प्रकाश ढुंगाना काठमाडौं, जेठ २२ गत वैशाख १० गते राति पौने ११ बजे काठमाडौंको दरबारमार्गमा एउटा ट्याक्सी यात्रु लिएर छिनछिनमा घुमेको घुम्यै गर्यो।एक छिनपछि अर्को ट्याक्सी पनि त्यसैगरी घुमिरह्यो। दरबारमार्गबाट घरी ट्याक्सी कमलादी जान्थ्यो। पुतलीसडक हुँदै घुमेर दरबारमार्गमा नै आइपुग्थ्यो।
ट्याक्सीको गतिविधि शंस्कापद लागेर प्रहरीले नियालिरहेको थियो। वैशाख ११ गते पनि सोही क्रम दोहरियो। त्यसपछि प्रहरीले दुबै ट्याक्सीलाई नियन्त्रणमा लियो।प्रहरीले ट्याक्सी चालक भक्तपुर सिवाडोल गाविस–५ घर भई बौद्धमा डेरा गरी बस्ने आइते लामा र काभ्रे माच्छे–७ घर भई गौरीघाट बस्ने २५ वर्षको गणेश मगरसहित छ जना युवतीलाई पक्राउ गर्यो।प्रहरीको दाबीअनुसार ट्याक्सीमा युवती बसेर ग्राहक खोज्दै हिँडेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। ट्याक्सी चालककै मिलेमतोमा काठमाडौंमा पछिल्लो समय ‘मोबाइल सेक्स सर्भिस’का नाममा यौनधन्दा भइरहेको प्रहरीले बताएको छ।सडकमा नै ग्राहक खोज्ने र बार्गेनिङ गर्ने अनि कुरा मिलेपछि सुविधा सम्पन्न होटलमा गएर यौन सम्पर्क गर्ने भेटिएको दरबारमार्ग प्रहरी बृत्तका डिएसपी कृष्णबहादुर पल्लीमगरले सेतोपाटीलाई बताए। युवतीहरूले ग्राहक हेरेर दररेट निर्धारण गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए। दरबारमार्गबाट पक्राउ परेका युवतीहरूको रेट १० हजारभन्दा माथि नै रहेको डिएसपी मगरले बताए।पक्राउ पर्नेमा विवाहित महिला पनि छन्। कतिपयका श्रीमानसँग सम्बन्धविच्छेद भएको छ। कतिपयका श्रीमान विदेशमा भएको प्रहरीले बताएको छ।याक्सीमा नै बसेर ग्राहक खोज्दै हिँडे पनि उनीहरूले दलाल पनि खटाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।ग्राहकबाट आएको रकममध्ये ट्याक्सी चालक र दलाललाई पच्चीस÷पच्चीस प्रतिशत रकम दिइने गरेको उनले बताए।गत फागुन १३ गते पनि दरबारमार्ग प्रहरीले दुई जना ट्याक्सी चालक र सात जना युवती यस्तै क्रियाकलाप संलग्न भएको भन्दै पक्राउ गरेको थियो। त्यतिबेला प्रहरी ग्राहक बनेर उनीहरूलाई समात्न सफल भएको थियो।१० बजेदेखि नै युवती बोकेको ट्याक्सी, काठमाडौंका डान्सबार, डिस्को र रेष्टुराँको गेटमा गएर रोकिने र ग्राहकहरू खोज्ने क्रम बढेको डिएसपी मगरले बताए।
चार महिनाको अवधिमा ‘मोबाइल सेक्स सर्भिस’का नाममा यौनधन्दा चलाउँदै हिँडेका चार जना ट्याक्सी चालक र १३ जना युवतीलाई पक्राउ गरिएको डिएसपी मगरले बताए। उनीहरूलाई प्रहरीले सार्वजनिक मुद्दा चलाएको थियो।
रसियन र भारतीय पनि
काठमाडौंमा अहिले यौनधन्दामा रसियन र भारतीय समूह सक्रिय रहेको प्रहरीले बताएको छ। उनीहरूले काठमाडौंको नयाँ बजार र बौद्धमा घर नै भाडामा लिएर यौनधन्दा चलाउने गरेका छन्। रसियन युवतीहरुले एक वर्ष अघिदेखि नै यौनधन्दा सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ। २० वर्षभन्दा माथिका सात जना रसियन युवतीहरू यस्ता क्रियाकलापमा लागेको प्रहरीले बताएको छ। ठूला र महँगो रेष्टेरन्टमा गएर उनीहरू आफैँ ग्राहक खोज्छन्।उनीहरूको दररेट ३० देखि ५० हजार रुपैयाँको बीचमा हुने गरेको छ। केही नेपाली दलालले उनीहरूलाई साथ दिइरहेका छन्।त्यस्तै भारतीय नागरिकले भने अधिकांश युवती भारतबाट नै ल्याउने गरेका छन्। उनीहरूले कम मात्रामा नेपाली युवती पनि प्रयोग गर्ने गरेका छन्। विभिन्न कार्यक्रमको बहानामा भारतबाट ल्याएका मोडललाई पनि उनीहरूले यस्तो काममा समावेश गराएका छन्।उनीहरूको दररेट १५ देखि २० हजार रुपैयाँको बीचमा छ। रसियन र भारतीय समूहको ग्राहक हा‘इ प्रोफाइल’ भएका मानिसहरू हुन्।साभार सेतोपाटी
