गृष्मा राजभण्डारी/सन्दीप पौडेल/उत्तम मानन्धर/देवेन्द्र महर्जन (इमेज)
चितवन, असोज १४ । जिप दुर्घटना भइ त्रिशूली नदीमा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको अझै पत्तो लागेको छैन ।चार दिनदेखि लगातार खोजी गर्दा पनि बेपत्ता भएकाको कुनै अत्तोपत्तो लागेको छैन ।गृहमन्त्री विमलेन्द्र निधिले खोजी गर्न नेपाली सुरक्षाकर्मी नै सक्षम रहेको बताएपनि दुर्घटनास्थलको अवस्था भने अर्कै छ
सीमा क्षेत्रमा भएको भारतीय र पाकिस्तानी सेनाबीचको दोहोरो भिडन्तमा ८ जना भारतीय सेना मारेको पाकिस्तानी सुरक्षा बलले दाबी गरेको छ ।
बुधबार मध्यरातदेखि बिहीबार बिहानसम्म पाकिस्तानी भूमिमा छिरेर सैन्य कारबाही गरेका ८ जना भारतीय सैनिकलाई मारेको र एक जनालाई पक्राउ गरेको पाकिस्तानी सुरक्षा बलले दाबी गरेको भारतीय सञ्चार माध्यहरुले जनाएका छन् ।
लाइन अफ कन्ट्रोलमा भारतीय फायरिङको जवाफी कारबाहीका क्रममा एक भारतीय सैनिकलाई पक्राउ गरेको पाकिस्तानी सुरक्षा बललाई उद्धृत गर्दै पाकिस्तानी अखबार डनले लेखेको भारतीय सञ्चार माध्यमले भनेका छन् । सोही क्रममा ८ जना भारतीय सेना मारेको पाकिस्तानको दाबी छ ।
पाकिस्तानी अखबर डनकाअनुसार जब भारतले सर्जिकल स्ट्राइक गरेर दुई पाकिस्तानी सैनिकको हत्या गर्यो, तब पाकिस्तानले जवाफी कारबाही सुरु गर्यो । साथै जियो न्यूजका पत्रकार हामिद मीरले दुई सेक्टरमा १४ भारतीय सेना मारेको दाबी गरेका छन् ।
डन अखबरकाअनुसार पक्राउ गरिएको भारतीय सेना चन्दू बाबुलाल चौहानलाई गोप्य स्थानमा लगिएको छ । र मारिएका आफ्ना ८ सैनिकको शव अझैसम्म भारतीय पक्षले नलगेका अखबरले जनाएका छन् ।
काठमाडौँ, ११ असोज, चार दिनअघि रेडियो धादिङमा जिल्ला वन कार्यालयको निर्देशनमा पूर्वाग्रही रुपमा आक्रमण तथा तोडफोड भएको निष्कर्ष स्थलगत अध्ययन टोलीले निकालेको छ । अध्ययन टोलीले राजधानीमा आज प्रतिवेदन सार्वजनिक गर्दै पूर्वाग्रही भएर रेडियोमा आक्रमण गरिएको पाइएको बताएको हो ।
सर्वोच्च अदालतले रेडियो सञ्चालनमा अवरोध नगर्नु भनेर संविधान प्रदत्त नागरिकको मौलिक हक हनन नहोस् भन्ने आदेश दिएको अवस्थामा कुनै सूचना नदिई यही असोज ७ गते राती एक बजेदेखि गुप्त तयारी गरी नगर क्षेत्रको विद्युत लाईन काटेर अन्धकार वनाईएको, ८ गते विहान चार बजेको समयमा रेडियोकर्मीहरु भवन भित्रै रहेको अवस्थामा उनीहरुलाई दुर्व्यवहार गरी बाहिर निकालेर डोजर प्रयोग गरिएको पाइएको अध्ययन टोलीमा संलग्न सामुदायिक रेडियोहरुको विश्व संगठन (अमार्क) का सह-अध्यक्ष मीनवहादुर शाहीले जानकारी दिए ।
रेडियो धादिङ्गको भवन भत्काएपश्चात हिंसा पीडित महिला तथा बालबालिकाको सुरक्षित आश्रय स्थलको रुपमा ८ वर्षदेखि सञ्चालन हुँदै आएको आश्रय केन्द्र समेत डोजर लगाएको पाइएको प्रतिवेदनमा उल्लेख छ । नागरिकको सूचना र विचार तथा अभिव्यक्तिको श्रोतको रुपमा रहेको रेडियो बन्द गराइएको कारण नागरिकको सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हक हनन भएको निष्कर्ष अध्ययन टोलीले निकालेको छ । रेडियोमा डोजर लगाई भवन भत्काएर, रेडियोका उपकरणहरुलाई ध्वस्त गर्दा ६० लाख रुपयाँ बराबरको भौतिक सम्पत्तिको क्षति भएको अध्ययन प्रतिवेदनले देखाएको छ ।
अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले जिल्ला वन कार्यालयको तर्फबाट गरिएको आक्रमणको भर्त्सन गर्दै यथाशीघ्र दोषीलाई कारबाही गर्न सरकारसँग माग गरे । रेडियोमाथि भएको आक्रमण बारेमा प्रधानमन्त्री कार्यालय, वनमन्त्रालय र सञ्चार मन्त्रालयले आधिकारिक धारणा तत्काल सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै अदालतले उचित निर्णय नगर्दासम्म रेडियो बन्द गर्ने अवस्था सिर्जना नगर्न स्थानीय प्रशासनसँग आग्रह गरे । कार्यक्रममा रेडियोको भवन तथा प्रसारणका लागि आवश्यक पर्ने उपकरण तोडफोड गर्दाको अवस्थाको तस्बिर तथा दृश्य पनि प्रदर्शन गरिएको थियो ।
राजधानीमा बम आतंकलगत्तै चन्दा आतंक शुरु भएको छ । पार्टीलाई स्वेच्छिक सहयोग माग गर्दै संविधानसभाका पूर्वसभासदकै नेतृत्वमा चन्दा आतंक शुरु भएको हो ।
राजधानीका स्कुलहरुमाचन्दा नदिएको भन्दै एक समूहले बम आतंक मच्चाएको भोलिपल्टै माओवादी क्रान्तिकारी पार्टीले दिनदहाडै पसल तथा व्यापारिक प्रतिष्ठानहरुसँग चन्दा माग गरेको हो ।
नेकपा माओवादी क्रान्तिकारीका नाममा बुधबार दिउँसो बागबजारमा चन्दा उठाइरहेका बेला पूर्वसभासद एवं सो पार्टीका केन्द्रीय सदस्य शिवराम यादवसहित चार जनालाई महानगरीय प्रहरी वृत्त सिंहदरवारले चन्दा संकलनको रसिद प्याडसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य यादवका अलावा विद्यार्थी संगठनका केन्द्रीय सहसंयोजक राम नेपाली, विद्यार्थी संगठनका केन्द्रीय सदस्यहरु महेश श्रेष्ठ र दीपेन्द्र सुनुवार छन् ।
सिंहदरबार वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर भट्टले बागबजार क्षेत्रमा चन्दा उठाउँदै हिडेको खबर पाएलगत्तै प्रहरी परिचालन गरी उनीहरुलाई पक्राउ गरिएको बताए । ‘रसिद प्याड बोकेर चन्दा उठाउँदै हिडेको अवस्थामा पक्राउ गरेका हौं,’ डीएसपी भट्टले भने । उनीहरुलाई सिंहदरबार वृत्तको हिरासतमा राखी अनुसन्धान थालिएको छ ।
बुधबार बिहान पनि कलेजसँग चन्दा माग्दै गरेको अवस्थामा दुई जनालाई कलंकीबाट पक्राउ गरिएको थियो । पक्राउ परेकाहरु नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी समर्थित कार्यकर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीले दाङ तुल्सीपुरका २५ वर्षीय प्रमोद गिरी र २७ वर्षीय महेन्द्र तामाङलाई पक्राउ गरेको हो । उनीहरुलाई कंलकीस्थित क्याम्ब्रिज कलेजमा चन्दाको लागि बार्र्गेिनङ गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई सामना सांस्कृतिक अभियानको पर्चा देखाई रकम माग गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत भदौमा पनि चन्द माओवादीले चितवनका व्यापारीलाई पत्र लेखेर नै चन्दा मागेको थियो । जिल्ला सेक्रेटरीको नाममा पत्र काटेर उद्योगी व्यवसायीलाई चन्दा माग गरेका थिए ।
काठमाडौं, ११ असोज । भक्तपुर क्यान्सर अस्पतालबाट मृत्युको पुर्जा पाएकी जुम्लाकी सन्ध्या शाहले पत्रमार्फत स्वास्थमन्त्री गगन थापासँग भेट इच्छा जाहेर गरेपछि मन्त्री थापाले उनलाई भेटेका छन् ।मृत्यु कुरेर बसेकी जुम्लाकी सन्ध्या शाहले मृत्यु पूर्व आफ्नो अन्तिम इच्छा नै स्वास्थमन्त्रीसँग भेट गर्ने भनेर शुक्रबार पत्र लेखेकी थिइन् । त्यसपछि मन्त्री थापाले सोमबार साँझ जुम्लाका एक स्थानियलाई साथमा लिएर सन्ध्याकै डेरामा पुगेर भेटेका हुन् ।
भेटमा सन्ध्याले आफ्नो परिवारिक आवस्था र आफ्नो उपचार गराउँदा परिवारको आर्थिक आवस्था नै एकदम नाजुक भइसकेको बताइन् । उपचारका क्रममा आफूले भोगेका पीडाहरु पनि सन्ध्याले मन्त्री थापालाई सुनाइन् ।
सन्ध्याले अस्पतालमा डाक्टर र उपचारमा संलग्नहरुले गर्ने व्यवहार बारेमा मन्त्रीलाई सुनाउने क्रममा अस्पतालमा उपचार मात्र हैन विरामीहरुलाई गर्ने व्यवहार तथा तिनका आफन्तहरुलाई गर्ने व्यवहारबारे धेरै कुरा सिकाउनु पर्ने र त्यसो नहुँदा आफू जस्ता हजारौं विरामी र तिनका आफन्तहरुले भोग्नु परेको नराम्रो पीडा पनि भनिन् ।
सन्ध्याले अघिल्लो सरकारमा खगराज अभिकारी स्वास्थमन्त्री हुँदा आफूले उपचारमा सहयोग गर्न आग्रह गर्दै निवेदन दिएको मन्त्रीले सहयोग गर्नेपनि भने तर आफूले सहयोग पाउन नसकेको दुखेसो गरिन् ।
सन्ध्याको दुखेसो सुनेपछि भावुक भएका मन्त्री थापाले आम नेपालीले स्वास्थ उपचारमा समान पहुँच राख्न सकुन् भनेर नीतिगत रुपमा काम गरिरहेको बताए ।अघिल्लो सरकारको पालामा सन्ध्याको उपचारको फाइल मन्त्रालयमा पुगिसकेको आफुले आफ्नो सचिवालयबाट पनि जानकारी पाएकोले त्यो फाइललाई खोजेर अघि बढाउने र के कस्तो सुविधा उपलब्ध गराउन सकिन्छ त्यसबारे सचिवालयलाई निर्देशन दिने बताए ।मन्त्री थापाले सन्ध्याले उठाएका उनका पीडाका विषयका अतिरिक्त कतिपय आचरणगत रुपमा सुधार्नुपर्ने विषयहरु रहेको बताए । यी सबै विषयलाई आफूले मन्त्री भएको समयभित्र टुङ्ग्याउने पहल गरिरहेको र सन्ध्याले उठाएका विकृति र विसंगति कम गर्न आफू लागिपर्ने बताए ।
आफूलाई लेखेको पत्र पढेर तथा त्यसबारेमा बुझेर भेटेरै कुरा गर्न आएको भन्दै मन्त्री थापाले प्रतिकुल स्वास्थ आवस्थाका बीच स्वास्थ क्षेत्रको बारेमा राम्रोका लागि उनले गरेको प्रयास र पहलका लागि धन्यवाद दिँदै सन्ध्याले राखेको धैर्यताको पनि प्रशंसा गरे ।
बर्दिया, ६ असोज – बर्दियामा हालसम्म हदबन्दीभन्दा बढी भएको जग्गा करिब २५ हजार २ सय ६० बिघा जफत गरिएको छ । भूमिसुधार कार्यालयका अनुसार जफत गरिएको जग्गा भूमिहीन, सुकुम्वासी, जोताहा किसान र मोहीलाई न्यूनतम राजस्व लिई बिक्रीवितरण गरिसकिएको छ । त्यसमध्ये मोहीलाई पाँच हजार १ सय ५९ विघा, गैरमोहीलाई १९ हजार ७ सय ९७ र २५ वटा सामुदायिक विद्यालयलाई ४८ बिघा जग्गा दिइएको भूमिसुधार अधिकृत नरहरि तिवारीले बताए ।
२०२१ सालअघि जमिन्दारले चाहेअनुसार जग्गा राख्न पाउँथे । त्यतिबेला सय बिघाभन्दा बढी जग्गा राख्ने ३ सयभन्दा बढी जग्गाधनी थिए । २०५९ सालमा सरकारले ११ बिघाभन्दा बढी जग्गालाई हकबन्दी कायम गर्न भूमिसुधार तथा व्यवस्था विभागलाई निर्देशन दिएको थियो । सो बेला जिल्लामा ११ बिघामाथि जग्गा राख्नेको संख्या उल्लेख्य थियो । रासस
बुहारी फर्काउन फिलिपिन्समा लाग्ने सम्पूर्ण प्रोसेसिंग खर्च हंगकंगबाट श्री पेम्बा शेर्पा लामा ज्युले जुटाउने घोषणा तत्काल ३ लाख घोसणा !
