काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा एक सयभन्दा बढीको मृत्यु

 काठमाडौँ, ९ साउन । गत आव २०७२÷०७३ मा काठमाडौँ उपत्यकामा दुर्घटनामा परी १६६ जनाले ज्यान गुमाएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा अनुसार प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा हुने दुर्घटनामा औसत १५० जनाले अकालमै ज्यान गुमाउने गरेका छन् । दुर्घटनामा ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्रु हुने गरेको महाशाखाले जनाएको छ । महाशाखाका सहप्रवक्ता राजेन्द्र भट्टले सवारी नियम विपरीत सवारी चलाउने प्रवृत्तिका कारण अधिकांश दुर्घटना हुने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पर्याप्त सडक संरचनाको अभावले सडकमा हिँड्ने अनुकूल वातावरण नहुनु र भएकासंरचना पनि उचित प्रयोग नहुँदा दुर्घटना हुने गरेको छ ।’उहाँ पैदलयात्रुले सडक तथा सडक पेटीमा पैदल हिँड्दा रसडकपार गर्दा सावधानी नअपनाउने र सवारी चालकले पनि पैदलयात्रुलाई सडकमा प्राथमिकता नदिने गरेका कारण सवारीदुर्घटना बढी भएको बताउनुहुन्छ ।महाशाखाले सवारी दुर्घटनालाई कम गर्नाका साथै पैदलयात्रु सुरक्षा कार्यक्रमका लागिआजदेखि पैदलयात्रु सुरक्षा अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।यस्तै सार्वजनिक सवारी साधनमा यात्रा गर्दातोकिएको भन्दा बढी भाडा लिने, नियमानुसार पाउने छुट नदिने, अनावश्यक हैरानी एवम् दुव्र्यवहार गर्ने, ट्याक्सी भाडामा जान नमान्ने गरेमा महाशाखामा उजुरी पठाउन सकिने व्यवस्था गरिएको छ । महाशाखाको मोबाइल नं ९८५१२९५१०० मा एसएमएस पठाएमा कारबाही गरिने जनाएको छ ।साभारःलाईट नेपाल.कम

0 comments

Write Down Your Responses

Powered by Blogger.