एजेन्सी । सेक्स हतारमा गर्ने गर्नु हुन्छ कि क्या हो ? सेक्स गर्दा तपाई को पार्टनर कसरि संतुष्टी दिनु हुन्छ ? यस्तै केहि प्रश्न को उत्तरहरु छन् ताकी तपाईं को सेक्स जीवन अझै अत्यन्तै मिठास होस् ।
लामो समय सेक्स नहुनु या शीघ्र स्खलन एउटा आम समस्या हुन् । तल उल्लेखित केहि सुझावहरु तपाईं को लागि फलदायी हुन सक्छन ।
लामो समय सम्म सेक्स गर्ने उपायहरु
सेक्सी बातावरण तयार गर्नुहोस
यदि तपाईं सेक्सको आनन्द अधिक समय चाहनु हुन्छ भने सर्व प्रथम मानसिक रूपले तयार हुनुहोस र एउटा राम्रो बातावरण तयार गर्नुहोस ताकी बिना डिस्टर्व सेक्सको आनन्द लिन सकियोस।
अत्याधिक उत्तेजित नहुनुहोस
सेक्सको समयमा धेरै उत्तेजित नहुने र नर्वस पनि नहुने , एकदम संयमित रहने र धेरै उत्तेजना लाई नियंत्रित गर्ने ।
कन्डम को प्रयोग गर्नुहोस
सेक्स को बेला कन्डम को प्रयोगले योन रोगबाट पनि बचाउछ र शीघ्र स्खलन बाट पनि रोक्छ।
फोरप्लेमा ध्यान दिनुहोस
सेक्स लाइ लामो समय सम्म राख्न सेक्स पुर्व को क्रिडा९फोरप्ले० ले महत्वपूर्ण भूमिका गर्ने हुनाले संगी संग धेरै समय फोरप्ले मा समय बिताउनु होस् ।
नयाँ पोजीशंस सोच्नुहोस
धेरैजसो एकै खालको पोसिशन मा सेक्स गर्दा बोरिङ्ग खलोको हुदै जान्छ त्यसैले सेक्स को दौरान नयाँ (नयाँ पोसिशन मा सकेस गर्नुहोस येसले लामो समय सेक्स र शीघ्र स्खलन हुदैन।
यसलाई अझ प्रष्ट सँग भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी समाचार मात्र पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
अल्कोहल नखानुहोस
आमरुपमा जोडीहरु अल्कोहल पछि सेक्समा गर्ने हुनाले सेक्स को स्वाद नै बिग्रिएको थाहा हुदैन त्यसैले सेक्स पुर्व एल्कोहल वा नशा जन्य पदार्थ नखाने गर्नुहोस।
योगाभ्यास गर्नुहोस
योगले शरीर लाइ स्फूर्ति प्रदान गर्ने हुनाले छिटो वीर्य स्खलन हुने रोग बाट पनि बचाऊछ खासगरी पेल्विक मसल्स बलियो बनाउने योग आसन गर्नुहोस येसले सेक्स समय लामो बनाउन सहयोग गर्छ ।
सोमबार, २३ फागुन २०७३, १८ : ४० | नागरिक
८६ वर्षीय शेरचन सगरमाथा चढ्दै
काठमाडौं– सबैभन्दा ज्येष्ठ आरोहीको कीर्तिमान कायम राख्न ८६ वर्षीय मीनबहादुर शेरचनले आगामी मे महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् ।
सगरमाथा चढेर नेपाल र नेपालीको नाम विश्वभर फैलाउन चाहेको शेरचनले सोमबार मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियानले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बताए । ‘विश्व शान्ति तथा पृथ्वी माताको रक्षाका लागि सगरमाथा चढ्न लागेको छु, यसमा मलाई सबैको सहयोग र शुभेच्छा आवश्यक छ,’ उनले भने, ‘कतिपय मलाई बुढो भयो भन्छन्, तर, मैले हिम्मत हारेको छैन । म सगरमाथा चढेरै छाड्छु ।’
