अमेरिकाकी एक २४ वर्षीया युवतीले ६८ वर्षे श्रीमान् आफ्नै हजुरबुवा भएको थाहा पाएपछि चकित परेकी छिन् ।
गत तीन महिनादेखि विवाह सम्बन्धमा रहेका ती जोडीले मायमीको गोल्डेन बीचस्थित फ्लोरिडामा रहेको उनको घरमा भएको पुरानो फोटो एल्बम हेर्दा आफूहरु हजुरबुवा नातिनी भएको थाहा पाएको बताएका छन् ।
उक्त एल्बममा उनका श्रीमानको पहिलो विवाहबाट जन्मिएका सन्तानहरुको फोटो थियो । ती फोटोमध्ये एउटामा युवतीका आफ्नै बुवाको फोटो भएकमो फ्लोरिडा सन पोष्टले बतायो ।
ती वृद्धका अनुसार पहिलो श्रीमतीले छोडेर अपरिचित ठाउँमा गएपछि उनले आफ्ना सन्तानलाई कहिले पनि देख्न पाएनन् ।
‘यत्तिका वर्षसम्म मैले उनलाई कतै पनि भेट्न सकिनँ,’ उनले भने । उनले आफ्नी पूर्व श्रीमती र सन्तानहरुको खोजी गर्न नीजि अनुसन्धानकर्ताहरुलाई पनि नियुक्त गरेको तर उनीहरुले पनि श्रीमती र सन्तानबारे केही पत्ता लगाउन नसकेको दाबी गरे ।
उनले त्यसपछि पुनः विवाह गरे जसबाट उनका थुप्रै सन्तान भए । तर दोस्री श्रीमतीसँगको सम्बन्ध पनि विच्छेद भएपछि उनी आर्थिक रुपमा दुर्बल भए । तर भाग्यको खेल, त्यसको दुई वर्ष पछि उनले चिट्ठामा हज्जारौं मिलियन डलर जित्न सफल भए ।
सन् २०१५ मा ती वृद्धले आफ्नो लागि नयाँ श्रीमती खोज्ने निर्णय गरे । स्थानीय डेटिङ एजेन्सीसँग समन्वय गरी उनले नयाँ श्रीमतीको खोजी गर्न सुरु गरे ।
‘उनीहरुसँग थुप्रै राम्रा महिलाहरुको वेबसाइट र प्रोफाइल थियो तर उनको फोटो देखेपछि मलाई अर्कै महसुस भयो । उनी मसँग परिचित छिन् जस्तो लागेको थियो ।’
‘उनी रेष्टुरेन्टभित्र छिर्ने बित्तिकै मैले उनलाई विवाह गर्ने निर्णय गरिसकेको थिएँ,’ उनले थपे ।
उक्त भेटमा उनीहरुले आफ्नो परिवार बारे निकै संक्षिप्त कुराकानी गरेको बताए । कुराकानीकै क्रममा उनले थाहा पाए कि ती युवतीलाई उनका बुवा (वृद्धका छोरा) ले गर्भवती भएका कारण घर निकाला गरिदिएका थिए । त्यसपछि उनले ती धनी वृद्धासँग विवाह गरेर आफ्नो बाँकीको जिन्दगी उनैसँग बिताउने निर्णय गरेको उनले बताइन् ।
‘मेरो दुईवटा विवाह टुटिसकेको छ । तेस्रो विवाह नटुटोस् भनेर कटिबद्ध छु,’ उनले भने ।
‘जब मैले मेरो बुवालाई फोटोमा देखें । म निकै निराश भएँ । यद्यपी, हामीबिचको सम्बन्ध यति गहिरो भइसकेको छ कि यो कुराले हामीलाई छुटाउन सक्दैन,’ ती युवतीले भनिन् ।
उनीहरुबिचको सम्बन्ध स्पष्ट भएपनि उनीहरु सँगै बसिरहेका छन् ।
सलालह, ओमान
