मङ्गलबार, २३ कार्तिक २०७३, १६ : ४४ | सन्तोषकुमार सिंह
खुर्पा प्रहार गरी श्रीमानको हत्या अाराेपमा मस्तिमायासहित ५ आरोपी पक्राउ
हत्या आरोपमा पक्राउ परेका इलाका प्रहरी कार्यालय हरिवनमा सार्वजनिक गरिँदै।
सर्लाही– सर्लाही हरिवन–५ की ४५ वर्षीया मस्ती मायाले सौता ल्याएका श्रीमान ५० वर्षीय मानबहादुर घिसिङलाई खुर्पाले प्रहार गरी हत्या गरिन्। दुई जना ज्वाइँ र दुई छिमेकि लगाएर पुनः टाउको र शरिर छुट्याएर हत्या गरे।
कान्छी ल्याएपछि बोलचालसमेत बन्द भएको मस्ती मायाले परवल गोड्दै गरेका श्रीमानलाई खुर्पाले हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
मस्ती मायालाई श्रीमान हत्या गर्न सघाएको आरोपमा प्रहरीले हरिवन–५ घुर्कौलीका ४७ वर्षीय डेमा दोर्जे, ३१ वर्षीय मोहनप्रसाद फुयाल, ३७ वर्षीय बिकुराम वाईवा र कालेबहादुर वाईवालाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।
सामुदायिक वनमा वन रक्षक भई काम गर्दै आएका घिसिङ्गलाई हत्या गर्न प्रयोग भएको खुर्पा र खुकुरी समेत बरामद भएको प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए। एक महिनाको लामो अनुसन्धान पछि हत्याको कारण र हत्यामा संल्गनको पहिचान भएको छ, प्रहरी उपरीक्षक सुवेदीले भने, ‘हत्याको मुख्यका कारण श्रीमान–श्रीमती बिच बिग्रेको सम्बन्ध नै हो।’ हत्याको थप अनुसन्धान भइरहेको उनले बताए ।
यसरी भयो हत्या
हरिवन–५ का मानबहादुर मध्यम वर्गिय कृषक हुन्। उनी स्थानिय एक सामुदायिक बनमा समेत काम गर्दै आएका थिए। ७ वर्षअघि दोश्रो विवाह तविमाया घिसिङसँग गरे । तर, उनीहरुबीच सम्बन्ध धेरै दिनसम्म कायम रहेन । दोश्रो विवाह पछि जेठी श्रीमती मस्ती मायसँगको सम्बन्ध समेत बिग्रिएका मानबहादुरको असोज २१ गते परवल गोड्दै गर्दा हत्या भयो।
खेतमा मजदुरसँग परवल गोड्न छोडर घर खाना खान आएकी मस्ती माया छुट्टै परवल गोड्दै गरेका मानबहादुरलाई सँगै नबसेको रिसमा पछाडीबाटै खुर्पा प्रहार गरेकी थिइन्। खुर्पा प्रहारले ढलेका मानबहादुरको घाँटीमा पटक पटक खुर्पा प्रहार गरी हत्या गरिन्। हत्यापछि मस्ती माया पुनः मजदुरसंगै काम गर्न फर्किइन्।
काम गर्न फर्केकी मस्ती मायालाई परवल खेतमा ढलेको श्रीमानको शवको दृश्यले काम गर्न जागर चलेन। हत्याको पोल खुल्ने डरले मस्ती माया साँझ दुई जना आफन्त र दुई जना छिमेकी बोलाएर मृतक श्रीमान मानबहादुरको शव उखु बारीमा लुकाए।
खुर्पा प्रहारले मृत्यु नभएको हुन सक्ने शंका बढेपछि मस्ती मायाले पुनः आफन्तलाई लगाएर खुकुरीले शरिर र टाउको छुट्याउन लगाएकी थिइन्। खुकुरीले काटिएको टाउको नजिकै रहेको वनमा लुकाए। तर, प्रहरीको चहल पहलले हत्यामा संलग्नको निन्द्रा आएन। वनमा लुकाएको टाउको ५ दिन पछि उखुबारीमा नै फलेका थिए।
