काठमाडौं । जिबन थापा मगरलाई न्याय दिलाउने अभियान अनुरुप सत्य तथ्य बुझ्ने शिलशिलामा नेपाल मगर संघ केन्द्रीय समितिले पहिलो पाईला सार्दै फिलिपिन्स महाबाणिज्यदुतको कार्यलयलाई अनुरोध पत्र पठाएको छ । पत्रमा "नेपाली नागारिक जीवन थापा मगरसंग विबहा गरि बिगत ५ बर्ष देखि नेपाल बस्दै आएकी फिलिपिनो नागारिक जोया र उनीहरुको दाम्पत्य जिबनबाट जन्मिएको २ छोराहरुलाई आदर्श ग्रीह संस्था चितवनको पहलमा नेपालको प्रसासनले फिलिपिन्स पठाएको भन्ने विभिन्न संचार माध्यममार्फत यस संस्थालाई जानकारी हुन आएको हुदा सो घटनाको सम्बन्धमा सत्यतथ्य बुझ्न निजहरु नेपालबाट फिलिपिन्ससम्म जानका लागि तयार गरिएको सम्पूर्ण कागजातहरुको प्रतिलिपि यस संस्थालाई उपलब्ध गराई सहयोग गरि दिन हार्दिक अनुरोध गरिन्छ ।" उल्लेख गरिएको छ ।
जिबन थापामगर र उनको परिवारमा यसरी अन्यायको बज्रपात हुदा नेपाल मगर संघ कहा थियो के गरिरहेको छ भन्ने सम्बन्धमा प्रस्ट पार्दै अध्यक्ष नबिन रोकामगरले भन्नुभयो -"नेपाल मगर संघ र यसको अध्यक्ष कुनै भगवान होइन कि नेपालमा कोको मगरहरुलाई अन्याय हुदैछ भन्ने कुरा म्याजिक रुपमा थाहा पाउने ! समयमा खबर गर्नु पर्छ नि त यसो हुदैछ भनेर र पो हामिलाई काम गर्न सजिलो हुन्छ । कुनै रिपोर्ट नगर्ने, जानकारी नगराउने, अनि मगर संघले किन काम गरेन भन्ने ? त्यसैले सबै मगर दाजुभाई दिदीबहिनीहरुले घटेको घटनाबारे समयमा रिपोर्ट गर्न अनुरोध गर्नु हुदै जिबन थापा मगरमाथि परेको अन्याय साच्चै नै सत्य हो भने एक मुठी रगत रहे सम्म न्यायको लागि लड्ने बताउनु भयो ।
नेपाल स्थित फिलिपिन्सको कन्सिलर कार्यालयका प्रसासकिय अधिकृत अनु प्रधानलाई नेपाल मगर संघको पत्र बुझाई आबश्यक सहयोग सहित जोया र दुई छोरा कसरी फिलिपिन्स पुगे आबश्यक कागजातको प्रतिलिपि दिएर सहयोग गर्न अनुरोध गर्दा सबै सहयोग गर्न सकिने तर कागजात दिने अधिकार आफुमा नरहेको बताउनु भयो । जोयाको अबास्था बारे प्रश्न गर्दा जोयालाई फर्काउने काम नेपालबाट नभई सिधै फिलिपिन्सको पररास्ट्र मन्त्रालयले भारत स्थित एम्बेस्सी र एम्बेस्सी निर्देशनमा नेपालको कन्सुलर कार्यालयले एक महिनामै फर्काउने काम पुरा गरेको बताउनु भयो । उड्ने क्रममा उनिहरुसंग नेपालको आधिकारिक कागजातहरु केके थिए भन्ने प्रश्नमा प्रधानले भन्नु भयो "जोया र बच्चाहरुको कुनै पनि कागजातहरु थिएन, हाम्रो कन्सुलर अफिसले बनाएको काठमाडौं-आबुधाबी-मनिलाको ट्राभल डकुमेन्ट र फ्लाईट टिकेट बाहेक केहि अन्य कागजात थिएन । एउटा पासपोर्ट थियो तर झुत्रो भईसकेको थियो । यानेकि ति दुइ छोराहरु जोयाकै छोराहरु हुन भन्ने सामान्य प्रमाण समेत थिएन । यसले कुनै पनि ठाउमा अप्ठ्यारो पर्ने सम्भावना रहेको बताउदै मनिला सकुशल पुगे पछी आफुलाई मेल गर्न भिजिटिंग कार्ड समेत दिएको तर आजसम्म मलाई मेल र जानकारी नआएको बताउनु भयो ।
