काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्म शनिबार भएकाले शनि ग्रहले आफूलाई दुःख नदिने र शनिको साँढेसातको दशाग्रहसमेत नलाग्ने दाबी गरेका छन्।
'मैले कहिल्यै शनिले दुःख दिन्छ कि दिँदैन भनी ग्रहदशा हेराउने काम गरिन र अब पनि गर्दिनँ, हामीले शनिलाई हेरेर हुँदैन, उसले हामीलाई हेरेमात्र दशा लाग्ने हो', उनले भने।
बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा खगोल र अन्तरिक्ष विज्ञानसम्बन्धी आयोजित गोष्ठी उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, 'शनिसँग मान्छे देख्ने टेलिस्कोप छैन। केको दशा लाग्नु?'
तीनदिने सो गोष्ठीमा दश जोड दुई, प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्म विज्ञान विषय अध्ययन गर्ने करिब एक सय प्रतिभाशाली छात्रछात्राको सहभागिता रहेको छ। उनीहरुलाई पछिल्लो समयमा खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धानमा लागेका वैज्ञानिकले गरिरहेका अनुसन्धान, उपलब्धि र यस क्षेत्रमा नेपाल सरकारले गरेका कामका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ।
बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी संस्थाले चन्द्रमामा नेपालको तर्फबाट रकेट प्रक्षेपण गर्ने अति महत्वकाङ्क्षी योजनाले काम गरिरहेको जनाएको छ। यसका लागि उसले नगरकोटमा वेदशाला स्थापना गरी कामसमेत गरिराखेको छ।
हावादारी कुरा गर्यो भन्छन्
'लगाउने जुत्ता, कपडा च्यातिएको छ, लिपिस्टिक र पाउडरमात्र लगाएर के गर्नु, अहिलेको हाम्रो विकासको प्रयास यस्तै छ, सबैतिर फाटेको छ, कति ठाउँमा टाल्नु रु छिटो छिटो विकास गर्छुभन्दा हावादारी कुरा गर्योर भन्छन्', उनले भने।
उनले अन्तरिक्षमा नेपालले आफ्नै स्थान (स्पेस) लिनुपर्ने बताए। यसले दूरसञ्चारले सहयोग पुर्यानउने चर्चा गर्दै खगोल र अन्तरिक्ष विज्ञानको विकास गर्न सरकार प्रतिबद्ध रहेको उनले सुनाए। प्रधानमन्त्री ओलीले नगरकोटमा स्थापना भएको वेधशालाको निरीक्षण गर्न आतुर रहेको जानकारी दिएका थिए।
कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव अनुपराज उपाध्यायले नेपालको हावापानी सुहाउँदो विज्ञान प्रविधिको विकास गर्न मन्त्रालयले काम जारी राखेको चर्चा गरे।
'१ अर्ब दिए चन्द्रमा रकेट पठाउछौं'
बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीका सहकार्यकारी निर्देशक प्रा.सनतकुमार शर्माले सरकारले रु एक अर्ब लगानी गर्ने हो भने चन्द्रमामा रकेट पुर्यारउने क्षमता आफूहरुमा भएको जानकारी दिँदै खगोल विज्ञानको विकासले समग्र विकासलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सो संस्थाका कार्यकारी निर्देशक प्रा.डा. शोभाकान्त लामिछानेले खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन गर्न संस्थाले विभिन्न काम गरेको उल्लेख गरे।
खगोल र अन्तरीक्ष विज्ञानका प्राडा उदयराज खनालले अकाशको अध्ययन गरेर के हुन्छ रु भन्ने होइन सबैथोक यसैमा छ भन्ने भावना सरकारले लिनुपर्छ र यस क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखे।
स्याउ =मलाई त मान्छेहरुले पहिले पखाल्छ तास्छ अनि चिरा चिरा पारेर खान्छ
अम्बा =मलाई त धुएर नाताछि खाईदिन्छ
स्याउ र अम्बा =ले केरालाई सोध्यो, तिमि लाई नित?