दशैंकोे चहलपल एकातिर छोडेर अहोरात्र अनुसन्धानमा खटेका प्रहरी अधिकृत अन्ततः हत्याको मृख्यु अभियुक्त श्रीमती भएको निचोडमा पुगे । प्रहरीको बयानमा मस्ती मायाले श्रीमानको हत्या गरेको स्वीकारेकी छन्।
धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । शुक्रबार राती उखुबारीमा घिसिङ्गको हत्या गरिएको हो। टाउको काटेर उनको हत्या भएको अवस्थामा शनिबार शव उखुबारीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मृतकको शव फेला परे पनि टाउको फेला नपरेको प्रहरीले जनाएको छ। उखुको फाँटमा हत्या भएका कारण काटिएको टाउको नभेटिएको प्रहरीले जनाए । हत्या सम्बन्धमा अनुसन्धान भइरहेको र हत्याको कारण खुल्न नसकेको प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए।
घिसिङ्गलाई पहिला घाँटी थिचेर हत्या गरेर पछि टाउको काटेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ। हत्यामा संलग्न हुने सक्ने शंकास्पद केहीलाई पक्राउ गरी सोधपुछ भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।
आजको खबर २०७३ कार्तिक २१ आइतबार २०:०१:००
काठमाडौं, २१ कार्तिक, एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार जापानको टोकियो प्रस्थान गर्दैछ ।
नोभेम्बर ८ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट समान एक पुरुष÷महिला खेलाडीले भाग लिने छन् ।
पुरुषको ६२ केजीमा प्रकाश केसी सहभागी हुनेछन् । कमला श्रेष्ठले महिला ५८ केजीमा प्रतिस्पर्धा गर्नेछिन् ।
प्रकाशले युथ र जुनियर दुवैमा खेल्नेछन् भने कमलाले जुनियरतर्फ मात्र सहभागिता जनाउने छिन् । प्रकाशले नोभेम्बर ११ र कमलाले नोभेम्बर १२ तारिखमा खेल्ने कार्यक्रम छ ।
प्रकाशको उत्कृष्ट प्रदर्शन स्न्याचमा ९३ केजी र क्लिन एन्ड जर्कमा १२० केजी रहेको छ ।
स्न्चाचमा ५८ केजी र क्लिन एन्ड जर्कमा ७३ केजी कमलाको व्यक्तिगत उच्च प्रदर्शन हो । ३५ भन्दा बढी राष्ट्रको सहभागिता रहने नेपाल भारोत्तोलन संघले जनाएको छ ।
टिम प्रशिक्षकमा ओलम्पियन एवं भारोत्तोलन प्रमुख प्रशिक्षक सुनीललाल जोशी तथा व्यवस्थापकमा सञ्जय महर्जन छन् ।
नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनकुमार टण्डन र महासचिव पार्थ सारथी सेन गुप्त पनि टोलीसंगै टोकियो जाँदैछन् ।
टण्डन नोभेम्बर ९ तारिखमा हुने एसियाली कोंग्रेस र एसियाली भारोत्तोलनको कार्यकारी बैठकमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।
दक्षिण एसियाली भारोत्तोलन संघका उपाध्यक्षसमेत रहेका टण्डन एसियाली भारोत्तोलन महासंघका अध्यक्ष मोहम्मद युसुफ अल्मानाका एसिस्टेन्ट हुन् ।
कोंग्रेसमा सन् २०१७ को जुलाइमा हुने युथ, जुनियर तथा सिनियर भारोत्तोलन च्याम्पियनसिपको अन्तिम ‘बिडिङ’ पनि हुनेछ ।
त्यसमा नेपालले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेको महासचिव गुप्तले जानकारी गराए । नेपालले उक्त प्रतियोगिता आयोजनाको जिम्मेवारी पाउने प्रबल सम्भावना रहेको गुप्तले बताए ।
