काठमाडौं २३ भदौ | ‘दिदी’नै प्रेमिका ? सिने नगरीमा यस्तो चुत्थो कर्म पनि चल्दो रहेछ । जस्लाई सार्वजानिक रुपमा भाईको नाता लगाइएको थियो उनैलाई प्रेमीका रुपमा सार्वजानिक गर्ने नायिका हुन चपली गर्लका उपाधी पाएकी विनिता वराल । उनै बरालले आफू प्रेममा परेको भन्दै सार्वजनिक गरिन अमेरिकामा बस्दै आएका तिलक पौडेलसँगको तस्विर ।
टुईटर मार्फत जोडिएको भनिएको यी दुईको सम्बन्ध एक महिना पहिले मात्रै दिदी भाईको सम्बन्धमा थियो । सामाजिक सञ्जाल टुईटरमा ‘ज्वाईंसा’प’ हेण्डल चलाईरहेका तिलकले गत महिना ‘जुईनो’ सार्वजनिकको लागी बिनिता नेपाल आएको समयमा गरेको टुईटमा उत्तर फर्काउँदै दिदी सम्बोधन गरेका छन । टुइटरमा विनिताले लेखेकी छिन अबको दुई दिन चितवनमा रहिन्छ । ज्वाइसाप हेन्टलमा ट्विटर चलाएका तिलकले जवाफ फर्काएका छन हाम्रोमा कहिले आउनुहुन्छ दिदी ? पुनः बिनिताले जवाफ दिएकी छिन निम्तो पठाउ न भाइ ।
चलचित्र ‘चपलि हाइट’मा चर्चा र विवादमा तानिएका वराल कृषि व्यवासायमा लागेर अर्काे चर्चा बटुलिएको थिईन । त्यसपछाडि एक जना चलचित्र समिक्षकलाई भाडामा पुस्तक लेख्न लगाइन र कभरमा आफ्नो नाम छापेर उनी नामी उपन्यासकार बन्ने चक्करमा लागिन । फाइन प्रिन्ट प्रकाशनले छापेको उक्त ‘जुइनो’ पनि विवाद रहित रहन सकेन । गत असार ३० गते सार्वजनिक गरिएको बिनिताको उपन्यास जुइनोको आवरण चित्र अन्यत्रबाट चोरिएको भन्दै चर्काे आलोचना भएको थियो ।
जुइनोको आवरण चित्र र पोर्चुगलका लेखक इसाडोरा रिकार्डोको लघु उपन्यास ‘एनिथिङ क्यान ह्यापनः इन एडोलोसेन्स’ को आवरणसँग मिल्दो जुल्दो भेटिएसँगै उनको पुस्तक आलोचनामा परेको छ । रिकार्डोको पुस्तकको आवरण चित्र चोरेर ‘जुइनो’ मा प्रयोग गरिएको भन्दै उक्त पुस्तक प्रकाशक फाइनप्रिन्ट समेत विवादमा तानिएको छ । यद्यपि प्रकाशक निरज भारीले ‘फोटो एजेन्सी सटरस्टकसँग उक्त फोटो किनेर प्रयोग गरेको’ दावी गरेका छन ।
साभार एस काठमाडौं बाट
काठमाडौं, २३ भदौ – कालिकोटमा भएको जहाज दुर्घटनामा आफू मरेर यात्रुलाई बचाउने पाइलटकी पत्नीले छोरा जम्माएकी छिन् । स्व. पाइलट दिनेश न्यौपानेकी पत्नी रजनीले काठमाडौको ग्राण्डी अस्पतालमा केही दिन अघि छोरा जन्माएकी हुन् । भर्खरैजन्मिएको बच्चाको परिवारले पेसा र नाम पनि जुटाइसकेको छ । दिनेशले छोरी जन्मिए पाइलट र छोरो जन्मिए डाक्टर बनाउने भनेका रैछन् । तर परिवारले भने छोरोलाई दिनेशकै पेशामा ल्याउने निर्णय गरेको छ । ‘पतिको झल्को मेट्नलाई पनि छोरोलाई पाइलट बनाउँछु,’ रजनीले सञ्चारकर्मीसँग भनिन् । उनको परिवारले परिवारले बच्चाको पेशा मात्रै होइन नाम पनि रोजिसकेको छ – डेनी । बच्चाको नाम यसरी डेनी राख्नुमा पनि खास अर्थ रहेको छ । नाम दिनेश भएपनि साथीहरुले दिनेशलाई डेनी भनेर बोलाउँथे । दिनेशको झल्को मेट्न बच्चाको नाम पनि डेनी राखिने भएको हो । श्रीमानको मृत्युपछि बेहोश जस्तै बनेकी रनजीलाई छोरो जन्मिएपछि केही राहत भने मिलेको छ । उनले श्रीमानको अभावलाई बिर्सिन छोरोलाई एउटा असल मान्छे बनाउने सपना देखिसकेकी छन् । ‘साढे दुई महिनाको गर्भ हुँदा उहाँको निधन भएको हो,’ रजनीले सञ्चारकर्मीसँग भनिन्, ‘अहिले बाबु जन्मियो, यसले पीडामा मल्हम लगाएको छ ।’ तीन दिनअघि जन्मेको छोरालाई उसको बाबु जस्तै पाइलट बनाउने रजनीले सोच बनाएकी छिन् । गर्भवती श्रीमतीलाई भेट्न दुर्घटनाको दुई दिनअघि काठमाडौं आएका ‘डेनी’ त्यसपछि सदाको लागि बिदा भए । नेपालगञ्ज उडान भर्न हिँड्ने बेला दिनेशले रजनीसँग बेस्सरी अंगालो मारेका थिए । त्यही अंगालो रजनी र दिनेश दुवैका लागि अन्तिम बन्यो । नेपालगञ्जबाट हुम्लाका लागि उडेको एअर काष्ठमण्डपको विमान दुर्घटना हुँदा पाइलट दिनेश र कोपाजइलट सन्तोष रानाले ज्यान गुमाएका थिए । सवार ९ जनाको ज्यान जोगाउन सफल भएपनि उनीहरूले आफ्नो ज्यान भने जोगाउन सकेका थिएनन् -
हाम्रा पाकघरमा असार महीनाको छेकछाकतिर सब्जीको रूपमा पाक्ने परिकारमध्ये एउटा हो बाँसको तामा। अंग्रेजीमा बेम्बो शूट भनिने यो परिकारलाई हामी तामा भनेर चिन्छौं। हामी यसो त धेरैप्रकारका बाँसको तामा सब्जीको रूपमा प्रयोग गर्दछौं, तरै पनि प्रचलित रूपमा चोयाबाँस वा जुन बाँसबाट चोया बनाउन सकिन्छ, त्यस्ता बाँसको तामा खानेगर्छौं भने परेङ (सानो प्रजातिको बाँस, जसबाट चित्रा बनाइन्छ) को तामा पनि हामी सब्जीको रूपमा खान्छौं। ठूला बाँसको तामाभन्दा साना प्रजातिका बाँसको तामा खानको निम्ति निक्कै स्वादिष्ट हुन्छ। यसलाई परिकारको रूपमा कसरी तयार पारिन्छ भन्ने कुरा लगभग धेरै गृहिणीहरूलाई थाहा छ। यसको ताजा टुसाबाहेक बोत्तलमा अचारको रूपमा राखेर धेरै लामो समयसम्म प्रयोग गर्नसकिन्छ। तामाको मेसो (अमिलो अचार) पनि धेरै प्रचलित अचार हो। तर आज यहाँ तामाको सब्जीबाट के-के स्वास्थ्यवर्धक लाभ पुग्दछ र कसरी बनाइन्छ भन्ने चर्चा गरिन्छ।बाँस अचम्मको उद्भिद हो। वनस्पति शास्त्रले यसलाई घाँसको प्रजातिमा गाभेको छ। तर स्वास्थ्यवर्धक घाँसहरूको चर्चा गर्ने हो भने बाँसलाई ‘घाँसको राजा’ भन्न सकिन्छ जुन नाम जापानीहरूले अगावै दिएका छन्। एसियामा यो प्रचलित सब्जी हो, तर अहिले पाश्चिमी देशहरूमा पनि विस्तारै विस्तारै अहिले यो सब्जी प्रचलित बन्दैछ किन कि वैज्ञानिकहरूले यो सब्जीमाथि शोध गरेपछि जुन तथ्य पत्तो लगाए, त्यो तथ्य सार्वजनिक भएपछि पाश्चिमी देशका वासिन्दाहरूको पनि यो सब्जीतर्फ चासो बढ़ेको हो। हाम्रो त यो पारम्परिक सब्जीनै हो, तर कसै-कसैले तामाको सब्जी नखाने र मननपराउने कुरा गर्छन्। त्यसो गर्नु यसको स्वास्थ्यवर्धक लाभबाट वञ्चिथ हुनुबाहेक