केही दिनअघि बौद्धबाट नुवाकोटका मनदोर्जे तामाङ, विशाल तामाङ र आङदोङ तामाङ अपहरणमा परेका थिए ।
अपहरणकारीले ६ लाख फिरौती मागेपछि रकम बुझाउने क्रममा अपराध महाशाखाको टोलीले घेरा हालेर नियन्त्रणमा लिन खोजेको थियो । तर, अपहरणकारीले प्रहरी टोलीमाथि नै गोली चलाएको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले जानकारी दिए ।
उनका अनुसार प्रहरीले घुँडाभन्दा मुनी गोली हानेर दुर्गा तामाङलाई पक्राउ परेको छ । उनको साथबाट सिक्सर पेस्तोल र तीन राउण्ड गोली बरामद गरेको छ ।
अपहरणकारी समूहमा ७ जना रहेको प्रहरीको अनुमान छ । अन्य सदस्य त्यस क्षेत्रमा लुकेको आशंकामा प्रहरी टोलीले खोजी जारी राखेको छ ।
२०७३ फागुन २१ गते १६:५० मा प्रकाशित
हामिले बेला बेलामा केटाले केटीलाई बलात्कार गरेको घटना त सुनेकै छौ । तर यस्तो घटना जहा मानिसद्धार पशु बलात्कृत भएको घटना विरलै सुनेका छौ । साउदी अरबमा सुनसान स्थान देखेर एक जना शेखको मन गधामाथि गड्यो । उनले गधा बलात्कार गर्ने प्रयास गरे । तर गधाले आफ्नो इज्जत बचाउनका लागि आक्रमण थाल्यो । गधाले शेखको अनुहारमा लात हान्यो र फेरि तीन पटक छातीमा हान्यो ।त्यसपछि शेख त्यहि मारिए । साउदी अरेवियाको विभिन्न समाचार स्रोतका अनुसार शेख गधासँग सेक्स गर्न चाहन्थे । शेखले गधालाई बलात्कार गर्न खोज्दा गधाले आक्रमण गर्यो जसबाट शेख त्यही मारिए । घटनास्थलमा प्रहरी पुग्दा प्रहरीले गधासँगै एउटा एसयुभी गाडि पनि देखे । प्रहरीलाई पनि अनुमान लगाउन समय लागेन घटना कसरी भयो भन्ने कुरा । प्रहरी जब घटनास्थल पुग्यो तब मरुभूमिमा एक जना व्यक्तिको शव थियो, नजिकै अलि पर गधा उभिरहेको थियो । प्रहरीले शेखको पाइन्ट उसकै एसयुभी गाडिमा भेटियो । प्रहरीले घटनामा मारिएका शेखको नाम भने भने सार्वजनिक गरेको छैन ।
<iframe width="560" height="315" src="https://www.youtube.com/embed/MCbZ1h6RWac" frameborder="0" allowfullscreen></iframe>
बियर पिउँदा कुनै फाइदा हुँदैन भन्ने मानिसहरुको बुझाइ रहेको पाइन्छ । तर बियर पिउने हो भने यो हाम्रो शरीरका लागि हितकारी छ भनेर एउटा अध्ययनले प्रमाणित गरेको छ ।
बियर पिउँदा हामीलाई ९ प्रकारका फाइदा हुने कुरा ओरेगन विश्वविद्यालयका अनुसन्धानकर्ताले बताएका छन् । उनीहरुका अनुसार निम्न प्रकारका फाइदा हुने गर्दछन् :
१. बियर पिउनाले मृगौलामा पत्थरी हुने संभावना कम हुन्छ । प्रत्येक दिन एक वा दुई गिलास बियर पिउनाले पत्थरी हुने संभावना ४० प्रतिशतले घट्ने गर्दछ । पत्थरीमा हुने मुख्य तत्वलाई वियरले घोलेर पिसाबसँग बाहिर फालिदिने हुनाले पत्थरीको संभावना कम हुन्छ ।
२. बियर पिउन हो भने ह्दयघातबाट बच्न सकिन्छ । आर्टरीमा भएको बोसो तथा कोलेस्टरोल हल्का मात्रामा वियर खाने हो भने कम हुन्छ ।
३. स्ट्रोकको खतरालाई पनि बियर खाने हो भने कम गर्न सकिन्छ । विशेषगरी रगत जमेर दिमागमा अक्सिजन तथा रगत सञ्चार नहुने खतराबाट ठिक्क मात्रामा बियर लिने हो भने कम हुन्छ ।
४. हाम्रो शरीरमा भएका हाडलाई बलियो र मजवुत पार्ने काममा बियरले सहयोग गर्दछ । हाडलाई मजवुत गर्ने तत्व भनेको सिलिकन हो जुन बियरमा अत्याधिक मात्रामा पाइन्छ ।
५. मधुमेहका बिरामीलाई बियर निकै हितकर मानिन्छ । दिनमा एक गिलास बियर खानाले टाइप २ नामको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुने गर्दछ ।
६. अल्जेमेयर वा सम्झने क्षमता कम भएका मानिसलाई बियर लाभदायक मानिन्छ । हाम्रो वौद्धिक क्षमता ह्रास हुनबाट पनि यसले बचाउँछ । सही मात्रामा बियर खानाले हाम्रो दिमागमा रक्तसञ्चार भइरहने हुन्छ जसले गर्दा दिमागमा भएका रासायनिक तत्वमा सकरात्मक प्रभाव पर्दछ । विशेषगरी सिलिकनले अल्जेमेयरको मुख्य कारक तत्व आल्मुनियमबाट दिमागलाई बचाउँछ ।
७. निन्द्रा नलाग्ने समस्याबाट पीडितका लागि बियरले औषधिको काम गर्दछ । दिमागमा डोपामाइन कम भएपछि मानिसलाई तनाव हुने र निन्द्रा नलाग्ने गर्दछ । केवल एक चम्चा बियर खाने हो भने डोपामाइनको मात्रा बढ्दछ जसले गर्दा मानिसले हल्का तथा आनन्द महसुुस गर्दछ ।
८. राती आँखा नदेख्ने मानिसलाई बियर अमृत नै मानिन्छ । तर यसको मात्रा भने ठिक्क हुनु आवश्यक छ । आँखामा भएको माइक्रोकोन्ड्रिय खराब भएपछि मानिसले आँखा देख्दैनन् । आँखामा भएको यस भागलाई स्वस्थ राख्न बियरमा भएको एन्टिअक्सिडेन्टले निकै ठूलो भूमिका खेल्दछ ।
९. बियरले क्यान्सर हुने जोखिमलाई पनि कम गर्दछ । यसमा भएका केही तत्वलाई क्यान्सर तथा शरीर दुख्ने अन्य रोगसँग लड्नका लागि प्रयोग गर्न सकिन्छ । बियरमा हुने ह्युमुलोन्स तथा लुपुलोन्स नामक एसिडले हाम्रो शरीरमा ब्याक्टेरियाको वृद्धिलाई रोक्दछन् भने तथा रोग लाग्नबाट पनि बँचाउछन् । साथै यी तत्वले क्यान्सरलाई पनि नियन्त्रण गर्ने गर्दछन्
नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।