सन् २००६ मा शेरचनले ७६ वर्षको उमेरमा सगरमाथा चढेर सबैभन्दा ज्येष्ठ आरोहीका रूपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम दर्ता गराएका थिए । तर, सन् २०१३ मा जापानी नागरिक युचिरो मिउराले ८० वर्षको उमेरमा सगरमाथा आरोहण गरी शेरचनको कीर्तिमान तोडेका थिए । त्यसलगत्तै फेरि नयाँ कीर्तिमान राख्ने उद्देश्यले शेरचनले सगरमाथा चढ्न पहल थालेका थिए ।
अभियानका संयोजक जीतबहादुर घर्तीमगरले शेरचनको उत्साह, आँट र हिम्मतलाई स्वदेश तथा विदेशमा बस्ने नेपालीले सघाइरहेको बताए । ‘सरकारी पक्षले खासै सहयोग गरेको छैन,’ उनले भने, ‘जनस्तरबाट उहाँलाई हौसला प्रदान भइरहेको छ ।’ सन् २०१५ मा विनाशकारी भूकम्पको कारण शेरचनले थालेको सगरमाथा आरोहण अभियान पूरा हुन सकेको थिएन ।
कार्यक्रममा समाजशास्त्री प्रा.डा. कृष्णबहादुर भट्टचन, ज्येष्ठ नागरिक कोषका रामकृष्ण कर्माचार्यलगायत शेरचनलाई सगरमाथा आरोहणका लागि शुभकामना दिएका थिए । शेरचनको सगरमाथा आरोहण अभियानलाई म्याग्दी प्रवासी नेपाली संघ, बेलायत, गैरआवासीय नेपाली संघ, बेलायत, थकाली समाज बेलायत, मगर समाज बेलायतलगायत संघसंस्थाले सहयोग गरेका अभियानका संयोजक घर्तीमगरले जानकारी दिए ।
सप्तरीको घटनापछि मोर्चाको आकस्मिक बैठक बस्दै
काठमाडौँ – नेकपा एमालेको मेची महाकाली अभियानको विरोधका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आकस्मिक बैठक बोलाएको छ ।
तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले बैठक सोमबार साँझ साढे ७ बजे संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बस्ने रातोपाटीलाई जानकारी दिए ।
आजको बैठकमा सप्तरीको घटनाको समिक्षा तथा सरकारबाट समर्थन फिर्ता लिने विषयमा छलफल हुने बताइएको छ ।
अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ । अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ । यस्ता छन् अनारका फाइदा : धमनीको रक्षा : अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ ।
पखला निको पार्छ : ताजा अनारले पखला लागेका र रगतमासी भएका बिरामीलाई तुरुन्तै राहत दिन्छ । किड्नी जोगाउँछ : अनारले किड्नीको फिल्टरलाई रक्षा गर्छ । फिल्टरले शरिरबाट हानिकार विकार फाल्ने काम गर्छ । गर्भवती महिलालाई फाइदा : अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने खतराबाट बचाउने तथा बच्चाको तौल बढाउन मद्धत गर्छ । अनारमा हुने पोटासियमले गर्भवती महिलालाई मर्निङ सिकनेसबाट बचाउँछ । कोलेस्टोल घटाउँछ : अनार एन्टिअक्सिडियन्टयुक्त फल हो ।
