<iframe width="560" height="315" src="https://www.youtube.com/embed/NixtvFMH6xw" frameborder="0" allowfullscreen></iframe>
बैतडी, २३ असोज । मेलौलीमा श्रीमतीको हत्या आरोपमा मेलौली–१ द्वारिकाचोकका विजय नायक पक्राउ परेका छन् ।
विजयकी श्रीमती कमला शुक्रबार आफ्नै पसलको धुरीमा डोरीमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । कमलाको माइती पक्षले आत्महत्या नभई श्रीमानले कुटपिट गरी हत्या गरेको भनेर उजुरी दिएपछि प्रहरीले विजयलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले राससलाई जानकारी दिनुभयो ।
कमलाको शवपरीक्षणपछि दाहसंस्कार गरिसकिएको बताइएको छ । कमलाले आत्महत्या गरेको हो वा श्रीमान्ले हत्या गरेको हो भन्नेबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । फलेवास (पर्वत) – ससुरासँग अवैध सम्बन्ध भएको शङ्कामा पर्वतको दक्षिणमा पर्ने बर्राचौर गाविसकी एक महिलालाई श्रीमान्ले हत्या गरेको आरोप लगाइएको छ ।
बर्राचौर–८ पूर्णगाउँमा ४५ वर्षीया सेती नेपालीलाई उनका श्रीमान् देवहादुरले शुक्रबार राति हत्या गरेको बताइएको छ । घटनापछि देवहादुर र उनका बाबु जालेलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
शवपरीक्षणका लागि छिमेकी स्याङ्जा जिल्लाको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शेखर खनालले जानकारी दिनुभयो ।
चर्चित नायिका रेखा थापाले यही मंसिरमै नयाँ घरजम गर्ने भएकीछिन् । एक संचारमा माध्यमसँग करा गर्ने क्रममा नायिका थापाले ‘यही मंसिरमै घरजम गर्ने र त्यसको लागि आवश्यक तयारी भइरहेको बताएकी छिन् ।
हुने वाला पति को हो त भन्ने जिज्ञासामा भने नायिका थापा मौन रहिन । उनले अघि थपिन्,‘नाम अहिले नभनौं, तर उहाँ चलचित्र क्षेत्र बाहिरको मान्छे हो, अरु त विहे पछि थाहा भैहाल्छ नि ।’हुन त नायिका थापाले यसअघि पनि आफू विगतलाई सम्मान गर्दै अर्को बिहे गर्ने तयारीमा रहेको बताएकीथिईन । चर्चित हाँस्यकलाकार हरिवंश आचार्यले दोस्रो घरजम गरेलगत्तै उनले यस्तो प्रतिक्रिया दिएकीथिईन,‘मेरो पनि चाहना छ, एउटा माया गर्ने श्रीमान् होस्, काखामा वच्चा होस्, रमाईलो परिवार होस्, मिति नै तोक्न त सक्दिन तर अर्को बिहे चाहिं गर्छु ।’
त्यतिमात्रै होईन, उनले छविराज ओझासँग आफ्नो विहे नभएको समेत दाबी गरेकी थिईन । ओझाले नवनायिका शिल्पा पोखरेलसँग यही दशैंको टिकाको साईतमा विहे गर्ने खबर बाहिर आईरहेको वेलामा नायिका थापाले पनि आफूपनि विहेको अन्तिम तयारीमा जुटेको खुलासा गरेकी हुन् । उनका अनुसार विहे भने मंसिरको पहिलो हप्तामै हुनेछ ।