धेरै धेरै धन्यवाद सहृदयी दाजु पेम्बा शेर्पा लामा ज्यु लाई
अनि वहालाई साथ् दिने सम्पूर्ण साथी हरुलाई
भवदीय
नबिन जंग
नवांग शेर्पा
आङ कामी शेर्पा
विमला भट्ट
मेरो घर गोरखाको ताप्ले गाविसको वडा नं ३ मा पर्छ । अहिले काठमाडौंको बानियाँटारमा बस्छु ।
मलाई रोजगारीका लागि विदेश जाने इच्छा थिएन । तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउन २००९ अगस्ट ९ मा दुबई गएँ ।
काठमाडौको मुनड्रप्स म्यानपावरमा एकाउन्टेन्टका लागि आफ्नो डकुमेन्ट छोडेको थिएँ । पढाईतिर ब्यस्त भएकाले मैले चासो पनि दिइन उताबाट पनि कुनै प्रतिक्रिया आएन ।
एक वर्षपछि एक्कासी फोन आयो, दुबईको सेको कम्पनीबाट होटल वेट्रेसको डिमान्ड आएको रहेछ । जानका लागि कत्ति पनि खर्च नलाग्ने र खान बस्न पनि पाइने रहेछ । मैले वेट्रेसमा जान्न भनें । म्यानपावरका मोहित थापाले अफिसमा नै बोलाउनुभयो ।उहाँले मलाई सबै कुरा बताउनुभयो । त्यहाँको पुरै भिजुअल पनि देखाउनुभयो । त्यहाँ रक्सी खान नपाइने रहेछ, केटी मान्छेलाई सुरक्षित पनि रहेछ ।
मेरो आर्थिक अवस्था पनि निकै कमजोर भइसकेको थियो । यसो सोच्दा ठिकै जस्तो लाग्यो । मैले खर्च कति लाग्छ भनेर सोधें । उहाँले पैसा लिँदैनौं भन्नुभयो । म त्यतिबेला बिबिएस तेस्रो वर्षको परीक्षा दिएर बसेकी थिएँ ।
आर्थिक अवस्था कमजोर भएकाले मैले विदेश नै जाने निर्णय गरिसकेको थिएँ । बरु त्यहाँ गइसकेपछि कसरी सुरक्षित हुन सक्छु भन्ने मात्रै सोचें । मेरो सुरक्षाका लागि म्यानपावर र काम दिने कम्पनीले के के गर्छ भन्ने पनि बुँझे ।हामी ८ जना सँगै गएका थियौं । मैले कम्पनीलाई जम्मा १० हजार दिएको थिएँ । मसँगै जाने अरु साथीहरुसँग भने कम्पनीले ८०/९० हजारसम्म लिएको रहेछ । मैले धेरै कुरा बुझ्न खोजेको शैक्षिक योग्यता पनि राम्रो भएकाले मसँग पैसा नलिएको थाहा पाएँ ।
त्यहाँ गइसकेपछि हाम्रो काम र तलबमा फरक भने परेन । ८ घण्टा काम र १२ सय दिराम तलब दिने भनिएको थियो ।
गएको तीन दिनमा मलाई सुपरभाइजरले बैंकेट हलमा लिएर जानुभयो । त्यहाँ सर्भिस गर्ने क्रममा गेस्टहरु निस्किसक्नुभएको थियो, दुई/तीनजना मात्रै हुनुहुन्थ्यो । त्यो समय रमादानको थियो । दुबईको पे्रसिडेन्टले रमादानको शुभकामना दिएको दृश्यहरु टेलिभिजनमा देखाइएको थियो । मैले त्यतिबेला झलक्क आफ्नो देश सम्झिएँ ।
टिभी हेर्न पाउँदिन भन्ने मलाई थाहा थिएन । त्यतिबेला एक जना महिलाले मलाई हातले इसारा गर्नुभयो । तर मैले उहाँको इसारा बुझिन र बाहिर निस्किएँ ।
तर उहाँले सेक्युरिटी मेनेजर समक्ष मेरो बारेमा कम्प्लेन गर्नुभएछ । उहाँले त्यो टिभी अघिको केटा मान्छे आफ्नो श्रीमान भएकाले त्यता नहेर भन्नुभएको रहेछ । त्यो थाहा पाएर मलाई दुख लाग्यो । सेक्युरिटी म्यानेजरले ड्युटीमा हुँदा टिभी हेर्न हुँदैनथ्यो, अब सरी भन भन्यो र म सरी भनेँ ।
त्यहाँको नियम पनि नराम्रो होइन । टिभी हेर्दा मैले जुन आरोप खेपेँ त्यहाँबाट मैले शिक्षा पनि पाएँ । कतिपय अवस्थामा घर मालिक र हाउसमेडबीच द्वन्द्व पनि यही कारणले हुँदो रहेछ ।
हामीलाई ड्युटी आवरमा पत्रपत्रिमा पढ्ने, टिभी हेर्ने छुट थिएन । ड्युटी सकिएपछि भने टिभी हेर्न पाउँथ्यौं । बस्ने ठाउँमा नै टिभी थियो । हामी विभिन्न देशका मानिसहरु सँगै बस्थ्यौं ।
म समाचारमा अलि अपडेट हुन चाहन्थें । मलाई चाँही नेपालमा समाचारमा पढेको जस्तो महिलाहरु खाडी देशमा कसरी असुरक्षित हुँदा रहेछन् भन्ने कुरा जान्न मन लाग्यो ।
काम गर्दागर्दै पढेर एमबिए पास गरेँ
मैले त्यहाँ पत्रिका लुकाएर राति सुत्ने बेलामा पढ्थेँ । त्यहाँ एउटा विज्ञापन देखेँ । जागिर खाइरहेकाहरुले पनि पढ्न पाउने व्यवस्था थियो । मैले त्यहाँ गएर एमबिए भर्ना भएँ ।
पहिल्यै काम गरिरहेकाहरुले मलाई पागल भने । मैले त्यहीको अर्को इन्ष्टिच्यूटमार्फत एमएस विश्वविद्यालय एमबिए पास गरेकी हुँ ।
बिहीबार राति ३ बजेसम्म ड्युटी गरेर शुक्रबार विहान क्लास लिन जान्थें । शुक्रबार एक दिनमात्रै क्लास हुन्थ्यो । कलेज जान २ वटा बस फेरेर जानुपर्थ्यो । शुक्रबार सबै नमाज पढ्न जान्थे । पसलहरु पनि बन्द हुन्थ्यो । ट्याक्सी चढ्न क्षमता थिएन । म त्यो गर्मीमा आधा घण्टा हिँडेर जान्थें ।
म पानी समेत नपिइ बस स्टेशनसम्म जान्थें । म अचेत अवस्थामा बसमा पुग्दा ड्राइभरहरुले पानी किनेर समेत खुृवाएका छन् । त्यो अवस्थामा पनि मैले पढ्न छोडिन । तर कलेज पढ्न थालेको तीन/चार महिनामै मेरो प्रमोशन भयो । १२ सयको तलब बढेर एक वर्षभित्रै ५५ सय दिराम पुग्यो ।
अहिले म गैर आवासीय नेपाली संघ (एनआरएन) महिला सब कोअर्डिनेटर पनि हुँ । मैले कुवेत र ओमनको भ्रमण गरेको छु । दुबईमा हामी हरेक शुक्रबार हाउसमेड महिलाहरुसँग कुरा पनि गर्थ्यौं । उहाँहरुको समस्या बुझेर समाधानको पहल पनि गरेका छौं ।
विदेश गएका नारीलाई नेपालमा राम्रो दृष्टिकोणले हेरिदैन । यसले महिलाहरुलाई धेरै नै अवसरबाट बञ्चित गरेको छ । मैले पनि धेरै कुरा सोचें कि समाजले मलाई यो भन्छ, त्यो भन्छ भनेर ।
मलाई पछाडि हटाउन खोज्ने मेरै समाज हो । तर अहिले म मेरो समाज भन्दा धेरै अघि बढिसकेको छु । त्यसैले तपाईंलाई समाजले अघि बढ्नबाट रोक्न खोज्छ भने त्यसको बेवास्ता गर्नुस् ।
आफै सचेत भए दुख पाइदैन
विदेशमा काम गर्न जाँदा कतिपय कुराहरु नेपालबाट जाँदैमा दिदी बहिनीले सुधार्नुपर्ने हुन्छ भने कतिपय कुरा चाँही आफ्नो काबु बाहिरको हुन्छ । हामी जसरी प्रस्तुत हुन्छौं, हामीले पाउने व्यवहार पनि त्यस्तै हुन्छ ।
उहाँहरुले लगाउने पोशाकले पनि कहिलेकाँही समस्या ल्याउँछ । साउदी, कतारमा त बुर्का अनिवार्य छ । अभद्र ड्रेस लगाउँदा केटाहरु आकर्षण हुने जस्तो देखिन्छ । कतिपय दिदी बहिनीहरुले घरबेटीलाई खुशी पार्न पाए मेरो प्रमोशन हुन्थ्यो भनेर पनि त्यस्तो गरेको देखिन्छ ।
घरमा काम गर्ने र मालिक एउटै बन्द कोठाभित्र हुँदा सानो कुरामा पनि छिटो रिसाइदिन्छौं । हामीले केही सहनुपर्छ । त्यसरी घरबाट निस्किँदा बाहिरी व्यक्तिबाट आक्रमणमा पर्ने समस्या देखिन्छ भने घर छोड्दा मालिक अझै बढी शक्तिशाली हुनसक्छ । त्यसैले सकेसम्म काम गर्ने घरबाट बाहिर नभागौं ।
अन्य खाडी मुलुकको तुलनामा दुबई धेरै नै सुरक्षित मुलुक हो । हामी नेपालबाट सबै प्रक्रिया पुरा गरेर गयौं भने समस्या पर्दैन । हामी गैरकानुनी तरिकाबाट पनि जान्छौं । नेपालमै त कति जनाले आफ्नै छोराछोरी बेचिदिन्छन् भने विदेशमा त झन् के भर ?
आफन्त भन्दैमा सबै कुरामा भरोसा गरेर विदेश जानुहुँदैन । हामीले कानुनी प्रक्रिया पुर्याउनैपर्छ । विदेशीको र हाम्रो आचरण नमिल्न सक्छ । नेपालमा नै ओरिएन्टेशन क्लास लिएर जानुपर्छ । दुबईमा विभिन्न सामाजिक संस्था छन् ।
आफुलाई समस्या पर्यो भने ती संस्थाबाट पनि सहयोग लिन सकिन्छ । सुरुमा धेरै गाह्रो हुन्छ । गाली सहेरै भएपनि हामी साम्य हुनुपर्छ । हामीले उनीहरुलाई आफ्नो काम देखाउनुपर्छ ।
दुबईमा काम गर्नेहरु ८० प्रतिशत सन्तुष्ट नै हुनुहुन्छ । यो समाजमा ठुलो भन्ने पुरुषहरुको अगाडि महिलाहरुले अर्काको घरमा भाँडा माझेरै भएपनि कमाएको पैसाले धेरै बच्चाले शिक्षाको अवसर पाएका छन् ।
अफिसियल काममा जानेहरुका लागि त अझ धेरै राम्रो अवसर छ । नेपालमा शिक्षा अनुसारको जागिर पाउन सक्दैनौं तर त्यहाँ तपाईं सक्षम हुनुहुन्छ भने त्यहाँ महिला पुरुष भन्ने हुँदैन ।
विदेशमा पुरुष दाजुभाइले पनि गएर दुःख गर्नुभएको छ । उहाँहरुले कमाएको जति पैसा घर पठाउनुहुन्न । तर महिलाहरुले भने आफ्नो कमाइ नेपाल पठाएका छन् । पुरुषको तुलनामा महिलाहरु घर परिवारप्रति धेरै उत्तरदायी छन् ।
सरकारले पनि कुनै देश जानबाट बन्देज गर्नुभन्दा पनि समस्या के हो र त्यसको हल कसरी गर्न सकिन्छ भन्नेतर्फ सोच्नुपर्छ ।
THE KANTIPUR
Agency. After a long time off the argument and colloquially as India and Pakistan between the environment are preparing for w@ar. The main factor which kasmirasthita Indian Army headquarters also became udima terrorist at@tacks.
