<iframe width="420" height="315" src="https://www.youtube.com/embed/q19_Gfl8U1g" frameborder="0" allowfullscreen></iframe>
साउन, काठमाडौं । काठमाडौंको ज्ञानेश्वरमा फिल्मी शैलीमा युवतिको अपहरण भएको छ । तर, सिंहदरवार अगाडि आइपुग्दा किशोरीको उद्दार भएको छ भने चार अहरणकारी पक्राउ परेका छन् ।
काभ्रे मादनकुडारी घर भइ नयाँबानेश्वर बस्ने सुमन लामाले साथीहरुको सहयोगमा धादिङकी सुशीला लामालाई उठाएका थिए । लामाले सुशीला र आफ्नो प्रेम भएको तर, अहिले सुशीला टाढिएको बताएका छन् ।
तर, महानगरीय प्रहरी वृत्त सिंहदरवार परिसरमा आफन्तसँग भेटिएकी २१ वर्षकी सुशीलाले भने सुमनसँग सामान्य चिनजान मात्र भएको बताएकी छन् । ‘म कामबाट फर्किँदा एक्कासी उठाएर ट्याक्सीमा राखे, मुल थुनेर घोप्टो पारेर राखे’ भनिन् । प्रेम थियो भन्ने प्रश्नमा उनले छैन भन्दै मुन्टो हल्लाइन् ।
पक्राउ परेकाहरुले दिएको बयान अनुसार सुमनले केहीदिन अघि देखि अपहरणको योजना बनाएका थिए । त्यसका लागि हरि विकलाई सल्लाहीबाट काठमाडौं बोलाएका थिए भने ट्याक्सी तयार पारेर राखेका थिए ।
विहानै केटीलाई उठाएर दोललाघाट लैजाने योजना अनुुसार बा १ ज २२६२ नम्बरको ट्याक्सीलाई ३२ सय रुपैयाँ दिने गरी सहमत गरेका थिए । पूर्व योजनाअनुसार चिनजानको दिदीले केटीलाई लिएर आउनु पर्ने थियो । तर, उनीहरुको भेट नभएपछि हरि र कान्छा भन्ने ज्ञान लामाले केटीको खोजी थाले । ‘केेटी भेटियो भनेर कान्छाले भनेपछि ज्ञानेश्वरको ज्ञालेक्सी स्कुलको आरोपमा पुग्दा ब्रेक लगाउन भने’ काभ्रे फलाँटेका २ घर भएका ट्याक्सी चालक लालजंग लामाले भने-’सुमन र हरिले केटीलाई उठाएर ट्याक्सीमा राखे । केटीले के गरेको भन्दै चिच्याइरहिन् । सिंहदरवार अगाडी आइपुगेपछि अब म गाडी चलाउँदिन भनेर प्रहरी अगाडी राकेँ ।’
तर, उनले ट्याक्सी रोक्न पाउँदा नपाउँदै युवतीले सहयोग मागेको सुनेपछि सर्वसाधारणले घरेरिहाले । उनीहरुले ट्याक्सी चालक र युवतीलाई बाहिर निकालेर अपहरणमा संलग्न युवकलाई रामधुलाइ गरे ।
कुटपिटबाट सुमन गम्भीर घाइते भएका छन् । उनको मोडल अस्पतालमा उपचार भइरहेको छ । अन्य तीन जनालाई भने सिंहदरवार प्रहरीमा राखिएको छ । उनीहरुलाई शरीर बन्धक तथा अपहरणको मुद्दा चलाइने सिंहदरवारका सइ कृष्ण श्रेष्ठले बताए ।
प्रेममा परेको दाबी प्रहरी हिरासतमा रहेका कान्छा भनिने सिन्धुली क्यानेश्वरका शारिरीक रुपमा अपाङ समेत छन् । ‘दाइले प्रेममा परेको र अहिले सुशीला टाढिएपछि म त बाँच्न सक्दिन भने’ उनले भने-’त्यही भएर गाडीमा राखेर घर लैजाने र बाटोमा सम्झाउने योजना अनुसार उठाएको हो ।’
