हदबन्दीभन्दा बढी जग्गा धमाधम खोसिँदै, भूमिहीन, सुकुम्वासीलाई दिइयो


बर्दिया, ६ असोज – बर्दियामा हालसम्म हदबन्दीभन्दा बढी भएको जग्गा करिब २५ हजार २ सय ६० बिघा जफत गरिएको छ । भूमिसुधार कार्यालयका अनुसार जफत गरिएको जग्गा भूमिहीन, सुकुम्वासी, जोताहा किसान र मोहीलाई न्यूनतम राजस्व लिई बिक्रीवितरण गरिसकिएको छ । त्यसमध्ये मोहीलाई पाँच हजार १ सय ५९ विघा, गैरमोहीलाई १९ हजार ७ सय ९७ र २५ वटा सामुदायिक विद्यालयलाई ४८ बिघा जग्गा दिइएको भूमिसुधार अधिकृत नरहरि तिवारीले बताए ।

२०२१ सालअघि जमिन्दारले चाहेअनुसार जग्गा राख्न पाउँथे । त्यतिबेला सय बिघाभन्दा बढी जग्गा राख्ने ३ सयभन्दा बढी जग्गाधनी थिए । २०५९ सालमा सरकारले ११ बिघाभन्दा बढी जग्गालाई हकबन्दी कायम गर्न भूमिसुधार तथा व्यवस्था विभागलाई निर्देशन दिएको थियो । सो बेला जिल्लामा ११ बिघामाथि जग्गा राख्नेको संख्या उल्लेख्य थियो । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.