नेपालले यसअघि सन् २०१५ को अगष्टमा सिनियर एसियाली भारोत्तोलन च्याम्पियनसिप आयोजनाको जिम्मेवारी समेत पाएको थियो ।
तर, २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण त्यो सम्भव भएन । पछि त्यो प्रतियोगिता थाइल्यान्डले सन् २०१५ कै सेप्टेम्बरमा आयोजना गरेको थियो ।
एसियाली प्राविधिक कमिटीका सचिव गुप्त प्रतियोगिता सञ्चालन गर्न जापान जान लागेका हुन् । गुप्त अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघअन्तर्गत अनुशासन कमिसनका सदस्य पनि हुन् । युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेल पनि मन्त्रालयको प्रतिनिधिका रुपमा टोलीसंग जापान जानेछन् ।
टोलीलाई नेपाल भारोत्तोलन संघका पदाधिकारीलगायतले एक कार्यक्रमबीच सातदोबाटोमा आइतबार एक कार्यक्रमबीच दिबाइ गरे ।
नेपालका गाउँघरदेखि शहरी क्षेत्रसम्म सबैतिर यौन सम्पर्कको माध्यमबाट सर्ने रोग व्याप्त छ । मानिसको यौन स्वभावमा निर्भर रहने भएकाले यस्ता रोग कुनै वर्ग वा समुदायमा सीमित नरहन सक्छ । यौन सम्पर्कका क्रममा अथवा असुरक्षित यौन सम्पर्कका कारणले सर्ने रोगलाई हामी यौनरोग भनेर चिन्ने गर्छाैं ।
नेपालमा सिफिलिस, गोनेरिया, क्याइमेरिया र कहिलेकाहीँ जेनाइटल हर्पिसको समस्या देखिन सक्छ । त्यसैगरी जेनाइटल वार्ट भनिने रोग, जसलाई हामी चलनचल्तीको भाषामा मुसा भन्छौँ, त्यो पनि यौन सम्पर्कको माध्यमबाट सर्ने रोग हो । फंगल इन्फेक्सन पनि यौन माध्यमबाट सर्छ । तर, यो यौनरोगमा पर्दैन ।
कतिपयको हात र खुट्टामा देखिने मुसा यौनरोग होइनन् । यौनरोगका रूपमा परिचित मुसा भने स–सानो गिर्खाजस्तो देखिन्छ । अक्सर पुरुषको यौनांगमा मुसा हुन्छ भने महिलाको योनी वा वरपर यस्ता मुसा देखिन्छन् ।
नेपालमा व्याप्त रहेको अर्को यौनरोग सिफिलिस हो । यसलाई नेपालीमा भिरिङ्गी भनिन्छ । प्रायः घुमिरहने र छाडा यौन स्वभाव भएका व्यक्तिलाई यसको संक्रमण ज्यादा हुन्छ । कुनै समुदाय विशेषलाई आक्षेप लगाउन खोजेको होइन, तर नेपालमा पेशाकर्मी सवारीचालकमा यो रोग बढी देखिएको छ । त्यसमा पनि ट्रक चालकहरू प्रायः सिफिलिसबाट पीडित भइरहेका हुन्छन् । यात्राका क्रममा घुमिरहने र अनुकूल पर्नासाथ असुरक्षित यौन सम्पर्कमा संलग्न हुने भएकाले उनीहरूलाई सिफिलिस हुने गरेको छ ।
सिफिलिस लागेको व्यक्तिसँगको यौन सम्पर्कपछि केही दिनमा पुरुषको लिंगमा घाउ जस्तो देखापर्छ । केही दिनमा कतिपयको आफैँ निको भएर जान्छ भने कतिपयले एन्टिबायोटिक औषधि खाए पुग्छ । पुरुषका कारणले महिलामा पनि भिरिङ्गी सर्छ । उनीहरूको यौनांगवरपर घाउ देखिन्छ । प्रारम्भिक चरणमा आए एक दिनको एन्टिबायोटिक वा इन्जेक्सन लगाएपछि रोग नियन्त्रणमा आउँछ ।