केरा =भनौ भने लाजै लाग्छ मलाई त नांगै पारेर सिधै निलिदिन्छ
अनमोल केसी सर्वाधिक महंगो नायक बनेका छन् । एक नयाँ चलचित्रको लागि आज औपचारिक संझौता गरेपछि अनमोल नेपाली कलाकारमा सबैभन्दा महंगो पारिश्रमिक लिने नायक बनेका छन् । उनले निर्माण हुन लागेको नयाँ चलचित्र ‘कृ’का लागि २० लाख पारिश्रमिक लिएका छन् ।
द सुपर काजोल फिल्मस्को प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको निर्माणमा यो चलचित्र बन्नेछ । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । जसले यसअगाडि चलचित्र ‘आभाष’ निर्देशन गरेका थिए । चलचित्रमा श्री पराजुली सह–निर्माता र कमल गिरी कार्यकारी निर्माताको रुपमा रहनेछन् ।
सुवास इन्टरटेन्मेन्टको तर्फबाट निर्माता सुवास गिरी र नायक अनमोल केसीले संझौता पत्रमा हस्ताक्षर गरेका छन् । संझौतासँगै अनमोलले काम गर्ने पाँचौ चलचित्र पक्का भएको छ । लगातार ४ वटा चलचित्र चलेपछि अनमोलको स्टारडम अहिले आकासिएको छ ।
यो चलचित्रका लागि आफूले ६ महिनाको समय मागेको अनमोलले बताए । उनले भने–‘६ महिना पूर्ण रुपमा अन्डर ग्राउन्डेड बनेर तयारी गर्नेछु ।’ अनमोलले आफूलाई निर्माताले अफर गरेर यति पारिश्रमिक लिएको भन्दै आफू लक्की भएको बताए । उनले मिडियासँग भने–‘म आफ्नो भविष्यलाई कसरी डिमाण्डेड बनाउ“ भनेर पनि सोच्छु । साथमा निर्माता पनि सन्तुष्ट हुनुपर्छ भन्ने मान्यता राख्छु ।’
अनमोलले चलचित्रमा संझौता गरेपछि अब होम प्रोडक्शनको निर्माणमा बनेको चलचित्र ‘ड्रिम्स’ शोका लागि अमेरिका पनि नजाने बताएका छन् । उनले राम्रो कथावस्तु छ भने आफूले यो भन्दा कम रकममा पनि काम गर्ने खुलाए । आफूले पैसा भन्दा पनि कथावस्तु हेर्ने गरेको अनमोलको भनाई थियो । उनले चलचित्र ‘कृ’को क्यारेक्टरलाई पर्दामा प्रमाणित गरेर देखाउने पनि बताए ।
यता, निर्माता सुवास गिरीले अनमोलको पारिश्रमिक भन्दा पनि उसको पात्रलाई हेरेर महंगो रकम दिएको बताए । यसमा अनमोलको स्टारडमले पनि काम गरेको उनको भनाई थियो । सुवासले यो प्रोजेक्ट अरु भन्दा फरक हुने बताए । चलचित्रको प्रस्तुतीलाई विशेष बनाउन लागिपर्ने भन्दै उनले यसको बजेट पनि सामान्य चलचित्रको भन्दा धेरै हुने बताए । नायक तथा निर्माता भूवन केसीले सुवास गिरी एक चलेको र राम्रो मेकर भएकाले पनि चलचित्रमा टिमअप गरेको बताए ।
‘कृ’को अर्थ बदला लिनु हो । निर्देशक पौडेलले भने–‘कृ’ एउटा संकृत शब्द हो । संकृत भाषाको पनि जगेर्ना गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यो चलचित्रमा अनमोलले अहिलेसम्म नगरेको भूमिका हुनेछ ।’
फागूनबाट छायांकन हुने चलचित्रले नेपाली चलचित्र क्षेत्रमा एउटा उचाई बनाउने निर्माताद्धय सुवास गिरी र भूवन केसीको विश्वास छ । राम्रो चलचित्र बनाउनका लागि दुई ब्यानरविच टिमअप गरेको सुवास र भूवनले बताए ।