१५ मा फ्लाईट थियो यसकारण उनलाई मैले १४ मा बोलाए र उनलाई लिएर संस्थाको मान्छे आएको बताउदै अलि अघाडी बोलाईएको भए उनका सबै कुराहरु सुन्न पाईने थियो तर पनि फुर्सदको समय निकालेर कुराकानी गर्दा जिबन, जीवनका आमा र जिबनको बहिनि मंजुको बारेमा धेरै गफ गरेको र उनीहरुको गुनासो भन्दा पनि धेरै मिस गरेको, टेक केयर भनेको र आशु खसाई रुएको आफुलाई पनि आशु आएको प्रधानले बताउनु भयो यसैमा थप्दै राम्रो पैशा कमाएर पुन ५बर्ष पछाडी नेपाल फर्कने कुरा पनि उनले बताए ।
जोयालाई कहाबाट संस्थामा लागेको हो भन्ने प्रश्नमा वहाले भन्नु भयो- सडकबाट बेहाल अबस्थामा उठाएको संस्थाले जानकारी गरेको भनेपछी त्यसको जावाफमा जोयालाई कुनै सडकबाट नभई कोठाबाटै लागेको प्रमाण सुनाएपछी, ए यस्तो पो हो र भन्दै किन मलाई संस्थाले यसरी ढांटे भन्दै छक्क पर्नु भएको थियो । यत्रो आधिकारिक संस्थाले नेपालका बुहारी जोया र दुई छोरालाई अबैधानिक रुपमा देश निकाला गर्दै गर्दा तिनीहरुलाई जन्म दर्ता, विबहा दर्ता, नाता प्रमाणित कागजात दिलाउने किन पहल भएन ? प्रसासन, त्यो संस्था र तपाईहरु कहा हुनुन्थ्यो ? भन्ने प्रश्नमा मैले जिल्ला प्रसासन र संस्थामा कुरा त गरे तर जिबनसंग ति कागजात बनाउनको निम्ति कुनै कागजात र प्रमाण थिएन भन्ने जानकारी भयो तर मैले यस बारे त्यस्तो धेरै सोचिन ।
आदर्श गृह संस्था र प्रसासनले ठुलो र उदारहणीय उद्दार गरेको भनेर घमण्डले फुली रहदा जोया र जिबन थापा मगरसंगै घटेको यो गम्भीर घटनाले निम्त्याईएको परिस्थिति प्रतिकुल बन्दै गएको अबस्था छ । देश निकाला गरिएको नेपाली भूमीका ति अबोध नेपाली बच्चा बेबारिसे बच्चा बनाएर देश निकाला गरिएको छ । के त्यो संस्था र प्रसासनलाई थाहा थिएन र ति नेपाली बच्चा हुन् भन्ने ? बिशेसता रोजगारीको शिलशिलामा रहेको नेपालहरुमाथि गालि गौलाज, अपमान गरेको पाईएको छ । फिलिपिन्समा नेपालि बिद्यार्थी माथि नै भौतिक प्रहार भएको अबस्था छ । फेरी पनि यस्ता घटना नाघत्ला भन्न सकिन्न । विदेशबाट म सम्पादक हुनुको नाताले मलाइ सयौं कल आएका छन् उनीहरुको चाहाना जोया र जिबनको पुनर्मिलन कुनै हालतमा गराउन जस्तो सुकै कसर बाँकी नराख्ने उद्घोष गर्नु भएको छ । कुनै ठाउँमा त जिबन थापा मगर न्याय अभियान भन्दै आर्थिक संकलन शुरु गर्न पनि लागिरहेको छ ।