अरु केही होइन। तपाईंलाई थाहा छ, वैज्ञानिकहरूको खोजपछि तिनीहरूले यसलाई ‘साइलेण्ट डाक्टर’किन भनेका हुन्? हामीले प्राचीन कालदेखि सब्जीको रूपमा खाँदै आएको तामा त साइलेण्ट डाक्टर अथवा (अबोला वैद्य) पो रहेछ त। तिनीहरूले बाँसको टुसामाथि अनुसन्धान गरेपछि के-के पाए त भन्ने कुरालाई यहाँ छोटकरीमा भए पनि राख्नैपर्छ, जुन कुराले यसको स्वास्थ्यपरक लाभहरूको बारेमा बताउँछः-
बाँसको तामामा कम क्यालोरीका तत्त्वहरू हुन्छन् जुन कुरालाई हामी ‘छैन’-को बराबर ठान्न सक्छौं। त्यस्तै गरी यसमा अत्यन्तै कम कार्बोहाइड्रेट्स तत्त्वहरू हुन्छ, यसो हुनाले यो अब मधुमेहका रोगीहरूलाई पनि जच्ने परिकार भयो। अर्कोतिर, अति न्युन क्यालोरी हुनाको कारण यसले शरीरको ‘फ्याट लस’ वा बोसो घटाउन (सोझो अर्थमा ओजन कम गर्न)मा ठूलो सहयोग पुर्याउँछ। त्यस्तै गरी तामा खाद्यपरक तन्तुयुक्त हुनेहुनाले यसलाई पाचकको रूपमा पनि प्रयोग गर्नसकिन्छ। जतिसुकै खानुहोस्, यसमा क्यालोरी नहुनाले ऊर्जा दहनको अतिरिक्त परिश्रम अथवा कसरत केही गर्न आवश्यक हुँदैन। यो मुटुको निम्ति मैत्रीखाद्य हो। यसले कोलेस्ट्रोल नियन्त्रण गर्छ। लगभग 1000 ग्राम तामा खाँदा केवल 2.5 ग्राम (अधिकतम) चिनीको मात्रा खाएका हुन्छौं जुन अन्य कुनै पनि सागसब्जी वा फलहरूकोभन्दा कम हो। यति कम चिनी हुने खाद्य परिकार अरु लगभग कुनै छैन। यस्तै गरी यसमा कति फ्याट हुन्छ भनेर जान्न चाहने हो भने त्यसको उत्तर हो 0.49 ग्राम। अर्कोतिर, यसमा हुने संतृप्त वा असंतृप्त दुवै प्रकारका फ्याट वा तैलीय पदार्थ शरीरको निम्ति लाभदायक हुन्छ। यसमा फ्याट अनि सुगर पनि नगण्य रूपमा हुने हुनाले यसले कोलेस्ट्रोलको एलडीएल स्तर, लिपिड्स र बाउल फँक्शन कम गर्दछ, त्यसैले यो खाद्य परिकारलाई मुटुको स्वास्थ्यमैत्री खाद्य भनिएको छ।
त्यस्तै गरी तामामा प्रोटिन भने उपयुक्त हुन्छ जसमा शरीरलाई चाहिने एमिनो एसिडको सबै प्रकारका मात्रा यथोचित हुन्छ जसको कारण यसले स्वास-प्रस्वासका कतिपय समस्याहरू कम गर्नमा वा निको पार्नमा ठूलो भूमिका खेल्दछ। फोक्सोमा फ्लेम जमेको छ भने त्यसलाई निकाल्न, खोकी लाक्दैछभने त्यसको नियन्त्रणको निम्ति, फोक्सो सुन्निएको अवस्थामा त्यसलाई ठीक गर्न तामा उचित खाद्य परिकार हो। त्यस्तो राम्रो प्रोटिनको स्रोत भएको तामाले शरीरको प्रतिरोधक क्षमता पनि बढ़ाउँछ।
तामामा भिटामिन बी6, भिटामिन ई र ए, नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेटहरू हुन्छ। त्यस्तै गरी खनिज तत्त्वहरूमा क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन हुन्छ। यी भिटामिनहरू र मिनेरलहरूको उपस्थितिले यो सब्जीलाई हाम्रो इम्युन सिस्टम वा रोग प्रतिरोधक क्षमता अझ सशक्त तुल्याइदिने प्राकृतिक क्षमतावान बनाइदिएको छ।
