जाजरकोट, २५ साउन - जाजरकोट लहँ-४, पिपलचौरमा रहेको जनता प्राथमिक विद्यालय विद्यार्थी खुला आकाशमुनि पढाई गर्न बाध्य छन्।
गएको असार दोस्रो हप्ता आएको बाढी पहिरोले विद्यालय भवन बगाउँदा विद्यार्थी खुला आकाशमा पढाई गर्न बाध्य भएका हुन्। बाढीले विद्यालयका दुई वटा भवन, चर्पी खानेपानी टंकी बगाएको प्रधानाध्यापक बलबहादुर रावलले बताए। बाढीले विद्यालय क्षेत्र बगरमा परिणत भएको छ। यही बगरमा विद्यार्थीलाई राखेर पढाउन वाध्य छौं, प्रधानाध्यापक रावलले भने, पानी परे पठनपाठन बन्द गर्नुको विकल्प छैन। चर्को घाम लागे पनि पढाई बन्द गर्नुपर्ने बध्यता छ। फेरि बाढी पहिरो आउलाकी भन्ने डर छ। पठनपाठन संचालन गर्नका लागि अन्यत्र ठाउँ पनि छैन।
विद्यालयमा न चर्पी छ, न त खानेपानीको व्यवस्था छ, उनले भने, विद्यालयमा बस्ने ठाउ नहुँदा विद्यार्थी विद्यालय आउन छाडेका छन्। पहिरोको जोखिम भएकोेले बालबालिकालाई विद्यालय पठाउन छाडेको अभिमावक तिलबहादुर रावलले बताए। विद्यालय भवन नहुँदा पिपलचौरका विद्यार्थी पठनपाठनबाट बञ्चित भएका छन्। ५ कक्षासम्मको पढाई संचालन हुने विद्यालयका बालबालिका बगरको चिसो बालुवा र माटोमा बसेर पढाई गर्दा बिरामी पर्ने गरेको प्रधानाध्यापक रावलले बताए।
प्रकाशित मिति: शुक्रबार, आषाढ १७, २०७३ समय: १९:५९:०६
चिहानमा गाड्न लागेको बच्चा एक्कासी रुन चिच्याउन थालेको देखेमा तपाइँलाइ कस्तो अनुभव होला । झट्ट सुन्दा त यो समाचार नै झुटो जस्तो लाग्छ तर वास्तवमा यो भारतमा घटेको सत्य घटना हो । अस्पतालहरुमा हुने गरेका बिभिन्न लापरवाहिका घटनाहरु त हामीले बेलाबेलामा सुन्ने गरेकै छौं । त्यस्तै चरम लापरवाहिको नमुना हो यो घटना । भारतको मध्य प्रदेशको दमोह जिल्ला अस्पताल, जहाँ एक सुत्केरी आमाले जन्म दिएको बच्चा मृत छ भनेर घोषणा गरेकोमा बच्चा जिवीतै पाइएको छ ।
जब बच्चाको अन्तिम संस्कारका लागि बच्चालाई गाड्न लागियो बच्चा रोएको र चिच्याएको आवाज आयो । तत पश्चात बच्चालाई निकालेर अस्पताल भर्ति गरिएको छ । अस्पतालका डा. जेनका अनुसार ५५० ग्राम तौलको बच्चा जिवीत कमै हुन्छन । यो बच्चालाई पनि नर्सहरुले निकैबेर केयर गरेका थिए तर बच्चाले कुनै प्रतिक्रिया नै नदेखाएपछि मृतक घोषणा गरिएको हो ।
ड्युटीमा रहेकी नर्स आम्रपालीले बच्चा मृत भएको भन्दै एसएनसियु पठाएकी थिइन । जहाँ जया बर्माले उक्त बालकलाई मृत घोषित गरेकी थिइन् । अचम्मको कुरा त के छ भने मृत घोषणा गर्नुपूर्व उनीहरुले डाक्टरलाई देखाउन समेत आवश्यक ठानेनन् । यसरी यो घटनाले जिल्ला अस्पतालमा लापरवाही भएको ठहर्दै घटनाको अनुसन्धान हुने भएको छ । नेपालपाटीबाट