सुरुमा उपचार नभए जटिलता देखिने हुन्छ । उपचार नभएमा कतिपय गर्भवती महिलाको रोग शिशुमा सर्न सक्छ । तर, तुलनात्मक रूपमा पुरुषलाई भने समस्या हुँदैन । यो रोग लाग्नासाथ असुरक्षित यौनसम्पर्क राखे सर्ने जोखिम निकै उच्च हुन्छ । घाउ नै छ भने जोखिम ज्यादा हुन्छ ।
यदि कसैलाई यौनांगबाट सेतो पानीजस्तो बग्छ भने गोनेरिया वा क्याइमेडिया लागेको हुनसक्छ । यो रोगबाट संक्रमितसँग असुरक्षित सम्पर्क राखेमा रोग सर्छ र सुरुमा सेतो पानी बग्ने लक्षण देखिन्छ । कतिपयको यौनांग अति गनाउने हुन्छ । सिफिलिसमा घाउ नै हुन्छ भने गोनेरियामा घाउ नदेखिने तर सेतो पानी बगिरहने हुनसक्छ । महिलामा यस रोगको संक्रमण अन्य अंगसम्म फैलने जोखिम रहन्छ । गर्भवतीका सन्तानमा यो रोग सर्ने खतरा पनि उत्तिकै हुन्छ । नवजात शिशुलाई गोनेरिया सरेर आँखामा समस्या ल्याउने हुनसक्छ ।
जेनाइटल हर्पिज पनि यौनरोग हो । यसका धेरै प्रकार र लक्षण छन् । केहीको ओठमा पनि निस्कन सक्छ, जसलाई हामी ‘जुठो खटिरा’ भन्छौँ । हर्पिज रोस्टर अर्को प्रकारको हो, शरीरको एक भागमा फोकाहरू निस्किएर पीडा हुन्छ, जसलाई हामी जनै खटिरा भनेर बुझ्छौँ । कतिपयलाई लिंगमा फोका र पानीफोका निस्कने र पोल्ने गर्छ । जेनाइटल वार्ट भने मुसाहरू हुन् । जुन सामान्य मानिसमा लामो समय रहने मुसाभन्दा केही फरक खालका हुन् ।
कसैलाई घाउ, चोट छ भने शारीरिक सम्पर्कको बेला निस्कने यौनरसबाट यस्ता रोग सर्छन् । यौनसम्पर्कका क्रममा योनी र लिंगका भाग घर्षण हुँदा यौनरसमा रहने जीवाणु एकजनाबाट अर्कोमा सहजै पुग्छन् । पानीफोका फुट्दा वा रस निस्कँदा पनि जीवाणुहरू स्थानान्तरण हुन्छन् । यस्ता यौनरोग पुरुषबाट महिलामा सहजै सर्ने भए । यौनसम्पर्कका क्रममा महिलाको यौनांगबाट पनि रस निस्कने भएकाले जीवाणुहरू संसर्गका क्रममा पुरुषको यौनांगमा पुग्छन् ।
यस्ता रोगबाट जोगिने उपयुक्त उपाय नै सुरक्षित यौन अभ्यास हो । सम्भव भएसम्म एकजना यौन साथीबाहेक अरूसँग संसर्ग नगर्नु उपयुक्त हो । रोग लागिसकेको छ भने दुईजनामध्ये एउटाले मात्रै उपचार गरेर पुग्दैन । पति÷पत्नीमध्ये कसैमा रोग लागिसकेको छ भने निको नहुञ्जेल शारीरिक सम्पर्क नगर्नु उपयुक्त हुन्छ ।
यौनरोग लागेको व्यक्तिले निको नहुञ्जेल कन्डम प्रयोग गरेर शारीरिक सम्पर्क गर्न मिल्छ वा मिल्दैन भन्ने प्रश्न धेरैको हुने गर्छ । पक्कै मिल्छ, तर सर्ने जोखिम भने केही मात्रामा भए पनि रहन्छ । यौन सम्पर्कका क्रममा हुने चुम्बनबाट पनि रोग सर्ने खतरा रहन्छ । यौनरोग लागेका दम्पतीले मुखमैथुन लगायतका क्रियाकलाप गरेमा पनि सर्ने सम्भावना रहन्छ । कसैको मुखमा जुठो खटिरा छ भने मुखमैथुनका कारण अर्को यौनसाथीको यौनांगमा जेनाइटल हर्पिज अर्थात् मुसा देखापर्न सक्छ ।