यसको साथै बिदेशी भुमिमा काम गरिरहेको ४० औं लाख नेपालि युवाहरुको कर्तब्य, नैतिकता, अनुसासन जिम्मेवारीमा समेत लागेको शंका र कालो धब्बालाई सधैको लागि हटाउन जोया र जिबनको पुनर्मिलन आबश्यक रहेको बताइएका छन् । एक बिदेशी पर्यटकले यस्तो पनि भनेका छन् कि नेपालमा आई विबहा गर्ने अबैधानिक रुपमा बर्षौं बस्ने र आपत परेको भनेर निबेदन गर्ने अनि पैशा तिरेर ति बच्चा लिएर जाने ! कति सजिलो ? के यो मानब तस्कर भएन र ? यो गम्भीर बिषय होइन र ? रास्ट्रियताको ठुला-ठुला भाषण छाड्ने ति नेताहरु देशको यो गम्भीर बिषयमा पनि किन मौन छ ? बिदेशी भूमिबाट ति लाखौँ नेपाली युवाहरुको प्रश्न सोधिरहेका छन् कि हामिमाथि लागेको अपमानको यो कालो धब्बा कसरी र कहिले सम्म हटाउछौं ? यो उत्तरको प्रतिक्षामा हामि बसिरहेका छौं/पर्खिरहेका छौं -
-✍शरिन ख्युङ्वा तामाङ
जोया र तिनका कोखिलाका घाउलाई जिबनको कारण दुख पाएको निहुँमा सरकार द्वारा ७ लाख लिएर फिलिपिन फर्काइएको बिषयलाई लिएर दोशी जिबन र तिनका परिवारहरुलाई कारबाहीको माग राख्दै बुहारी पाल्न नसकेको नै हो त नेपाल सरकारले ?? भनेर लेखेको लेख हजारौंको संख्यामा शेयर हुदासम्म जीवन थापा उनको परिवार र जोयाको पारिवारिक तस्वीरहरु देख्न पाएको थिइन ।
भनाइहरु सुन्न, बुझ्न ,महसुस गर्न नपाइ त्यो लेख लेखे तर अहिले आज संजाल भरी उनीहरुको तस्वीरहरु छरिएको देखेर र मेरो टिमले जिबनको आमासङ्ग सम्पर्क गरि उनको भनाइहरु सुनाउदा र बुझ्दा मेरो लेखले आज उनिहरु माथी अन्याय गरेको महसुस हुदैछ मलाइ जब यी दुई को तस्वीर धेरै पटक नियालेर हेरे तर जति सुनेको थियो संजालको भित्ताहरुमा समाचारहरुमा जस अनुसार मैले पनि दुई शव्द कोरेको थिए तर आज यिनिहरुको युगल तस्वीरहरुलाइ देख्दा कहि कतै कुनै कोण बाट जोयाले दुख पाएको जस्तो नदेख्दा कता कता यो मनले भनिरहेको थियो केही त कारक छ ? यो खेलमा ।
उद्दारको नाउँ गरेर अन्याय गरिदैछ आदर्श सङथा त्यहाँ का समाजसेवी भनाउदाहरुले र नेपाल सरकार मिलेर जिबनथापा को परिवार माथी भनेर ! नभन्दै उद्दारको नाउँमा ढोल पनि पिट्यो ,प्रहरी नायब निरीक्षक अनि समाजसेवीहरु र आदर्श दरिद्रे संस्था चितवन मिलेर जब जिबनको परिवारहरुलाई भताभुङ्ग मात्रै होइन लथालिङ्ग नै पारिदिएको कुरा आज प्रत्यक्ष फोन गरेर हाम्रो टिमका भाइहरु हिमाल थापा मगर मलेसिया साथै केवल कुमार तामाङ मलेसिया वहाँहरुले जिबन थापाको आमाले रुदै उनीहरु माथि गरेको भएको अन्याय गरेको कुरा