काठमाडौँ : हिजो र आज





- कशिसदास श्रेष्ठ
काठमाडौँ छिटोछिटो बूढो भइरहेको छ । उपत्यकामा खाली बचेका साँघुरा ठाउँमा बर्सेनि चाउरी परेका कंक्रिटका नयाँ तह थपिन्छन् र आसपासका डाँडासम्म फैलिन्छन् । उर्वर माटोका धनी खेतहरु इँटाभट्टामा रुपान्तरण भइरहेका छन् । पुराना ‘सर्भिस लेन’हरु अहिले फराकिला लेनमा बदलिएका त छन् तर ती प्रदूषण चेम्बरजस्ता लाग्छन् । भीडभाड, चर्को आवाज सहरका पर्यायजस्ता भएका छन् । त्यसैले सन् २०१० मा संयुक्त राष्ट्रसंघले दक्षिण एसिया द्रूत गतिमा सहरीकरण भइरहेको तथ्य सार्वजनिक गर्दा धेरैले आश्चर्य मानेनन् । अहिले काठमाडौँको वायु, जल र जमिन खतरामा छ, जसको असरले हाम्रो जीवन पाइला–पाइलामा जेलिँदै जान्छ । यस्तो निराशाजनक अवस्थामा जोकोही पनि काठमाडौँका सुन्दर अतीतका तस्बिरहरु देखेर ‘नोस्टाल्जिक’ हुन्छन् ।
तर, ‘नोस्टाल्जिक’ हुनु समाधान होइन । आधुनिकीकरण चाहिन्छ र सहरीकरण त्यसकै एउटा माध्यम हो । अगाडि बढ्नुको विकल्प छैन तर हामी कसरी अगाडि बढ्ने भन्नेसँग त्यसको उत्तर खोजिनुपर्छ । दिगो विकाससहितको बाँच्नयोग्य काठमाडौँको अवधारणामा हाम्रो अतीत सुन्दर थियो, भविष्य पनि सुन्दर हुनेछ ।





0 comments

Write Down Your Responses

Powered by Blogger.