According to BBC India near Pakistan's border state of Bofors topalai laid now for the w@ar, whereas the visuals that the two countries are ready to international communications organizations are also certain already disseminating news.
Meanwhile, Pakistan also has kept a state of w@ar was the form of fighter plane. If Nepal open border, in India and in Nepal for bilateral pakistanabica is a w@ar started? Bhuparivestika country by virtue of its direct impact on Nepal, the experts say.
Nepal is dependent on many things, India and Nepal, India fell into the w@ar as a great impact, because even directly be started before the wa@r, Nepal and security, food and other issues is an urgent need vigilance and caution.
होटलमा बस्ने अधिकांश यौनकर्मीहरु आफ्नो खुशी हिड्न नपाउने रहस्य खोलेकि थिईन् । उनले गहभरी आँशु पारेर भनिन् –’दिनमा नै थुप्रै मान्छेहरुसँग यौनक्रियामा सामेल हुने पिडा छ भने अर्कोतिर आफुले गरेको दुखको केहि प्रतिशतमा नै चित्त बुझाउनु पर्ने अवस्था रहेको छ ।’ अहिले धेरै यौनकर्मीहरु अबैधरुपमा खोलिएका
बेश्यलयहरुबाट मुक्त हुन चाहेका छन् तर मुक्त हुन नसकिरहेको उनि बताउछिन् । समाजमा रहेका मान्छेहरुले बेश्यबृत्तिको बिरोध गरिरहेका छन् तर कुनै पनि बिकल्प प्रस्तुत गर्न नसक्दासम्म यो व्यावसाय नरोकिने उनको भनाई रहेको थियो । समाजका मान्छेहरुले यौनकर्मीलाई हेर्ने दृष्टिकोण गलत रहेका कारण यौनकर्मीहरुले त्यो पेसा छाडेर समाजमा स्थापित हुन आनाकानि गरेको धारण व्यक्त गरिन् । एकै दिनमा ३१ जनासँग सेक्स गरेकी पोखराकी एक युवतीको हेरौ यौन कथा पोखरामा बसेको छु महङ्गी चर्को छ । खर्च त त्यसैपनि भैहाल्छ । ” शोभा यो पेशामा लागेको तिन बर्ष भएछ उनले बिचको समयमा दुईवटा होटलमा काम गरेकी रहिछिन् । यो पेशामा लागेको तिनबर्ष हुदाँ पनि उनले पैसा कमाउन नसकेको गुनासो गर्दै थिईन् । यो पेशामा लागेपछि थुप्रैप्रकारका मान्छेहरुसँग भेट भएको अनुभब बताएकी थिईन् ।
पेशामा लागेको सुरुसुरुको केहिदिनमा काम गर्न अलि
असहज भएको र पछिल्ला दिनहरुमा बानि पर्दै गएपछि केहि जस्तो नलाग्ने अनुभुती सुनाएकी थिईन् ।
यो तिनबर्षको बिचमा उनले फरक प्रवृतीको ग्राहकहरुसँग जोवन साटेकि छिन् । ६० बर्षको बुढाहरुदेखि १४ बर्षको ग्राहकसँग पनि उनले यौन सम्वन्ध राखेको बताउछिन् । यो पेशामा लाग्दा उनले सबै प्रकारका अनुभुतीहरु संगालेको बताउछिन् । उनि भन्छिन् –’ कोहि — कोहिले त पशुलाई जस्तो व्यावहार गर्छन् भने कोहिले राम्रै व्याबहार गर्ने गर्छन् ।’ उनले एकैदिनमा ३१ जनासँग संम्भोग अनुभुती सनाईन् । होटलमा साहुहरुसँग झगडा परेर होटल चेन्ज गर्ने बेला सबैभन्दा गाह्रो हुनेउनको अनुभब थियो । उनका अनुसार कमाएको पैसा पुरै तत्काल साहुले नदिने भएकाले कमाएको पैसा पुरै नबच्ने उनको भनाई थियो । केहि दिन नाइट स्टे रहने गरि बाहिर जान पाइयो भने कमाई राम्रो हुने उनको धारण थियो । उनका अनुसार होटलभन्दा बाहिर गएको बेलाको कमाइको प्रतिशत साहुलाई पनि बुझाउन पर्ने हुन्छ । उनका अनुसार यौन पेशामा १३ बर्षदेखि लिएर पैतालिस बर्षसम्मको महिलाहरु संलग्न रहेका बताएकि थिईन् । उनि बिगत एक महिना देखि होटल छाडेर छुट्टै कोठा लिएर बसेका रहेछिन् । होटल छाड्ने बेलामा साहुसँग ठुलै झगडा परेको र होटले साहुले अझै केहि पैसा दिनसमेत रहेका बताईन् । होटल छाडेपछि उनलाई काम गर्न सजिलो भएको र कमाएको पनि बचत भएको बताईन् । उनले अबको केहि समयमा नै यो पेशा छाड्ने निर्णय गरेको समेत बताईन् । ‘केहि गरेर बस्ने आधारको निर्माण गर्छु र त्यसपछि आफै यो पेशालाई छाड्छु’ उनको भनाई थियो । सुरुसुरुमा रहरमा र पछि बाध्यतामा यो पेशामा लागेकी शोभाले जिवनका थुप्रै रङ्गहरु भोगेकी छिन् । उनि वन नाईट स्टेका लागी भनेर एकजना ग्राहकसँग चार हजार रुपैयाँदिने सहमतीमा गएकी थिईन तर त्यो ग्राहकले रातभरी भोगचलन गरेर खालि हात पठाएको घटना समेत बताईन् । पोखरामा बसेको छु महङ्गी चर्को छ । खर्च त त्यसैपनि भैहाल्छ । ” शोभा यो पेशामा लागेको तिन बर्ष भएछ उनले बिचको समयमा दुईवटा होटलमा काम गरेकी रहिछिन् । यो पेशामा लागेको तिनबर्ष हुदाँ पनि उनले पैसा कमाउन नसकेको गुनासो गर्दै थिईन् । यो पेशामा लागेपछि थुप्रैप्रकारका मान्छेहरुसँग भेट भएको अनुभब बताएकी थिईन् । पेशामा लागेको सुरुसुरुको केहिदिनमा काम गर्न अलि असहज भएको र पछिल्ला दिनहरुमा बानि पर्दै गएपछि केहि जस्तो नलाग्ने अनुभुती सुनाएकी थिईन् । यो तिनबर्षको बिचमा उनले फरक प्रवृतीको ग्राहकहरुसँग जोवन साटेकि छिन् । ६० बर्षको बुढाहरुदेखि १४ बर्षको ग्राहकसँग पनि उनले यौन सम्वन्ध राखेको बताउछिन् । यो पेशामा लाग्दा उनले सबै प्रकारका अनुभुतीहरु संगालेको बताउछिन् । उनि भन्छिन् –’ कोहि — कोहिले त पशुलाई जस्तो व्यावहार गर्छन् भने कोहिले राम्रै व्याबहार गर्ने गर्छन् ।’ उनले एकैदिनमा ३१ जनासँग संम्भोग अनुभुती सनाईन् । होटलमा साहुहरुसँग झगडा परेर होटल चेन्ज गर्ने बेला सबैभन्दा गाह्रो हुनेउनको अनुभब थियो । उनका अनुसार कमाएको पैसा पुरै तत्काल साहुले नदिने भएकाले कमाएको पैसा पुरै नबच्ने उनको भनाई थियो । केहि दिन नाइट स्टे रहने गरि बाहिर जान पाइयो भने कमाई राम्रो हुने
एजेन्सी, जसरी अंगुरको सुख्खा रुप किसमिस स्वास्थ्यको लागि धैरै फाइदा हुन्छ त्यसरी नै खजूरका सुख्खा रुप छोकडा पनि शरीरको लागि फाइदै फाइदा हुन्छ। छोकडामा भरपुर मात्रामा पौष्टिक तत्व रहेको हुन्छ।
यसको नियमित सेवन गर्नाले शरीरलाई चाहिने आवश्यक मात्राको फाइबर, आइरन, क्याल्सियम, जिंक, म्यानिसियम पाउन सकिन्छ। यसको प्रयोगले मानिसलाई लाग्ने क्यान्सर, मुटुसम्बन्धी रोग निको हुन सक्छ। यसका साथै वजन कम गर्न पनि मद्दत गर्नेछ।
यस्तै यदि यसको प्रयोग दूधमा उमालेर गरेमा झन मानव शरीरको लागि फाइदै फाइदा हुनेछ। किनकी यसमा भिटामिन ए,बी पाउन सकिन्छ। यका साथै छोकडाले शरीरमा सेल्सको निर्माण गर्न मद्दत गर्छ। यसबाट पाइने म्यानेसियमले शरीरमा रहेको सुगरलाई नियन्त्रण गर्ने गर्दछ। जसको कारण मानिसलाई डायबेटिज हुनबाट बचाउँछ।
यतिमात्रै नभएर। यसमा डाइट रुपी फाइबर हुने गर्दछ जसले शरीरको पाचन प्रणालीलाई नियमितता कायम गराउने गर्दछ। छोकडालाई दूधमा मिलाएमा यसमा पोटासियमको मात्रा धेरै हुन्छ जसले खादा पेट दुख्ने समस्या समाधान हुन्छ भने डारिया रोक्नेमा समेत काम गर्छ।
यदि तपाई शरीरको हड्डी बजबुद बनाउन चाहनुहुन्छ भने दूधमा छोकडा उमाएर सेवन गर्नुस् जसले तपाईलाई फाइबर, आइरन, क्याल्सियम, जिंक, म्यानिसियम प्रदानगर्दछ। यी सबैले तपाईको हड्डीलाई निक्कै मजबुदी बनाउछ।
परारको बजेटले ३० इञ्चसम्मको टिभीमा मात्रै छुट दिएकोमा पोहोर ३२ इन्चसम्म कर छुट दिने व्यवस्था भएको हो। यसपालि पनि त्यो कायम छ। यसका लागि तपाईँ वैदेशिक रोजगारमा गएर फर्किएको हुनुपर्छ। पढ्नलाई विदेश गएको वा एनआरएनले टिभी ल्याएमा कर महसूल छुट हुने छैन। वैदेशिक रोजगारमा गएकाको पनि अभिलेख राखिने र यस्तो सुविधा एक पटकका लागि मात्र दिइने भनिएको छ। त्योभन्दा ठूलो टिभी ल्याएमा छुट दिइने छैन, इन्च नापेर भन्सार महसूल लिइनेछ। यो महसूल दरमा पनि परिवर्तन गरिएको छैन। त्यसो भए कत्रो टिभीमा कति कर लाग्छ त ?आर्थिक विधेयक २०७3मा यस्तो व्यवस्था छ
काठमाडौं- समस्या पर्दा सहयोग गर्नु स्वभाविक हो । सहयोग अनेक किसिमका हुन्छन् । तर आर्थिक सहयोगको मामिलाका कारण रसुवा स्थायि घर भई हाल बागबजार बस्ने नर्बु लामाको बेहाल भएको छ । नर्बुको निद हराएको छ, नर्बुको भोक प्यास हराएको छ । र नर्बुलाई सहयोगि भावनाको हुनु नै दुर्भाग्य लाग्न थालेको छ ।
चार महिना अगाडि ‘एक हप्ता फिर्ता गर्छु, मेरो छोरा सिकिस्त बिरामी छ, उपचार नेपालमा सम्भव नहुने भो, दोल्लि लैजानुपर्ने भो भन्दै एकजना लामा थर कि महिलाले नर्बुको हात समातेर रोइन् । नर्बु र ति महिलाको खासै राम्रोसँग चिनजान थिएन । कपडा ब्यापारको सिलसिलामा कहिलेकाँहि कुराकानि हुन्थ्यो । उनिहरु दुबैजनाको बौद्धमा पसल थियो । कपडा लिन खासा जान्थे ।