यसले शरिरको खराब कोलेस्टेरोल घटाउन सहयोग गर्छ । क्यान्सर बिरोधी : अनारमा हुने तत्व क्यान्सर प्रतिरोधी मानिन्छ । उच्च रक्तचाप नियन्त्रण गर्छ : अनारले रक्त नलीमा हुने सम्भावित हानीबाट जोगाउँछ । रगतलाई पातलो बनाई शरिरभर रगतको प्रवाह छरितो बनाउँछ । रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ : यसमा हुने एन्टिव्याक्टेरियल र एन्टि माइक्रोबायल गुणले भाइरसबिरुद्ध लड्न सक्ने र रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । यसमा हुने भिटामिन सीले भाइरसका कारण शरिरमा हुने संक्रमणबिरुद्ध जुध्न सहयोग गर्छ ।
रक्त अल्पताबाट जोगाउँछ : अनारको जुसमा प्रशस्त मात्रामा आइरन हुन्छ । मासिकधर्म वा गर्भवती अवस्थामा रक्तअल्पमा यसको जुस निकै लाभदायक मानिन्छ । शरिरलाई शान्त बनाउँछ : अनारमा शारिरिक उत्तेजनलाई शान्त पार्ने तत्व हुन्छ । यसको यही गुणका कारण अनारले दम, पायल्स, पखला र अन्य रोगबाट बचाउँछ । कलेजोको उपचार : अनारको जुसले कलेजको रक्षा मात्रा गर्दैन बरु मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ । कलेजोलाई प्रभावकारी ढंगले कार्य गर्न सहयोग गर्छ । पेटलाई शान्त पार्छ : अनारको जुसले भोक बढाउँछ, तिर्खा नियन्त्रण गर्छ, पाचन प्रणालीलाई सुधार गर्छ र कब्जियतको समस्या हटाउँछ । छालालाई पनि फाईदा : च्याउरी, आँखा मुनि आउने कालो धब्बा, पिम्पल लगायतका समस्या बाट बचाँउछ । कपालको रक्षा : नियमित रुपमा अनार खाँदा कपाललाई बलियो बनाउँछ र झर्नबाट बचाउँछ । यौन स्वास्थ्य मजबुत पार्छ : अनारको जुसले यौन स्वास्थ्यलाई सक्रिय बनाउन मद्धत गर्छ । नोट: स्वस्थ रहन अनार खानुको साथै शारीरिक व्यायाम नियमित गर्नुपर्छ
यसलाई अझ प्रष्ट सँग भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला !
र भिडियो नहेरी समाचार मात्र पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
राजधानीको सुविधा सम्पन्न परिवारमा जन्मे हुर्किएकी मैले कुनै कुराको अभाव व्यहोर्नु परेको त थिएन । माध्यामिक तहको पढाईसम्ममा म अव्वलनै विद्यार्थी थिएँ । ट्युसन, स्कूलको पढाईले अन्य कुरामा ध्यान जाने फुर्सदै हुँदैन थियो । माध्यामिक स्कूलसम्म मेरा कम मात्र मन मिल्ने साथी थिए । घर नजिकै विद्यालय भएकाले पढाईको चापका कारण अन्त मन डुलाउने, साथीसंगी बनाउने फुर्सद पनि भएन ।
मैले प्रवेशिका परीक्षा विशिष्ट श्रेणीमा उतीर्ण गरेँ ।
प्रवेशिका परीक्षा उतीर्णसँगै म थोरै फुकूवा पनि भएँ । साइन्स पढ्ने रहर हुँदा हुँदै पनि परिवारका दवावका कारण म व्यवस्थापन संकाय पढ्न बाध्य भएँ । स्कूलको फलामे अनुशासनबाट एकैचोटी बाहिर आएकी मलाई कलेजको अनुशासनको सीमा निकै फराकिलो लाग्दैथियो । स्कूलमा नजिकैको परिवेशका साथीहरूकोमात्र संगत पाएकी मैले कलेजमा भने टाढा–टाढाका साथीहरूको संगत गर्ने मौका पाएँ । त्यसमध्ये त अधिकांश राजधानी बाहिरकै थिए ।
