कारागारबाट फरार अपराधी पक्राउ:


मिति २०७२।०१।१२ गते गएको विनाशकारी महाभुकम्पबाट सिन्धुपाल्चोक जिल्लाको कारागार पूर्ण रुपमा भत्कन गई उक्त कारागारबाट भागी फरार रहेका २१२ जना कैदी तथा थुनुवाहरु मध्येका सालकको खपटा ओसार पसार मुद्दामा जिल्ला वन कार्यालय सिन्धुपाल्चोकको मिति २०७१ साल कार्त्तिक १३ गतेको फैसला बमोजिम ७ (सात) बर्ष कैद र रु १,००,०००।– (एक लाख) जरिवाना भई कैद भुक्तान गरिरहेका जिल्ला सिन्धुपाल्चोक हगाम गा.वि.स. वडा नं. ८ बस्ने बर्ष ३३ को लालमान तामाङ भागी फरार रहेकोमा निजको खोजतलास गर्ने क्रममा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलिले मिति २०७३।०६।१६ गते निज लालमान तामाङलाई भक्तपुरको कटुञ्जेबाट पक्राउ गरी आवश्यक कानूनी कारबाहीको लागि केन्द्रीय कारागार, जगन्नाथदेवल काठमाण्डौमा बुझाएको छ ।by nepal police

0 comments

Write Down Your Responses

Powered by Blogger.