सहयोगि भावना र कमलो मन भएका नर्बुले ११ लाख रुपैयाँ एकैदिनमा बैंक मार्फत झिकेर दिए । कुनै कागज वा प्रमाण राखेनन् । छोराको उपचारको लागि दिल्लि जाने भएकाले ति महिलाको पसल हेर्ने मानिस अरु कोहि थिएन । त्यसैले पसल नर्बुलाई जिम्मा लगाईन ति महिलाले । पसलमा जम्माजम्मि २ लाखको कपडा थियो ।
दिन, रात, हप्ता, महिना बित्यो तर ति महिलाले नर्बुलाई सम्पर्क गरेनन्, छोराको हालखबर पनि बताएनन्, पसलको बारेमा केहि कुरा सोधे । यस्तो हर्कत देखेर नर्बुलाई अचम्म त लागेको थियो तर छोराको तनाबले गर्दा होला बिचरा निको भएपछि आँउछ भन्ने लागेर चुपचाप कुरिरहे ।
चार महिनाको समय सिमा सकिएपछि नर्बुले मोबाईलमा फोन गरे । जति गर्दा नि ति महिलाको फोन रिसिभ हुन सकेन । ल्याण्डलाईन फोन मार्फत गरेपछि रिसिभ भयो । ति महिलाले आफू नेपालमै भएको र पैसा दिनको लागि चाँडै आउने कुरा गरिन् तर पसलको बारेमा सोधिनन् ।
त्यसो भनेको एक हप्ता पछि ति महिला आईन् । नर्बुले पैसा मागे । ति महिलाले आफ्नो दोकानको व्यापारको हिसाब मिलाउन भने । ३४ हजारको ब्यापार भएको रहेछ । नर्बुले कपडाको व्यापार र हाम्रो व्यापार अलग्गै भन्दै व्यापार गरेको पैसा दिए ।
पैसा हात पारेपछि ति महिलाले भनिन्, ‘भोली बिहान फोन गर्नुहोला, हिमालयन बैङ्कमा आउनुहोला । ब्याज सहित पैसा फर्काउछू म ।’नर्बुले बिहानै फोन गरे, ‘ल म दश बजे हिड्छु हैू ? ति महिलाले भनिन्, ‘कता हिड्ने ? हिमालयन बैङ्क ? हेर, तेरो पैसा दिन्न, आईन्दा मागिस भने बलत्कारको केश हालिदिन्छु ।’
अहिले नर्बु गुमेको पैसा फिर्ता ल्याउन प्रहरि र पत्रकारको सहयोगका लागि भौतिएका छन् ।
कोरियामा रहेका समाजसेवी तथा व्यवासायी मनोज डांगीले आत्महत्या गरेका छन् ।
कोरियाको सिन्चोनमा काठमाडौं रेष्टुरेण्ट संचालन गर्दै आएका संखुवासभाका डांगीले २० सेप्टेम्बरका दिन बेलुकी ४ बजे कपडा सुकाउने डोरीमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
अन्तराष्ट्रिय साहित्य समाज कोरियाका अध्यक्ष समेत रहेका डांगीले के कारण आत्महत्या गरे भन्ने विस्तृत जानकारी आइसकेको छैन ।डांगीको सब सोलको होमोन दोङ अस्पतालमा राखिएको गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य केपी सिटौलाले बताएका छन् ।डांगीको आत्महत्याले कोरियाका नेपालीहरु यतिबेला स्तब्ध भएका छन् ।कोरियाका रेष्टुरेण्ट व्यवसायी तथा समाजसेवि रुद्र शर्माले पनि डांगीकोमृत्युले दुःखी भएको बताएका छन् “ उहाँ विवेकशील अनि समाजसेवी मान्छे कसरी यस्तो भयो मलाई पनि अचम्मै लागेको छ, केही कारण पक्कै छ हामी सबै खोजीमा लागेका छौं ।”स्मरण रहोस डांगीले तीन वर्ष अघि एनआरएनए कोरियाको अध्यक्षमा उम्मेदवारी दिदैं डांगीले कोरियामा नेपालीहरुले आत्महत्या गर्नुको कारण पत्ता लगाउनुको साथै औधौगिक दुर्घटना कम गर्न दूतावासको नेतृत्व तथा एनआरएनएको पहलमा अन्य संघसंस्थासँग हातेमालो गरेर अगाडि बढ्ने ऐजेण्डा समेत सार्वजनिक गरेका थिए ।संसार न्यूजबाट
बुहारी फर्काउने प्रक्रियाबारे स्थानीय चर्च र समुदायसंग छलफल
जिबन थापा मगर र मामा कामे मगर जोयाका सारा परिवारसंग सौहार्द र सामिप्यताका साथ फिलिपिन्स बकोलोड स्थित जोयाका बुबा आमाको घरमा भेटघाट एबम भलाकुसारी भईरहेको छ । यो भेटसंगै आइतबार सबै परिवारले एक साथ चर्चको बरिस्ट पास्टरसंग भेट गरि जोया र जिबनको बिवाह एबम बिवाह दर्ता, नेपाल फिर्ती प्रक्रिया लगायतका बिषयमा छलफल भएको छ ।बरिस्ट पास्टरले चर्चमा जुनै समयमा पनि आफु जिबन-जोयाको बिवाह गरिदिन तयार रहेको बताउदै यो मुद्धा अन्तर-रास्ट्रियतासंग सम्बन्ध रहेको हुदा पहिला स्थानीय निकाय र अदालतको नियम र प्रक्रिया बुझ्न अनुरोध गरेको बताएको छ ।जस अनुसार भोलिनै कम्युनिटी मिटिन्ग गर्न जोयाका पिता रेने माइजारेस लागि परेका छन्।
आज आईतबार सबै सरकारी कार्यालय बिदा रहेको हुदा स्थानीय निकायसम्म पुग्ने काम भने स्थगित भएकोछ । सोमबार स्थानीय निकाय एबम कोर्ट जाने र आबश्यक प्रक्रिया बुझेर चाडो भन्दा चाडो कोर्टमा बिवाह गर्ने तथा छोराहरु मिगेल र ईरिकको फिलिपिनी सरकारको नियम बमोजिम उद्धारका समयमा जारि भएको जन्म दर्ता तथा नाता प्रमाणित पत्रमा पारिबारिक नाम (Surname) परिबर्तन गर्न एबम बुबा जिबन थापा मगरको नाम राख्न अनुरोध गरिने भएको छ ।आफ्नो नागरिकले बेबारिसे भई ओभर स्टे बसी गल्ति गरेको कारण फिलिपिनी सरकारले नेपाल सरकारलाई जरिवाना तिरी बेबारिसे आफ्नो नागरिकको उद्धार गरेको भनि स्थानीय निकाय एबम अध्यागमनमा रेकर्ड रहेको कारण केहि समस्या रहे पनि आफु र मेरो आमाले त्यसबारे नम्र अनुरोधका साथ निबेदन गर्ने एबम नेपालमा भएको र खेपेको मजबुरीबारे जोयाले प्रस्ट बयान दिएपछी कागजी प्रक्रिया र नेपाल फर्कनका लागि सजिलै सहयोग गर्ने जसको लागि नेपाल जस्तो कठिनाई नरहेको बताएको छ । यसको लागि एक हप्ता देखि बढीमा १५ दिन लाग्ने अनुमान छ ।
४ असोज, काठमाडौं ।
उपत्यकाका विभिन्न स्कुलमा बम विष्फोट गराएको आरोपमा रामेछाप घर भएका शंकर लाखे र सिन्धुलीका चन्द्रबहादुर तामाङलाई प्रहरीले सार्बजनिक गरेको हो ।उनीहरु गत साउन ६ गतेको घटनामा पनि पक्राउ परेर साधारण तारिखमा छुटेका थिए ।
माओवादी शान्ति प्रक्रियामा आएपछि हतियारसहित भागेका लडाकूहरुले पार्टी बनाएको र पछिल्लो समय आपराधिक क्रियाकलापमा सकृय रहेको प्रहरीले बतायो ।
विहान बौद्धको अकाशदीप स्कुल र मनकामना उच्च मावि नजिक राखिएका बम विस्फोट भएका थिए । अन्य झण्डै आधा दर्जन विद्यालयहरुमा पनि बम भेटिएका थिए । ति बम प्रहरी र सेनाको टोलीले निष्कृय पारेको थियो । बम विष्फोटबाट मानवीय क्षती नभए पनि काठमाडौंको जनजीवन आतंकित भएको थियो ।
त्यसलगत्तै सुरक्षा निगरानी बढाएको प्रहरीले घटनामा संलग्न तीन जनाको पहिचान भएको बताएको थियो । तर प्रहरीले पत्रकार सम्मेलन गरी दुई जनालाई मात्रै सार्बजनिक गरेको हो ।
दशैंको बेला चन्दा असुल्न भूमिगत समूहले बम पड्काएको अनुमान गरिएको छ ।
खाना पकाउने ग्यासको सिलिन्डर बिस्फोट भएर दुर्घटनामा परी पीडित हुने उपभोक्ताले अबदेखि बिमामार्फत एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् ।एलपी ग्यास उद्योग संघले भदौ १ गतेदेखि लागू हुने गरी उपभोक्ताका लागि यस्तो व्यवस्था गरेको अाजको अन्नपूर्णमा समाचार छ ।ग्यास उद्योगीको बिमासम्बन्धी मापदण्डमा एकरुपता नहुँदा उद्योगका अवस्था र पीडितको पहुँचका आधारमा पीडितले यसअघिसम्म एकमुष्ट पाँच लाखदेखि २० लाखसम्म क्षतिपूर्ति पाउँदै आएका थिए ।अहिले हामीले मुलुकभरी एकरूपता ल्याउने गरी एउटा मापदण्ड तयार पारेर कार्यान्वयनमा ल्याएका छौ,’ संघका अध्यक्ष शिव घिमिरेले भने, ‘मापदण्ड भदौ १ गतेबाट लागू गरिसकेका छौं । अब देशभरका उपभोक्ताले एउटै दुर्घटनाबाट तीन प्रकारका समान रूपमा क्षतिपूर्ति प्राप्त गर्नेछन् ।’श्रोत खबर साइड
आजको खबर २०७३ भदौ ३१ शुक्रबार १३:३४:००
काठमाडौँ, ३१ भदौ, बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ४ दिने भारत भ्रमणको लागि त्यता तिर लागे साथमा ११६ जनाको जम्बो टोली पनि । साथमा छोरा प्रकाश दाहाल पनि छन् भने श्रीमती सीता दाहाल पनि । भ्रमण असोजको ३ गतेसम्म चल्नेछ जसमा भारतीय उच्च व्यक्तित्वहरुसँग भेटघाट, छलफल तथा अवलोकन हुनेछन् ।
बिहीबार दिल्ली पुगेका प्रचण्डले हिजै भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटघाट गरेका छन् । यसैगरी विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि प्रचण्डको भेटघाट भयो भने साँझ नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा पनि सहभागी भए ।
आज विहानैबाट प्रधानमन्त्री दाहालको उच्च स्तरीय राजनीतिक भेटघाट सुरु भएको छ । दाहालले पहिलो चरणमै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गरे । उनलाई त्यहाँ भव्य स्वागत गरिएको थियो । विशेष सुरक्षा सहित त्यहाँ पुगेका प्रधानमन्त्री दाहालको साथमा श्रीमती सीता दाहाल पनि उपस्थित थिइन् ।
लौ न ! सीता मेडम यो के गरेको ?