सुशीलाको हाल विदेशमा रहेका केटासँग विवाह तय भएको तर, सुशीलाले उनलाई मन नपराएको भन्दै कान्छाले सुमन र सुशीलाको दुई महिनाको प्रेम रहेको बताए । तर, अहिले फेरि सुशीलाले छाडेपछि सुमनले जवरजस्र्ती भगाउने योजना बनाएको उनले बताए ।
सुशीलाले पनि आफ्नो कोठा छेउ रहेको सुमनको दिदीको पसलमा भेट भएको र कहिले काँही कुराकानी हुने गरेको भने स्वीकार गरेकी छन् ।तर, कान्छाले प्रहरीलाई मोबाइलमा सुशीला र सुमनले एकसाथ खिचाएको फोटो समेत देखाएका छन् । प्रहरीका अनुसार तस्वीर पशुपति क्षेत्रमा खिचिएको हो ।source:freshnepalikhabar.blogspot.co.il
सुचाना सुचाना सुचाना नारायणगढमा एउटा हराएको बालक भेटिएका छन्।
शेयर गरिदिनु होला तपाईं को एक शेयरले गर्दा उनका चिनजानले देखुन हुने छ
काठमाडौँः समाजसेवी महावीर पुनले आफ्नो नाममा भएको सबै जग्गा राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्ने घोषणा गरेका छन् । सन् २००७ को रमन म्याग्सेसे पुरस्कार प्राप्त गरेका पुनले आइतबार आफ्नो नामको सबै जग्गा अविष्कार केन्द्रलाई दान गर्ने घोषणा गरेका हुन् । पुन व्यक्तिगत पहलमा लामो समयदेखि नेपालका ग्रामीण क्षेत्रमा सूचना प्रविधिका क्षेत्रमा समाजसेवा गर्दै आएका छन् ।
पुनले सरकारले अविष्कार केन्द्रलाई सहयोग नगरेकाले आफ्नो नामको सबै जग्गा दान गर्ने घोषणा गरेको बताएका छन् । जग्गा दान गर्ने घोषणा सँगै पुनले आफ्नो नामको जग्गाको लालपूर्जा समेत सार्वजनिक गरेका छन् । राज्यलाई अविष्कार केन्द्रलाई सहयोग गर्न पटकपटक आग्रह गर्दा पनि सहयोग नगरेपछि जग्गा दान गर्ने निर्णय गरेको पुनले अन्नपूर्ण अनलाइनलाई बताए ।
पुनले भने, ‘पटकपटक भएका प्रधानमन्त्री, अर्थमन्त्री र सचिवलाई सहयोग गर्न आग्रह गरेँ । सहयोग नगरे आफ्नै जग्गा दान गर्छु भनेर धम्की समेत दिए तर केही भएन अनि आज सबैको जानकारीका लागि यो कुरा सार्वजनिक गरेको छु ।’
पुन भन्छन्, ‘यो घोषणा नयाँ होइन। यो घोषणा अर्थमन्त्री डा. रामशरण महत र बिष्णु पौडेलसहित अर्थ सचिव, सह–सचिव अनी दुई प्रधानमन्त्री र उनका सल्लाहकारलाई बिगतका दिनमा बारम्बार भनि सकेको कुरा हो। मैले सबैलाई ‘यदि, सरकारले राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गर्न मिल्दैन अथवा सहयोग गर्न सक्दैन भने मेरो नाममा भएको करिब ३ करोड पर्ने २८ रोपनी जग्गा बेचेरै भए पनि सुरु गर्छु ।’ यसो भन्दा उहाँहरुले ‘जग्गा बेच्नु पर्दैन बरु त्यहाँ पनि सानो अनुसन्धान केन्द्र बनाउन सकिन्छ’ भनेका थिए ।’