करिब दुई महिना अघि घरको तेस्रो तल्ला माथीबाट हाम फालेर घाइते भै उपचाररत झापा सुरुङ्गाकी मनिता टुदुलाई ओमान नेपाली एकता समाज सलालह क्षेत्रीय समितीले आर्थिक सहयोग गरेको छ ।
आफू रहेको तल्ला मुनिको एउटा कोठाबाट आगो लागेपछि उनी आगोको राप र धुवाँले बाहिर निस्कन नसकी निस्सासिने अवस्थामा पुगेपछि ज्यान जोगाउन उनले झ्यालबाट हाम फालेकी थिईन् । बायाँ हात भाँच्चिएको र पछाडी मेरुदण्डमा गम्भीर चोट लागेको कारण हाल उनी आफैं हिड्डुल गर्न सक्दिनन् । करिब १९ दिन अस्पतालमा उपचार गरेर हालमा घरमै रहेकी टुदुलाई थप उपचारमा समस्या देखेपछि एकता समाज सलालह क्षेत्रीय समितिको सदस्यहरुको बिशेष पहलमा आर्थिक सहयोग गरेका हुन ।
गएको शनिबार अक्टोबर एक तारीखका दिन सललाह चोकस्थित नेपाली होटेलको प्राङ्गणमा एकता समाज सललाह क्षेत्रीय समितिका अध्यक्ष सुरेश परियारले घाइते मनिता टुदुलाई नगद रु. २७,८७६/- अर्थात ओमानी रियाल १०१.१००/- सहयोग हस्तान्तरण गरेका थिए । सो अवसरमा नेपाली होटेलका संचालकद्वय चन्द्र कुमार सुनुवार, कला भण्डारी, समाजसेवी टी आर लामा, केदार ढकाल लगायत एकता समाज सललाह क्षेत्रीय समितिका उपाध्यक्ष टेकराज सापकोटा, सचिब मीन बहादुर लामिछाने, सहसचिब दिपक क्षेत्री, कोषाध्यक्ष कुश झेडी र सदस्यहरु पबिन्द्र बुढाथोकी र सुभाष खड्काको पनि उपस्थिति रहेका थिए । भरत भट्टराई, युवराज काफ्ले, योगेश गुरुङ, एकराज कार्की, पुस्पा श्रेष्ठ, जित बहादुर कुमालले पनि आर्थिक सहयोग गरेका थिए ।
बिरामीको अवस्थामा केही सुधार आए पनि उनी पूर्णरुपमा निको हुन अझै समय लाग्ने भएको हुनाले थप उपचारको निम्ति केही मद्दत पुग्ने आशाका साथ सो सहयोग गरिएको सदस्य शिव कार्कीले बताएका छ्न ।
निज बिरामीको जिवन बिमा नगरिको कारण उनले पाउनु पर्ने बिमा रकम प्राप्त गर्न नसकिएकोले उपचारमा समस्या झेल्नु परेको र आगामी दिनमा सबैले सो कुरामा बिशेष ध्यान दिनु पर्ने कुरामा पनि जोड दिएका थिए ।
बाथरोग, कुष्ठरोग, नशासम्बन्धि सम्पुर्ण रोगको लागि: घोडताप्रे घोडताप्रे को पुरै भाग वा पातहरुलाई कुटेर त्यसमा मह वा मिश्री धुलो मिलाएर पटक–पटक सेवन गर्नाले बाथरोग, कुष्ठरोग, नशासम्बन्धि सम्पुर्ण रोगहरुलाई निर्मुल पार्छ । स्मरण शक्तिलाई बढाउँछ । रगत सफा गर्छ । पिसाब खुलाउछ । खानामा रुचि बढाउँछ । खाना अपच भएमा यसले पाचकको रुपमा काम गर्छ । अनिद्रा हटाउँछ । आयु बढाउँछ । यसको पुरै