राजधानी बाहिरका पनि हुने खानेका छोराछोरी पढ्ने कलेज भएका कारण अधिकांश होस्टलमा बसेर पढ्ने खाले थिए । उनीहरूको लवाई खवाई निकै भड्किलो प्रकृतिका थिए । राजधानीको स्थायी बासिन्दा भएपनि मेरो परिवारले मलाई उनीहरु जति खर्च नगरेको भान हुन्थ्यो मलाई । उनीहरू प्रत्येक शनिबार नयाँ नयाँ ठाउँ जाउँ भन्थे । विदा या अन्य छुट्टिका दिन पनि उनीहरू कुनै ठाउँ पुगेकै हुन्थे । व्वायफ्रेण्ड, गर्लफ्रेण्ड त प्रायः सवैका थिए ।
११ कक्षाको तीन/चार महिना नवित्दै मेरो पढाई डामाडोल हुन थाल्यो । फ्रस्र्ट टर्म एक्जाममै कमजोर नतीजा आएको थियो । तर हामीले समयमा फी बुझाउने भएका कारण कलेजले अनावश्यक कम्प्लेन गरेर दुःख दिँदैनथ्यो । त्यसकारण मेरो पढाई बिग्रिएको कुरा घरमा थाहा हुने कुरै भएन र कलेज सुरू भए देखि नै घरमा मैले आफूलाई स्कूटी चाहिएको कुरा बताएको थिएँ । तर, घरपरिवारले वेला भएको छैन भन्दै मेरो कुरामा खासै ध्यान दिएका थिएनन् । मलाई भने आफूसँग स्कूटी नहुँदा साथीसंगीसँग घुम्न जान तथा कलेजै आवत जावत गर्न पनि अप्ठ्यारो भइरहेको थियो ।
मेरो एक जना मन मिल्ने साथी थिई मोनिका (नाम परिवर्तन) । उसको घर विराटनगर हो । उसका बुबा व्रिटिस लाउरे भन्थी । कलेज गएकै दिनदेखि उसँग मेरो घनिष्टता बढेको थियो । उसँग मैले प्रायः सवै कुरा सेयर गर्दथेँ । मलाई स्कूटी आवश्यकता परेको पनि उसैलाई सुनाएकी थिएँ ।
ऊ अरु साथीभाइ भन्दा बढी नै तडक भडक गर्दथी । बजारमा नयाँ नयाँ मोवाइलका ब्राण्ड आउने बित्तिकै उसलाई नयाँ मोवाइल चाहिहाल्थ्यो । होस्टलमा बस्ने भए पनि उसलाई पनि उसका परिवारले अड्कलेर मात्रै पैसा पठाउँथ्यो । तर पनि उसको हाऊ भाऊ र भड्किलो व्यवहारले मलाई अचम्मित बनाएको थियो ।
हप्तैपिच्छे रेष्टुरेन्ट जाने, फेरि फेरि कपडा लगाउनु पर्ने उसको वानीलाई कहाँको स्रोतले पूर्ति गरिरहेको थियो त्यसबारे म अनभिज्ञ थिएँ । उसले कतिपल्ट मलाई पनि रेष्टुरेन्ट लगेकी थिई । यता ११ को फाइनल परीक्षा नजिँकिँदै थियो उता आफ्नो दिमाखमा स्कूटीको चाहना सवार भइरहेको थियो । आफूले भनेको माग पुरा नगरिदिएकोले घर परिवारलाई देखाउनकै लागि भएपनि मैले जसरी पनि स्कूटी किन्नै पर्ने भएको थियो ।
एक दिनको कुरा हो, मलाई कलेज छुट्टि भएपछि मोनिकाले बागबजार घुम्न जाउँ भनी । मैले पनि घर परिवारसँग कुरा मिलाएर उसँग घुम्न जानका लागि राजी भएँ । त्यस पछि हामी बागबजार पुग्यौँ । त्यहाँ दुई जना मानिसहरू थिए । हेर्दा अत्यन्त धनीमानी जस्ता देखिने ति मानिसहरूलाई देख्ने वित्तिकै मोनिकाले हात हल्लाई । तत्तकालै उनीहरूले हामीलाई आफ्नै कारमा राखेर ठमेलको एउटा होटलमा पुर्याए ।