पुनले आफ्नो २८ रोपनी जग्गाको बारेमा समेत प्रष्ट पार्दै फेसबुकमा लेखेका छन्, ‘त्यो जग्गा पोखराको बेगनास तालको उत्तर पट्टीको ठुलाकोट भन्ने डाँडामा छ । त्यो जग्गा हाल अमेरिकामाबस्ने बन्बरे, पर्बतको पदम पुन भाइ र मैले २० बर्ष अगाडि किनेका हौँ । त्यो जग्गा किन्दा हामीले त्यसलाई भविष्यमा समुदायलाई फाइदा हुने कुनै राम्रो कामको लागी प्रयोग गर्ने भनेर सल्लाह गरेका थियौं। त्यति बेला त्यो जग्गा पदम भाइको नाममा किनेका थियौं। तर पदम भाई अमेरिकामा बसोबास गरेकोले केही महिना अगाढी सो mahabir जग्गा मेरो नाममा नाम सारी गरिएको छ। सो एरियाको हालको जग्गा लेनदेनको आधारमा त्यसको मोटामोटी मूल्य ३ करोड पर्छ।’
पुनले अविष्कार केन्द्रका लागि सरकारको ढोका बन्द गरेर जनताको ढोकामा गइसकेको बताउदै आफ्नो जिन्दगीको सम्पूर्ण समय यसमै लगाउने र आर्थिक संकट परे २८ रोपनी जग्गा बेचेर केन्द्रको काम अगाडि बढाउने समेत बताएका छन् । आर्थिक संकट नपरे जग्गामा भौतिक संरचना बनाएर अनुसन्धानका लागि उपयोग गर्ने पुनको योजना छ ।
पुन लेख्छन्, ‘अब हामी राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न सरकारको ढोका छोडेर जनताको ढोकामा गइसकेका छौँ । मैले नेपालको विकासका लागि मेरो बचेको जिन्दगीको सम्पूर्ण समय दान गर्छु भनि रहेको अबस्थामा सो २८ रोपनी जग्गा पनि राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्ने कुरा घोषणा गर्दछु। पैसाको अति नै आवश्यकता भएको खण्डमा त्यो जग्गा बेच्ने अथवा पैसा पुगेको खण्डमा त्यो जग्गामा अनुसन्धानका लागि केही भौतिक संरचना बनाइनेछ।’
पुनले जग्गा दान गर्न र सहयोग गर्न चाहनेलाई समेत आह्वान गरेका छन् । उनले सहयोग गर्न चहानेले वेभसाइट वा उनको ९८४१५९२३६१ मोबाइल नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन् । अन्नपुर्ण पोष्टवाट
श्रीकृष्ण श्रेष्ठको दिल्लीको करोल वागस्थित गंगाराम अस्पतालमा २५ दिन उपचार भयो । बोन क्यान्सर भएको एक सातामा साउन २४ गते सोही अस्पतालामा अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भयो । निधन पूर्व श्रीकृष्णले उनका दाजु मिनकृष्ण श्रेष्ठसँग अन्तिम संवाद गरेका थिए । सोही संवाद हामीले यहाँ केही सम्पादन सहित प्रस्तुत गरेका छौं । हामीसँग गरेको संवादमा दाजु मिन कृष्णले श्रीकृष्णको निधन पूर्वको अवस्था र श्वेता खड्काको भविष्यका बारेमा कुराकानी गरेका छन् ।
धेरै दिन सम्म नेपाल नफर्केकाले भाइको अवस्था बुझ्न म आफैं दिल्ली गएको थिएँ । म पुग्दासम्म भाइको अवस्था स्थिर थियो । भ्वाइस रेकर्ड गरेर नेपाल पठाउञ्जेलसम्म पनि भाइलाई ठिकै थियो । त्यसको दुई दिनपछि भाइलाई सास फेर्न गाह्रो भयो । डाक्टरले फोक्सोले काम गर्न छाडेकोले आइसियुुमा राखेर थप उपचार गर्नु पर्नेे सल्लाह दिनु भयो । तर, भन्ने बित्तिकै आइसियु पाइएन । बारम्बारको आग्रहपछि मात्रै राती १० बजे भाइलाई आइसियुमा लगियो ।