यसअघि ‘नोभेम्बर रेन र क्लासिक’ बनाएका सुवास र ‘ड्रिम्स’ जस्तो सफल चलचित्र बनाएको द सुपर काजोल फिल्मस्को टिमअपले चलचित्रप्रति दर्शकको उत्सुकता सुरुबाटै बढ्ने देखिएको छ ।
जेष्ठ ३०, २०७३-
तस्बिरहरुः घनश्याम खड्का
गएराति ९.३० बजेदेखि १२ बजेसम्म परेको मुसलधारे वर्षापछि आएको बाढीले सदरमुकाम बेनीको क्याम्पसचोक र मंगलाघाट बजार पुरेको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा कृषि सडक विभागद्वारा संञ्चालित विकेन्द्रीत ग्रामीण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (डिआरएलपी) अन्तर्गत बेनी–अथुङ्गे–तोरीपानी सडकबाट निक्लेको ढुङ्गामाटो व्यवस्थापन नगर्दा बाढीको रुपमा सदरमुकाम पसेको थियो ।
‘विनासकारी विकासले नै यो विपत्ति निम्त्याएको हो,’ जिल्ला भू-संरक्षण अधिकृत दिवाकर पौडेलले भने, ‘हाम्रो सुझावलाई यहाँका नेता तथा विकासे अड्डाले अटेरी गर्दा बर्सेनी समस्या थपिएको हो ।’
मुसलधारे वर्षापछि माथि डाँडामा अवस्थित अथुङ्गे क्षेत्रबाट बेनी–अथुङ्गे–पाखापानी सडकबाट ढुङ्गामाटो सहित बाढी क्याम्पसचोक र मंगलाघाट बजारमा पस्दा कम्तीमा एक सय घर पुरिएका छन् । दर्जनौं घर जोखिममा परेका छन् ।
‘मानवअधिकारको वकालत गर्ने एसियाली विकास बैंकको लगानीमा सञ्चालित आयोजनाको लापरबाहीले बेनीबासीको ज्यूज्यान जोखिममा परेको छ । मानवअधिकारको घोर उल्लंघन हो,’ क्याम्पसचोकका पीडित चन्द्रप्रकास बराईलीले भने, ‘नागरिकको जीऊ ज्यान जोखिममा पर्नेगरी विनासकारी विकास गर्न पाइन्न । जिविस र डिर्लिप आयोजनाले जिम्मेवारी लिनु पर्छ ।’
बाढीले सदरमुकामका घरपसलहरु पुर्न थालेपछि मस्त निद्रामा परेका बेनीवासीबीच रुवावासी र आतंक फैलिएको थियो । दुई घन्टाबढी समय गडगडाहटसहित मुसलधारे पानी पर्दा पुरै बेनी त्रसित बनेको थियो । सिंगो सहर रातभर जाग्राम बसेको थियो । १२ बजेपछि विस्तारै पानी पर्न रोकिएपनि १ बजेसम्मै बाढी आउनेक्रम रोकिएको थिएन
कलिलो उमेरमैककलिलो उमेरमै गर्भपतन गराउने संख्या बढे लिलो उमेरमै गर्भपतन गराउने संख्या बढे गर्भपकलिलो
उमेरमै गर्भपतन गराउने संख्या बढे तन गराउने संख्या बढे पढ्नुहस प
उमेरमै गर्भपतन गराउने संख्या बढे तन गराउने संख्या बढे पढ्नुहस प
जिल्लामा सुरक्षित गर्भपतन गराउने अनुमति पाएका स्वास्थ्य केन्द्रहरुको मात्र तथ्यांक अनुसार किशोरी तथा युवतीहरुको संख्या बढी देखिएको हो ।नेपाल परिवार नियोजन संघ रुपन्देहीकी वरिष्ठ नर्स विष्णु गुरुङले गर्भपतन गराउने अधिकांश १५ देखि २५ वर्षका किशारी तथा यसवतीहरु केन्द्रमा आउने गरेको बताइन् ।
गर्भपतनले कानुनी मान्यतापाएपछि सुरक्षित रुपमा गर्भपतन गराउनेहरुको संख्या बढेको छ । तर, त्यसमा अधिकांश किशोरी तथा युवतीहरु देखिएका छन् ।