लाइट नेपाल ,काठमाडौं १ मंसिर – साउदी अरबले गत बर्ष नेपाली सहित चार लाख ८० हजार आप्रबासी कामदारलाई डिपोर्ट गरेको छ । साउदीको स्थानीय आवसीय कानुनलाई उलंघन गर्ने कामदारलाई डिपोर्ट गरेको हो ।साउदीले स्पोन्सरबाट भागेका र हुरुप लागेका आप्रबासी कामदारलाई डिपोर्ट गरी पठाएपछि पुन: साउदी कहिल्यै फर्किन नपाउने स्पष्ट पारेको छ । गैरकागजात हैसियतबाट डिपोर्ट भएकाहरु केही बर्षपछि पुन काम गर्न साउदी फर्किन पाउने हल्ला भइरहेको अबस्थामा साउदीले आफ्नो धारण स्पष्ट गरेको हो ।
‘स्पोन्सर छाडेर डिपोर्टमा परेका कामदार फेरी साउदीमा आउन प्रतिवन्ध छ,’ मक्का राहदानी तथा प्रहरीका निर्देशक प्रहरी मेजर जनरल खलिफाल्लाह अल–टुवार्कीले स्थानीय सञ्चारमाध्यमलाई भने,‘यसमा केही हेरफेर गरिएको छैन ।’उनका अनुसार साउदी स्पोन्सर (हुरुब)बाट भागेका आप्रबासीलाई एक लाख रियाल जरिवाना, डिपोर्ट र साउदी आउन प्रतिवन्ध लगाउने नियम छ । गत वर्ष चार लाख ८० हजार आप्रबासी भागेका कामदारलाई साउदीबाट डिपोर्ट गरेको उनले बताए ।
‘भागेका कामदारलाई सेल्टर दिनुको साथै ओसारप्रसार गर्ने १६ हजार ३ सय ८६ जनालाई कारबाही गरिएको छ’, उनले भने ।साउदीमा म्यानपावरसँग सम्झौता गरे अनुसार तलव, सेवा सुबिधा तथा काम दिन नसक्ने कम्पनीबाट नेपाली सहित आप्रबासी कामदार स्पोन्सर छाडेर भाग्ने गरेको छ । त्यसरी भागेका कामदार अनिवार्य जेल बसेर आउने गरेका छन् ।
नीम एउटा आयुर्वेदिक औषधि हो l जुन स्वास्थ्यकोलागि धेरै किसिमले फाइदाजनक छ l नीम, हाम्रो शरीर, छाला तथा कपालकोलागि अत्यन्तै फाइदाजनक औषधि हो l तर यसको तितो स्वादले गर्दा प्रायले यसको
सेवन गर्न मनपराउदैनन्, त्यसैले यसको जतिनै गुणहरु भएपनि उपयोग गर्न त्यति रुचाउदैनन् l तर यसको रस को सेवन गर्न सजिलो हुने हुदा, त्यहिँ रस सेवन गरेर नीममा पाइने धेरै गुणहरुको फाइदा लिउं l
यहाँ नीमको रसको बिभिन्न फाइदाहरुको बारेमा उल्लेख गरिएको छ l
नीमको जूस (रस) बाट हुने फाइदाहरु -
नीममा एन्टी इंफ्लेमेट्री तत्व पाइन्छ, नीमको रसले चाया, डण्डीफोरआदिलाई नियन्त्रण गर्नुका साथै यसको नियमित प्रयोगले भविष्यमा समेत यसबाट मुक्ति दिलौदछ l नीमको जूस (रस)ले अनुहार तथा शरीरको छालाको रंग निखार्नमा बिशेष भूमिका खेल्दछ l
नीमको पातहरुको रस र सुद्ध महलाई २:१ (दुई भाग नीमको रस र एक भाग मह) अनुपातमा मिलाएर पिउनाले पिलिया भएको व्यक्तिहरुलाई फाइदा गर्दछ l तथा कानमा हाल्नाले कानको बिभिन्न बिकारहरुमा समेत फाइदा गर्दछ l
नीमको जस (रस) पिउनाले शरीरको बिकारहरु निस्कासन गर्न बिशेष सहयोग पुरयाउद छ l यसको नियमित सेवनले कपाललाई मुलायम र चम्किलो बनाऊदछ , शरीरको र अनुहारको छालालाई कामुक आकर्षक बनाई दिन्छ l पाचन क्रियालाई समेत ठिक बनाउनमा सहयोग गर्दछ l
नीमको जूस (रस)ले मधुमेहका रोगीहरुलाई समेत धेरै फाइदा गर्दछ l दैनिक नीमको जूस (रस) पिउनाले ब्लड़ सुगरको (लेवल) एकदम नियन्त्रण हुन्छ ।