होटलमा मलाई खानेकुरा अर्डर गरेर उनीहरू एकछिन् वेपत्ता भए । त्यहाँ उनीहरू करिव ३० मिनेट हराए । ३० मिनेट पछि मोनिका मात्र आई उनीहरू आएनन् । मोनिकाले मलाई यस्तो प्रस्ताव राखी त्यो सुन्दा म सुरूमा त छाँगोबाट खसेको जस्तै भएँ ।
पछि मलाई मोनिकाले सम्झाई र आफू पनि करिव तीन महिना अघि देखिनै त्यस्तो काममा लागिसकेको बताई । त्यो सुन्दा मलाई झन् विश्वास मान्न गाह्रो भयो । पछि उसले कसैले थाहा नपाउने र तिम्रो स्कूटी किन्ने चाहना पनि पुरा हुने बताएपछि म उसको कुरामा राजी भएँ ।
भोलि त्यही ठाउँमा भेट्ने भन्दै म उबाट छुट्टिएर आफ्नो घरमा आएँ । घरमा आउँदा पनि हलुका भएको थिएन । मथिङ्गलमा के–के कुरा आइ रहे । एक मनले सोच्थ्यो, धत् त्यस्तो काम पनि गर्छन्, अर्को मनले भन्थ्यो मोनिकालाई हेर ऊ अरू भन्दा कति भिन्न छे, उसको लवाई खवाई र भड्किलो खर्च गराईको कसले मात्र तारिफ गर्दैन ? अर्को मनले नै जित्यो ।
त्यसपछि मैले घरमा जागिर मिलेको र भोलिबाट काममा जानुपर्ने भनेर ढाँटे । परिवारले पनि कहाँ काम मिल्यो, काम कस्तो, खासै सोधिखोजि गरेनन् । त्यसपछि म झनै फुक्का भए । भोलिपल्ट हामी उनीहरूले भनेकै ठाउँमा पुग्यौँ । त्यहाँ हिजै भेटेका मानिसहरू थिए । यसरी ठमेलको एउटा होटलमा मैले स्कूटीकै चाहनामा पहिलो पटक शरीर परपुरूषलाई सुम्पिएँ । जवानी विसाएँ । कुमारित्व तोडेँ । उनीहरूले त्यस्तै २० हजार दिए । तर, मेरो हातमा १० हजार मात्र पर्यो आधा पैसा मोनिकाले नै लिई ।
अहिले सम्झँदा पनि निकै रुन लाग्छ । मन भक्कानिएर आउँछ । त्यो वाध्यता थियो या रहर मैले केही सोच्न सकेको छैन । त्यस दिन म राति अवेर घर पुगेको थिएँ, मन बेचैन बनाएर । परिवारले कामको पहिलो दिन भनेर खासै वास्ता गरेनन् ।त्यसपछि मेरे दैनिकीमा एकाएक परिवर्तन आयो । घरमा ट्राभल अफिसमा काम गर्ने, ठमेलमा कार्यालय रहेको भनेर ढाँटेकी थिएँ । त्यसैले ठमेल तिर कसैले देख्दा मलाई आपत्ति हुँदैनथ्यो । बुबाको सरकारी जागिर, दाजु उपत्यका बाहिर र आमा घरमै व्यस्त हुने हुनाले ममाथि निगरानी राख्ने कोही थिएन । म विहानै कलेज जान्थे र हप्तामा एक दिन त्यस्तो ग्राहककोमा जान्थेँ ।
