इराकमा आंतककारीहरुले जसरी घाँटी छिनाएर विराटनगरमा टाउँको र दुबै खुट्टा काटेर अलग पारी हत्या पुरा समचार पढ्नुहोस्


विराटनगर-१३ को गल्ली फन्को मार्दै एउटा भ्यानले चक्कर लगाएको गाइँगुइँ मंगलबार बिहानैदेखि चलेको थियो। तर, के भएको हो भन्ने भेउ कसैले पाएनन्, प्रहरी नपुगुञ्जेल।घरभित्र मान्छेको विभत्स तरिकाले हत्या गरिएको आवाज कानमा ठोक्किएपछि  विराटनगर-१३ का सुवास अमात्य झस्किएका थिए। बिहानै बजार निस्केका उनी घर पुग्न लागेका मात्र थिए। यकिन गर्न नसकिएको समय त्यस्तै ८ बजे। छिमेककै एउटा घरमा बिहानै बढेको भीडको बीचबाट निस्केको आवाजले अमात्यलाई झसङ्गै पारेको थियो। गाडीबाट उत्रिए। पहेँलो रङको दुई तले घर। त्यसभित्र प्रहरी थिए। प्रहरीको घेरामा एक बालक रोइरहेका थिए। उनी केही बोल्न सकिरहेका थिएनन्।  आसपासबाट मान्छेको भीड झनझन् बाक्लिँदै गएको थियो। भीड थाम्न प्रहरीले घरको गेट बन्द गरिदिएको थियो। लम्कीलम्की मान्छेहरू भित्र चियाइरहेका थिए। प्रहरीले रोक्न खोजिरहेको थियो। त्यो भीडबाट हल्लाहरू आइरहेको थियो - कस्तो क्रुर तरिकाले मान्छे मारेको है! यो घरका धनी ओमकार श्रेष्ठ हुन्। कामविशेषले केही दिनयता धनकुटा गएका रहेछन्। केहीबेरको प्रतिक्षापछि बाहिर हल्ला चलेअनुसारै भुइँतलामा लाश टुक्राटुक्रा पारिएको छ भन्ने थाहा लाथ्यो। ‘लाशलाई तीन वटा टुक्रा पारेर चटचट गिँडिएको रहेछ,’ अमात्यले सेतोपाटीसँग भने। अमात्यका अनुसार त्यो शवको टाउको एकातिर, खुट्टा र शरीर अर्कोतिर थिए। सुनसरी औरावनी-५ का २२ वर्षीय विनोद यादव त्यसैघरको छेऊमा होस्टलका वार्डेन थिए। उनी रहेकाे अक्सफोर्ड होस्टेलमा प्लस टु पढ्ने विद्यार्थी बस्थे। श्रेष्ठको घरमा डेरा गरी बस्न आएका पाँच युवा थिए, सिरहाका तीन र सप्तरीका दुई। ती युवा पाँच दिनअघि मात्र त्यो घरमा डेरा सरेका थिए। उनीहरू प्लस टु पढ्ने विद्यार्थी भएको आशंका गरिएको छ। त्यहीघरको भुइँतलामा १३ वर्षका एक बालक पनि बस्थे। स्थानीयका अनुसार होस्टेल पछाडि डेरामा बस्दै आएका यादवलाई ती युवाले कतिबेला कोठामा ल्याए र हत्या गरे कसैले केही भन्न सकेको छैन। प्रहरीले घटनाको विषयमा खुलेर जानकारी पनि दिएको छैन। घटनास्थल पुगेका जुनियर प्रहरीहरूका अनुसार टाउको र खुट्टा गिँडेर एउटा तन्नामा पोको पारिएको अवस्थामा भेटिएको थियो। शरीरको बीचको भाग डसनामा बेरेर राखिएको थियो। कोठाभित्र बियरका बोतलहरू यत्रतत्र थिए। सुन्दै आङ सिरिङ्ग हुने किसिमको घटना छ,’ स्थानीय हरिमोहन श्रेष्ठले भने। अमात्यका अनुसार बिहान एउटा भ्यान त्यस घरअगाडि आइपुगेर रोकिएको थियो। युवा आफैंले ल्याएको त्यो भ्यानभित्र यादवको शवका टुक्रा राखेर कतै लगेर फाल्ने योजना अनुमान गर्न सकिन्छ। ‘तर, चालकले प्रहरीलाई फोन गरेपछि ती युवा शव छोडेर भागेको बुझिएको छ,’ अमात्यले भने, ‘हामीले थाहा पाएको यत्ति हो।’ यो हत्या मोरङमा लगातार भएको तेस्रो क्रुर थियो। यसअघि साउन २९ गते पथरी शनिश्चरे चोकमा समीक्षा कार्कीको हत्या भएको थियो।पथरीशनिश्चरे–११ का मानबहादुर घतानीले धारिलो हतियार प्रहार गरी समीक्षाको हत्या गरेका थिए। त्यसको दुई दिनपछि विनोद परियारले श्रीमती कल्पनालाई कैंचीले टाउकोमा प्रहार गरेर हत्या गरेका थिए। यी दुबै घटनामा असन्तुष्टि पोख्दै गृहमन्त्री विमलेन्द्र निधिको पार्टी नेपाली कांग्रेस मोरङ प्रहरी प्रमुख सन्दीप भण्डारी भेट्न दुई दिनअघि जिल्ला प्रहरी कार्यालय पुगेको थियो। नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, सचिव नागेश कोइरालालगायतको टोली गएर भण्डारीसँग हत्या हिंसा नियन्त्रण गर्न नसकेको असन्तुष्टि पोखेर फर्किएका थिए। शृंखलाबद्ध रुपमा हत्या हुन थालेपछि मोरङमा शान्ति सुरक्षा बिग्रिएको महसुस भएर हामी एसपी साहेबलाई भेट्न गएका थियौं,’ सभापति लिम्बूले भने, ‘दुई दिनपछि फेरि अर्को हत्या भयो।’बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव छोडेर भागेका ती पाँच युवाको सुइँको प्रहरीले पाउन सकेको छैन। घनास्थललाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ। मोरङ प्रहरीका प्रमुख भण्डारीले घटनाबारे अनुसन्धान भइरहेकाले धेरै विस्तृतमा भन्न नसकिने बताए। उनका अनुसार ती बालकसँग प्रहरीले सोधपुछ गरिरहेको छ। भण्डारीका अनुसार ती बालक युवाहरूसँगै बसेका हुन्। लाशलाई पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। 

0 comments

Write Down Your Responses

Powered by Blogger.