नीमको रस दुई थोपा आँखामा राख्नाले आँखा तेजिलो बनाउनुका साथै यदी कन्जंगक्टवाइटिस भएको छ भने पनि चाडैनै ठिक गरिदिन्छ ।
यदी शरीरमा चिकन पॉक्सको दागहरुको सफाई गर्नकोलागी नीमको रसले मसाज गर्नाले फाइदा गर्दछ l यसको साथै छाला सम्बन्धि रोगहरु जस्तै: एक्जिमा, स्मल पक्स आदिमा पनि नीमको जूस (रस) पिउनाले त्यस्ता रोगहरुलाई निर्मुल पर्दछ l
नीम एउटा रगत शुद्ध पार्ने अचुक औषधि हो l यसले शरीरमा हुने खराब कोलेस्ट्रोल घटाउने तथा नष्ट गर्ने काम गर्दछ l यो नीमको जूस (रस) महिनामा १० दिन सेवन गर्ने हो भने यसले हृदयघातको सम्भाव्यतालाई समेत निर्मुल नै पारी दिन्छ ।
पयारिया, गिजाबाट रगत आउने जस्तो रोगलाई नीमको पात वा बोक्रालाई एउटा भाडोमा पानी सहित हालेर रात भरी राख्ने र बिहान त्यो पानीले कुल्ला गर्नाले पयारिया र गिजाबाट रगत आउने जस्तो रोगमा निकै फाइदा हुन्छ l यसले गिजा र दाँत लाई एकदम बलियो र स्वास्थ्य बनाउद छ l नीमको फूलले पने निकै फाइदा गर्दछ l नीमको फुललाई मजाले कडापानी बनाएर पिउनाले हाम्रो शरीरलाई निकै फाइदा गर्दछ l नीमको डाँठले नित्य दत्युन गर्नाले दाँत भित्र हुने बिभिन्न प्रकारको जीवाणु हरुलाई नष्ट गरिदिन्छ र दाँत र गिजालाई चम्किलो, स्वास्थ्य र बलियो बनाउनुका साथै मन लाई समेत प्रसन्न बनाउन मदत गर्दछ l
नीमको रसले भाइरसको बृद्दीलाई रोक्छ l यसले कलेजोलाई स्वास्थ्य राख्नुका साथै त्यसको कार्यक्षमतामा समेत बृद्दी गरी मजबुत बनाउद छ l निमको रसले मलेरिया रोगको उपचारमा समेत प्रयोग गरिन्छ र यसले निकै फायदा गर्दछ ।
नीमको रसले प्रिग्नेन्सिको समयमा हुने योनीको पीडालाई समेत काम गर्दछ l नीमको फाइदा देखि बिज्ञ महिलाहरु प्रिग्नेन्सीको समयमा हुने लेवरपेनबाट छुटकारा पाउनकालागि नीमको रसले मसाज गर्छन l प्रिग्नेन्सिको समय भन्दा केहि अगाडी देखिनै नियमित नीमको रस सेवन गर्नाले रगतलाई सुद्ध बनाउनुका साथै यसले गर्भासयको संकुचनमा फाइदा पुरयाउनुको साथै त्यसको वरिपरि सुन्निएको समेत निर्मुल पार्दछ l
निमले भोक जगाउछ, दिशा सफा हुन्छ, जरो आउन दिदैं, यदी आइ हालेमा टेप्रेचार त्यति धेरै हुन् पाउदैन l
वासिङटन–अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट करिब ३० लाख आप्रवासीलाई देश निकाला गरिने बताएका छन्। अमेरिक राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक सिविएस समाचार संस्थालाई अन्र्तवार्ता दिने क्रममा ट्रम्पले अमेरिकमा रहेका ३० लाख आप्रावासीलाई ‘डिपोटेशन’ गर्ने बताएका हुन्।
ट्रम्पले भने, ‘ मैले मेरो निर्वाचन अभियानमा भनेको जस्तो अमेरिकाबाट आपाराधिक पृष्ठभूमि भएका ३० लाख आप्रावासिलाई अमेरिकाबाट निकालिने छ अथवा जेलमा हालिने छ।’
उनले अमेरिकामा रहेका लागू औषध कारोबारी, आतंककारी र अन्य आपराधिक क्रियाकलापमा संलग्न रहेका अवैधानिक आप्रवासीलाई निकालिने बताएका हुन्।अमेरिकामा करिब १ करोड १० लाख आप्रवासी रहेको र उनीहरु मध्ये करिब २० देखि ३० लाख आप्रवासी अपराधिक पृष्ठका भएको अमुमान गरिएको छ।