साथी मोनिका नै थिई । ग्राहक खोज्ने काम मोनिकाकै थियो । केही पुराना केही नयाँ तर एकदम पैसापाल थिए हाम्रा ग्राहक । कति त रातै विताऔँ भन्दथे तर पनि घरपरिवारले थाहा पाउने भयले म रातै चाँही विताउन्न थिएँ । मोनिका भने धेरै जसो ग्राहकसँग रातै विताउँथी । म हप्ताको सात देखि १० हजार सम्म कमाउने थालिसकेको थिएँ । त्यस्तैमा ११ को बोर्ड एक्जाम पनि दिएँ । परीक्षा राम्रो हुने कुरै भएन । त्यसको दुई महिना पछि स्कूटी पनि किनेँ । जीवनको महत्वपूर्ण चाह त पुरा भयो तर म अर्कै दलदलमा फसिसकेको थिएँ । कक्षा ११को परीक्षामा राम्रो नतिजा आएन, तर फेलै पनि भइनँ । काम गर्न थालेकोले बिग्रियो होला भनेर परिवारले पनि खासै चिन्ता लिएनन् । र, म नचाँहदा नँचाहदै त्यस्तो दलदलमा फस्न पुगेँ ।
ग्राहक उच्च घरानाका
हामी प्रायः उच्च घरानाका व्यक्तिहरूकै सम्पर्कमा हुन्थ्यौँ र प्रायः एउटै होटल जान्थ्यौँ । त्यसमध्ये हाम्रो अधिकांश नियमित ग्राहक थिए । त्यसैले हामीलाई कसैले शंका गर्दैनथे । हामीसँग यौनकर्म गर्न आउने ग्राहकहरू व्यापारिक घरानाका थिए । उनीहरूले हामीलाई मनग्ये पैसा दिन्थे । सुरूमा मोनिकाले नै चिनजान गराएकी भएपनि पछि उनीहरूले सिधै मसँग सम्पर्क गर्न थाले ।
यसलाई अझ प्रष्ट सँग भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी समाचार मात्र पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
उनीहरू प्राय नयाँ नयाँ युवतीसँग सम्पर्क राख्न चाहने हुनाले ति युवती खोज्ने जिम्माचाँही मोनिकाले नै लिएकी थिई । उसले हाम्रै कलेज पढ्ने अरू दुई युवतीलाई पनि उनीहरूसँग भेट गराएकी थिई ।
त्यो कामबाट बाहिर आउने चाहना
सुरूमा नचाँहदा नचाँहदै त्यस्तो काममा लागेता पनि अहिले घरपरिवार र समाजले थाहा पाउने चिन्ताले पेशाबाट बाहिर फर्कने मन छ, तर पनि त्यही अनुसारको खर्च गर्नेबानी परिसकेकाले त्यो पेशाबाट फर्किहाल्ने अवस्था बनेको छैन । अर्को तर्फ मनग्ये पैसा कमाइने र समाज परिवर्तनशील र यौनमा उदार बन्दै गएकाले यहि पेशा सहज हुन्छ जस्तो पनि लागेको छ । ग्राहकहरू आफ्नो यौनजीवन र स्वास्थ्यप्रति आफैँ सचेत हुनाले त्यस्तो सम्बन्ध सुरक्षितै पनि छ ।
थुप्रै युवती त्यस्तो कार्यमा
समाज बढी उपभोक्ताबादीबन्दै गएकाले आवश्यकता पूर्तिका लागि युप्रै प्लस टू व्याचलर पढ्दै गरेका युवतीहरू पनि यस्तो कार्यमा लागेका हामीले पाएका छौँ । नयाँ नयाँ मोवाइल, स्कूटी र भड्किलो जीवनशैलीको चाहको कारण उनीहरूलाई घर परिवारले दिएको पैसाले मात्रै धान्न सक्ने अवस्था छैन ।
परिवारको खर्चले नपुगे पछि उनीहरू हाम्रै जस्तो पेशामा आइपुगेका छन् । उनीहरूको ग्राहक पनि हाम्रा जस्तै पैसावालाहरू छन् । धेरै जसो उपत्यका बाहिरका र कोठा भाडा लिएर बस्नेहरू छन् । केही होस्टलमा बसेर पढ्नेहरू पनि त्यस्तो कार्यमा लागेको मैले भेटेको छु । त्यस्ता थुप्रै युवती धुम्रपान मध्यपान गर्दछन् । तर म भने रक्सी, चुरोट केही खान्न । वाइन सम्म लिएकी छु । र मेरा ग्राहकहरू पनि त्यस्ता छैनन् ।
(समिक्षा केसी (नाम परिवर्तन)सँग कुराकानीमा आधारित)