वीरगन्जः डेरामा बस्दै आएको घरकी १२ वर्षीय बालिकालाई एक युवकले घरको छतमा लगेर बलात्कार गरेको खुलासा भएको छ । गत बुधबार वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ९ रामटोल घर भएकी बालिकालाई उनकै घरमा डेरा बस्ने युवाले छतमा लगेर बलात्कारगरेको खुलेको हो ।बालिकाको घरमा डेरा गरी बस्ने १९ बर्षीय राजा शेखले घरबेटीकी १२ बर्षीया छोरीलाई दिउँसै बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शेखले बुधबार दिउँसो साढे दुई बजेतिर बालिकालाई जबरजस्ती घरको छतमा लगेर बलात्कारगरेका थिए ।
धोएको कपडा छतमा सुकाएर फर्कदै गरेकी बालिकालाई शेखले मुख थुनेर दुव्र्यवहार गरेको देखेर बालिकाका भाइले होहल्ला गरेका थिए । बालिकाको भाइले होहल्ला गर्नसाथ शेख भागेका थिए । पीडित बालिकाका अभिभावकले बिहीबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । फरार शेखलाई प्रहरीले बिहीबार नै पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।प्रहरीले पीडित बालिका र आरोपित शेखको नारायणी उपक्षेत्रीय अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण गराएको छ । पक्राउ परेका शेखलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । अस्पतालबाट स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि आवश्यक कारबाही प्रकृया अगाडि बढाइने प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।यस्तै, गत जेठ १२ गते पर्साको चोर्नी गाविसमा पनि दुई युवकले एक बालिकालाई बलात्कारगरेका थिए ।चोर्नी गाविस वडा नम्बर ४ का १८ बर्षीय अनिल महत्तो र उपेन्द्र पासवानले स्थानीय १० बर्षीया बालिकालाई पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ।आरोपित दुवै युवकलाई प्रहरीले पक्राउ गरेको छ ।जेठ १२ गते राति ९ बजे तिर घर नजिकै पानी लिन गएकी बालिकालाई महत्तो र पासवानले हातखुटुटा समातेर चापकल भएको स्थान भन्दा पाँच सय मिटरको दुरीमा रहेको चौरमा लगेका थिए ।चौरमा लगेपछि दुवै जनाले पालैपालो जबरजस्ती बलात्कारगरेको पीडित बालिकालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घटना १२ गते भएको भए पनि पीडित बालिकाका बुबाले जेठ १६ गते मात्र प्रहरीमा उजुरी दिएका थिए ।उजुरीको आधारमा आरोपितद्वय महत्तो र पासवानलाइ जेठ १६ गते नै पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक श्रेष्ठले बताए । पीडित बालिका र आरोपित दुवै युवकको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको र स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि आवश्यक कार्वाही प्रकृया अगाडि बढाइने प्रहरीले बताएको छ ।पर्सामा चालु आर्थिक वर्षमा बलात्कारसम्बन्धि १९ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत साउन देखि जेठ १९ गतेसम्म बलात्कारसम्बन्धि १९ मुद्दा दर्ता भएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए । दर्ता मुद्दामध्ये जबरजस्ती करणीका १३ र जबरजस्ती करणी उद्योगका सात वटा मुद्दा दर्ता भएको श्रेष्ठले जानकारी दिए ।बलात्कारमा संलग्न १९ पक्राउ परिसकेको र आठ फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७१/०७२ मा भने पर्सामा जबरजस्ती करणी सम्बन्धि २१ वटा मुद्दा दर्ता भएका थिए । अन्नपूर्ण पोस्ट्बाट
प्रकृतिको नियम नै यस्तो छ कि मानिसले जन्म लिन्छ जवान हुन्छ बुढो हुन्छ अनि प्राण छोड्छ । अब बैज्ञानिकहरुले बुढो नदेखिने औषधी बनाएका छन् । बैज्ञानिकहरुले मान्छेलाई सँधै जवान राख्ने औषधी पत्ता