बोटलाई सुकाएर चुर्ण बनाई ४–५ ग्राम मह वा मिश्री पानीमा मिलाएर दिनको दुई पटक प्रयोग गर्नाले वा यसको पुरै भागलाई पकाएर मनतातो भएपछि यौनाङ्ग वा शरीरका अन्य भागमा सफा गर्नाले भिरुङ्गी रोग निको हुन्छ । छालाका घाउ–खटिरालाई निको पार्छ । यसको नियमित सेवन गर्नाले तोते बोल्ने बच्चाहरुको लागी अत्यन्त फाइदा गर्छ
असोज १७, काठमाडौं । सरकारले उद्योग खोल्न चाहनेहरुलाई त्यस सम्बन्धी प्रशिक्षण र आधारभूत रकमको व्यवस्था गर्ने नयाँ योजना सार्वजनिक गरेको छ । सामूहिक जमानीमा एकदेखि पांच लाख रुपैयाँसम्म ऋण दिने पुरानै व्यवस्था पनि दोहोर्याइएको उक्त योजनामा उद्योग खोल्न सघाउने दक्ष उत्प्रेरकको समेत व्यवस्था देशभरि नै गर्न लागेको उद्योगमन्त्रीले बताएका छन् ।
१. तयारी यसरी गरिरहेका छन्
उद्यमी बन्न चाहने जनतालाई उद्योग सम्बन्धी व्यवसायिक प्रशिक्षण दिनका निम्ति प्रत्येक जिल्लामा उत्प्रेरक कर्मचारीको व्यवस्था गर्ने काम अन्तिम चरणमा पुगेको बताइएको छ । खासगरी विदेशिन चाहने युवाहरुलाई लक्षित गरी ल्याउन लागेको भनिएको उक्त योजनाबारे उद्योगमन्त्री नवीन्द्रराज जोशीले भने, "प्रत्येक जिल्लामा एकजना उत्प्रेरक राख्छौं । उनीहरु जिल्लामा पुगेर, उद्यमी हुन चाहनेहरुलाई कहाँ पैसा पाइन्छ, कसरी प्रशिक्षण दिइन्छ, कस्तो किसिमको प्रशिक्षणहरु उपलब्ध छन् र पछि उनीहरुलाई उद्यमी बन्नका लागि के सम्भावना छ, ती कुराको जानकारी दिन्छन् ।" मन्त्री जोशीका अनुसार उद्यमी जागरण अभियानको रुपमा उक्त कार्यक्रम रहेको छ र ठूला उद्योगी व्यापारीहरुका लागि पनि सहजीकरणको व्यवस्था गरिनेछ।
२. उद्योगका लागि उत्प्रेरणा
उद्यम गर्न चाहनेलाई सरकारकोतर्फबाट आधारभूत रकमको व्यवस्था हुने र विदेशीहरुसंग पनि यस योजनामा सहयोग गर्ने वातावरण निर्माण गर्न लागिएको पनि मन्त्री जोशीले बताए। उनले भने, "हामीले सामूहिक जमानीमा एक लाखदेखि ५ लाख सम्मको ऋण दिने पहिले कै व्यवस्था जारी राख्नेछौं। त्यसमा नयाँ योजनाहरु पनि थपिएका छन्। साथै विदेशी दाताहरुसंग पनि यो योजनामा सहयोग गर्ने विषयमा छलफल भइरहेको छ।" लामो समयदेखि देशमा कायम अस्थिर राजनीति र बढ्दो बेरोजगारीका कारण थुप्रै युवा विदेशिने क्रम बढेको र स्थापित साना ठूलागरी ३० हजार जति उद्योगहरुले नवीकरण नगरेको मन्त्रालयको तथ्यांक छ। नयाँ व्यवस्थाले त्यो क्रम घट्दै जाने दावी मन्त्रालयले गरेको छ । बिबिसी नेपालीबाट