समाजमा लाज र संकोच हुने भएकाले यस्ता रोगबाट कुन खालका वर्ग बढी प्रताडित छन् भनी सहजै पत्ता लगाउन कठिन हुन्छ । कतिपयले रोग लुकाएर बसेका हुन्छन् भने कतिपय भने आफू अनुकूलको डाक्टरलाई देखाउँछन् । पुरुषहरू पुरुष र महिलाहरू महिला डाक्टरकोमा जान्छन् । त्यसले यौनरोगबाट महिला या पुरुष को बढी प्रभावित छ भनी सहजै भन्न सकिँदैन ।
शहरी क्षेत्रमा अनुमान नै गर्न नसक्ने मानिसलाई पनि यस्तो समस्या पर्न सक्छ । समाजमा आएको खुला सोच र मानसिकताले मानिसहरू विवाहपूर्व नै शारीरिक सम्पर्क राख्छन् । कतिपय मानिस व्यावसायिक यौनकर्मीसँग असुरक्षित सम्पर्क राख्छन् । जसले गर्दा यस्ता रोगको जोखिम झनै बढाएको छ । किशोर÷किशोरी पनि यौनरोगका हुन्छन् ।
स्थायी यौन साथीसँग मात्रै शारीरिक सम्पर्क गर्ने र सुरक्षाको उपाय अवलम्बन गरेमा यस्तो रोगको जोखिम निकै कम हुन्छ ।
आजको खबर २०७३ कार्तिक २० शनिबार २३:१५:००
काठमाडौँ, २० कार्तिक, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मूखर्जीको नेपाल भ्रमण सद्भाव भ्रमण भएको बताएका छन् । नेपाल टेलिभिजनबाट हरेक शनिबार प्रशारण हुने कार्यक्रम 'सिधा कुरा प्रधानमन्त्री'सँग कार्यक्रममा शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले अन्तर्वार्ताको क्रममा उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री दाहालले छठ पर्वको अवसरमा मधेशी समुदाय र देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरे । उनले भने, 'यस पर्वले राष्ट्रिय सहमतिको वातावरणका लागि सकारात्मक भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु ।'
मुखर्जीको नेपाल भ्रमण
उनले प्रश्नको जवाफ दिँदै भने, 'वर्षपछिको भारतीय राष्ट्रपति महामहिम प्रणव मूखर्जीको नेपाल भ्रमण आफैमा महत्वपूर्ण परिघटना हो । भ्रमण सफल बनाउने दायित्व हामी सबैको थियो, जुन हामीले पुरा गरेका छौँ । उहाँ निकै प्रशन्न भएर फर्कनुभएको छ । भ्रमण सफल र फलदायी भएको छ । २ देशका सरकार र जनताको सम्बन्ध हार्दिक बनाउन भ्रमण महत्वपूर्ण रह्यो ।'
अहिलेको भ्रमण सद्भाव भ्रमण मात्रै भएको भन्दै प्रधानमन्त्री दाहालले नाफा घाटा भन्दा पनि दुई देशको सम्बन्ध सुदृढीकरणका दृष्टिले भारतीय राष्ट्रपतिको नेपाल भ्रमण महत्वपूर्ण भएको दाबी गरे । यसले विश्वभरि राम्रो सन्देश दिएको भन्दै नेपालले उच्चस्तरीय भ्रमणको आयोजना गर्न सक्षम छ भन्ने सन्देश गएको बताए । उनले भने, 'नेपाल सरकारको क्षमताको पुष्टि भएको छ । भ्रमण व्यवस्थित, अनुशासित र सक्षमतापूर्वक पुरा भएको छ । यो भ्रमणले चीनियाँ राष्ट्रपतिको भ्रमणलाई सकारात्मक सन्देश पनि गएको छ ।'
'भारत भ्रमणमा व्यापार घाटा र आयोजनाका बारेमा कुरा भएको छ' उनले भने, 'विगतका सबै समस्या समाधानको प्रयत्न भएको छ । राष्ट्रपति आउँदा कुनै सम्झौता गर्ने एजेण्डा थिएन ।' १९५० को सन्धिबारे प्रवुद्ध समूहले तयारी गरिरहेकोले यसले सबै सन्धिको पुनरावलोकन गर्ने उनले बताए । त्यसकारण यो विषयलाई अहिले भ्रमणको एजेण्डा बनाउन आवश्यक नठानिएको उनको भनाई थियो ।