प्रधानमन्त्रीसीत पत्नी सीता दाहाल पनि सँगसँगै थिइन् तस्विरमा हेर्नुहोस् । विशेष सुरक्षा व्यवस्थासहित हैदरावाद हाउसमा पुगेका उनीहरुलाई प्रधानमन्त्री मोदीले स्वागत गरे । स्वागत गर्दै गर्दा कताबाट हो सीता दाहाल प्रचण्डको साथमा हुनु पर्ने मोदीको साथमा पुगिन् । फोटोमा देखियो निक्कै असभ्य । फोटो हेर्नेलाई लाग्छ सीता दाहाल नेपालको प्रधानमन्त्री पत्नी नभएर भारतीय प्रधानमन्त्रीकी पत्नी हुन् । शिष्टाचारको ज्ञान नहुँदा प्रधानमन्त्री पत्नी सीता यसरी लज्जित बनिन् ।
यसमा शिष्टाचार महापालको पनि गल्ती छ । उनीहरुले सम्झाउनु पर्ने हो तर त्यो हुन नसकेको देखियो । स्वयम् सीता मेडमले पनि याद गर्नु पर्ने सानो कुरा तर खै देखिएन ! नेपाली विशिष्टहरुको उच्च स्तरीय भ्रमणमा हरेक पटक यस्ता गल्ती देखिने गरेका छन् । आगामी दिनमा नेपाली विशिष्टहरुले सचेत हुन जरुरी छ ।
आफू सुन्दर हुने हरेको मानिसको सहज स्वभाव हो । केही मानिसका छालामा मुसा वा कोठी आएर सुन्दरतामा प्रभाव परेको छ भने अझ विशेष गरी अनुहारमा मुसा वा कोठी आएमा नराम्रो देखिन्छ । मानिसको शरीरमा मुसा किन र के कारणले आउँछ ? मुसालाई अंग्रेजीमा वर्त् भनिन्छ । एजपीभी भन्ने एक किसिमको भाइरसको कारण यो छालामा मुसा पैदा हुने गर्दछ । मुसा विभिन्न प्रकारका हुन्छन् । औषधि खाने र औषधि दल्ने गरेमा मुसा सानो हुंदै गएर अन्तमा हट्नेछ । यस उपचार पद्धति बाहेक , चिस्याउने , इलेक्ट्रिक उपचार गर्ने , लेजर वा अपरेशन गर्ने तरिकाव्दारा पनि मुसा हटाउन सकिन्छ ।भर्खरै शरीरमा मुसा आएको देख्दा भिटामीन एलाई सोझै मुसा आएको छालामा दल्न सकिन्छ । यसो गरेमा मुसा हट्ने सम्भावना हुन्छ । अर्को उपाय होः भिटामिन सीलाई धुलो पारी पानीसंग मिलाएर लेदो जस्तो बनाई मुसा आएको छालामा दल्ने गरेमा मुसा हट्ने सम्भावना छ । तर जुनसुकै उपायव्दारा मुसा हटाउंदा चिकित्सकको सल्लाह अनुसार काम गर्न राम्रोहुन्छ ।
मुसा कोठी हटाउनका लागि घरेलु उपायहरु
स्याउका भिनेगरप्रयोग गर्ने
स्याउको भिनेगर सबैभन्दा उपयोगि प्राकृतिक उपाय हो । मुसाहटाउन यसको अचम्म खलको उपयोगिता छ । स्याउको भिनेगरलाई मुसा,कोठी आएको ठाउँमा लगाएमा चाँडै नै हराएर जान्छ । तर यो बिधि आँखा वरपर भने प्रयोग गर्नु हुँदैन ।स्याउको भिनेगरसँग मुसा, कोठि हटाउनको लागि अन्य विधि पनि प्रयोग गर्न सकिन्छ।
पानी र थोरै साबुनले मुसा आएको वरपर सफा गर्नुहोस् ।१५ मिनेटपछि मुसामा टुतपेस्ट दलेर रगड्नुहोस् र १५ मिनेट त्यत्तिकै राख्नुहोस् । स्याउको भिनेगर कपासमा लिएर पुसेर संक्रमित ठाउँमा प्लास्टर या मज्जाले दब्बिने गरेर छोप्नुहोस् । १५ मिनेट पछि खोलेर पानीले सफा गर्नुहोस् । यो विधि दिनमा ३ पटक लगातार ७ दिन सम्म प्रयोग गर्नुहोस् हजुरको कोठि,मुसा सजिलै हराएर जानेछ ।नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"
दुबई– ११ महिनाअघि दुबईको सेक्यूरीटी लागि भन्दै लगिएका ३० नेपालीको बिचल्ली भएको छ ।नेपालस्थित
हिमारब ओभरसिज र एन.सी.एफ. मेनपावरबाट लगिएका नेपाली सेक्यूरिटी गार्डलाई सम्झौता बमोजिक तलब नदिएपछि उनीहरुको बिजोग भएको हो ।२६ दिन १२ घण्टाको १७८१ दिराम र ३० दिन काम गरेमा २०८१ दिराम दिने सम्झौता गरेर गएका नेपालीलाई हालसम्म २०० देखि ३०० त कहिले ९०० देखि १२०० मात्र दिएको उनीहरुको गुनासो छ
पछिल्लो ४ महिनादेखि कम्पनीले कुनै रकम नदिएपछि र १ महिनाअघि नै यस विषयमा युएईस्थित नेपाली दूतावासमा जानकारी गराएपनि दूतावासले कुनै चासो नदिएको उनीहरुको गुनासो छ ।हाल आफूहरुसंग खानाको लागि समेत रकम नभएको उनीहरु बताउछन् । दिन प्रतिदिन अवस्था नाजुक बन्दै गएकाले चाडो भन्दा चाडो उद्धार गरी नेपाल फिर्ता गरिदिनु उनीहरुले नेपाल सरकारसंग आग्रह गरेका छन् ।श्रोत:काठमाण्डु टुडे
काठमाडौँ, २८ भदौ - परराष्ट्रमन्त्री प्रकाश शरण महत चढेको नेपाल एयरलाइसको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ। दिल्लीबाट काठमाडौँ आएको आर ए २६० विमान अवतरणपछि पार्किङ तर्फ लैजाने क्रममा दुर्घटना भएको हो। विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेको छ। तर, विमानमा रहेका यात्रुहरु भने सुरक्षित छन्।यात्रुहरुलाई सुरक्षित तरिकाबाट बाहिर निकालिदै छ।
सोमबार पनि नेपाल नेपाल एयरलाइन्सको विमानमा खराबी आएपछि दिल्लीमा आकस्मिक अवतरण आरिएको थियो । अवतरण पछि विमानको टायर समेत पड्किएको थियो।source:dc nepal.com
एजेन्सी । यदी तपाई सुरक्षित सेक्स गर्नु हुँदैन भने अब तपाई जोखिममा पर्न सक्नु हुन्छ । अर्थात् एड्ससहित यौन रोगका अन्य जोखिमहरु त यसअघि बाटै थिए नै अब सेक्सकै कारण अर्को गम्भीर खतरा समेत विश्वमा भित्रिएको तथ्य पत्ता लागेको छ । संयुक्त राज्य अमेरिकाको तटीयमुलुक ‘हवाई’मा ‘सेक्स सुपरबग’ नामक एक खतरनाक जीवाणुको दुईवटा मामिला बाहिर आएको छ । जसले विश्वभरका चिकित्सकलाई चिन्तित बनाएको छ ।हवाईका स्वास्थ्य विभाग अधिकारीहरुले ‘सुपरबग’ एड्स फैलाउने जीवाणु ‘एचआईभी’ भन्दा पनि खतरनाक भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।उनीहरुले यसबाट बच्न मुस्किल हुने बताएका छन् । हवाईको स्वास्थ्य विभागले सुपरबगको रोकथामका लागि नयाँ ‘एन्टिबायोटिक’ पत्ता लगाउन सरकारसँग ५४ मिलियन डलर राशी माग गरेका छन् । वरिष्ठ चिकित्सकहरुले सुपरबगलाई कुनै पनि औषधीले छुन नसक्ने बताएका छन् । चिकित्सकका अनुसार सेक्स सुपरबगलाई ‘गोनोरिया एच ०४१’ नामबाट पनि चिनिन्छ ।सुपरबगको पहिलो पहिचान वर्ष सन् २०११ मा जापानमा भएको थियो । यसपछि यो हवाईमा फैलिएको थियो । अहिले भने क्यालिफोर्निया र नर्वेतिर पनि यसको संक्रमण फैलिन सुरु भएको अनुमान गरिएको छ । हवाईमा पहिलो पटक सन् २०११ मा सेक्स सुपरबगको मामिला एक युवतीमा भेटिएको थियो । हवाईका चिकित्सकहरुले पूरा देशभरी यसबाट सुरक्षित रहन सल्लाह दिएका छन् । चिकित्सकहरुले सुपरबगबाट विशेष सचेत रहन आग्रह गर्दै यसको जीवाणु धेरै आक्रामक भएको बताएका छन् ।यो द्रुत गतिमा फैलिने र कम समयमा नै असर देखाउने खालको भएको चिकित्सकहरुको भनाई छ । विशेषज्ञहरुले सदैव सुरक्षित सेक्स गरेको खण्डमा यसबाट जोगिन सक्ने जनाएका छन् । जीवाणु देखिएको मुलुक हवाईमा कोहीसँग पनि नयाँ सम्बन्ध बनाउनुअघि पहिले आफ्नो ‘पाटर्नर’को शारीरिक जाँच गराउन सल्लाह दिइएको छ ।
प्रकृतिको नियम नै यस्तो छ कि मानिसले जन्म लिन्छ जवान हुन्छ बुढो हुन्छ अनि प्राण छोड्छ । अब बैज्ञानिकहरुले बुढो नदेखिने औषधी बनाएका छन् । बैज्ञानिकहरुले मान्छेलाई सँधै जवान राख्ने औषधी पत्ता लगाएको दावी गरेका हुन् । यो औषधीले बढीरहेको उमेरको प्रभाव शरीरमा पर्न नदिने र मानिसलाई लामो समय सम्म जवान राख्ने दावी शोधकर्ताहरुले गरेका छन् ।खास गरी मुटुको समस्या समाधान गर्ने यो औषधीले मानिसलाई जवान रहनका लागि मद्धत गर्ने छ ।स्क्रिप्स रिसर्च इन्स्टीट्यूट र मेयो क्लिनिकका शोधकर्ता बैज्ञानिकहरुले ′सेनोलाइटिक्स′ नामको औषधी पत्ता लगाएका हुन् । उमेरका कारण रोगी हुँदै गएका मानिसलाई यस्ता रोगबाट बचाउँन समेत यो औषधी उपयोगी हुन सक्ने छ । बैजानिकहरुका अनुसार यो औषधीले मानिसलाई बुढो हुनबाट रोक्ने छ । शरीरका कोषिकाहरुलाई जिवित र सक्रिय राखेर मानिसलाई जवान राख्ने तत्व यो औषधीमा रहेको बताइएको छ । बैज्ञानिकहरुले परीक्षणबाट पुष्टी भैसकेको यो औषधी अव बजारमा पठाउन सकिने समेत बताएका छन् ।बेलायतको न्यू क्यासल विश्वविद्यालयका प्राध्यापक टमस भोन ग्लीनिकीले बैसैमा बुढा देखिने ब्यक्तिका लागि यो औषधी सहायक हुने बताए । क्रोनिक इन्फ्लामेसनका कारण मानिसहरु उमेर भन्दा छिटो बुढो देखिन थालेको र त्यसको निवारणका लागि यो परीक्षण गरिएको उनको भनाइ छ । यो परीक्षणको सफलताले मानिसहरुलाई बुढो हुन रोक्न सकिनेमा आफूहरु विश्वस्त रहेको शोधकर्ताहरुले बताएका छन्
नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"बैज्ञानिकहरुले पत्ता लगाए सधैभरि जवान रहने औषधी
अनलाइनखबर निर्माता छविराज ओझाको ब्यानरमा जुन दिनदेखि नायिका शिल्पा पोख्रेलको प्रवेश भयो, सोही दिनदेखि यी दुइको निकटताको चर्चा भैरहेको छ । ‘लज्जा’ चलचित्रमा शिल्पा पोख्रेलले डेब्यू गरेपछि छविसँग उनको प्रेमका कुरा पनि नआएका होइन । तर, तेश्रो चलचित्र ‘किस्मत २’ सम्म आइपुग्दा छवि र शिल्पाले बिहे गर्न लागेको चर्चा छ ।के छवि र शिल्पाले बिहे गर्न लागेको कुरा सत्य हो ? छवि र शिल्पासँग गरिएको भिडियो कुराकानी हामी ‘मनोरञ्जन भिडियो समाचार’मा प्रस्तुत गर्नेछौ । तर, शिल्पा र छवि अहिले एक अर्काको केयर गर्ने भैसकेका छन् । शिल्पा र छवि एक अर्कालाई माया पनि गर्छन् ।अनलाइनखबरको क्यामेराका तस्बिर खिच्ने क्रममा छविले शिल्पालाई अंकमाल गरे । तर, शिल्पा सुरुमा लजाइन् र छविलाई अंगालो नमार्न भनिन् । तर, छविको जिद्दीको अगाडि शिल्पाको केही लागेन । छविको कर्के हेराइमा शिल्पा मुस्काइन् र तस्बिरका लागि पोज दिइन् । के तपाई र शिल्पाको कोट म्यारिज भैसकेको हो भन्ने प्रश्नलाई छविले सिधै इन्कार गरे । बरु भने-‘कागजी प्रमाण ल्याउनुहोस्, ठूलो पुरस्कार दिन्छु ।’ तस्बिरः कमल प्रसाई
