४ महिनादेखि दुबईमा नेपालीको बिजोग, कता छ सरकार ?
दुबई– ११ महिनाअघि दुबईको सेक्यूरीटी लागि भन्दै लगिएका ३० नेपालीको बिचल्ली भएको छ ।नेपालस्थित
हिमारब ओभरसिज र एन.सी.एफ. मेनपावरबाट लगिएका नेपाली सेक्यूरिटी गार्डलाई सम्झौता बमोजिक तलब नदिएपछि उनीहरुको बिजोग भएको हो ।२६ दिन १२ घण्टाको १७८१ दिराम र ३० दिन काम गरेमा २०८१ दिराम दिने सम्झौता गरेर गएका नेपालीलाई हालसम्म २०० देखि ३०० त कहिले ९०० देखि १२०० मात्र दिएको उनीहरुको गुनासो छ
पछिल्लो ४ महिनादेखि कम्पनीले कुनै रकम नदिएपछि र १ महिनाअघि नै यस विषयमा युएईस्थित नेपाली दूतावासमा जानकारी गराएपनि दूतावासले कुनै चासो नदिएको उनीहरुको गुनासो छ ।हाल आफूहरुसंग खानाको लागि समेत रकम नभएको उनीहरु बताउछन् । दिन प्रतिदिन अवस्था नाजुक बन्दै गएकाले चाडो भन्दा चाडो उद्धार गरी नेपाल फिर्ता गरिदिनु उनीहरुले नेपाल सरकारसंग आग्रह गरेका छन् ।श्रोत:काठमाण्डु टुडे
0 comments
Write Down Your Responses