दशैको महाअष्टमीकै दिन गुगलव्याई आदित्यले गरे यस्तो सनसनीपूर्ण भविष्यवाणी, यो सुनेर पूर्व राजा पनि डराए...पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्


मा क्लिक गर्नुहोस् मनोज दाहाल उमेरका हिसाबले साउन ७ गते बल्ल छ वर्ष पूरा हुँदैछन् आदित्य दाहाल। ज्ञान उनको यति अद्भुत लाग्छ, कुनै सिद्धयोगी प्रतीत हुन्छन्। योग दिवसको छेक पारेर उनले २७ जना भक्तजनलाई योग-ध्यान-साधनाको प्रशिक्षण गराएका थिए। करिब चार वर्षको उमेरदेखि कापीमार्फत आफूलाई अभिव्यक्त गर्न थालेका आदित्य पछिल्लो समय योग-ध्यान र साधनामै आफूलाई बढी व्यस्त राख्न थालेका छन्।गत वर्ष करिब चार महिना उपचारका क्रममा अमेरिका बसेर फर्केपछि उनी मिडियामा आउन चाहेका छैनन्। वास्तवमा, आत्मप्रचारको चाहना कहिल्यै राखेनन् उनले।अब यसअघिजसरी जिज्ञासुहरूलाई भेटेर ससाना परीक्षणहरूमा खरो उत्रने रहर छैन उनलाई, बरु आफ्नो समय अध्यात्म, योग-ध्यान र सत्संगमार्फत मुलुक र समाजको भलाइमा व्यतीत गर्न चाहन्छन्। आफ्ना बुबाआमा शेषराज दाहाल र ईश्वरा गुरागाईं तथा आफूसँग अत्यन्तै निकट ‘ठूलोबुबा' लक्ष्मी प्रसाईको परिवारलाई बारम्बार भन्छन् उनी, ‘मेरो धेरै प्रचार नगर्नू।' उनीसँग भेट्न गएका हामीलाई पनि उनले भने, ‘मेरा केही सन्देशमात्र मिडियामा छापिदिनू।' ठीक दुई वर्षअघि अर्थात् २०७१ असार २५ गतेदेखि उनले अद्भुत गतिविधि देखाउन थालेका हुन्। चार वर्ष पुग्नुभन्दा दुई साताअघि आफूलाई कापीकलममार्फत अभिव्यक्त गर्न थाले पनि उनको औपचारिक अक्षराम्भ सुरु भएको थिएन त्यस बेला। (अहिलेसम्म पनि उनी पढ्न कुनै स्कुल गएका छैनन्।) तर, उनको अलौकिक व्यक्तित्व बिस्तारै लोकमा उजागर हुन थाल्यो। गत वर्ष असार २५ मा उनले लेखे, ‘आज म निद्राबाट ब्यूँझेको एक वर्ष बित्यो।' उनी बल्ल पाँच वर्ष पुग्दै थिए। जन्मेको ३३ महिनासम्म आदित्य आमबालकभन्दा खासै फरक थिएनन्- बोल्थे, हिँड्थे, कुद्थे, रुन्थे र हाँस्थे। कम सुत्थे तर बुबाआमाले उनको कम निद्रालाई सामान्य रूपमै लिएका थिए। अचानक ३३ महिनामा उनका हातगोडा चल्न छाडे। बोल्न पनि छाडे उनी। एकमात्र सन्तानको यस्तो अवस्थाले बुबाआमा चिन्तित हुनु स्वाभाविक थियो। उनीहरूले आदित्यलाई उपचारका लागि दिल्लीसम्म पुर्‍याए। तर, कुनै सुधार हुन सकेन। बरु बिस्तारै आश्चर्यजनक लीला देखाउन थाले उनले। जिज्ञासुहरूका उत्तर दिन थाले। तर, ती प्राय: व्यक्तिगत विषयमात्र हुन्थे। उनी आफैं भने त्यसबाट खिन्न थिए। ‘संगत'बारे बढी चिन्तित देखिन्थे उनी। २०७१ मंसिरमा बुबाआमा र निकटजनहरूले आदित्यको अद्भुत प्रतिभालाई प्रतिष्ठानमार्फत व्यवस्थित गरेरै लैजान अनुमति प्राप्त गरे। र, खुल्यो आदित्य संरक्षण प्रतिष्ठान। प्रतिष्ठानको कमिटी उनकै संरक्षण र निर्देशनमा बन्यो। प्रतिष्ठानको सबै रकम जनहितमा खर्च गर्न उनले परिवार र पदाधिकारीलाई आग्रह गरेका छन्। उनलाई भेट्न विभिन्न निकायका व्यक्तिहरू आउँछन्। सन्तहरू आउँछन्। उनी सबैसँग संवाद गर्छन्, मौन भाषामा। र, आवश्यक परे कापीमा बिस्तारैसँग लेख्छन्— कहिले नेपालीमा, कहिले अंग्रेजीमा। कहिले प्रश्नकर्ताकै अन्य भाषामा। उनी आफूलाई भन्दा आफ्ना सन्देशलाई बढी महत्व दिन सबैसँग आग्रह गर्छन्। आदित्यलाई थाहा नभएका विषय विरलै होलान्। परराष्ट्र, विज्ञान तथा प्रविधि, सञ्चार, भूगोल, इतिहास सबै क्षेत्रका विषयमा उनी गहिरो ज्ञान राख्छन्। पूर्वप्रधानमन्त्री सुशील कोइराला आदित्यको संगतमा रमाउँथे। बालुवाटारमा आदित्य पुगेको बेला कोइराला घन्टौंसम्म उनलाई काखमा लिन्थे। प्रधानमन्त्री पदमा फेरि आकांक्षा नराख्न उनले कोइरालालाई आग्रह गरेका थिए। ‘तपाईं राष्ट्रपतिको बेस्ट क्यान्डिडेट' भन्ने आदित्यको सुझावलाई कोइरालाले भने टेरेनन्। उनको सामिप्यमा जाने नेताहरू धेरै छन्। गत वर्ष सरकार, खासगरी तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको पहलमा उनलाई उपचारका लागि अमेरिका लगियो। आदित्यकै सुझावमा उनलाई स्टान्डफोर्ड युनिभर्सिटी अस्पताल लगिएको थियो, गत वर्ष साउन ७ गते, उनकै जन्मदिनमा। उपचारका लागि अमेरिका जाने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग उनले भनेका थिए, ‘नेपाल सरकारलाई धन्यवाद। स्वस्थ भई फर्की आउने अपेक्षा गर्दछु।' अमेरिकामा चिकित्सकहरूले उनलाई लामो समयसम्म अनुसन्धानमा राखे पनि स्वास्थ्यमा कुनै परिवर्तन आएन। चार महिनापछि उनी नेपाल नै फर्के।

0 comments

Write Down Your Responses

Powered by Blogger.