अनलाइनखबर निर्माता छविराज ओझाको ब्यानरमा जुन दिनदेखि नायिका शिल्पा पोख्रेलको प्रवेश भयो, सोही दिनदेखि यी दुइको निकटताको चर्चा भैरहेको छ । ‘लज्जा’ चलचित्रमा शिल्पा पोख्रेलले डेब्यू गरेपछि छविसँग उनको प्रेमका कुरा पनि नआएका होइन । तर, तेश्रो चलचित्र ‘किस्मत २’ सम्म आइपुग्दा छवि र शिल्पाले बिहे गर्न लागेको चर्चा छ ।के छवि र शिल्पाले बिहे गर्न लागेको कुरा सत्य हो ? छवि र शिल्पासँग गरिएको भिडियो कुराकानी हामी ‘मनोरञ्जन भिडियो समाचार’मा प्रस्तुत गर्नेछौ । तर, शिल्पा र छवि अहिले एक अर्काको केयर गर्ने भैसकेका छन् । शिल्पा र छवि एक अर्कालाई माया पनि गर्छन् ।अनलाइनखबरको क्यामेराका तस्बिर खिच्ने क्रममा छविले शिल्पालाई अंकमाल गरे । तर, शिल्पा सुरुमा लजाइन् र छविलाई अंगालो नमार्न भनिन् । तर, छविको जिद्दीको अगाडि शिल्पाको केही लागेन । छविको कर्के हेराइमा शिल्पा मुस्काइन् र तस्बिरका लागि पोज दिइन् । के तपाई र शिल्पाको कोट म्यारिज भैसकेको हो भन्ने प्रश्नलाई छविले सिधै इन्कार गरे । बरु भने-‘कागजी प्रमाण ल्याउनुहोस्, ठूलो पुरस्कार दिन्छु ।’ तस्बिरः कमल प्रसाई
केदार घिमिरे ‘माग्ने बुढा’लाई नचिन्ने मानिस साहेदै होलान् । उनै माग्ने बुढा पछिल्लो समय केही अस्वस्थ भएको खबर बाहिर आएका बेला उनका साहकर्मी एवंम नजिकैका मित्र तथा कलाकार विल्सन विक्रम राई तक्मे बुढाले केही रहस्य खुलाएका छन् ।
फेसबुकमा स्टाटस लेख्दै तक्मेले यसो भनेका छन् । ‘मेरो सेवारो सेमुना नमस्कार माग्ने र तक्मे को शुभचिन्तक दर्शकमा केही दीन देखि हाम्रो बारेमा अरु नै बाठो भएर बोल्नुभएको देखेर लेख्नै पर्ने भो बोल्नै पर्ने भो ।
फोटो हालेर फेसबुकमा लेखेर मात्रै आफन्त हुने भए धेरै को काका दाजु पर्ने थिए । सलमान खान आमिर खान , प्रत्येक दिन म केदार काकासङ्ग टचमा छु । वाहाको स्वास्थ को बारे बुझी राखेको छु । हाम्रो खास खुस को स्टोरी सेटिङग हुन्छ । हरेक दिन जस्तो काका र म मिलेर निर्दैशन गर्दछौं । १२ भाग देखि उहाँ बिरामी हुनुभो ।
आज २४ सम्म हामी साथमा नै छौ । म दुःखी छु तर म मेरो दुःख कही देखाउन चाहीन । र, केदार काकाले आफै तपाईंले केही नभन्नु केही नलेख्नु बिरामी को बिषयमा झन के के नभोहोला भन्नेहुन्छ भन्नुभोर तेही सल्लाह बमोजीम हामी छौ हाम्रो खासखुस परिवार तर यो बाहिर को कीन बडी जान्ने भएको नी रु मेरो गड फादर अरुको माग्ने बुडा मेरो दीने बुढा । उहाँ र मेरो बारेमा यो अरु अरुले अन्तर्वार्ता दिदै हिरो हुँदै हुनुन्छ रे ।
जो चाहिँ ठूलो भाग खोज्न भनेर हाम्रो टीम छोडेर जानुभो । र, झोलमा डुबेर अहिले हाम्रो बारेमा कता कता बोल्दै हीड्दै हुनुहुन्छ रे । यो जति नी खबरपत्रीका मा बाहिर आए यो नत मैले बोलेको हो नत केदार काका नै बोल्नुभेको हो । यो यता न उताको मान्छे बोल्नु भएको हो अब हाम्रो बारेमा हामी सङ्गै सोधपुछ गर्नु हाम्रो कोही प्रवक्ता छैन र हैन । माग्ने तक्मे ’
विराटनगर, २२ भदौ । विनोद यादवको हत्या अभियोगमा प्रहरीले आज तीनजना विद्यार्थीलाई पक्राउ गरेको छ । विराटनगर–१३ स्थित ओमकार श्रेष्ठको भुइतल्लाको घरको एक कोठामा सुनसरीको औंरावनी बस्ने २१ वर्षीय यादवको मङ्गलबार विभत्स ढङ्गले हत्या भएको थियो । सो घटनामा संलग्न रहेको आशङ्कामा सिरहाको पिपरा प्र.पि–७ स्थायी घर भएका हाल विराटनगर–१३ बस्ने २२ वर्षीय राकेशकुमार यादव, सिरहा सोठियाइन बस्ने १७ वर्षीय कृष्णकुमार यादव र सप्तरीको महुवा–९ दुधैला बस्ने १७ वर्षीय जितेन्द्रकुमार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।तीनैजनालाई प्रहरीले आज भारतको जोगवनी सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । उक्त घटनामा प्रयोग गरिएका धारिलो हतियार एक थान कट्टि, एक थान नलकटुवा पेस्तोल, रगत लागेका कपडा, एकथान एनसेलको सीम र आठ थान मोबाइल प्रहरीले बरामद गरेको मोरङका प्रहरी उपरीक्षक सन्दिप भण्डारीले जानकारी दिनुभयो यस घटनामा संलग्न केही व्यक्तिहरुको खोजीकार्य जारी रहेको र पक्राउमा परेका तीनजनाले प्रारम्भिक बयानमा अपराध स्वीकार गरिसकेको प्रहरी उपरीक्षक भण्डारीले बताउनुभयो । विराटनगर–१३ मा अक्सफोर्ड छात्रवास सञ्चालन गर्दै आइरहेका मृतक र पक्राउमा परेका तीनैजना घटना भएको कोठामा बसेर भोजन गरेको बताइएको छ । प्रारम्भिक अनुसन्धानबाट हत्याको कारण अहिले खुलेको छैन् ।
काठमाडौं २३ भदौ | ‘दिदी’नै प्रेमिका ? सिने नगरीमा यस्तो चुत्थो कर्म पनि चल्दो रहेछ । जस्लाई सार्वजानिक रुपमा भाईको नाता लगाइएको थियो उनैलाई प्रेमीका रुपमा सार्वजानिक गर्ने नायिका हुन चपली गर्लका उपाधी पाएकी विनिता वराल । उनै बरालले आफू प्रेममा परेको भन्दै सार्वजनिक गरिन अमेरिकामा बस्दै आएका तिलक पौडेलसँगको तस्विर ।
टुईटर मार्फत जोडिएको भनिएको यी दुईको सम्बन्ध एक महिना पहिले मात्रै दिदी भाईको सम्बन्धमा थियो । सामाजिक सञ्जाल टुईटरमा ‘ज्वाईंसा’प’ हेण्डल चलाईरहेका तिलकले गत महिना ‘जुईनो’ सार्वजनिकको लागी बिनिता नेपाल आएको समयमा गरेको टुईटमा उत्तर फर्काउँदै दिदी सम्बोधन गरेका छन । टुइटरमा विनिताले लेखेकी छिन अबको दुई दिन चितवनमा रहिन्छ । ज्वाइसाप हेन्टलमा ट्विटर चलाएका तिलकले जवाफ फर्काएका छन हाम्रोमा कहिले आउनुहुन्छ दिदी ? पुनः बिनिताले जवाफ दिएकी छिन निम्तो पठाउ न भाइ ।
चपली हाइट चलचित्रबाट चर्चामा छाएकी विनिताको कलाकारिता यात्रा दोश्रो चलचित्र फुलस्टपसँगै पूर्णविराम लागेको थियो । चलचित्र कर्मले फसल दिन नसकेपछि उनी टोखा नजिकै तरकारी खेती गर्दै आइरहेकी थिइन । त्यही समयमा उनी लिभिङ टुगेदरमा रहेको खबरहरु पनि बाहिरिएका थिए । तर,विनिताले भने आफ्नो पुस्तक जुइनोको गाँठो खोलेपछि मात्र विवाह गर्न बताउदै आएकी थिइन ।
चलचित्र ‘चपलि हाइट’मा चर्चा र विवादमा तानिएका वराल कृषि व्यवासायमा लागेर अर्काे चर्चा बटुलिएको थिईन । त्यसपछाडि एक जना चलचित्र समिक्षकलाई भाडामा पुस्तक लेख्न लगाइन र कभरमा आफ्नो नाम छापेर उनी नामी उपन्यासकार बन्ने चक्करमा लागिन । फाइन प्रिन्ट प्रकाशनले छापेको उक्त ‘जुइनो’ पनि विवाद रहित रहन सकेन । गत असार ३० गते सार्वजनिक गरिएको बिनिताको उपन्यास जुइनोको आवरण चित्र अन्यत्रबाट चोरिएको भन्दै चर्काे आलोचना भएको थियो ।
जुइनोको आवरण चित्र र पोर्चुगलका लेखक इसाडोरा रिकार्डोको लघु उपन्यास ‘एनिथिङ क्यान ह्यापनः इन एडोलोसेन्स’ को आवरणसँग मिल्दो जुल्दो भेटिएसँगै उनको पुस्तक आलोचनामा परेको छ । रिकार्डोको पुस्तकको आवरण चित्र चोरेर ‘जुइनो’ मा प्रयोग गरिएको भन्दै उक्त पुस्तक प्रकाशक फाइनप्रिन्ट समेत विवादमा तानिएको छ । यद्यपि प्रकाशक निरज भारीले ‘फोटो एजेन्सी सटरस्टकसँग उक्त फोटो किनेर प्रयोग गरेको’ दावी गरेका छन ।
साभार एस काठमाडौं बाट
काठमाडौं, २३ भदौ – कालिकोटमा भएको जहाज दुर्घटनामा आफू मरेर यात्रुलाई बचाउने पाइलटकी पत्नीले छोरा जम्माएकी छिन् । स्व. पाइलट दिनेश न्यौपानेकी पत्नी रजनीले काठमाडौको ग्राण्डी अस्पतालमा केही दिन अघि छोरा जन्माएकी हुन् । भर्खरैजन्मिएको बच्चाको परिवारले पेसा र नाम पनि जुटाइसकेको छ । दिनेशले छोरी जन्मिए पाइलट र छोरो जन्मिए डाक्टर बनाउने भनेका रैछन् । तर परिवारले भने छोरोलाई दिनेशकै पेशामा ल्याउने निर्णय गरेको छ । ‘पतिको झल्को मेट्नलाई पनि छोरोलाई पाइलट बनाउँछु,’ रजनीले सञ्चारकर्मीसँग भनिन् । उनको परिवारले परिवारले बच्चाको पेशा मात्रै होइन नाम पनि रोजिसकेको छ – डेनी । बच्चाको नाम यसरी डेनी राख्नुमा पनि खास अर्थ रहेको छ । नाम दिनेश भएपनि साथीहरुले दिनेशलाई डेनी भनेर बोलाउँथे । दिनेशको झल्को मेट्न बच्चाको नाम पनि डेनी राखिने भएको हो । श्रीमानको मृत्युपछि बेहोश जस्तै बनेकी रनजीलाई छोरो जन्मिएपछि केही राहत भने मिलेको छ । उनले श्रीमानको अभावलाई बिर्सिन छोरोलाई एउटा असल मान्छे बनाउने सपना देखिसकेकी छन् । ‘साढे दुई महिनाको गर्भ हुँदा उहाँको निधन भएको हो,’ रजनीले सञ्चारकर्मीसँग भनिन्, ‘अहिले बाबु जन्मियो, यसले पीडामा मल्हम लगाएको छ ।’ तीन दिनअघि जन्मेको छोरालाई उसको बाबु जस्तै पाइलट बनाउने रजनीले सोच बनाएकी छिन् । गर्भवती श्रीमतीलाई भेट्न दुर्घटनाको दुई दिनअघि काठमाडौं आएका ‘डेनी’ त्यसपछि सदाको लागि बिदा भए । नेपालगञ्ज उडान भर्न हिँड्ने बेला दिनेशले रजनीसँग बेस्सरी अंगालो मारेका थिए । त्यही अंगालो रजनी र दिनेश दुवैका लागि अन्तिम बन्यो । नेपालगञ्जबाट हुम्लाका लागि उडेको एअर काष्ठमण्डपको विमान दुर्घटना हुँदा पाइलट दिनेश र कोपाजइलट सन्तोष रानाले ज्यान गुमाएका थिए । सवार ९ जनाको ज्यान जोगाउन सफल भएपनि उनीहरूले आफ्नो ज्यान भने जोगाउन सकेका थिएनन् -