प्रधानमन्त्री दाहालले भने, 'भारतीय राष्ट्रपतिको भ्रमणका क्रममा नेपालको समग्र स्थिति र नेपाल—भारत सम्बन्धबारे खुलेर कुरा भयो । सबै नेताहरुले खुलेर छलफल गर्ने अवसर मिल्यो । त्रीदेशीय साझेदारी धेरै वर्षदेखि उठाएको प्रश्न हो । गोवामा पनि त्रीदेशीय साझेदारी कुरा भएको छ । यसमा भारत पनि विपक्षमा छैन । त्रीदेशीय समझदारीमा भारत र चीन दुवैको सकारात्मक प्रतिक्रिया नै थियो । भारतले त्रीदेशीय समझदारी राम्रो हो । तर, कार्यान्वयन गर्ने समय आइपुगेको छैन भन्ने प्रतिक्रिया दिएको थियो । चीनको त समर्थन नै थियो । भारतीय राष्ट्रपतिको भ्रमणका बेला पनि त्रीदेशीय समझदारीको कुरा गरेको छु । मलाई विश्वास छ, यो प्रस्ताव अगाडि जान्छ ।'
मैले देशको इज्जत बढाउने गरी जिम्मेवारी पुरा गरेँ
प्रधानमन्त्री दाहालले भने, 'भारतीय राष्ट्रपति नेपाल आउने कार्यक्रम पहिले नै तय भएको हो । भ्रमणको निम्तो सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो । अतिथिलाई सम्मान गर्नु अराष्ट्रवाद हो भने मेरो भन्नु केही छैन । आफै अतिथि बोलाएर अपमान गर्ने सोंच राम्रो होइन । मैले जिम्मेवारीपूर्वक काम गरेँ । मैले देशको इज्जत बढाउने गरी जिम्मेवारी पुरा गरेकोमा खुसी छु । भ्रमणबारेका अरु टिकाटिप्पणीबारे म अहिले केही भन्दिनँ ।'
बाटो खाली गरेर विश्वभरको प्रचलन मानेका हौँ
उनले थपे, 'केही समय अघि म भारतको राजकीय भ्रमणमा गएँ । म त्यहाँ जाँदा पनि भारतको यातायात ठप्प पारिएको थियो । त्यहाँ पनि बाटो खाली गरिएको थियो, यात्रुहरु कुरेर बसेका थिए । यो विश्वभरिकै प्रचलन हो । हामीले विश्वभरको प्रचलन मानेका मात्र हौँ । हामीले छुद्र टिप्पणी गरेर अन्तर्राष्ट्रिय सम्बन्ध र मान्यतालाई बिर्सन खोजेका त होइनौँ ? यस्तो छुद्रतापूर्ण टिप्पणी राम्रो हुँदैन ।'
भारतीय राष्ट्रपति आउँदा सार्वजनिक विदा चाहिँ किन नि भन्ने प्रश्नमा प्रधानमन्त्री दाहालले भने, 'भारतीय राष्ट्रपति आउँदा बिदा दिने कि नदिने भन्नेबारे राष्ट्रपति समेतको उपस्थितिमा छलफल भएको हो । परराष्ट्र र सुरक्षाका अधिकारीहरुको पनि राय आएपछि सम्मान र व्यवस्थापन दुवैका दृष्टिले सही हुन्छ भन्ने मानेर बिदा गरेको हो । यसले देशलाई कुनै घाटा भएको छैन । सम्बन्धलाई सुदृढ गर्न मद्दत नै पुगेको छ । काठमाडौँमा मात्रै गर्न सकिन्थ्यो भन्ने कुरामा म सम्मान गर्छु । तीतो टिप्पणी गर्ने साथीहरुले अरु सम्मानित संस्थाहरुलाई बचाउनु भयो, त्यसैमा खुसी छु ।'
चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन्छ
