भाद्र २२, काठमाडौं । जिबन भारतबाट नेपाल फर्केपछी नेपाल मगर संघ केन्द्रीय समितिको छाहारीमा बसिरहेका छन् । जिबन मात्र होइन चितवनबाट फर्केका उनका आमा पूर्ण माया मगर पनि अहिले नेपाल मगर संघको छाहारीमा नै हुनुन्छ । पहिलो पटक दुधकोशी मेडियाले जिबन परिवारमा अन्याय भएको र मेडियाले फैलाईएको समचार भ्रामक रहेको सत्यतथ्य सहित समाचार सम्प्रेसन गरे पछाडी विश्वमा रहेको नेपालीहरुको सहानुभूति र सहयोग जिबन र जोयामाथि सकारात्मक रुपमा बढेको छ । तर अझै पनि विभिन्न मिडियाहरुले भ्रममा पार्ने समाचारहरु दिनानुदिन सम्प्रेसन गरिरहेका छ ।यसै कुरालाई मध्यनजर गर्दै नेपाल मगर संघ केन्द्रीय समितिको अध्यक्ष नबिन रोका मगर भन्नु हुन्छ-अहिले जिबन हाम्रो संरक्षणमा हुनुन्छ हाम्रो निगारानीमा हुनुन्छ त्यसैले मिडियाहरुले फैलाईएको भ्रममा नपरी नेपाल मगर संघको आधिकारिक धारणा नआउन्जेलसम्म कुनै र कसैको हल्लामा बिश्वास नगर्न अनुरोध गर्नु भएको छ । साथै जोया जिबन परिवारको पुनर्मिलन अभियानमा सहयोग गर्न पनि विश्व समुदायलाई अनुरोध गर्नु भएको छ । त्यस्तै नेपाल मगर संघद्वारा निर्मित छानबिन समिति म्याद भोलि सकिने लाग्दा संयोजक एबम नेपाल मगर संघ केन्द्रीय समिति सचिब एबम विदेश बिभाग प्रमुख अधिबक्ता रक्षा रैकामगरले केन्द्रिय समितिलाई छानबिन समितिको एक हप्ता समय थप्न अनुरोध गरेको डीके मिडियालाई बताएका छन् । अहिले जोया र जिबन घन्टौ एक अर्काको दुख सुख र समसामयिक कुराकानीमा ब्यस्त रहेको छ । यसबाट के प्रमाणित भएको छ भने जोया र जिबन एक अर्कामा अत्यान्त माया प्रेम रहेको पुस्टि हुन्छ । बिशेसत जोया चाडो भन्दा चाडो जिबनलाई फीलिपिन्स बोलाउन चाहान्छ र फिलिपिन्समा गए पछी एक चर्चमा जोया र जिबनको विबहा गरिदिने र विबहा पश्चात स-परिवार नेपाल फर्कने उनको इच्छा र योजना रहेको छ र जोयाले चाडो भन्दा चाडो आउन भनिरहेका छन् । जिबन पनि बारम्बार कागजी कुरा मिलाई रहेको र सकिने बित्तिकै फिलिपिन्स आउने भन्दै जोयालाई सम्झाई रहेका छन् । तर नेपालको प्राबिधिक समस्याहरु र ब्यबस्थापनका कारण ढिलो भईरहेको छ ।
आदर्श गृह संस्थाको कब्जामा रहेको पासपोर्ट र नागरिकता एक दिन अघा
डी मात्र चितवन प्रहरी कार्यालयमा बुझाएको छ । सो पासपोर्ट र नागरिकता लिन नेपाल मगर संघ जिल्ला कार्य समितिका अध्यक्ष सुरबीर थापा मगर र सचिब ठाकुर सिं आले मगर बिगत दुइ दिनदेखि धाईरहनु भएको छ तर जिबन वा जिबनको आमा बाहेक कसैलाई दिन नमिल्ने भन्दै फर्काई रहेका छन् । केहि दिन अघाडी गृहका अध्यक्ष मिना खरेललाई फोन गर्दा कोहि आफन्त लिन पठाए, दिएर पठाउने भनिएता पनि प्रहरी कार्यालयमा बुझाएको पाईएको छ । चितवन जिल्ला प्रहरी कार्यालय महिला सेल(९८५५०९०४९०)मा कल गरि सोधपुछ गर्दा पासपोर्ट मुद्धा शाखामा रहेको र लिनको लागि जिबन थापा मगर वा निजको आमा भए मात्र दिन मिल्ने बताउदै मगर संघका पदाधिकारीहरुलाई दिन माथिल्लो उच्च तहबाट आदेश आउनु पर्ने बताए ।
काठमाडौं / साउदी अरबको जेद्दा अलखुम्ब्रास्थित क्याम्पमा बस्दै आएका ३४ वर्षीय सुवास तामाङ सकेसम्म चाँडो स्वदेश फर्कन चाहन्छन् । तर नेपाल फर्कन उनलाई समस्या छ ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