हाम्रा पाकघरमा असार महीनाको छेकछाकतिर सब्जीको रूपमा पाक्ने परिकारमध्ये एउटा हो बाँसको तामा। अंग्रेजीमा बेम्बो शूट भनिने यो परिकारलाई हामी तामा भनेर चिन्छौं। हामी यसो त धेरैप्रकारका बाँसको तामा सब्जीको रूपमा प्रयोग गर्दछौं, तरै पनि प्रचलित रूपमा चोयाबाँस वा जुन बाँसबाट चोया बनाउन सकिन्छ, त्यस्ता बाँसको तामा खानेगर्छौं भने परेङ (सानो प्रजातिको बाँस, जसबाट चित्रा बनाइन्छ) को तामा पनि हामी सब्जीको रूपमा खान्छौं। ठूला बाँसको तामाभन्दा साना प्रजातिका बाँसको तामा खानको निम्ति निक्कै स्वादिष्ट हुन्छ। यसलाई परिकारको रूपमा कसरी तयार पारिन्छ भन्ने कुरा लगभग धेरै गृहिणीहरूलाई थाहा छ। यसको ताजा टुसाबाहेक बोत्तलमा अचारको रूपमा राखेर धेरै लामो समयसम्म प्रयोग गर्नसकिन्छ। तामाको मेसो (अमिलो अचार) पनि धेरै प्रचलित अचार हो। तर आज यहाँ तामाको सब्जीबाट के-के स्वास्थ्यवर्धक लाभ पुग्दछ र कसरी बनाइन्छ भन्ने चर्चा गरिन्छ।बाँस अचम्मको उद्भिद हो। वनस्पति शास्त्रले यसलाई घाँसको प्रजातिमा गाभेको छ। तर स्वास्थ्यवर्धक घाँसहरूको चर्चा गर्ने हो भने बाँसलाई ‘घाँसको राजा’ भन्न सकिन्छ जुन नाम जापानीहरूले अगावै दिएका छन्। एसियामा यो प्रचलित सब्जी हो, तर अहिले पाश्चिमी देशहरूमा पनि विस्तारै विस्तारै अहिले यो सब्जी प्रचलित बन्दैछ किन कि वैज्ञानिकहरूले यो सब्जीमाथि शोध गरेपछि जुन तथ्य पत्तो लगाए, त्यो तथ्य सार्वजनिक भएपछि पाश्चिमी देशका वासिन्दाहरूको पनि यो सब्जीतर्फ चासो बढ़ेको हो। हाम्रो त यो पारम्परिक सब्जीनै हो, तर कसै-कसैले तामाको सब्जी नखाने र मननपराउने कुरा गर्छन्। त्यसो गर्नु यसको स्वास्थ्यवर्धक लाभबाट वञ्चिथ हुनुबाहेक अरु केही होइन। तपाईंलाई थाहा छ, वैज्ञानिकहरूको खोजपछि तिनीहरूले यसलाई ‘साइलेण्ट डाक्टर’किन भनेका हुन्? हामीले प्राचीन कालदेखि सब्जीको रूपमा खाँदै आएको तामा त साइलेण्ट डाक्टर अथवा (अबोला वैद्य) पो रहेछ त। तिनीहरूले बाँसको टुसामाथि अनुसन्धान गरेपछि के-के पाए त भन्ने कुरालाई यहाँ छोटकरीमा भए पनि राख्नैपर्छ, जुन कुराले यसको स्वास्थ्यपरक लाभहरूको बारेमा बताउँछः-
बाँसको तामामा कम क्यालोरीका तत्त्वहरू हुन्छन् जुन कुरालाई हामी ‘छैन’-को बराबर ठान्न सक्छौं। त्यस्तै गरी यसमा अत्यन्तै कम कार्बोहाइड्रेट्स तत्त्वहरू हुन्छ, यसो हुनाले यो अब मधुमेहका रोगीहरूलाई पनि जच्ने परिकार भयो। अर्कोतिर, अति न्युन क्यालोरी हुनाको कारण यसले शरीरको ‘फ्याट लस’ वा बोसो घटाउन (सोझो अर्थमा ओजन कम गर्न)मा ठूलो सहयोग पुर्याउँछ। त्यस्तै गरी तामा खाद्यपरक तन्तुयुक्त हुनेहुनाले यसलाई पाचकको रूपमा पनि प्रयोग गर्नसकिन्छ। जतिसुकै खानुहोस्, यसमा क्यालोरी नहुनाले ऊर्जा दहनको अतिरिक्त परिश्रम अथवा कसरत केही गर्न आवश्यक हुँदैन। यो मुटुको निम्ति मैत्रीखाद्य हो। यसले कोलेस्ट्रोल नियन्त्रण गर्छ। लगभग 1000 ग्राम तामा खाँदा केवल 2.5 ग्राम (अधिकतम) चिनीको मात्रा खाएका हुन्छौं जुन अन्य कुनै पनि सागसब्जी वा फलहरूकोभन्दा कम हो। यति कम चिनी हुने खाद्य परिकार अरु लगभग कुनै छैन। यस्तै गरी यसमा कति फ्याट हुन्छ भनेर जान्न चाहने हो भने त्यसको उत्तर हो 0.49 ग्राम। अर्कोतिर, यसमा हुने संतृप्त वा असंतृप्त दुवै प्रकारका फ्याट वा तैलीय पदार्थ शरीरको निम्ति लाभदायक हुन्छ। यसमा फ्याट अनि सुगर पनि नगण्य रूपमा हुने हुनाले यसले कोलेस्ट्रोलको एलडीएल स्तर, लिपिड्स र बाउल फँक्शन कम गर्दछ, त्यसैले यो खाद्य परिकारलाई मुटुको स्वास्थ्यमैत्री खाद्य भनिएको छ।
त्यस्तै गरी तामामा प्रोटिन भने उपयुक्त हुन्छ जसमा शरीरलाई चाहिने एमिनो एसिडको सबै प्रकारका मात्रा यथोचित हुन्छ जसको कारण यसले स्वास-प्रस्वासका कतिपय समस्याहरू कम गर्नमा वा निको पार्नमा ठूलो भूमिका खेल्दछ। फोक्सोमा फ्लेम जमेको छ भने त्यसलाई निकाल्न, खोकी लाक्दैछभने त्यसको नियन्त्रणको निम्ति, फोक्सो सुन्निएको अवस्थामा त्यसलाई ठीक गर्न तामा उचित खाद्य परिकार हो। त्यस्तो राम्रो प्रोटिनको स्रोत भएको तामाले शरीरको प्रतिरोधक क्षमता पनि बढ़ाउँछ।
तामामा भिटामिन बी6, भिटामिन ई र ए, नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेटहरू हुन्छ। त्यस्तै गरी खनिज तत्त्वहरूमा क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन हुन्छ। यी भिटामिनहरू र मिनेरलहरूको उपस्थितिले यो सब्जीलाई हाम्रो इम्युन सिस्टम वा रोग प्रतिरोधक क्षमता अझ सशक्त तुल्याइदिने प्राकृतिक क्षमतावान बनाइदिएको छ।
तामामा रहेको फाइटोस्टेरोल्सहरू जस्तै क्लोरोफिल, एमिलेज र फ्लोभिनहरूले शरीरमा क्यान्सर विकासलाई नष्ट गर्दछ अथवा हाम्रो शरीरमा सजिलै क्यान्सर रोगको विकास हुँदैहुँदैन। तामाको सब्जी खानेहरूमा क्यान्सर हुने डर कम हुन्छ र क्यान्सर विकास हुने स्थितिलाई नियन्त्रण गर्दछ।
त्यस्तै गरी यो सब्जीले अल्सर र आँत वा आन्ध्राका रोगहरू पनि निको पार्न सहयोग पुग्दछ। तामामा हुने रसमा एण्टि इन्फ्लेमेटरी (जलन-रोधी) र एनल्जेसिक (शारीरिक दुखाइ कम गर्ने गुण भएका) तत्त्वहरू पनि हुन्छ। पेटको दुखाइका साथै अल्सर तथा आन्ध्राका घाउहरू कम हुन तामाले सहयोग पुग्दछ। यस्तै गरी तामाको रसमा यस्ता तत्त्वहरू पनि शोधगर्दा भेटियो कि जसले महिलाको मासिक श्राव नियमित गर्न सहयोग पुग्दछ। यसमा हुने तत्त्वले अधिक वा न्युन मासिक श्रावलाई नियन्त्रित गर्दछ। त्यसबाहेक यसले कतिपय गाइनोकलजिकल समस्याहरू पनि नियन्त्रित गर्दछ। तामामा हुने एक प्रकारको तत्त्वले गर्भवती अवस्थाको अन्तिम महीनामा महिलालाई यथासमयमा प्रसवको निम्ति औषधिकै काम गर्छ। प्रसव समय लम्बिएर जाँदैन। तामाले यसबाहेक पिसाबघरका कतिपय समस्याहरू (पिसाबनली संकीर्ण भएको अथवा अति विस्तृत भएको अवस्थामा, स्त्री-पुरुष दुवैको) त्यसलाई सही बनाउन पनि औषधिको काम गर्छ। पाचन समस्यामा तामा उपयोगी खाद्य परिकार हो। तामाले आन्ध्राका कतिपय कीराहरू पनि मार्दछ र पेटको समस्या ठीक गर्छ। झाड़ा-पखला लाग्द र पेटमा ग्यास बढ़ेर पेट फुल्दा तामा अवश्यै खानुपर्छ।रक्तचापमा पनि तामा उपयुक्त सब्जी हो। रगतमा सोडियम (नुनजन्य पदार्थ)-को मात्रा धेरै हुँदा रक्तचाप बढ़ेको हो भने पोटासियमको मात्रा धेरै हुने तामाले रक्तचाप नियन्त्रण गर्नमा सहयोग गर्दछ। यसमा हुने उच्च गुणयुक्त एण्टिएनल्जेसिक तत्त्वहरूले मानिसमा अवसाद वा नैराश्यता कम गर्ने, छटपटी कम गर्ने काम गर्छ भने मानसिक सक्रियता बढ़ाउने काममा पनि यसमा हुने पोटासियम र अन्य तत्त्वहरूले सहयोग गर्दछ। यदि सबै गुणयुक्त कुनै पनि स्वस्थकर सब्जीको सिफारिस गर्ने हो भने तामा एक नम्बरमा आउने भयो। हामीले प्राचीन कालदेखि सब्जीको रूपमा खाँदै आएको यो तामा यति गुणकारी छ भन्ने कुरा हालै मात्र सार्वजनिक भयो र अहिले एसियालीमुलुक छोड़ेर पश्चिम मुलुकहरूमा पनि यो सब्जी लोकप्रिय बन्दै गइरहेको छ।
यति हुँदाहुँदै पनि यसको अमिल्याइएको अचारहरू भने सबैको निम्ति सही नजच्ने हुँदा सबैले यस्ता अचारको सेवन नगरेको राम्रो हुन्छ। हड्डी सम्बन्धी कतिपय रोगमा यो सब्जी गुणकारी हुँदैन, यद्यपि हड्डीको विकास तथा निर्माणमा तामामा हुने क्याल्सियमले सहयोग पुर्याउँछ। ताजा तामाको सब्जी वा परिकार भने जो कोहीले खाँदा पनि हुन्छ। निष्कर्षमा, तामा एउटा स्वथ्यकर, पूर्ण र गुणकारी सब्जी हो।
भाद्र २२, काठमाडौं । जिबन भारतबाट नेपाल फर्केपछी नेपाल मगर संघ केन्द्रीय समितिको छाहारीमा बसिरहेका छन् । जिबन मात्र होइन चितवनबाट फर्केका उनका आमा पूर्ण माया मगर पनि अहिले नेपाल मगर संघको छाहारीमा नै हुनुन्छ । पहिलो पटक दुधकोशी मेडियाले जिबन परिवारमा अन्याय भएको र मेडियाले फैलाईएको समचार भ्रामक रहेको सत्यतथ्य सहित समाचार सम्प्रेसन गरे पछाडी विश्वमा रहेको नेपालीहरुको सहानुभूति र सहयोग जिबन र जोयामाथि सकारात्मक रुपमा बढेको छ । तर अझै पनि विभिन्न मिडियाहरुले भ्रममा पार्ने समाचारहरु दिनानुदिन सम्प्रेसन गरिरहेका छ ।यसै कुरालाई मध्यनजर गर्दै नेपाल मगर संघ केन्द्रीय समितिको अध्यक्ष नबिन रोका मगर भन्नु हुन्छ-अहिले जिबन हाम्रो संरक्षणमा हुनुन्छ हाम्रो निगारानीमा हुनुन्छ त्यसैले मिडियाहरुले फैलाईएको भ्रममा नपरी नेपाल मगर संघको आधिकारिक धारणा नआउन्जेलसम्म कुनै र कसैको हल्लामा बिश्वास नगर्न अनुरोध गर्नु भएको छ । साथै जोया जिबन परिवारको पुनर्मिलन अभियानमा सहयोग गर्न पनि विश्व समुदायलाई अनुरोध गर्नु भएको छ । त्यस्तै नेपाल मगर संघद्वारा निर्मित छानबिन समिति म्याद भोलि सकिने लाग्दा संयोजक एबम नेपाल मगर संघ केन्द्रीय समिति सचिब एबम विदेश बिभाग प्रमुख अधिबक्ता रक्षा रैकामगरले केन्द्रिय समितिलाई छानबिन समितिको एक हप्ता समय थप्न अनुरोध गरेको डीके मिडियालाई बताएका छन् । अहिले जोया र जिबन घन्टौ एक अर्काको दुख सुख र समसामयिक कुराकानीमा ब्यस्त रहेको छ । यसबाट के प्रमाणित भएको छ भने जोया र जिबन एक अर्कामा अत्यान्त माया प्रेम रहेको पुस्टि हुन्छ । बिशेसत जोया चाडो भन्दा चाडो जिबनलाई फीलिपिन्स बोलाउन चाहान्छ र फिलिपिन्समा गए पछी एक चर्चमा जोया र जिबनको विबहा गरिदिने र विबहा पश्चात स-परिवार नेपाल फर्कने उनको इच्छा र योजना रहेको छ र जोयाले चाडो भन्दा चाडो आउन भनिरहेका छन् । जिबन पनि बारम्बार कागजी कुरा मिलाई रहेको र सकिने बित्तिकै फिलिपिन्स आउने भन्दै जोयालाई सम्झाई रहेका छन् । तर नेपालको प्राबिधिक समस्याहरु र ब्यबस्थापनका कारण ढिलो भईरहेको छ ।
