नेपालकै घटना १२ वर्षको बालिका बाबुको कृया बस्दै । कुर्चीमा बसेर , माईक अगाडी भाषण ठोक्दै हिड्ने अधिकार कर्मी र अन्य - महिला पुरुष समान हो भने यस्ता उदारणिय काम पनि गर्न सक्नुपर्छ । जिवनमा सबैले एक पटक भोग्नु पर्ने कुरा हो यो । र यो उदारण मात्रै हैन महिला पुरुष समान हुन् भन्ने बलियो यतार्थ हो । छोराले मात्रै कृया गर्नु पर्ने अर्थवा कृया गर्न छोरा नै चाहिन्छ छोरा नजन्मै हुदैन भन्नेहरुको लागी हानिएको झापड हो यो
सलाम यि नानी लाई
सलाम यि नानी लाई
एमविविएस परीक्षामा पास गराईदिने भनी रकम लिने वल्र्ड वाईड कन्सल्टेन्सी पुतलीसडकका संचालक महोत्तरी गोनरपुरा–६ घर भई काठमाडौँ महानगरपालिका–१२ टेकु बस्ने २६ बर्षीय दिपक कुमार साह र सोही कन्सल्टेन्सीमा काउन्सीलिङ काम गरी बस्ने सिन्धुली आम्बोटे–९ घर भएका २५ बर्षीय गणेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
अधिकारीले काठमाडौँ नागार्जुन नगरपालिका–२ बस्ने सायसा पन्तलाई आफु पुतलीसडक स्थित वल्र्ड वाईड कन्सल्टेन्सीमा काम गर्ने र विभिन्न डाक्टरहरुसँग राम्रो चिनजान रहेकोले असोज १५ गतेदेखि काठमाडौँ विश्व विद्यालयबाट हुने एमविविएस परीक्षामा पास गरीदिन्छु तर पैसा लाग्छ भनी विश्वास दिलाई पन्तको आमा विमला पन्तसंग २ लाख लिने सहमती गरेका थिए ।
तत्पश्चात अन्य व्यक्तिहरुलाई बुझ्दा त्यसरी पास गराउन नसक्ने एकिन भएपछि महानगरीय अपराध महाशाखामा निवेदन दिएका थिए । अधिकारीले रकम बागेर्निङ गरी २ लाखको चेक लिए पश्चात अब काम हुन्छ, ढुक्क हुनुहोस भन्ने जस्ता आश्वसन दिदै गरेको अवस्थामा असोज १२ गते महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
निज गणेश अधिकारीले उक्त काम संचालक दिपक कुमार साह मार्फत हुने बताएपछि प्रहरीले असोज १३ गते टेकुबाट साहलाई समेत पक्राउ गरेको हो । दुवै जनालाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि असोज १४ गते महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको छ । साथै निज दिपक कुमार साहले आफुलाई डाक्टर बताई ठगी गर्ने गरेको देखिएकोमा निज बास्तविक डाक्टर नभएको समेत खुल्न आएको छ ।by nepal police
गृष्मा राजभण्डारी/सन्दीप पौडेल/उत्तम मानन्धर/देवेन्द्र महर्जन (इमेज)
चितवन, असोज १४ । जिप दुर्घटना भइ त्रिशूली नदीमा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको अझै पत्तो लागेको छैन ।चार दिनदेखि लगातार खोजी गर्दा पनि बेपत्ता भएकाको कुनै अत्तोपत्तो लागेको छैन ।गृहमन्त्री विमलेन्द्र निधिले खोजी गर्न नेपाली सुरक्षाकर्मी नै सक्षम रहेको बताएपनि दुर्घटनास्थलको अवस्था भने अर्कै छ
सीमा क्षेत्रमा भएको भारतीय र पाकिस्तानी सेनाबीचको दोहोरो भिडन्तमा ८ जना भारतीय सेना मारेको पाकिस्तानी सुरक्षा बलले दाबी गरेको छ ।
बुधबार मध्यरातदेखि बिहीबार बिहानसम्म पाकिस्तानी भूमिमा छिरेर सैन्य कारबाही गरेका ८ जना भारतीय सैनिकलाई मारेको र एक जनालाई पक्राउ गरेको पाकिस्तानी सुरक्षा बलले दाबी गरेको भारतीय सञ्चार माध्यहरुले जनाएका छन् ।
लाइन अफ कन्ट्रोलमा भारतीय फायरिङको जवाफी कारबाहीका क्रममा एक भारतीय सैनिकलाई पक्राउ गरेको पाकिस्तानी सुरक्षा बललाई उद्धृत गर्दै पाकिस्तानी अखबार डनले लेखेको भारतीय सञ्चार माध्यमले भनेका छन् । सोही क्रममा ८ जना भारतीय सेना मारेको पाकिस्तानको दाबी छ ।
पाकिस्तानी अखबर डनकाअनुसार जब भारतले सर्जिकल स्ट्राइक गरेर दुई पाकिस्तानी सैनिकको हत्या गर्यो, तब पाकिस्तानले जवाफी कारबाही सुरु गर्यो । साथै जियो न्यूजका पत्रकार हामिद मीरले दुई सेक्टरमा १४ भारतीय सेना मारेको दाबी गरेका छन् ।
डन अखबरकाअनुसार पक्राउ गरिएको भारतीय सेना चन्दू बाबुलाल चौहानलाई गोप्य स्थानमा लगिएको छ । र मारिएका आफ्ना ८ सैनिकको शव अझैसम्म भारतीय पक्षले नलगेका अखबरले जनाएका छन् ।