त्यसको मुख्य कारण हो, उनी साउदी अरबमा ‘मृतक’ सूचीमा छन् । जेद्दास्थित ‘किङ अब्दुल्लाह अजिज अस्पताल’ ले लक्ष्मीमार्ग–५, मोरङका सुवासको मृत्यु भएको भन्दै मृतक प्रमाणपत्रसहित परिवारलाई शव नै पठाइदिइसकेको छ ।
तर उनी त्यही अस्पतालमा उपचार गरिरहेको अवस्थामा भेटिएपछि साउदी प्रशासनले सुवासलाई जिउँदो हैसियतमा नेपाल पठाउन सकेको छैन ।
‘साउदी सरकारले यसलाई गम्भीर रुपमा लिएको छ, यस घटनामा संलग्न अधिकारीहरुलाई छानविन गरिरहेको छ,’ जेद्दास्थित नेपाली महावाणिज्य दुतावासका कर्मचारी मनहरी दंगालले भने, ‘छानविन नसकिएसम्म सुवासलाई पठाउन सकिदैंन ।’
सुवास तीन वर्षदेखि जेद्दास्थित हुन्डाई ह्याबी इन्डस्ट्रिजमा कार्यरत थिए । ‘मलाई परिवारले मरेको भनेर काजकिरिया पनि गरिसकेको रहेछ ।
म सामान्य अवस्थामा फर्किएको छु,’ उनले भने, ‘कम्पनीले गर्नुपर्ने दायित्व सबै पुरा गरेको छ । बस्न खान समस्या छैन । स्वदेश छिटै जान पाए हुन्थ्यो ।’ –कान्तिपुर दैनिकबाट
एजेन्सी । पहिला पहिला मानिसहरु रोग ठिक पार्न तथा रोगबाट बच्न औषधि प्रयोग गर्थे । तर अहिले यौनका साथसाथै माया प्रेमका लागि पनी औषधि उत्पादन भएका छन् ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
एक एउटा यस्तो औषधि आएको छ जसले महिलालाई प्रेम गर्न बाध्य पार्छ । त्यो औषधिको नाम फिलिबेनसरीन हो । यो औषधिलाई महिला डिप्रेशनको सिकार हुनेबेला दिइन्छ । फिलिबेनसरीन नामको ‘यूस एफडीए’बाट मान्यता प्राप्त यो औषधि बजारमा एडी (ब्ममथष्)को नामबाट पाइन्छ ।
यो औषधि महिनावारी बन्द हुनु पूर्वका समस्याहरुसँग जुधिरहेका महिलाहरुलाई डिप्रेशनबाट बचाउनका लागि प्रेस्क्राइब गरिन्छ । यो औषधिले डिप्रेशनबाट कतिसम्म बचाउँछ त्यो अलग कुरा छ ।
तर, प्रौढ अवस्थाका महिलाहरुलाई यो औषधिले एउटा अर्काे समस्या हल गर्छ । यसैकारण यो औषधिलाई फिमेल भियाग्रा पनी भनिन्छ ।
बढाउँछ यौन इच्छा
इनेक्सटिभीमा प्रकाशित एक रिपोर्टअनुसार फिलिबेनसरीनको प्रयोगले महिलाहरुमा यौन इच्छा बढाउने काम गर्छ । विशेषगरी ४० वर्ष पुग्न लागेका महिलाहरु घट्दो यौन इच्छामा यो औषधिले बढाउने काम गर्छ ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
फिलिबेनसरीनले महिलाहरुमा आउने सेक्सुअल डिजायर डिस्आँर्डरलाई नियन्त्रण गर्छ । यो डिस्आँर्डरले महिलाहरु डिप्रेसनको सिकार हुनेगर्दछन् ।
यसैकारण यो औषधिको प्रयोगले महिलाहरुमा शारीरिक सम्बन्ध राख्ने इच्छा तीव्र रुपमा बढ्छ र डिप्रेशन हटाउँछ ।
विराटनगर-१३ को गल्ली फन्को मार्दै एउटा भ्यानले चक्कर लगाएको गाइँगुइँ मंगलबार बिहानैदेखि चलेको थियो। तर, के भएको हो भन्ने भेउ कसैले पाएनन्, प्रहरी नपुगुञ्जेल।घरभित्र मान्छेको विभत्स तरिकाले हत्या गरिएको आवाज कानमा ठोक्किएपछि विराटनगर-१३ का सुवास अमात्य झस्किएका थिए। बिहानै बजार निस्केका उनी घर पुग्न लागेका मात्र थिए। यकिन गर्न नसकिएको समय त्यस्तै ८ बजे। छिमेककै एउटा घरमा बिहानै बढेको भीडको बीचबाट निस्केको आवाजले अमात्यलाई झसङ्गै पारेको थियो। गाडीबाट उत्रिए। पहेँलो रङको दुई तले घर। त्यसभित्र प्रहरी थिए। प्रहरीको घेरामा एक बालक रोइरहेका थिए। उनी केही बोल्न सकिरहेका थिएनन्। आसपासबाट मान्छेको भीड झनझन् बाक्लिँदै गएको थियो। भीड थाम्न प्रहरीले घरको गेट बन्द गरिदिएको थियो। लम्कीलम्की मान्छेहरू भित्र चियाइरहेका थिए। प्रहरीले रोक्न खोजिरहेको थियो। त्यो भीडबाट