित ठेगानापनि खुल्न सकेको छैन । यहाँस्थित नेपाली दुतावासमा पनि कुनै जानकारी नआएको स्रोतले बतायो ।source:anauthosansarr.blogspot.co.il