श्वेता सँगै थिइन् । म बाहिरै बसें । तर उनलाई डाक्टरले बाहिर पठाए । उनी बाहिर निस्किइन् । मलाई भने डाक्टरले आइसियु कक्ष भित्र बोलाए । त्यहाँ उपचार सुरु हुन नपाउँदै भाइले ‘मलाई श्वास लिन गाह्रो भयो दाइ’ भन्यो । उसले मेरो हात च्याप्प समात्दै पहिलोको जस्तै स्वरमा करिब ३ मिनेट जति कुरा गर्यो । चलचित्र सम्बन्धी सबै संघ संस्था र फिल्मकर्मी सबैलाई भाइले सम्झियो । विशेष गरी निर्देशक आकाश अधिकारी र स्व.शिव रेग्मीको नाम भाइले नाम लियो ।
परिवारका सदस्य सबैलाई सोधेको छ भन्दिनु भन्यो । आमा र दाइको छोरी चल्ला (माया गरेर बोलाउने नाम) लाई सोधेको छ भन्नु भन्यो । श्वेता बैनीलाई हेर्नु भन्यो । श्वेतालाई बैनी बनाएर राख्नुस् दाइ धर्म नै लाग्छ भन्यो । ऊ बोल्दै थियो तर बोल्दा बोल्दै उसलाई राखेको वेड हल्लियो । बाबु किन हल्लिएको भनेर भने । केही जवाफ आएन । शंका लागेर फेरि सोधें । हालले हल्लाएँ कुनै जवाफ दिएन । बोल्दा बोल्दै उसको प्राण पखेरु उडिसकेछ त्यस्तो बेलामा मैंले गर्ने ? म अत्तालिएँ । श्वेतालाई बोलाएँ । भर्खर मात्रै ‘बाई बाई’ भनेर गएको मान्छेको एक्कासी लास देख्दा श्वेता त्यही रुवाबासी गर्न थालिन् । तर रुवावासीले भाइ फर्कदैनथ्यो । भाइले हामीलाई छाडेर गएको सय स्विकार्ने पथ्र्यो । मैंले लास बुझि लिएको पेपरमा हस्ताक्षर गरें । लासलाई अस्पतालमै छोडेर हामी नजिकैको होटलमा बस्न गयौं । त्यहाँ रुवाबासी चल्यो । होटलका नेपालीले सहयोग गरे । अन्य नेपालीले पनि दुःखको घडीमा सहयोग गर्नु भयो ।
भाइलाई चिसो हुनुहुँदेन्थ्यो । उसलाई सानोमै निमिनिया भएको थियो । रात बिरात फिल्म खेल्दा निमोनिया बल्झियो । बिहेपछि घुम्न निस्केको दुई दिनमै भाइलाई अस्पताल भर्ना गर्नु पर्याे । रोग पत्ता लगाएर उपचार गर्न ढिलो भयो । किमो दिएपछि खोकी ठिक भएको थियो । फोक्सोमा समस्या भएपछि उसले सास लिन सकेन । बोन क्यान्सर भएको कुरा परिवारलाई पनि थाहा थिएन । भाई स्वयमलाई पनि थाहा थिएन । किमो दिने बेलामा मात्रै भाइले आफूलाई बोन क्यान्सर भएको कुरा थाहा भयो ।
डाक्टरले पनि बिरामीलाई थाहा दिनु भन्नु भएको थियो । भाइले मलाई श्वेता बैनीको हेर्ने जिम्मेवारी दिएको छ । हाम्रो एउटा मात्रै दिदी हुनुहन्छ । बैनी थपिएकी छे । उसलाई बुहारी होइन हामी छोरी बनाएर राख्छौं । श्वेता बैनी फिल्म लाइनमा जोडिएको भएपनि पहिलो ऊ व्यवसायी हो । भाइले गर्दा फिल्म लाइनमा जोडिएको थियो । त्यसैले अब श्वेता बैनी फिल्म लाइन भन्दा पनि व्यापारमा जोडिन्छ होला । तर उसको ईच्छा जे मा हुन्छ हामी त्यसमा सपोर्ट गर्छौ । पहिला पनि उसले भाइ बिना फिल्म खेल्न मान्दैनथ्यो त्यो कारणले सायद अब उसले फिल्म खेल्दैन होला ।