तामामा रहेको फाइटोस्टेरोल्सहरू जस्तै क्लोरोफिल, एमिलेज र फ्लोभिनहरूले शरीरमा क्यान्सर विकासलाई नष्ट गर्दछ अथवा हाम्रो शरीरमा सजिलै क्यान्सर रोगको विकास हुँदैहुँदैन। तामाको सब्जी खानेहरूमा क्यान्सर हुने डर कम हुन्छ र क्यान्सर विकास हुने स्थितिलाई नियन्त्रण गर्दछ।
त्यस्तै गरी यो सब्जीले अल्सर र आँत वा आन्ध्राका रोगहरू पनि निको पार्न सहयोग पुग्दछ। तामामा हुने रसमा एण्टि इन्फ्लेमेटरी (जलन-रोधी) र एनल्जेसिक (शारीरिक दुखाइ कम गर्ने गुण भएका) तत्त्वहरू पनि हुन्छ। पेटको दुखाइका साथै अल्सर तथा आन्ध्राका घाउहरू कम हुन तामाले सहयोग पुग्दछ। यस्तै गरी तामाको रसमा यस्ता तत्त्वहरू पनि शोधगर्दा भेटियो कि जसले महिलाको मासिक श्राव नियमित गर्न सहयोग पुग्दछ। यसमा हुने तत्त्वले अधिक वा न्युन मासिक श्रावलाई नियन्त्रित गर्दछ। त्यसबाहेक यसले कतिपय गाइनोकलजिकल समस्याहरू पनि नियन्त्रित गर्दछ। तामामा हुने एक प्रकारको तत्त्वले गर्भवती अवस्थाको अन्तिम महीनामा महिलालाई यथासमयमा प्रसवको निम्ति औषधिकै काम गर्छ। प्रसव समय लम्बिएर जाँदैन। तामाले यसबाहेक पिसाबघरका कतिपय समस्याहरू (पिसाबनली संकीर्ण भएको अथवा अति विस्तृत भएको अवस्थामा, स्त्री-पुरुष दुवैको) त्यसलाई सही बनाउन पनि औषधिको काम गर्छ। पाचन समस्यामा तामा उपयोगी खाद्य परिकार हो। तामाले आन्ध्राका कतिपय कीराहरू पनि मार्दछ र पेटको समस्या ठीक गर्छ। झाड़ा-पखला लाग्द र पेटमा ग्यास बढ़ेर पेट फुल्दा तामा अवश्यै खानुपर्छ।रक्तचापमा पनि तामा उपयुक्त सब्जी हो। रगतमा सोडियम (नुनजन्य पदार्थ)-को मात्रा धेरै हुँदा रक्तचाप बढ़ेको हो भने पोटासियमको मात्रा धेरै हुने तामाले रक्तचाप नियन्त्रण गर्नमा सहयोग गर्दछ। यसमा हुने उच्च गुणयुक्त एण्टिएनल्जेसिक तत्त्वहरूले मानिसमा अवसाद वा नैराश्यता कम गर्ने, छटपटी कम गर्ने काम गर्छ भने मानसिक सक्रियता बढ़ाउने काममा पनि यसमा हुने पोटासियम र अन्य तत्त्वहरूले सहयोग गर्दछ। यदि सबै गुणयुक्त कुनै पनि स्वस्थकर सब्जीको सिफारिस गर्ने हो भने तामा एक नम्बरमा आउने भयो। हामीले प्राचीन कालदेखि सब्जीको रूपमा खाँदै आएको यो तामा यति गुणकारी छ भन्ने कुरा हालै मात्र सार्वजनिक भयो र अहिले एसियालीमुलुक छोड़ेर पश्चिम मुलुकहरूमा पनि यो सब्जी लोकप्रिय बन्दै गइरहेको छ।
यति हुँदाहुँदै पनि यसको अमिल्याइएको अचारहरू भने सबैको निम्ति सही नजच्ने हुँदा सबैले यस्ता अचारको सेवन नगरेको राम्रो हुन्छ। हड्डी सम्बन्धी कतिपय रोगमा यो सब्जी गुणकारी हुँदैन, यद्यपि हड्डीको विकास तथा निर्माणमा तामामा हुने क्याल्सियमले सहयोग पुर्याउँछ। ताजा तामाको सब्जी वा परिकार भने जो कोहीले खाँदा पनि हुन्छ। निष्कर्षमा, तामा एउटा स्वथ्यकर, पूर्ण र गुणकारी सब्जी हो।