कोरियामा समाजसेवी डांगीद्धारा आत्महत्या
कोरियामा रहेका समाजसेवी तथा व्यवासायी मनोज डांगीले आत्महत्या गरेका छन् ।
कोरियाको सिन्चोनमा काठमाडौं रेष्टुरेण्ट संचालन गर्दै आएका संखुवासभाका डांगीले २० सेप्टेम्बरका दिन बेलुकी ४ बजे कपडा सुकाउने डोरीमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
अन्तराष्ट्रिय साहित्य समाज कोरियाका अध्यक्ष समेत रहेका डांगीले के कारण आत्महत्या गरे भन्ने विस्तृत जानकारी आइसकेको छैन ।डांगीको सब सोलको होमोन दोङ अस्पतालमा राखिएको गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य केपी सिटौलाले बताएका छन् ।डांगीको आत्महत्याले कोरियाका नेपालीहरु यतिबेला स्तब्ध भएका छन् ।कोरियाका रेष्टुरेण्ट व्यवसायी तथा समाजसेवि रुद्र शर्माले पनि डांगीकोमृत्युले दुःखी भएको बताएका छन् “ उहाँ विवेकशील अनि समाजसेवी मान्छे कसरी यस्तो भयो मलाई पनि अचम्मै लागेको छ, केही कारण पक्कै छ हामी सबै खोजीमा लागेका छौं ।”स्मरण रहोस डांगीले तीन वर्ष अघि एनआरएनए कोरियाको अध्यक्षमा उम्मेदवारी दिदैं डांगीले कोरियामा नेपालीहरुले आत्महत्या गर्नुको कारण पत्ता लगाउनुको साथै औधौगिक दुर्घटना कम गर्न दूतावासको नेतृत्व तथा एनआरएनएको पहलमा अन्य संघसंस्थासँग हातेमालो गरेर अगाडि बढ्ने ऐजेण्डा समेत सार्वजनिक गरेका थिए ।संसार न्यूजबाट
0 comments
Write Down Your Responses