प्रधानमन्त्रीले भारतीय राष्ट्रपतिले हाम्रो राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो दिएको जानकारी दिए । उनले भने, 'हामी सल्लाह गरेर राष्ट्रपतिजीको भारत भ्रमणको समय तय गर्छाैं । गोवामा भएको छलफलमा चीनियाँ राष्ट्रपतिले प्रष्ट भाषामा नेपाल आउँछु भन्नुभएको छ । म विश्वस्त छु, समय अलिकति लाग्ला । तर, चीनियाँ राष्ट्रपतिको भ्रमण हुन्छ ।'
भुटानी शरणार्थी फिर्ता लैजान्छु भनेनन्
उनले भने, 'भुटानी प्रधानमन्त्रीसँग भुटानी शरणार्थी, कनेक्टिभिटी, यातायात लगायतका विषयमा कुरा भएको छ । गोवामा भएको भेटमा भुटानी शरणार्थी समस्याबारे मैले गम्भीरतापूर्वक कुरा राखेको छु । भुटानी प्रधानमन्त्रीले नेपालले गरेको प्रस्तावलाई गम्भीर रुपमा लिन्छु भन्नुभएको छ, शरणार्थी लैजान्छु नै भनेर भन्नुभएको छैन ।'
युवा रोजगारीको विषयमा नयाँ योजना
प्रधानमन्त्रीले भने, 'सरकारले युवाहरुलाई रोजगारी दिनेबारेमा नयाँ योजना सोच्दैछ । सरकारले यसबारे नयाँ सोच बनाउँदैछ । हामी यसलाई गम्भीरपूर्वक लिएका छौँ । संसदमा मैले गरिबका लागि सरकार, युवा स्वरोजगार कार्यक्रम, जनता पेन्सन लगायतका कुराहरु मैले घोषणा गरेको छु । अब हामी कार्यान्वयनको प्रक्रियामा छौँ, छिटै नतिजा आउँछ । यसले फेरि जनतामा नयाँ उत्साह आउँछ ।'
संविधान संशोधनकोलागि सरकारमा सहभागी दलहरुको म्याण्डेड
उनले भने, 'संविधान संशोधनको तयारी सरकारको नेतृत्व लिएदेखि नै भइरहेको छ । सरकारले प्रारम्भमा वातावरण बनाउनेतिर सोच्यो । आन्तरिक एकता सुदृढ गर्ने, संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जाने मेरो हुटहुटी थियो । मेरो तिव्रतापूर्वक अगाडि जाने मनसाय थियो । आन्तरिक तयारी, सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनकारी समेतसँग छलफल गरेर टुङ्ग्याउन लाग्दा समय लाग्यो । मैले सरकारमा सहभागी दलहरुको म्याण्डेड लिएको छु । पूर्ण सहमति नभए पनि संघीय गठबन्धनको पनि संशोधन प्रस्ताव दर्ता गर्दा हुन्छ भन्ने कुरा आएको छ । म्याण्डेड पाएको छु, मिलेर पारित गरेर जान्छौँ ।'
उनले अगाडि भने, राष्ट्रिय मुद्दाहरुमा समझदारी बनाउन मेरो जोड हुने गरेको छ । हामीले सबै मुद्दाहरुको मिलेर किनारा लगाउँछौं । महाअभियोग पनि समझदारी भएर टुङ्गिन्छ । त्यसमा अब शंका गर्ने ठाउँ छैन । सबैको समझदारी जुट्छ । अख्तियारलाई सरकारले अझ प्रभावकारी र पारदर्शी बनाउँछ । महाअभियोगले अख्तियार कमजोर हुँदैन, झन् बलियो हुन्छ ।'
राष्ट्रिय उद्योगहरु प्रवद्र्धन गर्ने संकल्प
प्रधानमन्त्री दाहालले भने, 'सरकारले यसपटक ठोस काम नै गर्दैछ । हेटौडा कपडा उद्योग लगायतका उद्योगहरु सञ्चालन हुँदैछ । हामीले छिटै सञ्चालन गर्छाैं । त्यसैगरी नेपाल औषधि लिमिटेडले आधारभूत औषधि छिटै उत्पादन गर्छ । राष्ट्रिय उद्योगहरु प्रवद्र्धन गर्ने हाम्रो संकल्प छ, यसमा हामी प्रभावकारी रुपमा अघि जान्छौँ ।' (प्रधानमन्त्री दाहाललाई सोधिएका प्रश्नको जवाफमा आधारित)