टोकियो – दशैंमा घर फर्कने तयारीमा रहेका एक नेपाली युवाको जापानमा निधन भएको छ । दक्ष कामदारको रुपमा कुक भिषामा जापान आएका स्याङ्ग्जा अर्जुनचौपार–९ केवरे लिडि घरभएका दिपक केसीको आज निधन भएको हो जापान आएको १० महिना मात्र भएका दिपकको आज अचानक सुतेकै स्थानमा निधन भएको हो । टोकियोको सेतागाया कु गोतोजिमा बस्दै आएका दिपक शुक्रबार राती सामान्य अवस्थामा रहेपनि शनिबार विहान ४ बजे पिसाब फेर्न उठेको सँगै बस्दै आएका साथिहरुले बताएका छन् ।शौचालय गएर आएर सुतेका दिपक बिहान काममा जाने बेलामा पनि नउठेपछि एम्बुलेन्स बोलाएर अस्पताल लगिएपनि उनलाई अस्पतालले मृत घोषणा गरेको बताइएको छ ।उनी काम गर्दै आएको रेष्टुरेण्टका मालिक सुकबहादुर केसीले दिपकको निधनबारे बताएका हुन् । अचानक रक्तसञ्चार रोकिएर मृत्यु भएका भनिएका दिपकलाई विहान १२ बजेर ५८ मिनेटमा अस्पतालले मृत घोषणा गरेको थियो ।१० लाख बढी खर्च गरेर जापान आएपनि मुस्किलले दुई तिन लाख नेपाल पठाएको बताइएका दिपक यही दशैंमा घर गएर बिहे गर्ने तयारीमा रहेका थिए ।उनको परिवारको आर्थिक अवस्था कमजोर रहेको र जापान आएको ऋण समेत तिर्न बाँकी रहेको उनका नजिककाहरुले बताएका छन् ।मृतक दिपकको दाहसंस्कार तथा उनको परिवारलाई आर्थिक सहयोग गर्न स्याङ्जा समाज जापानले आर्थिक संकलनको अभियान थालेको छ ।जसको लागि समाजको जेपी बैंकको खाता १०११०-६२२८६८९१ セン ザ サマーズ ジャパン मा जम्मा गरि सहयोग गर्न वा ९०८०-३३६७-२५४७० मोबाइल नम्वरमा सम्पर्क गरेर सक्दो आर्थिक सहयो गर्न स्यागंजा समाजले जापानवासी नेपालीहरुसँग अनुरोध गरेको छ । महिना दिनदेखी दुई नेपालीको शव अलपत्र जापानमा महिनादिन अघि झुण्डिएर आत्महत्या गरेकी नेपाली विद्यार्थी टिना गुरुगं र अध्ययनै लागि आएका शिव रोका मगरको शव आर्थिक अभावमा जापानमा अलपत्र अवस्थामा रहेको छ ।गैर अवासिय नेपाली संघ जापान सहित दर्जन बढी संघसंस्था र विद्यार्थी आवद्ध संस्थाहरुले रकम सहयोगको अनुरोध र संकलन थालेपनि यसले अझैसम्म पूर्णता पाउन सकेको छैन ।मृतकहरुको परिवारले शव कुरेर बसेपनि जापानमा शव अलपत्रजस्तै अवस्थामा परेको छ भने यसअघि यस्तै मृत्यु र घाइतेलाई उठाएका रकम बढी भएकाहरुले सहयोग गर्ने तत्परता देखाएका छैनन् ।आज मृत्यु भएका दिपक केसीको शव शदगत वा नेपाल पठाउने भन्ने टुंगो लागिसकेको छैन भने उनको दाहसंस्कारको लागि रकम कहिलेसम्ममा जुट्ला र कहिले दाहसंस्कार होला भन्ने अन्योलता बढेको छ ।जापानमा सामान्य स्वास्थ्य हेरचाहको ज्ञान तथा तनाव, अस्वस्थता आदिका कारण नेपालीहरुको मृत्युको घटना दिन प्रतिदिन बढिरहेको छ ।तर जापानमा रहेका ६० हजार बढी नेपालीहरुको संरक्षक मानिएको नेपाली राजदूतावास जापान, गैर आवसिय नेपाली संघ जापान लगायतमा केही ठूला संघसंस्था र आर्थिक रुपमा सम्पन्न नेपालीहरुबाट अपेक्षा गरेअनुसारको तदारुकता, सक्रियता र सहयोग नपाउँदा जापानमा रहँदा त सहयोग नपाएका नेपालीहरु मृत्युपछि पनि लासको बेहाल अवस्थामा पुगेको भन्दै जापानमा रहेका नेपालीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।