सुनेर बुझेर जानकारी मलाइ गराउदा पाउँदा म छाङ्गा बाट खसेझै भएको छु.. मैले पनि मिडियाको कुरामा आएर उनीहरुको हावादारी समाचारलाई सहि सत्ते होला भनेर जिबन र जिबनको परिवारको लागि कडा भन्दा कडा कारबाहीको माग राखे आज म धेरै गलत रहेछु अन्याय गरेको रहेछ मेरो लेखमा लेखिएको सजायको माग गरि कोरिएका शव्दहरुले भनेर आज महसुस गरेको छु ।
तर सत्यता मैले तपाईं हामी सम्पुर्ण तीन करोड नेपाली जनताहरुमा २ करोड नेपाली जनताहरुले जीवन र जिबनको परिवारको पीडा बुझ्नुपर्ने हुन्छ । समर्थन कि हामीले सुनेको भन्दा आकाश जमिनको फरक रहेछ ।यो घटना जसले आज एकोहोरो जोयाको लागि न्याय को भिख माग्दै गुहार लगाइरहेको थियो र जिबनलाइ हदैसम्म कारबाहीको माग राख्दै सहनै नसक्ने गरि गालिगलौज भएको देखेर यो पीडा सहन नसकी भारत भागेको रहेछ । त्यो सोझो मगरको छोरा …सहोस पनि कसरी त्यो भर्खर दुइटा बच्चाको बाउ जीवन भयता पनि उमेरले धेरै काचो हामीले हावामा भरिएको बेलुन उडेको आकाशमा त देख्छौ तर बेलुन भर्दा पाउने सकसता बुझ्न नसक्नु भुल भएको छ । यहाँ र सारा आम नेपाली जनताहरु जिबनलाइ दुत्कार्दै जोयालाइ न्यायको माग राख्यौ हामीले धेरै को आँखा रसाएको थियो आसुका भेलहरुले तर हाम्रो आँसु सङ्ग खेलवाड गरेर नेपाल र नेपालीहरुको बद्नाम गराउने काम आदर्श संस्थाले गरेको रहेछ भन्ने कुरा थाहा लागेपछि त्यो सङस्थालाइ कारबाही को माग हामी राख्दछौ ।
हाम्रो टिमका भाइ केवल कुमार ज्यु ले जिबनको आमा सङ्ग यश बिशयमा फोन गरेर सत्तेतथ्य बुझ्न गरिएको फोन बार्ता जस्ताको तस्तै तल :-
केवल :- हेल्लो
जिबनको आमा :- हल्लो
केवल : तपाईं जिबनको आमा हुनुहुन्छ ?
आमा :- हजुर, म हो त
केवल :-सन्चै हुनुहुन्छ ?
आमा :- सन्चै छु कहाँ बाट को बोलेको ?
केवल :- हजुर म मलेसिया बाट केवल बोल्दैछु जीवन र जोयाको बारेमा बुझ्नुको लागि , के भएको हो ? सत्य कुरो बताइ दिनुस् न ? मिडिया मा त यस्तो तेस्तो कुरो छ के साच्चिकै हो ? तपाईंहरुले जोया माथी तेस्तो व्यबहार गर्नु भएकै हो त ?
आमा:-हैन यो सबै झुठो हो । मैले बुहारिलाई नराम्रो बोलेको पनि छुइन र कपडा सबै म आफै धुन्थे बुहारी पनि खुसी थियो म सङ्गै ३ साल बसिउ ।
केवल:- अनि बुहारीको बिबाह दर्ता नातिहरुको जन्मा दर्ता किना नगर्नु भएको त ?
आमा : त्यो मेरो गल्ती हो तर मलाई थाहा भएन । जान्नेले पनि सिकाएन जिबनलाई पनि २८ दिन जेल राख्यो ,मलाई पनि शोध्पुछ गर्यो बुहारी माइत पठाई दिने भनेर देश निकाला गरेछ हामिलाई थाहा भएना ।
केवल:-अनि बुहारीलाई किना रोक्नु भएन त ?
