चिहानमा गाड्न लागेको बच्चा एक्कासी रुन चिच्याउन थालेपछि

 प्रकाशित मिति: शुक्रबार, आषाढ १७, २०७३  समय: १९:५९:०६
 चिहानमा गाड्न लागेको बच्चा एक्कासी रुन चिच्याउन थालेको देखेमा तपाइँलाइ कस्तो अनुभव होला । झट्ट सुन्दा त यो समाचार नै झुटो जस्तो लाग्छ तर वास्तवमा यो भारतमा घटेको सत्य घटना हो । अस्पतालहरुमा हुने गरेका बिभिन्न लापरवाहिका घटनाहरु त हामीले बेलाबेलामा सुन्ने गरेकै छौं ।  त्यस्तै चरम लापरवाहिको नमुना हो यो घटना । भारतको मध्य प्रदेशको दमोह जिल्ला अस्पताल, जहाँ एक सुत्केरी आमाले जन्म दिएको बच्चा मृत छ भनेर घोषणा गरेकोमा बच्चा  जिवीतै  पाइएको छ ।
जब बच्चाको अन्तिम संस्कारका लागि बच्चालाई गाड्न लागियो बच्चा रोएको र चिच्याएको आवाज आयो । तत पश्चात बच्चालाई निकालेर अस्पताल भर्ति गरिएको छ । अस्पतालका डा. जेनका अनुसार ५५० ग्राम तौलको बच्चा जिवीत कमै हुन्छन । यो बच्चालाई पनि नर्सहरुले निकैबेर केयर गरेका थिए तर बच्चाले कुनै प्रतिक्रिया नै नदेखाएपछि मृतक घोषणा गरिएको हो ।
ड्युटीमा रहेकी नर्स आम्रपालीले बच्चा मृत भएको भन्दै एसएनसियु पठाएकी थिइन । जहाँ जया बर्माले उक्त बालकलाई मृत घोषित गरेकी थिइन् । अचम्मको कुरा त के छ भने मृत घोषणा गर्नुपूर्व उनीहरुले डाक्टरलाई देखाउन समेत आवश्यक ठानेनन् । यसरी यो घटनाले जिल्ला अस्पतालमा लापरवाही भएको ठहर्दै घटनाको अनुसन्धान हुने भएको छ । नेपालपाटीबाट

,

0 comments

Write Down Your Responses

Powered by Blogger.