आदर्श गृह संस्थाको कब्जामा रहेको पासपोर्ट र नागरिकता एक दिन अघा
डी मात्र चितवन प्रहरी कार्यालयमा बुझाएको छ । सो पासपोर्ट र नागरिकता लिन नेपाल मगर संघ जिल्ला कार्य समितिका अध्यक्ष सुरबीर थापा मगर र सचिब ठाकुर सिं आले मगर बिगत दुइ दिनदेखि धाईरहनु भएको छ तर जिबन वा जिबनको आमा बाहेक कसैलाई दिन नमिल्ने भन्दै फर्काई रहेका छन् । केहि दिन अघाडी गृहका अध्यक्ष मिना खरेललाई फोन गर्दा कोहि आफन्त लिन पठाए, दिएर पठाउने भनिएता पनि प्रहरी कार्यालयमा बुझाएको पाईएको छ । चितवन जिल्ला प्रहरी कार्यालय महिला सेल(९८५५०९०४९०)मा कल गरि सोधपुछ गर्दा पासपोर्ट मुद्धा शाखामा रहेको र लिनको लागि जिबन थापा मगर वा निजको आमा भए मात्र दिन मिल्ने बताउदै मगर संघका पदाधिकारीहरुलाई दिन माथिल्लो उच्च तहबाट आदेश आउनु पर्ने बताए ।
काठमाडौं / साउदी अरबको जेद्दा अलखुम्ब्रास्थित क्याम्पमा बस्दै आएका ३४ वर्षीय सुवास तामाङ सकेसम्म चाँडो स्वदेश फर्कन चाहन्छन् । तर नेपाल फर्कन उनलाई समस्या छ ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
त्यसको मुख्य कारण हो, उनी साउदी अरबमा ‘मृतक’ सूचीमा छन् । जेद्दास्थित ‘किङ अब्दुल्लाह अजिज अस्पताल’ ले लक्ष्मीमार्ग–५, मोरङका सुवासको मृत्यु भएको भन्दै मृतक प्रमाणपत्रसहित परिवारलाई शव नै पठाइदिइसकेको छ ।
तर उनी त्यही अस्पतालमा उपचार गरिरहेको अवस्थामा भेटिएपछि साउदी प्रशासनले सुवासलाई जिउँदो हैसियतमा नेपाल पठाउन सकेको छैन ।
‘साउदी सरकारले यसलाई गम्भीर रुपमा लिएको छ, यस घटनामा संलग्न अधिकारीहरुलाई छानविन गरिरहेको छ,’ जेद्दास्थित नेपाली महावाणिज्य दुतावासका कर्मचारी मनहरी दंगालले भने, ‘छानविन नसकिएसम्म सुवासलाई पठाउन सकिदैंन ।’
सुवास तीन वर्षदेखि जेद्दास्थित हुन्डाई ह्याबी इन्डस्ट्रिजमा कार्यरत थिए । ‘मलाई परिवारले मरेको भनेर काजकिरिया पनि गरिसकेको रहेछ ।
म सामान्य अवस्थामा फर्किएको छु,’ उनले भने, ‘कम्पनीले गर्नुपर्ने दायित्व सबै पुरा गरेको छ । बस्न खान समस्या छैन । स्वदेश छिटै जान पाए हुन्थ्यो ।’ –कान्तिपुर दैनिकबाट
एजेन्सी । पहिला पहिला मानिसहरु रोग ठिक पार्न तथा रोगबाट बच्न औषधि प्रयोग गर्थे । तर अहिले यौनका साथसाथै माया प्रेमका लागि पनी औषधि उत्पादन भएका छन् ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
एक एउटा यस्तो औषधि आएको छ जसले महिलालाई प्रेम गर्न बाध्य पार्छ । त्यो औषधिको नाम फिलिबेनसरीन हो । यो औषधिलाई महिला डिप्रेशनको सिकार हुनेबेला दिइन्छ । फिलिबेनसरीन नामको ‘यूस एफडीए’बाट मान्यता प्राप्त यो औषधि बजारमा एडी (ब्ममथष्)को नामबाट पाइन्छ ।
यो औषधि महिनावारी बन्द हुनु पूर्वका समस्याहरुसँग जुधिरहेका महिलाहरुलाई डिप्रेशनबाट बचाउनका लागि प्रेस्क्राइब गरिन्छ । यो औषधिले डिप्रेशनबाट कतिसम्म बचाउँछ त्यो अलग कुरा छ ।
तर, प्रौढ अवस्थाका महिलाहरुलाई यो औषधिले एउटा अर्काे समस्या हल गर्छ । यसैकारण यो औषधिलाई फिमेल भियाग्रा पनी भनिन्छ ।
बढाउँछ यौन इच्छा
इनेक्सटिभीमा प्रकाशित एक रिपोर्टअनुसार फिलिबेनसरीनको प्रयोगले महिलाहरुमा यौन इच्छा बढाउने काम गर्छ । विशेषगरी ४० वर्ष पुग्न लागेका महिलाहरु घट्दो यौन इच्छामा यो औषधिले बढाउने काम गर्छ ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
फिलिबेनसरीनले महिलाहरुमा आउने सेक्सुअल डिजायर डिस्आँर्डरलाई नियन्त्रण गर्छ । यो डिस्आँर्डरले महिलाहरु डिप्रेसनको सिकार हुनेगर्दछन् ।
यसैकारण यो औषधिको प्रयोगले महिलाहरुमा शारीरिक सम्बन्ध राख्ने इच्छा तीव्र रुपमा बढ्छ र डिप्रेशन हटाउँछ ।
विराटनगर-१३ को गल्ली फन्को मार्दै एउटा भ्यानले चक्कर लगाएको गाइँगुइँ मंगलबार बिहानैदेखि चलेको थियो। तर, के भएको हो भन्ने भेउ कसैले पाएनन्, प्रहरी नपुगुञ्जेल।घरभित्र मान्छेको विभत्स तरिकाले हत्या गरिएको आवाज कानमा ठोक्किएपछि विराटनगर-१३ का सुवास अमात्य झस्किएका थिए। बिहानै बजार निस्केका उनी घर पुग्न लागेका मात्र थिए। यकिन गर्न नसकिएको समय त्यस्तै ८ बजे। छिमेककै एउटा घरमा बिहानै बढेको भीडको बीचबाट निस्केको आवाजले अमात्यलाई झसङ्गै पारेको थियो। गाडीबाट उत्रिए। पहेँलो रङको दुई तले घर। त्यसभित्र प्रहरी थिए। प्रहरीको घेरामा एक बालक रोइरहेका थिए। उनी केही बोल्न सकिरहेका थिएनन्। आसपासबाट मान्छेको भीड झनझन् बाक्लिँदै गएको थियो। भीड थाम्न प्रहरीले घरको गेट बन्द गरिदिएको थियो। लम्कीलम्की मान्छेहरू भित्र चियाइरहेका थिए। प्रहरीले रोक्न खोजिरहेको थियो। त्यो भीडबाट हल्लाहरू आइरहेको थियो - कस्तो क्रुर तरिकाले मान्छे मारेको है! यो घरका धनी ओमकार श्रेष्ठ हुन्। कामविशेषले केही दिनयता धनकुटा गएका रहेछन्। केहीबेरको प्रतिक्षापछि बाहिर हल्ला चलेअनुसारै भुइँतलामा लाश टुक्राटुक्रा पारिएको छ भन्ने थाहा लाथ्यो। ‘लाशलाई तीन वटा टुक्रा पारेर चटचट गिँडिएको रहेछ,’ अमात्यले सेतोपाटीसँग भने। अमात्यका अनुसार त्यो शवको टाउको एकातिर, खुट्टा र शरीर अर्कोतिर थिए। सुनसरी औरावनी-५ का २२ वर्षीय विनोद यादव त्यसैघरको छेऊमा होस्टलका वार्डेन थिए। उनी रहेकाे अक्सफोर्ड होस्टेलमा प्लस टु पढ्ने विद्यार्थी बस्थे। श्रेष्ठको घरमा डेरा गरी बस्न आएका पाँच युवा थिए, सिरहाका तीन र सप्तरीका दुई। ती युवा पाँच दिनअघि मात्र त्यो घरमा डेरा सरेका थिए। उनीहरू प्लस टु पढ्ने विद्यार्थी भएको आशंका गरिएको छ। त्यहीघरको भुइँतलामा १३ वर्षका एक बालक पनि बस्थे। स्थानीयका अनुसार होस्टेल पछाडि डेरामा बस्दै आएका यादवलाई ती युवाले कतिबेला कोठामा ल्याए र हत्या गरे कसैले केही भन्न सकेको छैन। प्रहरीले घटनाको विषयमा खुलेर जानकारी पनि दिएको छैन। घटनास्थल पुगेका जुनियर प्रहरीहरूका अनुसार टाउको र खुट्टा गिँडेर एउटा तन्नामा पोको पारिएको अवस्थामा भेटिएको थियो। शरीरको बीचको भाग डसनामा बेरेर राखिएको थियो। कोठाभित्र बियरका बोतलहरू यत्रतत्र थिए। सुन्दै आङ सिरिङ्ग हुने किसिमको घटना छ,’ स्थानीय हरिमोहन श्रेष्ठले भने। अमात्यका अनुसार बिहान एउटा भ्यान त्यस घरअगाडि आइपुगेर रोकिएको थियो। युवा आफैंले ल्याएको त्यो भ्यानभित्र यादवको शवका टुक्रा राखेर कतै लगेर फाल्ने योजना अनुमान गर्न सकिन्छ। ‘तर, चालकले प्रहरीलाई फोन गरेपछि ती युवा शव छोडेर भागेको बुझिएको छ,’ अमात्यले भने, ‘हामीले थाहा पाएको यत्ति हो।’ यो हत्या मोरङमा लगातार भएको तेस्रो क्रुर थियो। यसअघि साउन २९ गते पथरी शनिश्चरे चोकमा समीक्षा कार्कीको हत्या भएको थियो।पथरीशनिश्चरे–११ का मानबहादुर घतानीले धारिलो हतियार प्रहार गरी समीक्षाको हत्या गरेका थिए। त्यसको दुई दिनपछि विनोद परियारले श्रीमती कल्पनालाई कैंचीले टाउकोमा प्रहार गरेर हत्या गरेका थिए। यी दुबै घटनामा असन्तुष्टि पोख्दै गृहमन्त्री विमलेन्द्र निधिको पार्टी नेपाली कांग्रेस मोरङ प्रहरी प्रमुख सन्दीप भण्डारी भेट्न दुई दिनअघि जिल्ला प्रहरी कार्यालय पुगेको थियो। नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, सचिव नागेश कोइरालालगायतको टोली गएर भण्डारीसँग हत्या हिंसा नियन्त्रण गर्न नसकेको असन्तुष्टि पोखेर फर्किएका थिए। शृंखलाबद्ध रुपमा हत्या हुन थालेपछि मोरङमा शान्ति सुरक्षा बिग्रिएको महसुस भएर हामी एसपी साहेबलाई भेट्न गएका थियौं,’ सभापति लिम्बूले भने, ‘दुई दिनपछि फेरि अर्को हत्या भयो।’बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव छोडेर भागेका ती पाँच युवाको सुइँको प्रहरीले पाउन सकेको छैन। घनास्थललाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ। मोरङ प्रहरीका प्रमुख भण्डारीले घटनाबारे अनुसन्धान भइरहेकाले धेरै विस्तृतमा भन्न नसकिने बताए। उनका अनुसार ती बालकसँग प्रहरीले सोधपुछ गरिरहेको छ। भण्डारीका अनुसार ती बालक युवाहरूसँगै बसेका हुन्। लाशलाई पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।