आमा:- हामिलाई कारबाही हुन्छ पैसा नतिरे अनि बिबाह दर्ता छैन,जन्म दर्ता छैन । तेहि बहानामा देश निकाला गरेछ हामिलाइ त माइत पठाईदिने भन्थियो आदर्श को …….ले ।
केवल :- अनि जिबनले मेरो श्रीमती हैन मेरो छोराहरु हैन भन्योरे नि त ?
आमा :- हैन त्यो भनेकै हैन सबै झुठो हो हामिलाई पैसा मागेको थियो ३.५०लाख जति जरिबाना लाग्छ भनेर त्यो पैसाको लागि मैले दुनियाको खुट्टा ढोगे केही पार लागेन
केवल :- अनि तेस्तो आपत परेको थियो भने तपाईहरुले fbबाट किना सहयोग माग्नु भएन त ?
आमा:- मैले जानेकै छैना मलाई थाहा नै छैना
केवल :- अब के आदर्श सस्था र प्रसासनलाई कारबाही होस भन्नू चाहानु हुन्छ ? के बुहारी झिकाउनु चहानु हुन्छ त ?
आमा:- मेरो बुहारी जसरी पनि १/२ महिना भित्रमा आउँछ र म पनि मेरो परिवार पहिला जस्तो थियो तेस्तै हेर्न चाहन्छु र आदर्श र प्रसासनले ढाटेर पठायो । हामी अन्तिम दिन एअरपोर्ट पुराउनु जादा सम्म थाहा भएन ।पत्रकार सम्मेलन गरेर हुन्छकी ठूलो मान्छेलाई भनेर हुन्छकी मेरो बुहारी झिकाउछु ।
केवल:-अनि धेर पैसा लाग्छ होला सक्नु हुन्छ त ?
आमा :- समस्य त तेहि त छ त तेहि पैसा नहुनाले यहाँ सम्म भयो ।
केवल:-अनि अहिले जीवन कहाँ छ त ?
आमा :- अहिले ईन्डिया छ आज ८/९ दिन भयो आज फोन गरेको थियो भोलि तिर आउछु भनेर
केवल:- के यो तपाईले बोल्नु भएको सत्य कुरो होत ?
आमा:- सत्य कुरो हो मैले ढाटेको छैना जस्लाई पनि म यहि भन्छु बिहान देखि धेरै कलहरु आई रहेको छ ।
आमा :- अनि भाइ मगर हो ?
केवल:- मगर हैन म तमाङ हो । सत्य केहो बुझ्न खोजेको मात्रै हु हस्त बिदा चहान्छु ।
आमा :- हुन्छ ।
(फोन बन्द गरे)
फोन वार्ताको क्रममा जिबनको आमाले जोयालाइ लुगा धुनु सम्म नलगाइएको अहिले अनेकौं आरोप हरु लगाउदा धेरै गार्हो र सहनै नसक्ने अवस्था भन्दा पनि त्यो मसिनो नातिहरुसङ्ग अलग्गिनु पर्दाको पिडाले जिबनको आमालाइ सताइरहेको हुदा पत्रकार सम्मेलन गरेर हुन्छ कि कसरी हुन्छ जे गरि हुन्छ बुहारी जोयालाई नेपाल झिकाउने उनको दृढ सङ्कल्पका साथ जिबनको आमाको पीडादायी अवस्था सुन्दा यहाँ प्रश्न खडा भएकोछ । आखिर किन यो सब प्रपन्च गर्यो रच्यो आदर्श ले ? किन केका लागि त्यो गरिब जिबनको परिवार सङ्ग त्यति धेरै रकमको माग राखे ?उद्दारको नाउँमा नेपाल मै बस्ने बाताबरण सिर्जना नगराइ जोयालाइ फिलिपिन फर्काउन आतुर किन भए आदर्श सङ्स्थाका समाजसेवीहरु र त्यहाँका प्रहरी प्रशासनले किन बुने यतिका ठूलो देशलाइ नै बद्नाम गराउने प्रपन्च भन्ने कुरा चाडै अब बाहिर आउदैछ ।