हल्लाहरू आइरहेको थियो - कस्तो क्रुर तरिकाले मान्छे मारेको है! यो घरका धनी ओमकार श्रेष्ठ हुन्। कामविशेषले केही दिनयता धनकुटा गएका रहेछन्। केहीबेरको प्रतिक्षापछि बाहिर हल्ला चलेअनुसारै भुइँतलामा लाश टुक्राटुक्रा पारिएको छ भन्ने थाहा लाथ्यो। ‘लाशलाई तीन वटा टुक्रा पारेर चटचट गिँडिएको रहेछ,’ अमात्यले सेतोपाटीसँग भने। अमात्यका अनुसार त्यो शवको टाउको एकातिर, खुट्टा र शरीर अर्कोतिर थिए। सुनसरी औरावनी-५ का २२ वर्षीय विनोद यादव त्यसैघरको छेऊमा होस्टलका वार्डेन थिए। उनी रहेकाे अक्सफोर्ड होस्टेलमा प्लस टु पढ्ने विद्यार्थी बस्थे। श्रेष्ठको घरमा डेरा गरी बस्न आएका पाँच युवा थिए, सिरहाका तीन र सप्तरीका दुई। ती युवा पाँच दिनअघि मात्र त्यो घरमा डेरा सरेका थिए। उनीहरू प्लस टु पढ्ने विद्यार्थी भएको आशंका गरिएको छ। त्यहीघरको भुइँतलामा १३ वर्षका एक बालक पनि बस्थे। स्थानीयका अनुसार होस्टेल पछाडि डेरामा बस्दै आएका यादवलाई ती युवाले कतिबेला कोठामा ल्याए र हत्या गरे कसैले केही भन्न सकेको छैन। प्रहरीले घटनाको विषयमा खुलेर जानकारी पनि दिएको छैन। घटनास्थल पुगेका जुनियर प्रहरीहरूका अनुसार टाउको र खुट्टा गिँडेर एउटा तन्नामा पोको पारिएको अवस्थामा भेटिएको थियो। शरीरको बीचको भाग डसनामा बेरेर राखिएको थियो। कोठाभित्र बियरका बोतलहरू यत्रतत्र थिए। सुन्दै आङ सिरिङ्ग हुने किसिमको घटना छ,’ स्थानीय हरिमोहन श्रेष्ठले भने। अमात्यका अनुसार बिहान एउटा भ्यान त्यस घरअगाडि आइपुगेर रोकिएको थियो। युवा आफैंले ल्याएको त्यो भ्यानभित्र यादवको शवका टुक्रा राखेर कतै लगेर फाल्ने योजना अनुमान गर्न सकिन्छ। ‘तर, चालकले प्रहरीलाई फोन गरेपछि ती युवा शव छोडेर भागेको बुझिएको छ,’ अमात्यले भने, ‘हामीले थाहा पाएको यत्ति हो।’ यो हत्या मोरङमा लगातार भएको तेस्रो क्रुर थियो। यसअघि साउन २९ गते पथरी शनिश्चरे चोकमा समीक्षा कार्कीको हत्या भएको थियो।पथरीशनिश्चरे–११ का मानबहादुर घतानीले धारिलो हतियार प्रहार गरी समीक्षाको हत्या गरेका थिए। त्यसको दुई दिनपछि विनोद परियारले श्रीमती कल्पनालाई कैंचीले टाउकोमा प्रहार गरेर हत्या गरेका थिए। यी दुबै घटनामा असन्तुष्टि पोख्दै गृहमन्त्री विमलेन्द्र निधिको पार्टी नेपाली कांग्रेस मोरङ प्रहरी प्रमुख सन्दीप भण्डारी भेट्न दुई दिनअघि जिल्ला प्रहरी कार्यालय पुगेको थियो। नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, सचिव नागेश कोइरालालगायतको टोली गएर भण्डारीसँग हत्या हिंसा नियन्त्रण गर्न नसकेको असन्तुष्टि पोखेर फर्किएका थिए। शृंखलाबद्ध रुपमा हत्या हुन थालेपछि मोरङमा शान्ति सुरक्षा बिग्रिएको महसुस भएर हामी एसपी साहेबलाई भेट्न गएका थियौं,’ सभापति लिम्बूले भने, ‘दुई दिनपछि फेरि अर्को हत्या भयो।’बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव छोडेर भागेका ती पाँच युवाको सुइँको प्रहरीले पाउन सकेको छैन। घनास्थललाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ। मोरङ प्रहरीका प्रमुख भण्डारीले घटनाबारे अनुसन्धान भइरहेकाले धेरै विस्तृतमा भन्न नसकिने बताए। उनका अनुसार ती बालकसँग प्रहरीले सोधपुछ गरिरहेको छ। भण्डारीका अनुसार ती बालक युवाहरूसँगै बसेका हुन्। लाशलाई पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।