गृष्मा राजभण्डारी/सन्दीप पौडेल/उत्तम मानन्धर/देवेन्द्र महर्जन (इमेज)
चितवन, असोज १४ । जिप दुर्घटना भइ त्रिशूली नदीमा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको अझै पत्तो लागेको छैन ।चार दिनदेखि लगातार खोजी गर्दा पनि बेपत्ता भएकाको कुनै अत्तोपत्तो लागेको छैन ।गृहमन्त्री विमलेन्द्र निधिले खोजी गर्न नेपाली सुरक्षाकर्मी नै सक्षम रहेको बताएपनि दुर्घटनास्थलको अवस्था भने अर्कै छ
सीमा क्षेत्रमा भएको भारतीय र पाकिस्तानी सेनाबीचको दोहोरो भिडन्तमा ८ जना भारतीय सेना मारेको पाकिस्तानी सुरक्षा बलले दाबी गरेको छ ।
बुधबार मध्यरातदेखि बिहीबार बिहानसम्म पाकिस्तानी भूमिमा छिरेर सैन्य कारबाही गरेका ८ जना भारतीय सैनिकलाई मारेको र एक जनालाई पक्राउ गरेको पाकिस्तानी सुरक्षा बलले दाबी गरेको भारतीय सञ्चार माध्यहरुले जनाएका छन् ।
लाइन अफ कन्ट्रोलमा भारतीय फायरिङको जवाफी कारबाहीका क्रममा एक भारतीय सैनिकलाई पक्राउ गरेको पाकिस्तानी सुरक्षा बललाई उद्धृत गर्दै पाकिस्तानी अखबार डनले लेखेको भारतीय सञ्चार माध्यमले भनेका छन् । सोही क्रममा ८ जना भारतीय सेना मारेको पाकिस्तानको दाबी छ ।
पाकिस्तानी अखबर डनकाअनुसार जब भारतले सर्जिकल स्ट्राइक गरेर दुई पाकिस्तानी सैनिकको हत्या गर्यो, तब पाकिस्तानले जवाफी कारबाही सुरु गर्यो । साथै जियो न्यूजका पत्रकार हामिद मीरले दुई सेक्टरमा १४ भारतीय सेना मारेको दाबी गरेका छन् ।
डन अखबरकाअनुसार पक्राउ गरिएको भारतीय सेना चन्दू बाबुलाल चौहानलाई गोप्य स्थानमा लगिएको छ । र मारिएका आफ्ना ८ सैनिकको शव अझैसम्म भारतीय पक्षले नलगेका अखबरले जनाएका छन् ।
काठमाडौँ, ११ असोज, चार दिनअघि रेडियो धादिङमा जिल्ला वन कार्यालयको निर्देशनमा पूर्वाग्रही रुपमा आक्रमण तथा तोडफोड भएको निष्कर्ष स्थलगत अध्ययन टोलीले निकालेको छ । अध्ययन टोलीले राजधानीमा आज प्रतिवेदन सार्वजनिक गर्दै पूर्वाग्रही भएर रेडियोमा आक्रमण गरिएको पाइएको बताएको हो ।
सर्वोच्च अदालतले रेडियो सञ्चालनमा अवरोध नगर्नु भनेर संविधान प्रदत्त नागरिकको मौलिक हक हनन नहोस् भन्ने आदेश दिएको अवस्थामा कुनै सूचना नदिई यही असोज ७ गते राती एक बजेदेखि गुप्त तयारी गरी नगर क्षेत्रको विद्युत लाईन काटेर अन्धकार वनाईएको, ८ गते विहान चार बजेको समयमा रेडियोकर्मीहरु भवन भित्रै रहेको अवस्थामा उनीहरुलाई दुर्व्यवहार गरी बाहिर निकालेर डोजर प्रयोग गरिएको पाइएको अध्ययन टोलीमा संलग्न सामुदायिक रेडियोहरुको विश्व संगठन (अमार्क) का सह-अध्यक्ष मीनवहादुर शाहीले जानकारी दिए ।
रेडियो धादिङ्गको भवन भत्काएपश्चात हिंसा पीडित महिला तथा बालबालिकाको सुरक्षित आश्रय स्थलको रुपमा ८ वर्षदेखि सञ्चालन हुँदै आएको आश्रय केन्द्र समेत डोजर लगाएको पाइएको प्रतिवेदनमा उल्लेख छ । नागरिकको सूचना र विचार तथा अभिव्यक्तिको श्रोतको रुपमा रहेको रेडियो बन्द गराइएको कारण नागरिकको सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हक हनन भएको निष्कर्ष अध्ययन टोलीले निकालेको छ । रेडियोमा डोजर लगाई भवन भत्काएर, रेडियोका उपकरणहरुलाई ध्वस्त गर्दा ६० लाख रुपयाँ बराबरको भौतिक सम्पत्तिको क्षति भएको अध्ययन प्रतिवेदनले देखाएको छ ।
अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले जिल्ला वन कार्यालयको तर्फबाट गरिएको आक्रमणको भर्त्सन गर्दै यथाशीघ्र दोषीलाई कारबाही गर्न सरकारसँग माग गरे । रेडियोमाथि भएको आक्रमण बारेमा प्रधानमन्त्री कार्यालय, वनमन्त्रालय र सञ्चार मन्त्रालयले आधिकारिक धारणा तत्काल सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै अदालतले उचित निर्णय नगर्दासम्म रेडियो बन्द गर्ने अवस्था सिर्जना नगर्न स्थानीय प्रशासनसँग आग्रह गरे । कार्यक्रममा रेडियोको भवन तथा प्रसारणका लागि आवश्यक पर्ने उपकरण तोडफोड गर्दाको अवस्थाको तस्बिर तथा दृश्य पनि प्रदर्शन गरिएको थियो ।
राजधानीमा बम आतंकलगत्तै चन्दा आतंक शुरु भएको छ । पार्टीलाई स्वेच्छिक सहयोग माग गर्दै संविधानसभाका पूर्वसभासदकै नेतृत्वमा चन्दा आतंक शुरु भएको हो ।
राजधानीका स्कुलहरुमाचन्दा नदिएको भन्दै एक समूहले बम आतंक मच्चाएको भोलिपल्टै माओवादी क्रान्तिकारी पार्टीले दिनदहाडै पसल तथा व्यापारिक प्रतिष्ठानहरुसँग चन्दा माग गरेको हो ।
नेकपा माओवादी क्रान्तिकारीका नाममा बुधबार दिउँसो बागबजारमा चन्दा उठाइरहेका बेला पूर्वसभासद एवं सो पार्टीका केन्द्रीय सदस्य शिवराम यादवसहित चार जनालाई महानगरीय प्रहरी वृत्त सिंहदरवारले चन्दा संकलनको रसिद प्याडसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य यादवका अलावा विद्यार्थी संगठनका केन्द्रीय सहसंयोजक राम नेपाली, विद्यार्थी संगठनका केन्द्रीय सदस्यहरु महेश श्रेष्ठ र दीपेन्द्र सुनुवार छन् ।
सिंहदरबार वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर भट्टले बागबजार क्षेत्रमा चन्दा उठाउँदै हिडेको खबर पाएलगत्तै प्रहरी परिचालन गरी उनीहरुलाई पक्राउ गरिएको बताए । ‘रसिद प्याड बोकेर चन्दा उठाउँदै हिडेको अवस्थामा पक्राउ गरेका हौं,’ डीएसपी भट्टले भने । उनीहरुलाई सिंहदरबार वृत्तको हिरासतमा राखी अनुसन्धान थालिएको छ ।
बुधबार बिहान पनि कलेजसँग चन्दा माग्दै गरेको अवस्थामा दुई जनालाई कलंकीबाट पक्राउ गरिएको थियो । पक्राउ परेकाहरु नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी समर्थित कार्यकर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीले दाङ तुल्सीपुरका २५ वर्षीय प्रमोद गिरी र २७ वर्षीय महेन्द्र तामाङलाई पक्राउ गरेको हो । उनीहरुलाई कंलकीस्थित क्याम्ब्रिज कलेजमा चन्दाको लागि बार्र्गेिनङ गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई सामना सांस्कृतिक अभियानको पर्चा देखाई रकम माग गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत भदौमा पनि चन्द माओवादीले चितवनका व्यापारीलाई पत्र लेखेर नै चन्दा मागेको थियो । जिल्ला सेक्रेटरीको नाममा पत्र काटेर उद्योगी व्यवसायीलाई चन्दा माग गरेका थिए ।