एउटा बुहारीलाई अधिकार दिलाउनु दिनुको साटो घरबाट निकालेर परिवार बिहिन पारी माइत पठाउने बहानामा उल्टै अलिकति पनि इमानदारीता नराखी फिलिपिन्स सरकार सङ्ग जरिवाना स्वरुप ७ लाख लिनुको साटो जोयालाइ नेपाल मै बस्ने बाताबरण सिर्जना किन गर्न गराउन सकेन आखिर त्यो बालकहरु त हाम्रै होनि नेपालिको खुन हो नि र पनि केही मुट्ठी भर समाजसेवी भनाउदा र दरिद्रे सङ्स्थाको कुरामा लागेर नेपाल सरकारले ती मसिना बालकहरुलाइ परिवार बिहिन पारि फिलिपिन पठायो ।
पछि सुन्नमा आएको छ फिलिपिन्स सरकारले एक महिना अगाडि आफ्नो जनता फर्काउनको लागि नेपाल सरकारलाई पत्र पठाएको समाचार पनि आको रहेछ पछि देखे मैले .. त्यो एक महिनाको दौरानमा नेपालका संचार माध्यमहरु कता कुन दुलो भित्र लुकेर के हेरि बसेका थिए?? अचानक तीन दिनमा जोया काण्ड किन कसरी भाइरल भयो उद्दारको नाउँमा ? साथै अहिलेसम्म सन्चार माध्यमहरुले कुलतमा फसेको भनेर प्रचारप्रसार गरिएको जीवन थापाको नराम्रो फिजाइएको हल्लामा जोयाको अपराधी बनाइएको जिबनको परिवारलाई गोप्य किन राखिदै छ राखिएको छ किन सर्बजनिक गरिएन गर्न चाहेन ?? अन्तरबार्ता सम्म अहिलेसम्म नलिनुमा षडयन्त्रको गन्ध मज्जाले आइरहेको छ आदर्शको ।
यदि यो बस्तबमै तानाबुना राजनीतिक षडयन्त्र नै हो भने नेपाल सरकार र आदर्श संस्था अनि समाजसेवी भनाउदाहरुले नेपाल र नेपालीहरुलाई बद्नाम गराउने कार्य नियत बस सुनियोजित हुन रहेछ भन्दा फरक पर्दैन होइन भने दरिद्रताले भरिएको आदर्श संस्था भन्नेलाई तुरुन्तै खारेज गरि सोझो मगर जीवनको परिवार माथी लगाइएको झुठो आरोप फिर्ता गर ।
अन्यायमा परेको जीवन थापाको परिवारलाई लाई न्याय देलाएर जोयालाइ नेपाल तुरुन्त झिकाइ । उनलाइ बुहारी हुने बनाउने बन्ने बनाउने अवसरको बाताबरण सिर्जना गराइ आफुहरुले गरेको भुललाई स्विकार्दै सच्च्याइ बिश्वभर शिर ठाडो पारी नेपाली हौ हामी भन्न हामिले पाउनुपर्छ दिनुपर्ने हुन्छ जोयालाइ न्याय दिलायर नेपाल सरकारले यदि आफुहरुले गरेको भुल स्विकार्दैन भने नेपाल सरकारले ठूलो छेती ब्यहोर्नुपर्ने हुन्छ अबका हामी नेपाली जनताहरु घोर निन्द्रामा निदाइ रहेको अवस्था छैन जागिसकेका छौ ।नेपाली जनताहरु चेतनशिल भैसकेको अवस्थामा यी यस्ता घटना घटाउछ जानिजानी षडयन्त्र गर्छ ।जनतामाथी नै भने अब जनता चुप भएर बसिदैन हात बाधेर आफ्नो र आफ्नोहरुको लागि आफै लड्छौ जोयालाइ नेपाल हामी झिकाएर छोड्छौ ।यसको लागि आम सारा नेपालीहरु एक भएर यो अन्यायको बिरुद्धमा आवज बुलन्द पारी आफ्नो ती मसिना नाबालक सहित एक पीडित महिला र जिबनको परिवारलाई न्याय दिलाउन हाम्रो एकता अहिलेको आवस्यकता रहेको छ ।

